भक्तपुरकाे सूर्यविनायकमा अग्नि ग्रुपकाे नयाँ सर्भिस सेन्टर
काठमाडौं । अग्नि ग्रुपले भक्तपुर सूर्यविनायकमा सर्भिस सेन्टर खोलेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर खोलेको हो । कम्पनीका अनुसार सेवा केन्द्र “भक्तपुर मोटो टेक“ त्यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको अधिकृत सुसज्जित डिलर हो । बालाजु अटोवर्कस प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरू ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका केन्द्रित रहेकाे बताए । उक्त सर्भिस सेन्टरले ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने शर्माले बताए ।
यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटो फिचरसहित)
काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई-अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । इन्टेलिजेन्ट एसयूभी ग्लारी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटोफिचर) सम्बन्धित समाचार डिएफएसके ग्लोरी आई-अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता
सुजुकीले ल्यायो ‘नयाँ वर्ष बिग हर्ष’ अफर, सीमित अवधिको लागि मात्र लागू हुने
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष बिग हर्ष’ योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा उक्त योजना ल्याएको हो । चैत १० गतेदेखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिदमा १० हजार रुपैयाँ ग्यारेन्टीका साथ क्यासब्याक पाइनुका साथै एक्स्चेञ्ज र फाइनान्सको पनि सुविधा रहेको छ । जस अन्तर्गत ग्राहकले तुरुन्तै एक्स्चेञ्ज र फाइनान्स गर्न सक्नेछन् । नयाँ वर्ष २०७८ लाई मध्यनजर गरिएकाे याे याेजना सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जानकारी गराएकाे छ । नयाँ डिजाइन र मोडेलका साथै धेरै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।