टिभिएसको बाइक किन्दा ८० हजारसम्मको छुट, अब ३ दिनमात्र बाँकी
काठमाडौं । टिभिएसको स्कुटर र मोटरसाइकलमा चलिरहेका च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब तीन दिनमा सकिने भएको छ । नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गरेर उक्त अफर ल्याएको थियो । अफर अन्तर्गत टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा ८० हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार मुल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ । त्यसका साथै, ५ ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ । जगदम्बा मोटर्सको देशभर १४० भन्दा बढी डिलरहरु रहेका छन् ।
सिएट टायरको नँया सोरुम बालकुमारी ललितपुरमा
काठमाडौं । नारायणी अटो बिजनेसले ‘सिएट सपी’ नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज आयोजित समारोहको शुभारम्भ गरे । कार्यक्रममा रावले भने, ‘सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ ।’ उनले सिएट, इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए । यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुङ्गा सावित हुने पनि उनले बताए । उक्त्त नँया सोरुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनिले जानकारी गराएको छ । अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाईभ स्टारको मान्यता प्राप्त गरेको छ । गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ । त्यसैगरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्दछ ।
यामाहा नेपालले ल्यायो पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड
काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले स्मार्ट मोटर जेनेरेटर सहितको नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड सार्वजनिक गरेको छ । सो स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिमहरुमा उपलब्ध छ । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा १२५ सीसीको शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड अर्थात एफआई ब्लुकोर इन्जिन रहेको छ । हाइब्रिड भेरिएन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् । साइलेन्ट स्टार्टर समेत भनेर चिनिने यो प्रविधिकै कारण इलेक्ट्रिक मोटरको रुपमा दोब्बर क्षमता हुन्छ । शुरुमा पिकअप लिदा इन्जिन र ब्याट्री पावर दुवै प्रयोग हुने हाइब्रिड प्रविधिको स्कुटर भएकाले यो अहिले धेरैको रोजाइमा पर्ने गरेको छ । यसले इन्धनको बचत गर्नुका साथै समग्र सवारी अनुभवलाई पनि बढाउछ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोग्राम मात्र तौल भएको सो स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कटअफ फङसन र २१ लिटर अन्डर सिट स्टोरेज लगायतका सुविधा छन् । रे जेडआर १२५ हाइब्रिड पुनः डिजाइन गरिएको, पूर्ण रुपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र स्ट्यान्डर्ड एलईडी हेडल्याम्प सहितको विशेषताले सुसज्जित छ, जसले अधिकतम भिजिबिलिटी र सुविधा सुनिश्चित गर्छ । यसमा आइडियल स्टार्टरस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ । साथै पावर एसिस्टको प्रयोग गरिएकोले उकालो बाटोमा चलाउँदा पनि यसले ठूलो आवाज गर्दैन । यामाहा नेपालका सीईओ राजु क्षेत्रीले अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवात पछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ लन्च गर्न पाएकोमा खुसी व्यक्त गर्दै ग्राहकलाई अत्याधुनिक उत्पादनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । रे जेडआर १२५ हाइब्रिड स्ट्यान्डर्डको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।