विकासन्युज

फोटोग्राफी सौखिनका लागि हुवावेले भित्र्यायो वहुप्रतीक्षित पी २० प्रो स्मार्टफोन, मूल्य ९९ हजार ९००

काठमाडौं । हुवावेको नयाँ स्मार्टफोन ‘हुवावे पी २० प्रो’ नेपाली बजारमा भित्रिएको छ । शुरुमा पेरिसको बजारमा भित्र्याइएको उक्त स्मार्टफोन फोटोग्राफीका पारखीहरूलाई प्राथिमकता दिइएको छ । फोन बहुप्रतीक्षित स्मार्टफोनमा विश्वकै पहिलो लाइका ट्रीपल क्यामेरा जडान गरिएको कम्पनीको भनाइ छ । हुवावे पी सर्भिसको सबैभन्दा यस नयाँ स्मार्टफोनले मोबाइल फोटोग्राफीको सिर्जनात्मकतालाई थप उचाइमा पुर्याउने विश्वास कम्पनीले लिइएको छ । लाइका ट्रीपल क्यामेरामा भएको लाइका कलर टेम्प्रेचर सेन्सरको कारण सार्वजनि भएको मोबाइलले जुनसुकै वातावरणमा पनि प्रकाश र रङहरू कैद गरी त्यसको सुन्दर सम्मिश्रण तयार पर्ने बताइएको छ । कम्पनीको अनुसार क्यामेरामा अद्भुत ४० एमपी आरजीबी क्यामेरा सेटअप उपलब्ध छ । जसमा दृश्यको वास्तविक रङ कैद गरी तिक्खर तस्वीर निकाल्ने खुबी छ । त्यस्तै द २० एमपी मोनोक्रोम सेन्सर र टेलिफोटो लेन्ससहितको ८ एमपी सेन्सर उपलब्ध छ । यसबाट अध्याँरो ठाउँमा पनि आइएसओ १०२४०० सम्मको तस्वीर खिच्न सक्छ । फोनमा २४ मेघा पिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । जसले दिन वा रात, नजिक वा टाढा जस्तो सुकै दृश्य स्पष्ट र आकर्षक तरिकाले खिच्ने कम्पनीको भनाइ छ । साथै कृत्रिमवौद्धिकतायुक्त थ्रीडी फेसियल मोडलीङ प्रविधिले अनुहारको बनौट अनुरुप अद्भूत सेल्फीहरू निकाल्ने कम्पनीको दावी छ । फोनको विभिन्न फिचर्सहरुमा फुलभ्यू डिस्प्ले, ६.१ इञ्च स्क्रिनमा भिडियो, ४००० एमएएच क्षमताको व्याट्री, ६ जिबी रर्याम र १२८ जिबी रोम उपलब्ध छ । नयाँ खाले ट्वीलाइट, सुनौलो–गुलाबी, कालो र गाढा निलो रङमा उपलब्ध सो हुवावे पी २० प्रो अहिले नेपालमा भने ट्वीलाइट रङमा उपलब्ध छ । नेपाली बजारमा उक्त स्मार्टफोनको मूल्य कम्पनीले रु ९९,९०० तोकेको छ ।

मोरङको धनपाल गाउँपालिकामा सवा २ कराेड बराबरकाे ८० घर हस्तान्तरण

काठमाडौं । रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाइटीको संयुक्त प्रयासमा मोरङको धनपाल गाउँपालिका–६ मा नवनिर्मित ८० वटा दुई कोठे पक्की घर हस्तान्तरण गरिएको छ । धनपाल गाँउपालिका– ६ स्थित उक्त टोलमा गरीब, पिछडिएका मुस्लिम तथा अन्य हिन्दू समुदायका लागि रु दुई करोड २६ लाखमा ८० वटा घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो । सोही स्थानमा आठ कठ्ठामा स्वास्थ्य चौकी, विद्यालय, प्रार्थना स्थल (मस्जिद) को समेत निर्माण गरिएको छ । दुई कोठे पक्की घरका साथै प्रत्येक घरमा चापाकल र पक्की शौचालयको व्यवस्था गरिएको सोसाइटीका सदस्य अफजल हुसेन (गुल्जार)ले बताए । यसअघि उक्त संस्थाको सहयोगमा मोरङको सुनवर्षी गाउँपालिकामा ४० घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । संस्थाले २६ वर्षदेखि आयमुलुक कामका सामग्री र सीपमूलक तालीम समेत प्रदानगर्दै आइरहेको छ । उद्घाटनका अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका गास, बास र कपासको समस्याबाट अब नेपाली जनतामुक्त हुने बताएका । उनले मुलुकमा तीन तहको सरकारले जनतामा रहेको विकास र समृद्धिको चाहना पूरा गरी गरिबी हटाउने समेत विश्वास दिलाए। मुख्यमन्त्री राईले घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणबाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने बताउँदै निर्माण भएको संरचनाको संरक्षणसहित सदुपयोग गर्न आग्रह गरे। उनले ‘मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम’ का लागि प्रदेश सरकारले रु १ अर्ब रकम छुट्याएको बताउदै अब केही वर्षमा ग्रामीण क्षेत्रमा बाटोको कुनै समस्या नहुने धारणा व्यक्त गरे। पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले संसद् विकास कोषबाट प्राप्त हुने रु ४ करोड स्थानीयको छलफल एवं सहमतिबाट नदी नियन्त्रण, आयआर्जन, सीपमूलक तालीम लगायतमा खर्च गर्ने बताए । रहमा इन्टरनेशनल कुवेतका मुख्यदाता शेख वलिदले आगामी दिनमा मानवीय क्षेत्रका विकास र उत्थानमा थप सहयोग गर्ने दृढता व्यक्त गरे । रासस  

आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न पायो अनुमति

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंगलबार ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । छिट्टै हकप्रद सेयर निष्कासन गर्ने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त वादे श्रेष्ठले बताए ।

औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई अब सरकारले कारवाही गर्ने

काठमाडौँ । उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई अब सरकारले कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए । “विभागमा दर्ता भएका उद्योग सञ्चालन भए/नभएको हेर्न विवरण अद्यावधिक गर्न लागेका हौँ’, उनले भने । उद्योग विभागअन्तर्गत दर्ता भएका करीब सात हजार ५०० उद्योगमध्ये के कति सञ्चालनमा आएका र के कति सञ्चालनमा आएका छैनन् भन्ने बारेमा सूचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न लागेको भुसालको भनाइ छ । उनको अनुसार उद्योगको नाम, उद्योग रहेको स्थान, सम्पर्क व्यक्ति, उद्योग दर्ता नं र मिति, उद्योग सञ्चालन भएको मिति, उद्योग सञ्चालनको अवधि, कूल लगानी, विदेशी लगानी, रोजगार मजदूर, कच्चा पदार्थको प्रयोगलगायतका विषयवस्तु विवरणका साथ उद्योगले उपलब्ध गराउनुपर्ने हुन्छ । औद्योगिक व्यवसाय ऐनको दफा १२ ले उद्योगले तोकेको विवरण उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेअनुसार विवरण पेश गर्नका लागि विभागले आग्रह गरेको हो । क्षमता र उत्पादनका आधारमा तोकिएको विवरण पेश नगर्ने उद्योगपतिलाई औद्योगिक व्यवसाय ऐनको दफा ४१ बमोजिम कारवाही गर्ने विभागले जनाएको छ । उद्योग विभागबाट हाल रु १० करोडभन्दा कम विदेशी लगानीका साना उद्योग, रु १० देखि २५ करोडसम्मका मझौला उद्योग र रु २५ करोडभन्दा बढी लगानीका ठूला उद्योग दर्ता हुँदै आएका छन् । रासस

संचय कोषलाई एनएमबी बैंकको एफपीओ किन्न सीमा हट्यो, बुधबार नै सबै बिक्री हुने संभावना

काठमाडौं । कर्मचारी संचय कोषलाई एनएमबी बैंकको थप निष्कासन (एफपीओ) किन्ने सीमा हटेको छ । नयाँ व्यवस्थाअनुसार कोषले एनएमबीको बाँकी सबै एफपीओ खरिद गर्न सक्नेछ ।नेपाल धितोपत्र बोर्डले मंगलबार अधिकतम सीमाको प्रावधान खारेज गरेपछि संचय कोषलाई एनएमबीको हालसम्म बिक्री नभएको सबै एफपीओ खरिदका लागि बाटो खुला भएको हो । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएको छ । अब संस्थागत लगानीकर्ताले सबै एफपीओ किन्न पाउने भएका हुन् । संचय कोष  र  निर्जीवन बीमा कम्पनीले अधिकतम सीमा हटाउन अनुरोध गरेका थिए । बैंकको आग्रह अनुसार बोर्डले अधिकतम सीमा हटाएको हो । बुधबारदेखि संचय कोष र बीमा कम्पनीले बिक्री नभएको एफपीओ सबै खरिद गर्न सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । अधिकतम सीमा हटेकाले संभवत भोली नै एफपीओ बिक्री हुन सक्ने संभावना रहेको उनले जानकारी दिए । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । सीमा बढाए कोष र बीमा कम्पनीले एफपीओ सबै किन्न तयार रहेको उनको भनाई छ । खुलेको छैठौ दिन मंगलबारसम्म २ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । ५५ हजार आवेदकले ६१ लाख ५६ हजार १५६ कित्तालाई आवेदन परेको कार्कीले जाकारी दिए । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।

१० हजार घुस खाने नायव सुब्बा जुनेस सापकोटामाथी मुद्दा दायर

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंमा कार्यरत नायव सुब्बा जुनेस सापकोटामाथी मुद्दा दायर भएको छ । सापकोटामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सापकोटा कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार लिएको आरोपमा पक्राउ परेका थिए । अब उनीमाथी भ्रष्ट्राचार निवारण ऐन अनुसार कारबाही हुने अख्तियारले जनाएको छ ।

संचय कोषले निगमलाई एयरबसको अन्तिम किस्ता भुक्तानी गर्न बुधबार ८ अर्ब दिदै, एक सातामा विमान आउने

काठमाडौं । अर्को साता नेपालमा आउने एयरवस खरिदको अन्तिम किस्ता भुक्तानीका लागि कर्मचारी संचय कोषले नेपाल वायुसेवा निगमलाई बुधबार ८ अर्ब रुपैयाँ दिने भएको छ । असार १४ गते बुधबार २६७ सिट क्षमताको एयरबस नेपालमा अवतरण गर्दैछ । जहाज कम्पनीलाई अन्तिम वक्यौता भुक्तानी गर्न निगमलाई ८ अर्ब दिन लागेको संचय कोषका प्रशासक तुल्सी गौतमले बताए । कोषले दिने ऋण रकम निगमले जहाज बिक्रेता कम्पनी एएआर कर्पोरेसनलाई बुझाउने छ । एयरबस खरिद गर्न कोषले निगमलाई १२ अर्ब रुपैयाँ ऋण दिने सहमति गरेको थियो । गौतमका अनुसार विमान खरिदका लागि ४ अर्ब पहिले नै प्रदान गरिसकेको छ । सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया ऋण दिने सहमति गरेको थियो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिशत रहेको छ । सहमति अनुसार जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो व्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ । निगमले ल्याउने २ वटा विमानको लागि बैना स्वरुप ८ अर्ब पहिले नै प्रदान गरिसकेको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले बताए । अब कर्पोरेशनलाई निगमले दोस्रो एयरबसका लागि ८ अर्ब तिर्न बाँकी रहेको छ । एउटा एयरबस १४ गते र अर्को एक महिनापछि ल्याउने तयारी भएको निगमका प्रवक्ता श्रेष्ठले बताए । ‘विमान आएको ३ हप्ता आन्तरिक काममा व्यस्त हुन्छौं, ४ हप्तापछि विमानलाई दुबैको दोहामा उडान गर्ने तयारी गरेका छौं प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने । उनका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । श्रेष्ठका अनुसार नयाँ जहाजका लागि क्याप्टेन पाइलटको व्यवस्था एएआर कर्पोरेशनले नै गर्नेछ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ । निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् । हाल ६ वटा साना र ३ वटा ठुला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ । यस्तै एक महिनापछि आउने जाहाका लागि नागरिक लगानी कोषले ८ अर्ब रुपैया दिने भएको छ ।  

एभरेष्ट बैंकले विद्यालयलाई वितरण गर्यो शैक्षिक साम्रगी

काठमाडौं । एभरेष्ट बैंकले सतुंगलमा अवस्थित सामुदायिक बिष्णु देवी शिक्षा सदनलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरेको हो । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एल.वी. प्रभाकरले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरेका थिए ।