उपराष्ट्रपतिले ईश्वर पोखरेललाई गृहमन्त्री भनेपछि
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमाले महासचिव ईश्वर पोखरेललाई भावी गृहमन्त्रीका रुपमा सम्बोधन गरेका छन् । देउराली जनता फर्मास्युटिकल्स प्रालीको २७ औं बार्षिकोत्सवका अवसरमा आयोजीत कार्यक्रममा उपराष्ट्रपति पुनले पोखरेललाई भावी गृहमन्त्रीका रुपमा सम्बोधन गरेका हुन् । पोखरेललाई भावी गृहमन्त्रीका रुपमा अग्रिम बधाई समेत दिन भ्याए । उनले भावी गृहमन्त्रीका रुपमा सम्बोधन गरिरहँदा मञ्चमै रहेका पोखरेल भने मुसुमुसु हासिरहेका थिए । भावी सरकारमा पोखरेल पनि मन्त्री बन्ने चर्चा चलिरहेका बेला उपराष्ट्रपतिले नै गृहमन्त्री बन्ने बताएपछि अब एमाले वृतमा नयाँ तरंग आउनेछ ।
२८ वटा बाणिज्य बैंकको ६ महिनाको कमाई २२ अर्ब ८१ करोड(सूचिसहित)
काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुको कमाई ६ महिनामा २२ अर्ब ८१ करोड पुगेको छ । बाणिज्य बैंकहरुले २०७४ पुस मसान्तसम्ममा आफ्नो नाफा २२ अर्ब ८१ करोड पुर्याएका हुन् । यो नाफा तिनै बैंकहरुले २०७३ पुसमा कमाएको भन्दा २ अर्ब १० करोड अर्थात १०.१४ प्रतिशतले बढि हो । २०७३ पुससम्ममा २८ वटा बाणिज्य बैंकहरुले २० अर्ब ७१ करोड नाफा कमाएका थिए । २८ वटा बाणिज्य बैंकमध्ये २० वटाले नाफा बढाउन सफल भएका छन् भने बाँकी ८ वटा बैंकको नाफा घटेको देखिन्छ । सबैभन्दा धेरै नाफा नविल बैंकले गरेको छ भने कम कमाउने बैंकको सूचिमा सिभिल परेको छ । नविलले एक अर्ब ८३ करोड नाफा कमाएको छ भने सिभिलले जम्मा २१ करोड कमाएको छ । नविलले एक अर्ब ८३ करोड ७७ लाख नाफा गरेर पहिलो नम्बरमा परेको छ भने छ नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १ अर्ब ८३ करोड नै नाफा गरेर दोश्रो नम्बरमा परेको छ । २८ मध्ये ९ वटा बाणिज्य बैंकहरुले भने ६ महिनामै एक अर्ब नाफा कमाउन सफल भएको देखिन्छ ।
१३ मेगाफिक्सल क्यामेरा सहितको ग्यालेक्सी जे सेवेन बजारमा
काठमाडौं । मोबाइल बिक्रेता कम्पनी सामसुङले १३ मेगाफिक्सल क्यामेरा क्षमताकोे ग्यालेक्सी जे सेभेन बजारमा ल्याएको छ । ३ जीबी र्याम रहेको यस मोबाइलमा सजिलै डाउनलोड, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्ने लगायत कार्य सहजरुपमा गर्न सकिने कम्पनीले जनाएको छ । ३२ जीबी आन्तरिक सञ्चय क्षमता रहेको यस मोबाइलमा २ सय २४ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ । सार्वजनिक भएको नयाँ फोनमा एक्जिनोस ओक्टा कोर प्रोेशेसर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ । कम्पनीको अनुसार यस मोबाइल फोनमा प्रयोग गरिएको ब्याट्रीले १३ घण्टा सम्म ईन्टरनेट, १७ घण्टा भिडियो प्लेब्याक, ८० घण्टा अडियो र २१ घण्टा सम्मको टक टाइम क्षमता राख्छ । तीन कलरमा उपलब्ध जे सेभेनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० रुपैंया निर्धारण गरेको छ ।
मेडिकल सोसाईटीद्धारा निःशुल्क स्वास्थ्य उपचारसँगै न्यानो कपडा,पौष्टिक आहार बितरण
काठमाडौं । द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमाआश्रय लिइरहेका४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ । यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिष्ट सहित संस्थकै कार्यलयमा पुगरे निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । संस्थामा १२ बर्षका महिला, बालबालिका देखि ७८ बर्षका बृद्धले समेत आश्रय सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचार सँगै न्यानो कपडा,पौष्टिक आहार बितरण समेत गरेका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए । डा.रमनका अनुसार संस्थामा उचित खानेपानीको ब्यबस्थापन नहदाँ बिभिन्न किसीमका समस्याहरु देखिएको बताए । बच्चाहरुमा कुपोषणको समस्या समेत देखिन थालको छ भने अधिकाँसमा मानसीक समस्या देखिएको डा.रमनले बताए । उनका अनुसार संस्था आश्रय लिईरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि बिभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने सम्भावना बढी देखिएको छ ।डा. रमनले अगामि दिनमा थप चिकित्स लिएर आएर संस्थामा आश्रय लिएर बसेकाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए । सडकमा अलपत्र परेका,अनाथ, असाहय तथा बहुअपाङ्गता भएका ब्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको संस्थाका अध्यक्ष युवाराज थापाले जानकारी दिए । थापाका अनुसार समाजले हेला गरेका ब्यक्तिहरुलाई संरक्षण दिईरहको बताए । थापा आफै पनि शारिरिक अपाङ्ग हुन् । यहाँ आश्रय लिईरहेका ब्यक्तिहरुलाई दैनिक खानपान देखि आवश्यक पर्ने गाँस बासको समेत ब्यबस्था गर्न संस्थालाई धौ–धौ परेको छ । यस्तो अवस्थामा मेडिकल सोसाईटीले आएर हेल्थ चेकअप गुर्नका संस्थाको कार्यालय साँखुमा पुगेर न्यानो कपडा, केही औषधी तथा स्वास्थ्यसम्बन्धी जानकारी दिएकोमा अध्यक्ष थापाले आभार ब्यक्त गरे । ‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यस संस्था यस अधि स्वयम्भुमा रहेको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरेको थयो । संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट विभिन्न ठाँउबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको आस्मा पौडेलले बताईन् । २०७४ सालमा स्थापना भएको युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपाल प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्ने जनाएको छ ।
प्राइम बैंकको लोभलाग्दो प्रगति, नाफा २८ प्रतिशत बढेर ७१ करोड ५१ लाख
काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले नाफा बढाएर ७१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले मंगलबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, कर्जा लगानी र निक्षेप परिचालन विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.४३, निक्षेप लागत ८.१६, सीडी रेसियो ७७.५० र आधार ब्याजदर १०.७६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा छ । ६ महिनामा बैंकले कर्जाको ब्याजबाट ३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै ब्याज खर्च २ अर्ब ८० करोड ४७ लाख रुपैयाँ भएको बैंकले जानकारी दिएको छ । बजारमा लगानीयोग्य पुँजीको संकट गहिरिदा पनि निक्षेप परिचालन र कर्जा लगानी विस्तार गर्न बैंक सफल भएको छ । समीक्षा अवधिमा बैंकले निक्षेप २९.१९ प्रतिशत बढाएर ७१ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै कर्जा लगानी पनि ३५.९४ प्रतिशत विस्तार भई ६२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कर्जा लगानी ४६ अर्ब ५ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी बढेर ८ अर्ब ३ करोड रुपैयाँ भएको छ ।
दवावपछि ४ उद्योगले सिमेन्टको भाउ घटाए, नघटाउनेलाई कार्बाही हुने
काठमाडौं । चौतर्फी दवावपछि ४ उद्योगले सिमेन्टको भाउ घटाएका छन् । उद्योगले बोरामा साढे २२ रुपैयाँसम्म सिमेन्टको भाउ घटेको छ । उद्योगले बोरामा १२० रुपैयाँसम्म भाउ बढाएका थिए । सोमबारसम्ममा सिवम सिमेन्ट उद्योग, अम्बे सिमेन्ट उद्योग, नारायणी सिमेन्ट उद्योग र सर्वोत्तम सिमेन्टले प्रतिबोरा सिमेन्टमा साढे २२ रुपैयाँसम्म मूल्य घटाएका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दिएको जानकारी अनुसार सिवम् सिमेन्टमा बोराको साढे २२ रुपैयाँ घटेको छ । विभागले अनुगमन गर्ने क्रममा लिएको सिमेन्टको मूल्यको आधारमा उक्त सिमेन्ट घटेर अहिले प्रतिबोरा ८८७ रुपैयाँ ५० पैसा भएको छ । अहिलेसम्म सबैभन्दा बढी सिवम् सिमेन्टको मूल्य घटेको छ । अम्बे सिमेन्टमा प्रतिबोरा १० रुपैयाँ घटाएको छ । घटेर उक्त सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ भएको छ । त्यस्तै नारायणी र सर्वोत्तम सिमेन्टमा पनि प्रतिबोरामा १०÷१० रुपैयाँले भाउ घटेको छ । विभागका साखा अधिकृत रमेशकाजी श्रेष्ठले अहिले धमाधम उद्योगीहरुले सिमेन्टको भाउ घटाइरहेको बताए । अस्वभाविक भाउ बढाएको १३ सिमेन्टमा अनुगमन गरिएको उनले जानकारी दिए । ‘ती मध्ये ४ उद्योगले भाउ घटाइसकेको छ,’ उनले भने ‘बाँकी सिमेन्ट उद्योगहरुले पनि केही दिनभित्रै भाउ घटाउने हाम्रो विश्वास छ ।’ यदि भाउ नघटाउने उद्योगमाथि विभागले कार्बाहीको प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए । पुनर्र्िनमाणको समयमा एक्कासी सिमेन्ट र रडको भाउ उद्योगी व्यवसायीहरुले बढाएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । लगत्तै आपूर्ति मन्त्रालयको निर्देशनमा विभागले सिमेन्ट तथा डण्डीको अनुगमन गरेको थियो । केही हप्ताअघि गरेको विभागको अनुगमनको क्रममा अम्बे सिमेन्टमा १६.९ प्रतिशत, शालिमार ओपिससी सिमेन्टमा १६, शिवम्मा १५.२, हेटौडामा १२.९, निर्माणमा १२.५, अग्नीमा १०.५ र मारुतीमा ६.४ प्रतिशत सिमेन्टको भाउ बढेको भेटाएको थियो । त्यस्तै डण्डीहरुमा हामाको डण्डीमा प्रतिकिलो ८.७ प्रतिशत जगदम्बामा ७ र शाखमा प्रतिकिलो ४.७ प्रतिशत बढेको भेटिएको थियो ।विभागले १५ दिनको अबधिमा ५ पटकसम्म मूल्य बृद्धि हुदा प्रतिबोरा सिमेन्टमा ७ देखि १७ प्रतिशतसम्म भने डण्डीमा ५ देखि ९ प्रतिशत मूल्य बढेको फेला पारेको थियो ।
सानिमा लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । कम्पनीले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । सोमबार आयोजीत एक कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी र कलाकारबीच करार पत्रमा हस्ताक्षर भएको छ । उक्त करार बमोजिम कलाकारले कम्पनीको आफ्नो लक्षित जीवन बीमाको व्यावसायिक कारोबारको लागि प्रवध्र्रनात्मक विज्ञापनहरु, तथा अन्य कार्यक्रमहरु गर्नेछन् ।
तरलता १८ अर्ब तल झरेपछि राष्ट्र बैंकले बुधबार १० अर्ब बजारमा पठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता धेरै कम भएपछि नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्ब भन्दा कम भएको छ । तरलता बढाउन केन्द्रीय बैंकले थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनका अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएपछि केन्द्रीय बैंकले बजारमा थप रकम पठाएर हस्तक्षेप गर्दै आएको छ । दुई साताका लागि पठाइएको रकम बैंकले आफनो आवश्यकताअनुसार उपयोग गर्न सक्ने उनको भनाई छ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा रिपोमार्फत बुधबार पैसा बजारमा पठाउन लागेको हो । रिपोको म्याद ्फागुन २ गतेसम्म रहेको छ । आइतबार बजार हस्तक्षेप गर्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाउदा ७ बैंकहरुले ८ अर्ब ४० करोड रुपैयाँ मात्र उठाएका छन् । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाउन लागेको हो । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मात्र सहज अवस्थामा छ । राष्ट्रिय वाणिज्यको कर्जा, निक्षेप र प्राथमिक पुँजी (सीसीडी) अनुपात ६९.१२ प्रतिशत छ । सीसीडीअनुसार राष्ट्रिय वाणिज्यसंग अधिक लगानीयोग्य पुँजी रहेको छ ।