काठमाडौं । एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ ।
एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोंगफेंग मोटर्सका दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिसिन, क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा वर्कसप उद्घाटन गरेका हुन् ।
दिपल, नामी र सेरेस ब्रान्डका विद्युतीय सवारीसाधनका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त वर्कसपमा विश्वस्तरीय सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कसपमा ९ वटा ‘डेडिकेटेड सर्भिस बे’ रहेका छन् भने २४ जना प्रमाणित इभी प्राविधिकमार्फत दैनिक ३६ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिने व्यवस्था छ । साथै अत्याधुनिक इभी ब्याट्री डायग्नोस्टिक प्रणाली, स्पेयर पार्ट्स भण्डार, प्राविधिक तालिम कक्ष र ग्राहक प्रतिक्षालयसमेत रहेको छ ।
वर्कसपमार्फत काठमाडौं उपत्यकाभित्र ‘पिकअप एन्ड ड्रप’ सेवा, ‘फास्ट ट्रयाक सर्भिस’, २४ घण्टा सातै दिन ‘ब्रेकडाउन असिस्टेन्स’ तथा ‘डेडिकेटेड सर्भिस हटलाइन’ जस्ता सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो वर्कसपले ‘प्रतिबद्धता, विश्वास र उत्कृष्टता’को मूलमन्त्रलाई व्यवहारमा उतार्दै ग्राहकलाई प्रिमियम सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।