विशेष न्यू ईयर, न्यू अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी
काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शनिबारदेखि चैत्र ३० गतेसम्म सन्चालन हुने आफ्नो न्यू ईयर, न्यू अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ। एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल ५ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन् । यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै १ लाख सम्मको फाइदाहरू समावेश हुनेछन् । खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नु पर्ने खर्च पनि कम हुनेछ । साथै टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई निःशुल्क उपहार प्रदान गरिनेछ ।
किया एक्सचेन्ज कार्निभल गैरीधाराको सिल्भर ओकमा सुरु, ६ लाखसम्मको बोनस र डिस्काउन्टको अफर
काठमाडौं । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको यो कार्निभल आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, जुनसुकै ब्रान्डका पुराना गाडीहरू उत्तम मूल्यमा बिक्री गरी कियाका अत्याधुनिक गाडीहरूमा अपग्रेड हुने अवसर कार्निभलमा प्राप्त गर्न सकिन्छ । साथै, कार्निभलमा टेस्ट ड्राइभ गर्ने सहभागीहरूका लागि पनि विशेष उपहारको व्यवस्था गरिएको छ । कार्निभलमा सहभागी हुने ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन् । त्यस्तै, नगद भुक्तानी गरेर गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको विशेष छुटको पनि लाभ उठाउन सकिनेछ । कम्पनीले गाडी खरिदकर्ताका लागि सहज फाइनान्स सुविधा उपलब्ध गराएको छ । बैंक तथा वित्तीय संस्थामार्फत सरल किस्ताबन्दीमा गाडी खरिद गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले बिक्री गर्ने गाडीहरूमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा पनि आफ्नै तर्फबाट बेहोर्ने नीति लिएको छ । कार्निभलमा ग्राहकले एक्सचेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्यांकन प्राप्त गर्नेछन् । साथै, एक्सचेन्ज बोनसको समेत लाभ उठाउन सक्नेछन् । कियाका सवारीसाधनहरू ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । किया ब्रान्डका इन्धनचालित र विद्युतीय दुवै प्रकारका गाडीहरू विश्वबजारमा निकै लोकप्रिय छन् । कियाले कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्स ग्राभिटी एडिसन (२०२५), इभी६ र इभी९ प्रस्तुत गरेको छ । विशेष छुट र सुविधाको लाभ लिन किया एक्सचेन्ज कार्निभलमा सहभागी हुन ग्राहकलाई कम्पनीले अनुरोध गरेको छ ।
भोल्भोले मेक्सिकोमा लगानी बढाएर १ अर्ब डलर पुर्याउने
काठमाडौं । स्वीडेनको एबी भोल्भोले मेक्सिकोको उत्तरमा रहेको न्युभो लिओन राज्यमा निर्माणाधीन ट्रक कारखानामा लगानी बढाएर १ अर्ब डलर पुर्याउने भएको छ । मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले बिहीबार उक्त जानकारी दिएका हुन् । भोल्भोले अगष्ट महिनामा मेक्सिकोको उत्तरी औद्योगिक केन्द्र मोन्टेरेको छेउमा रहेको स्थानलाई आफ्नो नयाँ उत्तर अमेरिकी भारी ट्रक कारखानाका लागि चयन गरेको घोषणा गरेको थियो । उक्तबेला यसको निर्माण लागत ७० करोड डलर अनुमान गरिएको थियो । 'गजब समाचार !' एब्रार्डले एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै भोल्भोको मुख्यालय स्वीडेनबाट उच्च लगानीको निर्णयबारे जानकारी पाएको बताएका छन् । उक्त कारखानाबाट उत्पादन सन् २०२६ मा सुरु हुने अपेक्षा गरिएको छ ।