बजाज अटो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल, बजार पुँजीकरणले नाघ्याे १६ खर्ब रूपैयाँ

काठमाडौं । बजाज अटो लिमिटेड बजार पुँजीकरण १६ खर्ब रुपैयाँ नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ-पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको सेयर मूल्य आज(माघ ७ गते) एनएसईमा प्रतिसेयर ५५६६ रुपैयाँ पुगेर बजार पुँजीकरण १६ खर्ब १० अर्ब ७३ करोड रुपैयाँमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको हाे । विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ-पाङ्ग्रे सवारी कम्पनीले १६ खर्ब रुपैयाँ बढीको बजार पुँजीकरण हासिल गर्न सकेका थिएनन् । यसप्रकार, बजाज अटो दुइ-पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, १६ खर्ब रुपैयाँ बढीको बजार पुँजीकरण पुर्याउने विश्वमै पहिलो दुइ-पाङ्ग्रे कम्पनी पनि हो । बजाज अटोको यात्रा भारतमा ७५ वर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसले यसलाई वास्तवमै “विश्वकौ लोकप्रिय भारतीय” ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ । बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरू लगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन् । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउनका रणनीतिक साझेदारी गरेको छ । यस उपलब्धीका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, “मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।” बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । सन् १९२६ मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ । बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो । बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो, भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीन पाङ्गे बजाजले बनाएको पाइएको छ । ७० भन्दा बढी देशहरूमा १५ मिलियन भन्दा बढी मोटरसाइकलहरू बिक्री भएसंगै, बजाज अटोले भारत सरकारको “मेक इन इंडिया” दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ ।

स्पार्क अटोमोटिभस्ले नेपालमा भित्र्यायाे एस इक्विपमेन्टका उत्पादन

काठमाडौं । स्पार्क अटोमोटिभस् प्रा. लि ले भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा ल्याएको छ । कम्पनीले बागमती र नारायणी अञ्चलको लागी उक्त मेशिनहरु ल्याएको हो । एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् । नेपालमा स्पार्क अटोमोटिभ्स प्रा .ली .ले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३-४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् । स्पार्क अटोमोटिभसको वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगंजमा रहेको छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्री वितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ । एस इक्विपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धी उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण, ठुलठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसले आफ्नो उत्पादनहरुको बिक्री वितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।

नयाँ प्रिमियम अवतारमा सुजुकी डिजायर: पहिलोपटक आइडल स्टार्ट–स्टप टेक्नोलोजीकाे प्रयाेग

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ । सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले २०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको बताए । सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएकाे र बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा याे सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको उनले बताए । ‘नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुनुहुनेछ,’ चाैधरी भन्छन् । अत्याधुनिक शक्तिशाली इन्जिन २०२१ डिजायरमा आईएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस६ इन्जिन राखिएको छ । उच्च कम्प्रेशन रेसियो, कुल्ड भ्न्च् सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेकोभन्दा परिस्कृत छ जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ जसले गर्दा म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रति लिटर रहेको छ । यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ । बोल्ड र मोर्डन एक्सटेरियर २०२१ डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको छ । प्रिमियम र स्टाइलिस इन्टेरियर २०२१ डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ । नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ । १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमलेगज्जबको ड्राइभिङ अनुभव दिलाउँछ । सुपेरियर सेफ्टी नयाँ डिजायरमामा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फंक्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ । यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा बे्रकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ । साथै, नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ । हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।