बिवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम योजना
काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्क प्रालिले यूईएफए (यूनियन अफ यूरोपियन फूटबल एशोसियसन) यूरो २०२४ को अवसरमा ‘नेपाली अब यूरो कपमा’ स्किम ल्याएको छ । फुटबल प्रेमी ग्राहकहरूलाई जर्मनीमा गई प्रत्यक्ष यूईएफए यूरो २०२४ का रोमाञ्चक खेलहरू हेर्ने मौका रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बताए । उनका अनुसार बिवाइडी यूईएफए यूरो २०२४ को अधिकृत इ-मोबिलिटी पार्टनर हो । यूईएफए युरो कप सन् २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ । यूईएफए र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाइडीबीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलोपटक भएको कम्पनीको दाबी छ । नविन प्रयोग र आविष्कारका साथ ग्राहकको सन्तुष्टिमा सदैव प्रतिवद्ध साइमेक्स प्रालिका अनुसार ११ भाग्यशाली विजेताहरुले यूईएफए यूरो २०२४ मा उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउने छन् । यस स्किमले ग्राहकहरूलाई फुटबलको प्रत्यक्ष अनुभव गर्ने अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बिवाइडीले राखेको छ । साइमेक्स प्रालि विद्युतीय सवारी साधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गरिरहेको छ ।
जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया : पुराना बाइक वा स्कुटरसँग नयाँ स्कुटर साट्ने अवसर
काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटरले एक्सचेन्ज स्कीम ल्याएको छ । सीएफ मोटो मोटरसाइकल तथा स्कुटर जीहो इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले एक्सचेन्ज एण्ड अपग्रेड मेनिया योजना ल्याएको हो । कम्पनीका अनुसार उक्त एक्सचेन्ज मेला नक्साल शोरुममा मंगलबारदेखि ४ दिनसम्म संचालन हुनेछ । यस योजनामा ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग जीहोका नयाँ स्कुटर साट्न सक्नेछन् । यो योजनामा जीहोको एई ६ मा २० हजार रुपैयाँ र एई ८ मा २५ हजार रुपैयाँ थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ । कम्पनीले ‘जिहो एई ६ प्लस’ प्रिमियम स्कुटर ३ लाख ४४ हजार ९०० रुपैयाँ र एई ८ को मूल्य ४ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन् । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा छ । त्यसैगरी एई ८ मोडलको सकुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड-माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ । यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसको टप स्पीड १२० किलोमिटर प्रतिघण्टा छ ।
टोटल इनर्जीको रिटेलर मिट सम्पन्न
काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रालि र काठमाडौं उपत्यकाको चाबहिल जोरपाटी एरियाको टोटल इनर्जिजको आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा रिटेलर मिट सम्पन्न भएको छ । फागुन ११ गते टोटल इनर्जिजको रिटेलर मिट सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौंका १५० जनाभन्दा बढि रिटेलरहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । शँकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाईरेक्टर शँकर राज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल वर्क शप ब्यवसायी संघका बेन्द्रीय अध्यक्ष शरण कुमार गुरुङ्ग, बिशेष अतिथिका रुपमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पुर्व अध्यक्ष माधव प्रसाद पाण्डे र अन्य अतिथिहरुमा नेपाल वर्क शप ब्यवसायी सँघका सह–कोषाध्यक्ष श्री प्रसाद ग्रुङ्ग, टोटल इनर्जिज इण्डियाका एक्सपोर्ट एक्सपर्ट पुरुषोतम नएमएस र लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेको सहभागीता रहेको थियो । कार्यक्रममा टोटल इनर्जिज इण्डियाका पुरुषोतम नएमएसले टोटल इनर्जिजमा उपलब्ध प्रडक्ट रेञ्ज र यसका विशेषताको बारेमा सहभागी रिटलर्सहरुलाई जानकारी गराएका थिए ।