अटो एक्स्पो २०२०ः हिरोका तीन नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक
काठमाडाैं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले भारतमा आज बाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्ना तीन नयाँ इलेक्ट्रिक उत्पादनहरुलाई प्रदर्शन गरेको छ । एई-४७ नामक मोटरसाइकल, एई-२९ तथा एई-८ नामक स्कुटर र त्यसैगरी एई-३ ई-ट्राइक नामक ट्राइसाइकल प्रदर्शन गरेको हिरोले पहिलेनै इलेक्ट्रिक वाहनतर्फ आफ्नो उपस्थिती जनाइसकेको थियो । यी तीन उत्पादनहरुको मूल्य भारतीय बजारमा ८० हजारको हाराहारी पर्ने अनुमान गरिएको छ । एई-४७ एई-४७ बाइकमा रिमुभेवल ४८ भोल्टको लिथियम-आयन ब्याट्री समावेश छ जसले फुल चार्ज हुन ४ घण्टाको समय लिन्छ । त्यसैगरी यसमा ४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ८५ केएमपीएचको टपस्पिड प्रदान गर्न सक्दछ । इको र पावर गरी दुई राइडिङ्ग मोड दिइएको यस बाइकले इको मोडमा चाहिँ १६० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ । एई-४७ मा क्रउल एसिस्ट, क्रुज कन्ट्रोल र रिभर्स मोड लगायतका विशेषताहरु पनि समावेश छन् । यस बाइकको दुबै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ भने स्मार्टफोन कनेक्टिभिटी, रियल-टाइम ट्र्याकिङ्ग, जियो-फेन्सिङ्ग लगायतका फिचरहरु पनि दिइएका छन् । लञ्च पश्चात् यसले रिभोल्ट आरभी ४०० सँग प्रतिष्पर्धा गर्ने बताइएको छ । एई-२९ र एई-८ एई-२९ हाइ-स्पिड इलेक्ट्रिक स्कुटर सेग्मेन्ट अन्तर्गत् पर्दछ भने एई-८ चाहिँ लो-स्पिड सेग्मेन्ट अन्तर्गत पर्दछ । एई-२९ कम्फर्ट सिरिज अन्तर्गत्को स्कुटर हो भने एई-८ चाहिँ ट्रेन्ड सिरिज अन्तर्गत्को स्कुटर हो । यी दुवै स्कुटरहरुले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछन् । थोरै प्रिमियम वर्गमा पर्ने एई-२९ स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, एन्टी-थेफ्ट स्मार्ट लक, डिजिटल कन्सोल र मोवाइल चार्जर लगायतको विशेषता पनि समावेश गरिएको छ । एई-३ इ-ट्राइक हिरोले यस तीन चक्के वाहनलाई विजनेश टु विजनेश एप्लिकेशनको लागि लक्षित गरेर ल्याएको हो । एई-३ मा ३ किलोवाटआवरको लिथियम-आयन ब्याट्री दिइएको छ जसले फुल चार्जमा १०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ । त्यसैगरी यसमा २५० वाटको इलेक्ट्रिक मोटर समावेश गरिएको छ र यसले ८० केएमपीएचको टपस्पिड प्रदान गर्दछ । एई-३ इ-ट्राइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, मोवाइल चार्जर, वाक एसिस्ट, २६ केएमपीएचको स्पिड सहितको रिभर्स एसिस्ट र एप कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश गरिएको छ ।
होण्डाको नयाँ शोरुम हेटौंडामा
काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनीले बुधबार हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप “टाइमस् अटोहब प्रा.लि” को उद्घाटन गरेको छ । मकवानपुरमा अवस्थित होण्डाको उक्त शोरुमलाई मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइमस् अटोहब प्रतिबद्ध रहेको छ । होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९.९९% को ब्याजदरमा सरल र सहज हिसाबले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा प्रबन्धक निर्देशक शिवराम श्रेष्ठले टाइमस् अटोहब, ग्राहकहरुको अपेक्षा पूरा गर्न हरेक पल तत्पर रहेको जानकारी गराए ।
नेपालमा पाँच महिनामै ७०० युनिट बिक्री भयो हुण्डाइको ‘भेन्यु’ एसयूभी, सुरुवाती मूल्य ३४ लाख ९६ हजार
काठमाडाैं । हुण्डाईको ‘भेन्यु’ नेपाली अटोमोवाइल बजारमा प्रशिद्ध नाम हो । हुण्डाइको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा भेन्युको इ, एस, एसएक्स र एसएक्स डिसिटि गरी ४ अलग भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले भेन्युको सुरुवाती मूल्य भने ३४ लाख ९६ हजार रुपैयाँ तोकेको छ । हुण्डाईको एसयूभी चढ्ने चाहना त हुने तर क्रेटा अलि महँगो लाग्नेहरुका लागि भेन्यु एउटा राम्रो विकल्प बनेको छ । नेपाली बजारमा क्रेटाको मूल्य ४७ लाख रुपैयाँ बाट शुरु छ । कम्पनीका अनुसार नेपाली बजारमा भेन्यु भित्र्याएको अहिले ५ महिना पूरा भयो भने हालसम्म ७०० युनिट जति बिक्री पनि भइसकेको छ । भेन्यु एउटा ५–डोर सबकम्प्याक्ट एसयूभी हो । यस कारमा प्रोजेक्टर फग ल्याम्प, इलेक्ट्रिकली अपरेट गर्न मिल्ने आउटसाइड रियर भ्यू मिरर, स्मार्ट इलेक्ट्रिक सनरुफ, एयर प्युरिफायर, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट्स, ग्लोभबक्स कुलिङ्ग, आर्मरेस्ट, मल्टिफङ्कसन स्टेयरिङ्ग लगायतका फिचरहरु समावेश गरिएको छ । त्यसैगरी सेफ्टी फिचर्सका रुपमा चाहिँ ड्राइवर र पेसेन्जर एयरब्याग्स, एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिष्ट्रिब्युसन, इञ्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टी लक, पावर डोर लक, अटो क्र्यास नोटिफिकेशन, हाइ स्पिड अलर्ट, आइडल अलर्ट, इम्प्याक्ट सेन्सिङ्ग अटो डोर अनलक, सिटबेल्ट रिमाइन्डर, स्पिड सेन्सिङ्ग अटो डोर, हिल एसिस्ट लगायतका विशेषता रहेका छन् । भेन्यूमा प्रयोग गरिएको ११९७ सीसी पेट्रोल इञ्जिनले ८२ बीएचपीको पावर र ११५ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १७.५० केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १९५ मिलिमिटर, बुट स्पेश २९५ लिटर र फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी यस कारका आगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ । नेपाली बजारमा उपलब्ध भेन्युका भेरियन्टहरुको मूल्य भने यस प्रकार रहेको छः