स्प्राइट प्रोमो क्याम्पेनक ३ विजेताले पाए पल्सर मोटरसाइकल

काठमाडाैं । स्प्राइट प्राेमाे क्याम्पेनक ३ विजेताले १२५ सिसिकाे पल्सर माेटरसाइकल पाएका छन् । बाेटलर्स नेपालले क्याम्पेनक ३ विजेतालाई १२५ सिसिकाे पल्सर माेटरसाइकल हस्तानतरण गरेकाे हाे । १२५ सिसिकाे पल्सर माेटरसाइकल जित्नेमा सन्ताेष खनाल, तिल कुमाी बस्नेत र मुकेश सिंह रहेका छन् । उनीहरुलाई कम्पनीका सेल्स म्यानेजर दिपक प्रधानले माेटरसाइकल र चाबी हस्तानतरण गरेका थिए ।  

नेपालगंजमा टिभिएस रेडर सार्वजनिक

काठमाडाैं । नेपालगंजमा टिभिएस रेडर माेटरसाइकल सार्वजनिक गरिएकाे छ । टिभिएस रेडर सप्तरङग ३ अन्तर्गत नेपालगंजमा भएकाे कार्यक्रममा उक्त माेटरसाइकल सार्वजनिक गरिएकाे हाे । पुस १ गते बिहिबार सम्पन्न सो कार्यक्रम अन्तर्गत टिभिएस शोरुम (ग्रेस एण्ड ग्लोबल) नेपालगञ्जका प्रमूख विशाल श्रेष्ठले उक्त माेटरसाइकल सार्वजनिक गरेका थिए । सप्तरङग अन्तर्गत त्यस अवसरमा सप्तरंग ३ का चर्चित कलाकारहरु प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङग, अनिल सिंग, रामकृष्ण ढकाल, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निषा उप्रेती र विवेक खतिवडा लगायतको उपस्थितिमा थियो । त्यसक्रममा कलाकारहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । ‘टीभीएस रेडर’ शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले सार्वजनिक गरेको युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल हो । युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फर्ष्ट–ईन–क्लास फिचर्सका साथै फर्ष्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेकाे छ ।

बजाजको नयाँ शोरुम अब बर्दियाकाे गुलरियामा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बर्दियाकाे गुलरियामा सुविधा सम्पन्न नयाँ शोरुमकाे उद्घाटन गरेकाे छ । कम्पनीले नयाँ शाेरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको हाे । नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएकाे छ । कम्पनीले ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई उक्त शाेरुमकाे डिलरसीप प्रदान गरेकाे छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुप डिरेक्टर अभिमन्यु गोल्छाले नयाँ शोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।