आदित्य बिर्ला फ्याशनकाे लुई फिलिप ब्राण्ड नेपाली बजारमा
काठमाडौं । आदित्य बिर्ला फ्याशन एण्ड रिटेल लि. ले आफ्नो लुई फिलिप ब्राण्ड नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आफ्नो पहिलो एक्सक्लुसिभ ब्राण्ड आउटलेट ललितपुरको लबिम मलमा लन्च गरेको छ । उक्त ब्राण्डकाे उद्घाटन नेपालका लागि भारतका राजदुतक एच.इ. मानजीव सिंह पुरीका साथ आदित्य बिर्लाका अन्तर्राष्ट्रिय बजारका निर्देशक विक्रम शिवदासले गरेका हुन् । उक्त आउटलेटको लन्च गर्दै कम्पनीले आफ्नो प्रिमियम मेन्सवेयर ब्राण्ड, लुई फिलिपको आगमन नेपालमा भएको घोषणा गरेको छ । नेपालमा लञ्च गर्नु पहिले कम्पनीले युएई, कतार, ओमान, साउदी अरेबिया बहराइन, कुवेत र श्रीलंका जस्ता अन्तर्र्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई स्थापित गरिसकेको जनाएको छ । स्टोर उद्घाटन गर्ने कार्यक्रममा बिर्लाका फ्याशन एण्ड रिटेलका निर्देशक, शिवदासले लुई फिलिपको एक्सक्लुसिभ ब्राण्ड आउटलेटको लन्चका साथ, हामीले नेपालमा बढ्दै गइरहेको उत्कृष्ट गुणस्तरको मेन्सवेयरको आवश्यकतालाई पूरा गर्ने योजना गरेको बताएका छन् । यस्तै, कम्पनीको बजार अध्ययनले नेपाल अपेरेलको बजारको लागि एउटा विकसित बजार हो किनकि यहाँ फ्याशेनेबल, एलिगेन्ट र उत्कृष्ट दर्जाको कालिगरी भएको उत्कृष्ट गुणस्तरको प्रिमियम अपेरेलप्रति शहरी पुरुषहरुको रुचि बढ्दै गइरहेको उनले बताए । साथै, उनले लुई फिलिपको लन्चका साथ सुहाउँदो अपेरेलहरु ल्याएर हामी बढ्दै गइरहेको मागलाई पूरा गर्न सक्ने बताएका छन् । लुई फिलिप प्रिमियम मेन्सवेयरको सेग्मेन्टमा भारतमा अग्रणी स्थानमा पर्छ । यस ब्राण्डले फाइन क्लोदिङ्गमा फरमल्स, सेमी फरमल्स र एसेसरिज्मा एलिगेन्सको मूर्तरुप प्रदान गर्दछ । आरपी समूहका निर्देशक रुपेश पाण्डेले लुई फिलिपले आफ्नो उत्कृष्ट गुणस्तर र अपेरेल्सको वृहत् रेन्जका साथ बजारको परिवर्तित आवश्यकतालाई पूर्ति गर्ने बताएका छन् ।
सिप्रदी अटोपार्ट्सद्धारा च्याम्पीयन मिट सम्पन्न, रिटेलर्सलाई १५ विधामा सम्मान
काठमाडौं । सिप्रदी अटोपार्टस प्रा.लि. ले पोखरा स्थित होटल ग्राण्डीमा च्याम्पीयन मिट सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्ट्सका तर्फबाट कस्टमर केयर प्रमुख गणेश सेट्टीले गरेका थिए । कार्यक्रममा विगत बर्षमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने रिटेलर्सहरुलाई १५ विभिन्न विधामा सम्मान गरिएको थियो । जसमा नेपाल च्याम्पीयनका रिटेल विधामा श्री माँ चण्डेश्वरी अटो स्पेयर प्रथम भएको छ भने ओभरअल विधामबुटवल स्थित गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली विजेता भएको छ । त्यसैगरी छोटा तथा मझौला(एसएलभी) विधामा जल्पादेवी अटो सेन्टर प्रथम भएको छ । त्यस्तै, हाइएस्टलाईन आइटम मिर्चैयाका दयाल मोटर पाट्स एण्ड सप्लाइजले पाए भने क्षेत्रगत अन्तर्गत काठमाडौंएमा-माँ चण्डेश्वरी अटो स्पेयर, काठमाडौं बीमा त्रिशुल अटामोबाईलस् ट्रेर्डस, सेन्ट्रल ए मा– गोयल ट्रेडस्, पोखरा सेन्ट्रलबीमा-यातायात ब्यवस्था सहकारी संस्था लिमिटेड, हेटौडा, सेन्ट्रलसीमा-श्री दुर्गा मोटर पार्टस् इष्ट एमा-ग्यालेक्सी अटो प्रा. ली ., र्बितामोड इष्ट बीमा दयाल मोटर पार्टस् एण्ड सप्लाइज, र्मिचैया, वेष्टमा बोहरा ट्रेडले प्राप्त गरेका कम्पनीले जनाएको छ । साथै, आधिकारीक सर्भिस सेन्टरको बिधामा भने काठमाडौका जल्पा देबि अटो सेन्टर, बुटवलमा श्री गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली र नारायणघाटमा श्री दुर्गा एण्ड सन्स अटोमोबाइलले प्राप्त गरेका छन् । त्यसैगरी, कार्यक्रममा सिप्रदी अटो पाट्र्सले नेपालभरका ६० जना च्याम्पीयनहरुलाई स्किम अन्तर्गत दुइ जनालाई युरोप टुर, ४ वटा स्कुटर, २०० तोला सुन, ४ वटा ल्यापटप, ५ जनालाई थाईल्यान्ड टुर वितरण गरेको थियो ।
केपी ओलीको प्रतिवद्धताले सेयर बजारलाई छोएन, नेप्से ३ अंकले ओरालो
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सेयरमा भ्याट नलाग्ने बताए पनि सोमबारको बजार बढ्न सकेन । भावी प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्शको एक कार्यक्रममा सेयर बजारमा भ्याट नलाग्ने प्रतिवद्धता जनाएका थिए र सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका थिए । तर उनको यस अनुरोधले सेयर बजारलाई रत्ति पनि नछोएको देखिन्छ । सोमबार सेयर बजार ३.७२ अंकले घट्नुमा ओलीले गरेका प्रतिवद्धताले काम नगरेको बुझिन्छ । सो दिनको बजार सामान्य अंकले घटेर १४०२.२३ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ट्रेडिङ र हाइड्रोपावर समूहको परिसूचक बाहेक बाँकी सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह २१ अंकले झरेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशत गुमाएका छन् ।
राष्ट्र बैंकले निक्षेप लिन बोलायो, बैंक तथा वित्तीय संस्थालाई १ अर्ब ९२ करोड दिदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफनो विभिन्न कोषहरुमा रहेको झण्डै २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९१ लाख ९९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धतिमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले फागन २ गतेदेखि माघ २९ गतेसम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा राख्ने भएको हो । जसअनुसार वाणिज्य बैंकले १ अर्ब ५३ करोड ५९ लाख, विकास बैंकले २८ करोड ८० लाख र वित्त कम्पनीहरुले ९ करोड ६० लाख रुपैयाँ पाउने भएका छन् । सो रकम लिनका लागि आउदो शुक्रबार आफुले दिने ब्याजदर समेत खुलाई बोलपत्र पेश गर्न राष्ट्र बैंकले भनेको छ । मुद्धति निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्ने केन्द्रीय बैंकको शर्त छ । यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, अघिल्लो आवमा सञ्चालन नाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको र सीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएका र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने छ ।
मोरङको बिराट चौकमा बन्दैछ थ्री स्टार होटल
काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिकास्थित बिराट चौकमा थ्री स्टार होटल बन्ने भएको छ । पुर्वाञ्चल ल्युब आयल(पीएलओ) ग्रुपले थ्री स्टार होटल नेपाली रिका बनाउन लागेको हो । ‘आगामी २ बर्षभित्र सञ्चालन हुने गरि होटलको निर्माण आरम्भ गरिसकेका छौं, पुर्वपश्चिम राजमार्ग आसपासमा राम्रो होटल नभएकाले बिराट चौकलाई छानेका हौं’, पीएलओ ग्रुपका निर्देशक कृष्ण प्रसाद दुलालले भने । पुर्वाञ्चल क्षेत्रमा पर्यटकका लागि सुबिधा सम्पन्न होटलका रुपमा नेपाली रिकालाई स्थापित गराउने उदेश्यसहित निर्माण आरम्भ गरिएको पनि उनले बताए । होटल निर्माणका लागि जमिन बाहेक १० करोड लागत अनुमान गरिएको छ । पुर्वाञ्चल क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई ध्यानमा राखेर होटल निर्माण गरिएको दुलालले जानकारी दिए । बिराट चौकका होटलमा एक रात बास बसेर इलाम, धनकुटा लगायत पुर्वाञ्चलका पर्यटकिय गन्तव्यमा जान सकिने पनि उनले बताए । करिब २० कठ्ठा जमिनमा निर्माण हुने होटलमा ५० वटा कोठा रहनेछन् । होटलमा स्विमिङ पुल, सभा हल लगायतका संरचना समेत निर्माण हुनेछन् ।
बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ
बनेपा । काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैंकिङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न कठिनाइ भएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता रहेको छ । जिल्लामा रहेका सात गाउँपालिकामध्ये महाभारत, खानीखोला, तेमाल, चौरीदेउराली र रोशी गाउँपालिकामा कुनै बैंक स्थापना भएको छैन । भुम्लु गाउँपालिकाको दोलालघाटमा सिन्धु विकास बैंक र बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा ग्लोबल आइएमई बैंक स्थापना भएपनि पर्याप्त सुविधा नभएकाले धुलिखेल र बनेपा धाउनुपरेको छ । चौँरी देउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले योजना सम्झौताका काम गर्न समस्या भएको उल्लेख गर्दै बैंकका कारण भएका कर्मचारी पनि कार्यालयमा बस्न नपाउने अवस्था भएको बताए । उनले भने, “अहिले पैसा राख्न र झिक्नका लागि चार दिन लाग्ने गरेको छ ।” भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलालघाटमा बैंक भए पनि प्रभावकारी नभएको जानकारी दिँदै बंगलादेश बैंकका लागि कार्यालयका तर्फबाट कोठा छुट्याए पनि अझै बैंक गाउँ नपुगेको बताए । उनले भने, “गाउँपालिकाका १०९ वटा आयोजना छन्, त्यसको सम्झौता गर्न धुलिखेल धाउनुपर्ने अवस्था छ ।” तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले बैंक नभएका कारण ठूलो सास्ती खेप्नुपरेकाले सानातिना आर्थिक कारोबारका लागि बनेपा र धुलिखेल जानुपर्ने बाध्यता रहेको बताएका छन् । उनले भने, “हाम्रो २७ करोड बजेट छ, बोधिचित्तको समेत कारोबार हुँदा रु ५० करोडको बजेट हुन्छ, तर आर्थिक सुरक्षा भएन ।” रासस
सस्तो कर्जाको खोजीमा हुनुहन्छ ? सम्झनुस् स्ट्याण्डर्ड चाटर्डदेखि राष्ट्रिय वाणिज्य र नविलसम्म
काठमाडौं । वाणिज्य बैंक मध्ये सबैभन्दा सस्तो कर्जा स्ट्याण्डर्ड चाटर्ड बैंकको रहेको छ । यसअघि राष्ट्रिय वाणिज्य बैंकको सस्तो ब्याज रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्डले उसलाई उछिनेको छ । स्ट्याण्डर्डले सोमबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरणमा आधार ब्याजदर ५.८० प्रतिशत मात्र रहेको जानकारी दिएको छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार ब्याजदर ६.४७ प्रतिशत थियो । ३ महिनाकोबीचमा स्ट्याडर्डको आधार ब्याजदर ०.६७ प्रतिशत घटेको छ । स्ट्याण्डर्डलाई ६ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दा फाइदा हुने देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ५.९८ प्रतिशत छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार दर पनि यही नै थियो । यस्तै सस्तो ब्याजदर दिनेमा नविल बैंक रहेको छ । नविलको आधार दर ६.९२ प्रतिशत छ । त्यसपछि नेपाल बैंक रहेको छ । नेपाल बैंकको आधार दर ६.९३ प्रतिशत छ । स्ट्याण्डर्ड, राष्ट्रिय वाणिज्य नविल र नेपाल बैंकको कर्जा लिदा ब्याजदर सस्तो हुने देखिएको छ । यस्तै एभरेष्ट बैंकको ७.८४ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत रहेको छ । सबैभन्दा महंगो कर्जा कृषि विकास बैंकको देखिएको छ । कृषि विकासको आधार ब्याजदर ११.५३ प्रतिशत रहेको छ । कृषि विकासबाट कर्जा लिदा ब्याजदर १२ प्रतिशत भन्दा बढी पर्छ । स्ट्याण्डर्डको भन्दा कृषि विकासबाट ऋण लिदा ब्याजदर दोब्बर महंगो हुन्छ । आधार दर ११ प्रतिशत बढी हुनेमा सिभिल बैंकको ११.५०, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ११.४५, सिटिजन्स बैंकको ११, कुमारी बैंकको ११.१७, जनता बैंकको ११.३५, नेपाल बंगलादेश बैंकको ११.३९ र सेन्चुरी बैंकको ११.४३ प्रतिशत रहेको छ । अधिकाँश बैंक तथा वित्तीय संस्थाले माघ १ गतेदेखि नयाँ ब्याजदर लागु गरेका छन् । बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि अधिकाँश वाणिज्य बैंकले महंगो दरमा निक्षेप उठाउदा लागत बढ्न गई यसको असर आधार ब्याजदरमा परेको हो । केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशत पु¥याएपछि यसको असर आधार दरमा परेको छ । नेपाल बैंकर्स एसोसियसनको पहलमा बैंकले मुद्धतिमा दिने ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने आन्तरिक भद्र सहमति गरेका छन् । पछिल्लो समयमा बैंकले मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म दिने गरी नयाँ मुद्धति योजना पनि सार्वजनिक गरेका छन् । अन्य वाणिज्य बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत पुर्याउदा स्ट्याण्डर्ड चाटर्ड र नेपाल बैंकको १० प्रतिशत छ । अधिक तरलता भएपछि राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर भने बढाएन । मुद्दति निक्षेपको ब्याजदर बढाएपछि अन्य बैंकको कर्जाको ब्याजदर पनि महंगो देखिएको हो ।
४५ वटा डिलर्ससहित एलजी ब्राण्ड थाइल्याण्ड भ्रमणमा
काठमाडौं । एलजी ब्राण्डले “इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रीप टू थाइल्याण्ड २०१८” नाराका साथ ४५ डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगेको छ । एलजीले आफ्ना डिलर्सहरुलाई पाँच दिनको लागि थाइल्याण्ड भ्रमणमा लगेको हो । प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यकासाथ एलजीले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलर्सहरुलाई थाइल्याण्ड भ्रमणमा लगिएको बताएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।