नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकलाई हायर पर्चेज कर्जा दिने
काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा हायर पर्चेज कर्जा दिने भएको छ । बैंक र सिप्रदीबीच बिहिबार उक्त सम्झौता भएको हो । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवर्धन महाप्रबन्धक अनुप मनि ढकाले हस्ताक्षर गरेका थिए । बैंकले ८८ शाखा, ज्१९ एक्स्टेनसन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
उपत्यकामा तीन दिन माेटरहेडकाे वि केयर क्याम्प सञ्चालन हुने
काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले आगामी भाद्र १३ देखि १५ गतेसम्म ३ दिन माेटरहेडकाे वि केयर क्याम्प सञ्चालन गर्ने भएको छ । हाल काठमाडौं उपत्यकामा बालाजु, धोवीघाट र सल्लाघारीमा मोटरहेडको थ्रीएस सेन्टर रहेको छ । यी सबै सर्भिस सेन्टरमा हुने सर्भिस क्याम्पमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टि दिने लक्ष्य राखिएको सर्भिस हेड विवेक पञ्जियारले बताए । सो अवसरमा दक्ष इन्जिनियर र मेकानिक्सद्वारा विभिन्न चेकजाँच गरिने उनले जानकारी दिए । साे दिन ग्राहकलाई सर्भिस चार्जमा ५० प्रतिशत, पार्ट्स खरिदमा १५ प्रतिशत र लुब्रिकेन्टको खरिदमा ५ प्रतिशत छुट प्रदान गरिनुका साथै विशेष उपहार समेत प्रदान गरिने उनले बताए । मोटरहेडले हालै धादिङ र मन्थलीमा थ्रीएस सेन्टरको शुभारम्भ गरेको छ । योभन्दा पहिले काठमाडौं उपत्यकाको धोविघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा उपत्यकाबाहिर इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा थ्रीएस सेन्टर रहेको छ । नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ र एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ रहेकाे छ ।
ग्लोबल आइएमई बैंकले ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा दिने
काठमाडाैं । ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।