रेमिट्यान्सको आकर्षक गन्तव्य दक्षिण कोरिया, ५० प्रतिशत बजार जीएमईको
दिवाकर पौडेल, जीएमई रेमिट कम्पनी, प्रमुख कार्यकारी अधिकृत काठमाडौं । पछिल्लो समय नेपालको लागि रेमिट्यान्सको आकर्षक बजार बनेको छ दक्षिण कोरिया । कानुनी रुपमा करिव ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत छन् । लुकीछिपी कोरिया रहने नेपालीको संख्या पनि निकै रहेको अनुमान छ । नेपालीहरुले बढी आम्दानी गर्ने देशहरु मध्ये दक्षिण कोरिया पनि एक हो, जहाँ कामदारले प्रतिव्यक्ति मासिक २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउने गर्छन् । कोरियामा न्यूनतम पारिश्रमिक मासिक १८०० अमेरिकी डलर बराबर छ । नेपाल राष्ट्र बैंकका अनुसार कोरियामा कानुनी रुपमा कार्यरत नेपालीहरुको वार्षिक आम्दानी ८० अर्ब रुपैयाँभन्दा बढी हुुन्छ । उनीहरुले वार्षिक रुपमा करिब ६० अर्ब रुपैयाँसम्म नेपाल पठाउन सक्छन् । करिव ६० अर्ब रुपैयाँको रेमिट्यान्स बजार यतिबेला रेमिट कम्पनीहरुको आकर्षक गन्तव्य बनेको छ । सन् २०१७ जुलाईमा कोरियाले पहिलो पटक रेमिट्यान्स कम्पनीहरुले सेवा सञ्चालन गर्न सक्ने नीति लियो । रेमिट्यान्स कम्पनीहरुको लागि बजार खुला भएपछि गत अक्टोबरबाट जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । हालसम्म हानपास, एसवीआई, क्यूएस, क्यू स्क्वाइर, जी मनि ट्रान्सले कोइरियाबाट सेवा शुरु गरिसकेका छन् भने अन्य आधा दर्जन कम्पनीहरु सेवा सञ्चालनको अन्तिम तयारीमा जुटिरहेका छन् । सञ्चालनमा आएको रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा रेमिट कारोबार गर्न बैंकहरु पनि कोरियामा केन्द्रीत भएका छन् । हालसम्म ग्लोबल आईएमई, हिमालयन, इन्भेष्टमेन्ट, नविल, जनता, कुमारी, एनएमबी, सानिमा, एभरेष्ट बैंकले रेमिट्यान्स कम्पनीसँग साझेदारीमा रेमिट कारोबार सेवा दिईरहेका छन् । जीएमई अगाडी बजारमा जो पहिला आउँछ, हमेसा उसैले बजारमा अगुवाई गर्छ र नेतृत्व पनि लिन्छ । दक्षिण कोरियाको रेमिट्यान्स कारोबारमा पनि यहि नियम लागू भएको छ । सन् २०१७ जुलाईमा कोरियामा रेमिट्यान्स कम्पनीलाई बजार खुला गरिएपछि जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । त्यसैको प्रतिफल स्वरुप कम्पनीले करिव ५० प्रतिशत बजार हिस्सा लिन सफल भएको छ । ‘कोरियामा कानुनी प्रक्रिया पुरा गरेर काम गर्ने नेपालीको संख्या करिव ३५ हजार छन् । त्यसमध्ये ५० प्रतिशत जीएमईको ग्राहक भएर कारोबार थालेका छन्’ जीएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने । कानुनी प्रक्रिया पुरा नगरी कोरियामा काम गरिरहेका नेपालीले रेमिट्यान्स वा बैंकिङ प्रणालीबाट पैसा पठाउन नसक्ने उनले बताए । रेमिट्यान्स सेवा मोवाइलबाट प्रविधिको प्रयोगसँगै रेमिट्यान्स पठाउन बैंक वा रेमिट्यान्स कम्पनीको कार्यालय जानु पर्दैन । ‘पहिलो पटक खाता खोल्दा ग्राहक आफै उपस्थिति भई पूर्ण विवरण बुझाउनु पर्छ । त्यसपछि कम्पनीले ग्राहक परिचय नम्बर दिन्छ । त्यसको आधारमा ग्राहकले मोवाईल एप प्रयोग गरि घरबाटै वा मोवाईलबाटै आफन्तलाई पैसा पठाउन सकिन्छ’ पौडेलले भने-‘जीएमई एप प्रयोग गरेर ग्राहकले आफन्तलाई पैसा पठाउन सक्छन्, बैंक वा पैसा पठाउन रेमिट काउन्टरमा जानु पर्दैन’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने- ‘ग्राहक बन्न एक पटक हाम्रो अफिसमा आउने हो, ग्राहक परिचय नम्बर लिएपछि आफ्नो बैंक खातामा भएको पैसा सोझै पठाउन सकिन्छ ।’ कोरियामा सबैको बैंक खाता हुने र पारिश्रमिक पनि बैंक खातामा आउने भएकोले नगद कारोबार ज्यादै कम हुने उनले बताए । पैसा पठाउँदा कारोबार नम्बर सिर्जना हुन्छ । पैसा पठाउनेले त्यो नम्बर आफन्तलाई एसएमएस गरेर जानकारी दिएपछि यताबाट पैसा झिक्न कुनै समस्या हुँदैन । ‘अधिकांश नेपालीसँग स्मार्ट फोन छ, एसएमएसको सुविधा नभएकोलाई फोन गरेर कारोबार नम्बर टिपाउन सकिन्छ’ पौडेलले भने । यसरी पैसा पठाउँदा पाउनेले पाए नपाएको, कुन ठाउँबाट लिएको सबै जानकारी पठाउनेले तत्काल पाउने छ । ‘डलरको विनियमय दर पनि थाहा हुन्छ । कति डलर उताबाट पठाएको हो र यहाँ पाउनेले कति रुपैयाँ लिएको हो, पठाउनेलाई सबै जानकारी हुन्छ । नेपालीले एक पटकमा ३ हजार डलर पठाउन सक्छन् भने वर्षमा २० हजार डलर पठाउन सक्छन् । ‘औसतमा नेपालीहरुले मासिक १५/१६ सय डलर पठाउने गरेका छन्’ पौडेलले भने । नेपालीले विगतमा हुण्डीबाट पठाउने गरेका थिए । हुण्डीबाट पठाउँदा जोखिम बढी थियो । विगतमा बैंकबाट पैसा पठाउँदा टीटी शुल्क प्रतिव्यक्ति २५ बैंकले लिने गरेको थियो । हजार जनाले पैसा एकै पटक पठाए पनि प्रतिव्यक्ति २५ डलर तिर्नै पर्दथ्यो । अहिले जीएमईले प्रति कारोबार ५ डलर शुल्क लिएर पैसा पठाउने गरेको उनले बताए ।
एमाले-माओवादी केन्द्रलाई एकताबाट भाग्ने कुनै छुट छैन: एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै उनले न्यायोचित, सम्मानजनक र समानताका तीन आधारमा दुई पार्टीको एकता हुने स्पष्ट पारेका हुन् । पोखरेलले प्रतिशतका आधारमा एकता हुन नसक्ने बताए । पार्टी एकताको अन्तिम विट मार्न दुई पार्टीका अध्यक्षहरुलाई जिम्मा दिईएको उल्लेख गर्दै उनले अतितमुखी नभएर भविष्यमुखी ढंगले एकता गरिने बताए । दुई पार्टी एकताबारे औपचारिकता दिनमात्र बाँकी रहेको उनले उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार एवं जिफन्टका संरक्षक विष्णु रिमालले श्रमिक संगठनको नेतृत्व दिनेहरुको एक निर्णयले सारा श्रमिकको दैनिक जीवनयापनमा नै ठूलो असर पार्ने भन्दै त्यसतर्फ विचार पुर्याउन नयाँ नेतृत्वलाई आग्रह गरे । यस्तै कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले सबै मजदुरका हितमा आफू नेतृत्वको नयाँ टिमले काम गर्ने बताए । त्यस्तै जिफन्टका केन्द्रीय अनुशासन निरिक्षण आयोगका प्रमुख विष्णु लम्सालले अनुशासित ढंगले श्रमिक संगठनमा लाग्न निर्देशन दिएका थिए । जिफन्टका नवनिर्वाचित महासचिव जनक चौधरीले नयाँ कमिटीले बजारमा देखिएको सबै श्रमिकका समस्या समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
परिसंघका अध्यक्ष शर्माले भने- सुरक्षण कोषको रकम श्रमिकको हितमा उपयाेग गरौ
काठमाडौं । १२९ औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको औद्योगिक, व्यवसायिक, सेवा, कृषि र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई शुभकामना व्यक्त गर्दै सुरक्षण कोषको रकम श्रमिकको हितमा उपयोग गर्न जोड दिए । उनले हाल प्रचलित कानूनी प्रावधान अनुरुप श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई सुमधुर तुल्याउन एवं सामाजिक सुरक्षण कोषमा सञ्चित रकम श्रमिक मित्रहरुको हित र दक्षता अभिवृद्धिमा उपयोग गर्ने वातावरण सृजना गर्नु पर्ने आव्हान गरे । ‘आजको यस ऐतिहासिक दिनले सरकार, श्रमिक, उपभोक्ता र रोजगारदाताहरुमा मुलुकको आर्थिक विकासतर्फ अग्रसर हुन नयाँ चेतना प्रवाह गरोस्,’ उनको कामना छ । उनका अनुसार शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो । हाम्रो परिकल्पनाअनुसारको सभ्य, शालीन र समुन्नत नेपाल बनाउन श्रमको अपरिहार्यता छ । यस ऐतिहासिक अवसरले असल औद्योगिक श्रम सम्बन्ध काययम गर्न, कामको सम्मान गर्न, उत्पादन र उत्पादकत्व बढाउन, सहकार्यको माध्यमबाट दीगो आर्थिक विकासतर्फ अग्रसर हुनेमा अाफु अाशावादी रहेकाे उनकाे भनाइ छ ।
राजनको ‘मनको थैली’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं । नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलिक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारित रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् । दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैले लेखेका हुन् । गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्युजिक प्रालिका संचालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ । गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान काभ्रेमा सर्ने पक्का, ठुलीचौर की नागीडाडा ?
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी काभ्रे पुगेका छन् । काभ्रेको ठुलीचौर, चिसापानी ठुलीचौर वा नागीडाडा मध्यका एक स्थानमा विमानस्थल बनाउदाँ उपयुक्त हुन्छ भन्ने सुझाव लिन मन्त्री अधिकारी त्यहाँ पुगेका हुन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको मन्त्री अधिकारीले बताएका छन् । मन्त्री अधिकारीका प्रेस सल्लाहाकार धुब्र पोखरेलका अनुसार केही दिनमै प्रस्तावित विमानस्थलको टुङो लगाउन ४ जनाको विज्ञ टोली ले सुझाव दिने र त्यसको १५ दिन भित्रैमा काम अघि बढ्ने बताए । काभ्रे जिल्लाको ठुली चौर चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणको सम्भावना रहे पनि स्थानीयवासी नगरपालिकाले सहयोग नगरेको नागरिक उड्डयन प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । बनेपाको नागीडाडामा प्रारम्भिक अध्यानको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । “नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ, “थापालेविकासन्युजसँग भने । इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागिडाडामा १२ मिटरकाे धावनमार्ग र ३ सय मिटरकाे चाैडार्इमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । याे विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । नागीडाडा ठुलीचौर भन्दा उत्तम स्थल हो तर यसलाई काठमाडौंसँगको यातायात सञ्जालमा जोडिनुपर्ने अधिकृत पौडेलले बताए । विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।
फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय
जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए । “उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ । हामीले यस फैसलाको पुनरावलोकन गराउने छौँ, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” बहारीका वकील अन्डी कोमाराले भने । कारबाहीमा परेकाका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् । रासस/एएफपी
फोर्स सिमेन्ट अब नँया प्याकमा, दैनिक १ लाख १० हजार बोरा बिक्री गर्दै
काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले आफ्नो फोर्स ब्राण्डलाई अझ नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएको छ । कम्पनीले समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग आकर्षक र उपभोक्तामैत्री बनाएको हो । हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभ जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएलस्मिथ(डेनमार्क र भारत)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेर मिल्स(भीआरएम) जडान गरी उत्पादन सूचारु गरेको हो । यसरी जगदम्बा ग्रुपले नेपालमा पाईने सबै प्रकारको (ओपीसी, पीपीसी र पीएससी) सिमेन्ट उत्पादन गर्दै आफ्ना दुवै उद्योगबाट दैनिक १ लाख १० हजार बोरा बिक्री वितरण गर्दै आइरहेको छ । उद्योगलाई प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्नेे कम्पनीको प्रतिवद्धता छ ।
स्वदेशी वाइनको खपत बढ्दो, बजार हिस्सा ६० प्रतिशत पुग्यो
काठमाडौं । पछिल्लो समय आन्तरिक बजारमा स्वदेशी वाइनको खपत बढ्दै गएको छ । अहिले स्वदेशी वाइनको बजार फैलदो क्रममा छ । आयातित वाइनलाई विस्तापन गर्दै निर्यात समेत हुन थालेको वाइन व्यवसायीहरु बताउछन् । विग मास्टर वाइन उत्पादन गर्दै आएको रोयल काठमाडौं हिमालय वेभरेजका प्रवन्धक निर्देशक गणेश चापागाईले पछिल्लो समय नेपालमा वाइनको बजार आक्रमक रुपमा अघि बढेको बताए । केही वर्ष अघिसम्म नेपालमा स्वदेशी वाइनको बजार हिस्सा ३० प्रतिशत मात्र थियो । बाँकी विभिन्न मुलुकदेखि आयात गरिन्थ्यो अहिले आयात घटेर स्वदेशमै उत्पादन भएको वाइनको हिस्सा ६० प्रतिशत पुगिसकेको जानकारी गराए । ‘२/४ वर्षअघिसम्म वाइनको बारेमा धेरैलाई थाहा थिएन । थाहा भएकाहरुले पनि लेडिजहरुले पिउने मदिराको रुपमा मात्र चिन्थे । पसलमा वाइन पाइन्न थियो,’ उनले भने ‘अहिले हरेक पसलमा वाइन अनिवार्य राखिएको हुन्छ । ब्राण्ड र यसको फाइदाको बारेमा उपभोक्ताहरुलाई थाहा भइसकेको छ ।’ उनको अनुसार नेपालमा विग मास्टर, हिन्वा, रिवान्ड, डिभाइन लगायतका करिब ५० बढी वाइन उद्योग खुलिसकेको छ । माग सँगै उत्पादन बढिरहेको छ । ‘गएको वर्ष हाम्रो उद्योगले ६० हजार कार्टुन वाइन उत्पादन गरेको थियो,’ उनले थप्दै भने ‘यो वर्ष २५ प्रतिशत वृद्धि हुने अनुमान छ ।’ अघिल्लो वर्षको भन्दा गएको वर्ष ४० प्रतिशत वाइनको खपत बढेको उनको भनाइ छ । उनको अनुसार बिगमास्टर वाइन अंगुरबाट उत्पादित रेड वाइन हो । त्यस्तै सुनौलो हिमाली जुम्ला अग्र्यानिक अर्डर सप्लायर्सका कार्यकारी निर्देशक शिव न्यौपानेले पनि अहिले वाइनको बजार ह्वात्तै बढेको बताए । सप्लायर्स अन्तर्गतको आरके एप्पल हर्टीकल्चर डीस्टीलरीले गोल्ड स्पो वाइन उत्पादन गर्दै आएको जनाउदै उनले भने, ‘अहिले वाइनको बजार उत्साहजन बढको छ ।’ उद्योगले हार्ड ड्रीङ्स समेत उत्पादन गर्दै आएकोमा अत्यधिक मात्रामा वाइननै बिक्री भएको उनकाे भनाइ छ । ‘हार्ड ड्रीङ्स १ कार्टुन बिक्री हुदा वाइन ४/५ कार्टुन बिक्छ,’ उनले थपे ‘गएको वर्ष ९ सय काटुन वाइन बिmत्री भएकोमा यो वर्ष बढेर १२ सय काटुन पुग्ने देखिन्छ ।’ आगमी वर्ष अझ बढेर १३/१४ सय काटुन पुग्ने हाम्रो अनुमान छ ।’ आरके एप्पल डीस्टीलरीले उत्पादन गरेको २० प्रतिशत वाइन जापान निर्यात हुने गरेको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिए । साथै अस्ट्रेलिया समेत निर्यात गर्ने तयारी भइरहेको उनको भनाइ छ । जुम्लामै उत्पादन हुने स्याउबाट बन्ने गरेको वाइनलाई ७ वर्षअघि उद्योग स्थापनाताका शुरुवात अवस्थामा सय काटुन बिक्री गर्न हम्मेहम्मे पर्ने गरेको उनले सुनाए । अर्को तागेरा ब्राण्ड वाइनका सप्लायर्स कमानसिंह गुरुङले वाइन खरिदकर्ता बढिरहेको बताए । गएका वर्षहरुभन्दा अहिले स्वदेशी वाइनप्रति ग्राहकहरुको चासो देखिएको उनको भनाइ छ । ‘स्वाद उस्तै भएपनि विदेशी वाइन महङ्गो हुने भएकोले स्वदेशी उत्पादनले नेपालीहरुको ध्यान तानिएको हो,’ उनले भने ‘त्यसैले पनि स्वदेशी वाइनको खपत बढीरहेको छ ।’ उनले सप्लाई गरिरहेको तागेरा वाइनमा ४० प्रतिशत एलेवेरा, ७० प्रतिशत ग्राउण्ड एप्पल साथै सिजनेबल फुड मिक्स गरिएको जानकारी दिए । उक्त वाइन सेमी स्वीटमा उपलब्ध छ । वाइन व्यवसायीहरुका अनुसार मुलुकमा वाइन अंगुर, भुइ स्याउ (ग्राउण्ड एप्पल), एलोवेरा लागयतका फलफुलबाट निर्माण गर्ने गरिएको छ । त्यस्तै रेड र ह्वाईट वाइन बजारमा उपलब्ध छ । ती वाइनहरु स्वीट, सेमी स्वीट र ड्राई क्याटोगोरीमा पाइन्छ । वाईनको बजार फैलिएसँगै बियर र हार्ड ड्रिङ्स गर्नेहरु डाइभर्ट भएर वाइन पारखी बनेको व्यवसायीहरुले बताउदै आएका छन् । सामान्यतया स्वदेशी वाइनको शुरुवाती मुल्य ४ सय रुपैयाँ रहेको छ । विश्वमा अत्यधिक मात्रामा अंगुरबाट बनेको वाइनलाई रुचाइन्छ । त्यस्तो वाइनको हिस्सा विश्व बजारमा ८५ प्रतिशत रहेको व्यवसायीहरु बताउछन् ।