नेपाली बजारमा ५९ लाख ४९ हजारको ओमोडा ई५ सार्वजनिक

काठमाडौं । नेपाली बजारमा ओमोडा ई५ सार्वजनिक गरेको छ । एसपिजी अटोमोबाइल्सले ओमोडा ई५ गाडी नेपालमा सार्वजनिक गरेको हाे । कम्पनीका अनुसार यसमा ६१ केडब्ल्यू (किलोवाटआवर) को ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले ४३० किलोमिटरको (डब्ल्यूएलपिटी मानक) रेन्ज प्रदान गर्दछ। ओमोडा ई५ गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्यूटनमिटर टर्कद्वारा सञ्चालित हुन्छ । ५९ लाख ४९ हजार रूपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओमोडा इ५ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ । एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूद्वारा यो गाडी सम्पन्न रहेको छ । यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम सुविधा पनि रहेको कम्पनीले बताएको छ । जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटाभन्दा बढी अन्य एडिएएस सुरक्षा सुविधाहरू पर्दछन् । यसको बाहिरी एक्स्टेरियरमा, एक्स–आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्रड मेट्रिक्स टेललाइट, टी–आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइन छ । भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्याग जस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ । यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको कम्पनीको भनाइ छ ।

टाटा मोटर्सको नाफा १३८ प्रतिशतले बढ्यो

एजेन्सी । टाटा ग्रुपको कम्पनी टाटा मोटर्सको नाफा १३८ प्रतिशतले वृद्धि भएको छ । टाटा मोटर्सले शुक्रबार सार्वजनिक गरेको ०२३/२४ को तेस्रो त्रैमासिक अवधिको तथ्यांकले कम्पनीको वार्षिक नाफामा १३८ प्रतिशतले वृद्धि भएर ७ हजार २५ करोड भारु पुगेको जनाएको छ । टाटा मोटर्सले अघिल्लो वर्षको सोही अवधिमा २ हजार ९ सय ५८ करोड नाफा आर्जन गरेको थियो । कम्पनीले राज्यलाई १ लाख १० हजार ५७७ करोड राजस्व बुझाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८८ हजार ४८९ रुपैयाँ राजस्व बुझाएको थियो ।

चौधरी पक्राउ सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अपिल

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेकोमा सरकारले गरेको त्यस कार्यको नाडाले घोर भत्सना गरेको जनाएको छ । चौधरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घरानासँग सम्बद्ध छन् । ‘सम्बन्धित विषयकाे गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई नाडाले आग्रह समेत गरेको छ । प्रहरीले गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ’ विज्ञप्तीमा बताइएको छ । पहिला आवश्यक छानविन र सत्यतथ्य यकिन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन सरकारलाई आग्रह गरिएको समेत नाडाको भनाइ छ ।