टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला मात्र १ दिन बाँकी

काठमाडौं । भृकुटीमण्डपमा संचालन भइरहेकाे टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेलाकाे भाेली अन्तिम दिन रहेकाे छ । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले हाल भृकुटीमण्डपमा असाेज १ गतेबाट उक्त मेला संचालन गरिरहेकाे छ । यस एक्सचेन्ज मेलामा उपहारको वर्षाको साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् । यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाख सम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् र त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले http://tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ यसैगरी ० प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहकहरले २ हजार बराबरको आकर्षक उपहारको पाउनेछन् । यस योजनाको मुख्य आकर्षण भने एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर ५ हजार ९९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्नेछन् । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प ल्याएकाे छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का उपहार प्राप्त गर्ने छन् ।      

नेपालमा २०२१ सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्दै किया

काठमाडौं । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । कोरियाली अटो निर्माता कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई निकै दमदार तरिकाले लागू गरेको छ । २०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन कम्पनीकाे दाबी छ । स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा राम्राे विकल्प रहेकाे कम्पनी जनाउँछ । यो गाडी हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ जुन तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ । नयाँ सोरेन्टोमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ । नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ । सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ । गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ । सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई भरपूर सुरक्षा सुनिश्चित गर्दछन् । नयाँ सोरेन्टो हाइब्रिडमा असाधारण ड्राइभ मोडहरु छन् । यसलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ । सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता छन् जसले यसका चारवटै चक्का जमिनमा गाडिए जस्तै गरी यसका यात्रुलाई उच्चतम सुरक्षा प्रदान गर्दछन् । १२.३ इन्चको अल–डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र त्रुटिरहित एवं पढ्न सजिलो डिस्प्लेले किया सोरेन्टोको स्क्रिनलाई अझ उन्नत बनाएको छ । ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजीले इन्स्ट्रूमेन्ट क्लस्टरमा लेन एडजस्टमेन्टको प्रत्यक्ष भिडियो दृश्य देखाउँछ । मोडिने सिग्नल बाल्दा यो एक्टिभेट हुन्छ । नाप्पा लेदरमा चम्किएको इन्टेरियरले यसलाई सेग्मेन्टकै प्रिमियम इन्टेरियरमध्येको एक बनाएको छ । मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट, २०२१ सोरेन्टोलाई लक्जरियस एसयुभी बनाउने केही फिचर्स हुन् । नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एक कराेड ३५ लाख पर्ने सिट्रयुन सिफाइभ एयरक्रस नेपाली बजारमा

काठमाडौं । फ्रेन्च मोटर कम्पनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता साँग्रीला मोटर प्राइभेटले सिट्रयुनको अर्को लोकप्रिय उत्पादन सिफाइभ एयरक्रस नेपालका बिक्री सुरु गरेको छ । कम्पनीले यसकाे अग्रिम बुकिङ्ग खुल्ला गरेकाे हाे । सिट्रयुन सिफाइभ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रयुन एसयूभी हो । सिफाइभ एयरक्रसलाई १.६ लिटर पेट्राेल इन्जिनले शक्ति प्रदान गर्दछ जसले १६५ एच.पि. को पावर र २४० एन.एम को टर्क प्रदान गर्दछ । यसको सबैभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी हो । यसमा जडान गरिएका युयल प्रोग्रेसिभ सस्पेन्सन कुसनले सिट्रन सिफाइभ एयरक्रस चलाउने र यसमा यात्रा गर्नेलाई अत्यन्त आरामदायी अनुभव गराउने कम्पनीकाे दाबी छ । सिफाइभ एयरक्रसको मूल्य १ करोड ३५ लाख निर्धारण गरिएको छ । याे गाडी भारतमा तयार भई सन् २०२२ को पहिलो चौमासिकमा र फ्रान्समा बनेको सिफोर इभी गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा आउने कम्पनीले जानकारी दिएकाे छ । सिट्रयुन मोटर विगत १०० वर्ष भन्दाबढी समयदेखि उत्पादनमा आई सवारी साधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ । सिट्रयुनको स्थापना सन् १९१९ मा भएको थियो र यसले सन् १९३४ सर्वप्रथम ट्रयाक्सन अभ्यान्ट मोडलको कारबाट मोटर जगतमा सर्वप्रथम फ्रन्ट व्हील ड्राइभ र फोर व्हील इन्डिपेन्डेन्ट सस्पेन्सन जस्तो आधुनिक प्रविधि भित्राएको थियो ।