विकासन्युज

२०० कपडा उद्योग बन्द हुने खतरामा, ३५ हजार राेजगारी गुम्ने

काठमाडौं । पछिल्लो समय करिब २०० कपडा उद्योगहरु धरासायी हुने जोखिम बढेको छ । सरकारले कपडा उद्याेगलार्इ विगतमा दिदै आएको सुबिधा हटाएको, चाेरी पैठारीबाट कपडाकाे आयात बढेको, विदेशी कपडासँग प्रतिस्पर्धा हुन नसकेको लागयतको कारणाले धरासायी हुने जाेखिम बढेकाे हाे । नेपाल कपडा उद्याेग संघले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बजेटमार्फत कपडा सरकारले कपडा उद्याेगिले विगतबाट पाउदै अाएकाे सुबिधा हटाएको बताए । साथै अवैधानिक रुपमा आयता बढेको, विदेशबाट आयातित कपडाहरुसँग स्वदेशी कपडा उद्याेगले प्रतिस्पर्धा गर्न नसकेको लागयतको कारणले हाल मुलकमा सञ्चालन भइरहेको करिब २०० स‌ंख्यामा रहेकाे कपडा उद्योगहरु धरासायी हुने अवस्थामा पुगेकाे बताए । विगतमा पनि साना ठूला गरी करिब २०० कपडा उद्योग धरासायी भइसकेकाे उनकाे भनाइ छ ।‘पछिल्लाे बजेटअघिसम्म सिन्थेटीक कपडामा सरकारले मूल्यअभिवृद्धि कर १३ प्रतिशत लिन्थ्यो त्यसमा ७० प्रतिशत फिर्ता दिन्थ्यो साथै सुतीको कपडामा खरिद गर्ने क्रममा तिरेको रकमबाट बिक्रीमा उठाएको कर समायोजन गरिन्थ्यो,’ उनले भने ‘ती सबै सुविधालाई सरकारले मोबाईलमा मूल्यअभिवृद्धि कर फिर्ता नदिन अध्यादेश ल्याएसँगै साेही बास्केटमा राखेर कपडा उद्याेगकाे सुविधा समेत कटौती गरेको छ ।’ त्यस्तै उनले मुलुकमा बैधानकि करिब १० र अबैधानिक रुपमा ९० प्रतिशत कपडाको आयात भइरहेको बताए । उनका अनुसार जसबाट सरकारले २० अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाइरहेको छ । त्यसलाई थोरै मात्रै सुधारे १० अर्ब राजस्व गुम्नबाट जोगाउन सकिने उनकाे भनाइ छ । ‘केही वर्षअघिको अध्ययन अनुसार मुलुकमा अहिले प्रतिव्यक्तीलाई करिब ३० मिटर कपडा आवश्यक पर्ने र त्यसको आधारमा नेपालमा झन्डै ८० करोड मिटर कपडाे खपत छ,’ उनले थपे ‘त्यसमध्ये अहिले स्वदेशी उत्पादन ७ करोड मिटर मात्रै छ ।’ बाँकी अायात हुने र आयातित कपडामा पनि चाेरी पैठारीबाट मात्रै ९० प्रतिशत भित्रिने उनले सुनाए । कार्यक्रममा संघका उपाध्यक्ष जितेन्द्र लोहियाले विगतमा तराई क्षेत्रको औद्योगिक करिडोमा सञ्चालन भएका २०/२५ वटा उद्योग मध्ये अहिले एउटा मात्रै सञ्चालनमा रहेकाे बताए । ०७१ सालपछि कपडा उद्यागीहरुको लागि केही सहज कानून आए पनि फेरी पछिल्लो ०७५/७६ को अध्यादेशमार्फत सकारले उद्योगलाई धरासायीको बाटोतर्फ धकेलिदिएको उनको दुखेसाे छ । ‘अहिले नेपालमा पहिरन लगायताक सम्पूर्ण कपडालाई जोड्ने हो भने प्रत्येक एक जनालाई वर्षमा ६५ मिटर कपडा अवश्यक पर्छ,’ उनले भने ‘त्यो भनेको करिब १ अर्ब ८० करोड मिटर हुन जान्छ । नेपालमा हुने त्यातिका कपडा मध्ये करिब ९० प्रतिशत अायातित, चाेरी पैठारी लगायतकाे माध्यमबाट अाइरहेकाे छ । यसले नेपालबाट मुद्रा बाहिरने मात्रै हाेइन, स्वदेशी उद्याेगलार्इ नै धरासायी बनाएकाे उनकाे दावी छ । उनले चाेरी पैठारीलार्इ मात्रै राेक्ने हाे भने स्वदेशी उद्याेग उँभाे लाग्ने बताए । संघका सल्लाहाकार तथा हिरा टेक्स्टायलका सञ्चालक बद्रीराज श्रेष्ठले मुलुकमा कपडा उद्योग धरासायी हुनुको मुख्य कारण चोरी पैठरी रहेको बताए । ‘हामीले धेरै वर्षअघिदेखि कपडमा हुने चोरी पैठारी रोक्नका लागि पटक–पटक माग गर्दै अयौं,’ उनले भने ‘तर कहिले सरकारले सम्बोधन गर्ने प्रयत्न गरेन ।’ मुलुमा लोडसेडीङ हटेको छ । दशैँमा पटेका पड्काउन निशेष लगाइएकाे छ । तर किन कपडाको चोरी पैठारी हल गर्न सकिएको छैन भन्दै उनले सकारले प्रश्न गरे । सरकारले चाहने हो कपडमा भइरहेकाे चाेरी पैठारी राेक्न सक्ने भएता पनि त्यसप्रति चासो नदिएकाे उनको बुझाइ छ । स‌ंघका अनुसार हाल मुलुकभर ६ अर्ब रुपैयाँ बराबर कपडा उद्याेगमा लगानी भएकाे छ । जसबाट ३५ हजार बढी स‌ंख्यामा राेजगार प्रदान सृजना भएकाे छ । कपडा उद्याेग धरासायीकाे खतरासँगै कपडा उद्याेगमा अाबद्ध कर्मचारी तथा कामदारहरुको रोजगर जोखिममा पर्ने भएको छ ।

५ करोडको लागतमा कैलालीमा नीजि अस्पताल, ५० शैया पुर्याउने तयारी

काठमाडौं । कैलालीको धनगढीमा सुविधा सम्पन्न नीजि अस्पताल सञ्चालनमा आएको छ । धनगढीको हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आएको हो । उक्त अस्पताल करिब ५ करोडभन्दा बढी लगानीमा निमार्ण भएको हो । २५ शैय्याबाट सेवा दिइने यस अस्पतालमा आईसियू, एनआईसियु, पिसिआईयुको व्यवस्था रहेको सञ्चालकले जनाएका छन् । अस्पतालका अनुसार निजि क्षेत्रमा सञ्चालिक अस्पतालहरुमध्ये सेन्ट्रल अक्सिजन सप्र्ला, एयर, भ्याकुम पाईपलाईन पहिलो रहेको छ । अस्पतालले बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ/फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, जनरल मेडिशिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको जनाएको छ । अस्पतालका एमडि तथा वालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्रले नयाँ र अत्याधुनिक सुविधाहरु थप्दै उत्कृष्ट स्वास्थ्य प्रदान गर्ने अस्पतालको लक्ष्य रहेको बताएका छन् । उनले अस्पतालले ईर्मेजेन्सी सेवामा विशेषज्ञ सेवा आवश्यक परेमा तत्काल डाक्टरको सहज उपलब्धता गराउने बताए । साथै, उनले अस्पताललाई स्तरोन्नति गरि निकट भविष्यमै ५० शैया पुर्याउने र सिटी स्क्यान सेवा शुरु गर्ने जानकारी दिएका छन्।

काम गरेर संस्थानलाई नाफामा पुर्याए मात्र कर्मचारीलाई बोनस: मन्त्री अधिकारी

काठमाडौं । नागरिक उड्यान संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले कर्मचारीलाई बोनस दिन नसकिने बताएका छन् ।नेपाल वायु सेवा निगमको ६० औं वार्षिक उत्सवमा सम्बोधन गर्दै कर्मचारीले आफ्नो कामबाट खुसी लिनु पर्ने बताए । निगमका कर्मचारीहरुले विगतका वर्षहरुमा जस्तै १५ दिनको तलब बराबरको बोनस रकम दिन नसक्ने  उनले बताएका हुन् । ‘कामका लागि पैसा ठूलो कुरा होइन लेखेर राख्नुस् घाटामा रहेको संस्थानले कर्मचारीलाई बोनस दिन सक्दैन काम गरेर संस्थानलाई नाफामा लैजानुस् १५ दिनको होइन १ महिनाकै बोनस पाउनु हुन्छ,’ मन्त्री अधिकारीले भने । उनले निगमले अब अन्तर्राष्ट्रिय संस्थाहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको लागि सरकार सहयोग गर्न तयार रहेको बताए । निगममा रहेका १४ सय कर्मचारीको काम मुल्याङकन गर्न समेत अधिकारीले निगमका महाप्रबन्धक सुवत रत्न कंसकारलाई निर्देशन दिए । कार्यक्रममा महाप्रबन्धक कंसकारले सिगमलाई अब सरकारले हस्तक्षेप गर्नु पर्ने बताए । उनले पर्यटन विकासको जापानमा सरकारले हस्तक्षेप गरेको बताउँदै नेपालमा पनि विषेश योजना बनाएर पर्यटन विकास गर्नुपर्ने बताए । नेपालमा रहेको ३६ वटा संस्थानहरुमध्ये सबै भन्दा उत्कृष्ट बन्ने कंसकारले दाबी समेत गरे । निगमले २ वटा ३२०-३०० सिरिजको जहाजको ऋण मात्रै मासिक २० करोड नागरीक लगानीकोष र कर्मचारी संचय कोषलाई दिनु पर्नेछ ।

विवादित पाठ्यक्रमको परिक्षण गर्नु ग्राउन्डेड  विमानको परिक्षण उडान गर्न खोज्नु जस्तै हो

काठमाडौँ । नेपाल गणित समाजले त्रुटिपूर्ण पाठ्यक्रमको प्रस्तावित प्रारुपलाई परिमार्रजन पश्चात मात्र कार्यन्वयनमा लैजान माग गरेको छ । यो नै वैज्ञानिक प्रक्रिया हो । विवादित तथा त्रुटिपूर्ण पाठ्यक्रमको परिक्षण गर्नु “ग्राउन्डेड भएको विमानको परिक्षण उडान गर्न खोज्नु” जस्तै भएको गणित समाजले भनेको छ । समाजका अध्ययक्ष प्रा.डा टंकप्रसाद धमालाले भने २०७५ जेठ १८ गते शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले पारित गरेको भनि प्रकाशमा आएको थियो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को गणित समाज लागायत विभिन्न तह र तप्का बाट भएको विरोधलाई सरकारले सकारात्मक रुपमा लिएरको छ । यसले परिक्षणको रुपमा मात्र लागू गर्ने गरी हाललाई छलफलमा लैजाने निर्णयमा पुगेको जस्तो लागेको छ । नेपाल गणित समाजका सचिव डा. कन्हैया झाले भने विद्यार्थीहरुको भविश्यमा दुर्घटना निम्त्याउने अवश्यभावी छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप प्रकाशमा नल्याई नै पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माणको लागि विज्ञहरुलाई खटाईरहेको छ । गणित विषयका विज्ञहरुलाई समेत वोलावट भएकोमा हामीलाई आश्र्चय लागेको छ । नेपाल गणित समाजले यस प्रारुपमा भएका गम्भिर त्रुटिहरु तथा परिमार्जन गर्नु पर्ने पक्षहरुलाई समेत प्रष्टरुपमा लिपिवद्ध गर्न लागि परेको छ । प्रधानमन्त्रीको कार्यलय, शिक्षा मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रलाई समेत ध्यान आर्कषण गरिसकेको छौँ । सो अनुरुपको प्रगति के भयो ? जीव विज्ञानका विद्यार्थीहरुले गणित पढ्न पाउने व्यवस्था भयो भएन ? पाठ्यक्रमको प्रारुपमा प्रायोगिक गणितको स्थान कहाँ रह्यो ? २१ औं शताब्दीको पाठ्यक्रम विज्ञान प्रविधि मैत्रि हुनु पर्ने हाम्रो माग अब राष्ट्रिय आवाज बन्न पुगेको छ । यसलाई प्रारुपमा कसरी सम्बोधन गरिएको छ ? यी प्रश्नहरुको जवाफ भनेको राष्ट्रिय पाठ्यक्रमको प्रारुप प्रकाशमा ल्यएर मात्र पाउन सकिन्छ । तर्सथ प्रारुपनै प्रकाशमा नल्याई पाठ्यक्रमको निर्माणको औचित्य नहुने कुरामा हामी प्रष्ट छौं । नेपाल गणित समाजले पेश गरेका सुझावहरु समेटिएको पाठ्यक्रमको प्रारुप अनुरुपको पाठ्यक्रम निर्माणमा संलग्न हुनुमात्र गणित समाजको भावी पुस्ताको भविश्य प्रतिको जिम्मेवारी तथा दायित्ववोध हुनेछ । अतः हामी विज्ञान, प्रविधि र गणित विरोधि पाठ्यक्रम निर्माणमा सहभागी नहुने कुरामा दृढ रहदै पाठ्यक्रम निर्माणको यो हचुवा प्रवृत्तिको जोडदार भत्र्सना गर्दछौं ।  

सेयर बजारमा १४ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिनको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार कारोबार खुलेदेखि नै ओरालो लाग्न शुरु भएको बजार बन्द हुँदासम्म निरन्तर रुपमा ओरालो लागेको छ । समग्रमा नेप्से परिसूचक १४.०१ अंकले घटेर ११८४ अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट भएको छ । कुल १५८ कम्पनीको ६ लाख १९ हजार कित्ता सेयर १९ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार ९ समूहहरु कारोबारमा आएका छन् । कारोबारमा आएका सबै समूहको परिसूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८९ अंकले झरेको छ । त्यस्तै, माइक्रोफाइनान्स, विकास बैंक, होटल र बैंकिङ्समूह दोहोरो अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् । सो दिन आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा बढी ५.८८ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । उता तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।

सरकारले प्रसारणलाइन गुरुयोजना ल्यायो, ६ खर्ब थप लगानी चाहिने

काठमाडौं । सरकारले थप ६ खर्ब रुपैयाँ लगानी हुने गरी प्रसारणलाइन गुरुयोजना ल्याएको छ । १३२, २२० र ४०० केभी क्षमताका प्रसारणलाइन र सवस्टेशन बनाउन यो रकम आवश्यक पर्ने देखिएको हो । जसअनुसार ३ खर्ब ७० अर्ब प्रसारणलाइन प्रणाली र २ खर्ब २७ अर्ब रुपैयाँ सवस्टेशन निर्माणमा लगानी आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्र ज्ञवालीले प्रसारणलाइनमा लगानी फिर्ता हुन २५ वर्षसम्म समय लाग्ने भन्दै सरकाले बनाउनु पर्ने बताए । उनले १३२ केभी क्षमताका २ हजार ५१५, २२० केभी क्षमताको १ हजार ११६० र ४०० केभी क्षमताको ३ हजार १९२ किलोमिटर लामो प्रसारणलाइन आवश्यक भएको बताए । प्रसारणलाइन गुरुयोजना तयार भएकाले अब नदी वेसिनमा जलविद्युत आयोजना निर्माण र ऊर्जा प्रसार सहज हुने बताए । ऊर्जामन्त्री पुनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनालाई प्रसारणलाइन गुरुयोजनाले समधान गरेको बताए । अब निजी लगानीकर्ताले बिजुली खरिदबिक्री नहोला भनेर चिन्ता लिनुपर्ने अवस्था नरहेको स्पष्टपारे । उनले ८०० मेगावाट क्षमताका विभिन्न आयोजना बनाउन चीनबाट मात्रै २ खर्ब रुपैयाँ लगानी आउने उनले जानकारी दिए । नयाँ प्रसारणलाइन गुरुयोजनाको मन्त्री पुनले सार्वजनिक गरेका छन् ।

७५ प्रतिशत शिक्षण संस्था चल्ते चलाते अवस्थामा छन्- रमेश शिलवाल

रमेश शिलवाल, अध्यक्ष, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल तपाई एसईई दिएका विद्यार्थीहरुलाई कस्ता विषय र कस्ता कलेज छान्न सुझाव दिनुहुन्छ ? पहिलो कुरा विद्यार्थीको चाहना, रुची के हो भनेर बुझ्नु पर्छ । उसले कुन बिषयमा आफ्नो शिप र क्षमता प्रदर्शन गर्न सक्छ भनेर निर्क्योल गर्नु पर्छ । यहाँ पाँच वटा स्ट्रिममा अध्ययन हुन्छन् । आईबि पढ्ने कि, प्लस टु पढ्ने कि, सीटिईभीटी पढ्ने कि, ए लेभल पढ्ने कि सिबिएससी पढ्ने कि कुन पढ्ने भनेर छान्नुपर्छ । त्यसपछि कुन संस्थामा पढ्ने हो भनेर छान्ने हो । आइबी पढ्ने हो भने एउटा मात्रै संस्था छ, त्यहिँ जानु पर्छ । ए लेभल पढ्ने हो भने ४० वटा संस्थामध्ये एउटा संस्था रोज्न सकिन्छ । प्लस टु र सिटिईभीटीमा अलि बढि रोजाईका सुबिधा छन् । त्यसपछि शिक्षण संस्थाका प्रवद्र्धकहरुको पृष्ठभूमिमा हेर्नुपर्छ । त्यसपछि फ्याकल्टी र शैक्षिक वातावरण हेर्नुपर्छ । त्यसपछि संस्थाको पूर्वाधार हेर्नुपर्छ । अनि विद्यार्थीहरुको अतिरिक्त क्षमताहरुको फ्रस्फुटनमा त्यो शैक्षिक संस्थाले कति ध्यान दिन्छ भनेर हेरिनुपर्छ । एउटा विद्यार्थीमा थुप्रै खाले प्रतिभाहरु हुन्छन्, त्यसलाई उजागर गरिदिन सक्ने शैक्षिक संस्था रोज्नुपर्छ । यातायात, होस्टेलको सुबिधा लगायतका सवाल पनि महत्वपूर्ण हुन्छन् । विद्यार्थीहरुलाई अनुशासनको दायरामा रहेर उत्कृष्ठ नतिजा ल्याउन सफल र अध्ययन सम्पन्न गरिसकेपछि उनीहरुको सेटलमेन्ट कस्तो भएको छ भनेर पनि हेर्नुपर्छ । मुल कुरा भनेको विद्यार्थी र अविभावक बसेर के पढ्ने र कहाँ पढ्ने भन्ने निर्णय लिनु राम्रो हुन्छ । अभिवभावक र विद्यार्थीका बीचमा कतिको द्वन्द्व देखिन्छ ? पुरानो पुस्ता र नयाँ पुस्ताका बीचमा जेनेरेशन ग्यापले कहाँ पढ्ने र के पढ्ने भन्नेबारे केहि द्वन्द्व रहन सक्छ । अविभावकहरुले विज्ञान वा अन्य आईटी तथा प्राविधिक विषय पढाउन चाहेका हुन्छन् । तर विद्यार्थीहरुले भने कमर्स, व्यवस्थापन वा अन्य कुनै बिषय पढ्न चाहेका हुन्छन् । त्यस्तो अवस्थामा अविभावक र विद्यार्थीबीबच द्वन्द्व भएको छ । अर्काे भनेको कलेज छनौटका सवालमा पनि अविभावकहरुले आफूलाई मन परेका संस्थामा पठाउन चाहान्छन् । तर विद्यार्थीले भने साथीहरुको रोजाईका आधारमा कलेज मन पराउँछन् । कसैलाई खेलमा ध्यान दिने कलेज मनपर्छ, कसैलाई रिजल्ट राम्रो आउने कलेज मनपर्छ । यस्ता कुराले १० प्रतिशतसम्म विवाद आउँछ । करिअरमा केन्द्रित भएर विद्यार्थीलाई परामर्श दिने चलन चाँही कति छ ? मैले यसपाली नै ३० जना जतिलाई परामर्श दिईसेको छु । एक जना बहिनीलाई के पढ्ने भनेर सोँधे । उनले साईन्समा बायोलोजी पढ्ने भनिन् । बायोलोजी बढेर नर्स बन्ने रे । नर्स बनेपछि रमाईलो हुन्छ रे । यस्तो अवस्थाका विद्यार्थीहरु पनि हुन्छन्, हामीले राम्रो परामर्श दिएर उदेश्य अनुसारको बिषय छान्न प्रेरित गरिरहेका छौं । तर धेरै विद्यार्थीहरु अन्तरक्रियात्मक हुँदैनन्र । उनीहरुको चाहाना के हो भनेर खुलेर कुरा गर्दैनन् । विदेश जाने विद्यार्थीहरुलाई काउन्सलिङ लिने अभ्यास छ तर नेपालमा नै पढ्ने विद्यार्थी किन काउन्सिलिङ लिन तयार हुँदैनन ? वास्तवमा विदेश जाने नेपाली विद्यार्थीहरुलाई परामर्श दिने चलन नै छैन । खाली फलानो कलेजमा पढ्न यो यो सुबिधा छ, यो यो बिषय छ, यति समय पढ्न पाइन्छ, यति समय काम गर्न पाइन्छ भनेर मात्रै परामर्श दिएको हुन्छ । त्यो त जानकारी मात्रै हो, जुन नेपालमा सरकारी निकायहरुमा सूचना अधिकारीले दिन्छन् । कहाँ गएर के पढ्ने र पढेपछिको अवसर के हुन्छ भनेर कसैले पनि भन्ने गरेका छैनन् । उनीहरु कलेजको काउन्सिलिङ गर्छन, करिअर काउन्सिलिङ गर्दैनन् । उनीहरुले काउन्सिलिङ विषय पढेका पनि हुँदैनन् । म्यानेजमेन्ट पढेकाले करिअर काउन्सिलिङ गर्न सक्दैन, जान्दैन, उसले दिने काउन्सिलिङको खास भ्यालु पनि हुँदैन । अहिले छोटो समयमा पढेर धेरै पैसा कमाउन सकिने बिषयहरु के के छन् ? छोटो समयमै पढेर धेरै कमाउने हो भने त उद्यमी नै बन्नुपर्छ । त्यसमा पनि जोखिम धेरै हुन्छ । केमा लगानी गर्ने, कति लगानी गर्ने ? कहाँबाट ल्याएर लगानी गर्ने, कसरी नाफा कमाउने भन्नेबारे राम्रो अध्ययन गर्नुपर्छ । जागिरेहरु भोको पनि बस्नु पर्दैन र धेरै आम्दानी पनि हुन्न । उद्यमी व्यवसायी सोचेले पैसा कमाउन सकिन्छ तर जागिरेर मानसिकताले धेरै कमाउन सकिन्न । खेलाडी र हिरो हिरोइनीले पनि छोटो अवधिमा कमाउछन् । ३०/३५ कटेपछि यो क्षेत्रमा लागेका थोरै मान्छेले मात्र निरन्तर कमाउँछन् । डाक्टर, वकिल, सीएहरु ४० वर्ष कटेपछि मात्र राम्रो कमाउन सक्छन् । त्यसअघि यस पेशामा राम्रो कमाई हुँदैन । नेपालको शिक्षा चाँही जागिर केन्द्रित भन्ने आरोप लागिरहेको छ, यसलाई कसरी हेर्ने ? नयाँ पुस्तामा उद्यमशिलता बढिरहेको छ । जोसँग पैसा छ, उसँग ज्ञान छैन, ज्ञान हुनेसँग पैसा छैन । समूहमा काम गर्ने संस्कृति पनि हामी कहाँ देखिएको छैन् । समूहमा काम गर्ने संस्कृति हुन्थ्यो भने पूँजी जुटाउने उपाय पनि आउँछ । हामीले ज्ञान भएका र पैसा भएकाहरुलाई जोड्न सक्नुपर्छ । मैले नै आफ्ना विद्यार्थीहरुलाई राम्रो परियोजना ल्यायौं भने ५० प्रतिशत लगानीको स्रोत जुटाई दिन्छ भन्ने गरेको छु । सुपारीको बोटबाट प्लेट बनाउने परियोजना हाम्रै विद्यार्थीले सुरु गरेका थिए, त्यो परियोजना सफल भएको छ । एक रोड ६३ लाख प्लेट बनाईसकेका छन् । सबै बिक्री भईसकेको छ । केहि विद्यार्थीले बैंकको जागिर छाडेर होटलहरुमा तरकारी बेच्ने काम सुरु गरेका छन् । मासिक ५/७ लाख नाफा भैरहेको बताईरहेका छन् । केहि विद्यार्थीहरुले वल्र्ड कपको टि सर्ट र झण्डा बनाएर बेचिरहेका छन् । युवाहरुलाई उद्यमशिल बनाउन हामीले उनीहरुको शिप र जागरको सदुपयोग गर्ने वातावरण बनाउनुपर्छ । शिक्षा र उद्यमशिल बजारको मागका बीचमा तालमेल नमिलेको हो कि ? हाम्रो श्रम बजारमा प्रत्येक वर्ष ४ लाख ५० हजार युवा आउँछन् । तीमध्ये २ प्रतिशत सरकारी सेवामा जान्छन भने ८ प्रतिशत निजी क्षेत्रमा रोजगार हुन्छन् । ४५ हजारले जागिर पाए भने ४ लाख ५ हजारले कि उद्यमशिल बन्ने वा विदेश जाने विकल्प मात्रै हुन्छ । त्यसकारण राज्यमा उद्यमशिलता मैत्री वातावरण हुनुपर्छ । एसईई पछि अध्ययनका लागि विद्यार्थी काठमाडौं आउने क्रम कस्तो छ ? राम्रा कलेजहरु भएको पोखरा, विराटनगर, चितवन, बुटवलबाट पढ्नका लागि काठमाडौं आउनेहरुको संख्या घटेको छ । अन्य ठाउँबाट भने आईरहेकै छन् । काठमाडौं र बाहिरका कलेजहरुमा शुल्कमा खासै फरक छैन । काठमाठौं बस्दा घर भाडा, खाना खाजाको हिसाब गर्दा मात्रै यहाँ अलि महंगो जस्तो देखिने हो । उपत्यका बाहिरबाट आउने सबै विद्यार्थीहरुलाई पठाउन काठमाडौंका कलेजहरुले सक्ने अवस्था छ कि छैन् ? सबै विद्यार्थीहलाई पठाउन सक्ने अवस्थामा काठमाडौंमा कलेजहरुको संरचना तयार भएको छ । ठूला र राम्रा कलेजहरुमै पढ्ने चाहना भने पुरा नहुन सक्छ । मेरो कलेजमा ७ हजार आवेदक हुन्छन् । मैले पढाउने भनेको १६ सय विद्यार्थीलाई मात्रै हो । राम्रा कलेजहरुको क्षमता सीमित हुन्छ । मध्यम खालका कलेजहरुमा जति पनि बढ्न सक्छन् । कतिपय अवस्थामा कलेजहरु चलाउन नसकेको अवस्थामा छन् । चल्ते चलाते अवस्थमा छन् । कति जति कलेजहरु चल्ते चलातेको अवस्थामा होलान् ? २५ प्रतिशत कलेजहरु राम्रोसँग चलिरहेका छन् । कतिपय मर्ज भएका छन्, कतिपय बेचिरहेका छन् । ७५ प्रतिशत कलेजहरु चाँही चल्ते चलाते चलिरहेका छन् । त्यसरी कलेजहरु सञ्चालन गर्नुहुन्न भन्ने हाम्रो मान्यता हो । कुन बिषय पढ्न कति पैसा तिर्नुपर्छ ? विज्ञान बिषय पढ्न १ लाख ५० हजार देखि ४ लाखसम्मका पढाईने कलेज छन् । व्यवस्थापनमा १ लाख देखि ३ लाख, मानबीकीमा ८० हजार देखि २ लाखसम्म र शिक्षाशास्त्र संकायमा ६० हजार देखि १५० हजारसम्म शुल्क तिर्नुपर्ने कलेजहरु छन् । ११ मा कम शुल्क लिने तर १२ मा धेरै पैसा लिने चलन हावी भएको हो ? मेरो कलेजमा चाँही ११ मा भन्दा १२ मा कम शुल्क छ । मैले सबै साथीहरुलाई शुल्कमा पारदर्शी बन्न आग्रह गरिरहेको छु । त्यसो गर्ने संस्थाहरु विस्तारै धरासायी हुँदै जानेछन् । ग्रेडिङ सिस्टमको राम्रो र नराम्रो प्रभाव के हुन्छ ? नतिजा खस्किरहेको छ । गत वर्ष भन्दा ७ प्रतिशत नतिजा घटाएको छ । ७ वटा बिषयहरुमा विद्यालयले नै प्राक्टिकलमा २५ नम्बर दिने व्यवस्था गरेकाले ठिकै देखिएको मात्रै हो । गणित बाहेकका बिषयहरुमा गुणस्तर खस्किएको छ । अब ११ र १२ कक्षमा यसले महामारी (डिजास्टर) नै ल्याउँछ । विश्विद्यालयस्तरको गुणस्तर पनि यसले ठूलो मात्रामा घटाउँछ नै । सि, डी ग्रेड ल्याउने विद्याथीहरुको भविष्य कस्तो हुन्छ ? लोक सेवा आयोगले नै २ जीपीएस मागेको छ । मानिस पास त १.६ मै हुन्छ । पास भएकाहरु पनि बजारमा बिक्री भएनन् भने के अर्थ ? नागरिकलाई बिक्री योग्य बनाउनुपर्छ । डी र ई ल्याउनेहरु फेल नै हुन् । उनीहरुले कलेज पढ्न पाउँदैनन् । माथिल्लो तह पढ्न नपाउने भएपछि पास हुनु र फेल हुनुको के अर्थ ? ग्रेडिङ प्रणालीमा फेल हुँदैन भनेर किन हल्ला गरिएको ? पुनः परिक्षा दिनुपर्ने व्यवस्था किन गरेको डी र ई ल्याउने विद्यार्थीहरुलाई ? पुनः परीक्षा दिनुपर्नेहरु कसरी पास भए ? हिसानले ग्रेडिङ प्रणालीको बिरोध गर्दै आएको छ । यो मन्त्रालयका केही स्वः घोषित विद्धानहरुले ल्याएको व्यवस्था हो जसले समस्याहरु थपिरहेको छ ।

१ वर्षमा ४२५ वटा छात्रवृत्ति कोटा, विदेश अध्ययनका लागि शाखाले पाएन विद्यार्थी

काठमाडौँ । नेपालबाट पाकिस्तान छात्रवृत्तिमा अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या कोटा भन्दा पनि कम भएको छ । नेपालका लागि पाकिस्तानले दिएको बिएसी इन्जिनियरिङमा ६ जनाको कोटा थियो । जसमा ३ जनाको मात्रै आवेदन दिएका थिए । ३ जना मध्ये पनि २ जनाले नजाने भनेर निवेदन दिएका थिए । १ जना मात्रै पाकिस्तानमा इन्जिनियरिङ पढ्न गएका छन् । पाकिस्तानमा नै डिफारमेसीमा ८ जनाको कोटामा ९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका ९ जना मध्ये ६ जनाले नजाने भनेर निवेदन दिएका थिए । ८ जनाको कोटामा ३ जना मात्रै अध्ययनका लागि गएका थिए । इजिप्टले १५ जनाका लागि अरवी भाषाको कोटा दिएको थियो । १५ जनाको कोटामा २१ जनाको आवेदन परेको थियो । जसमध्ये ४ जनामात्रै अध्ययनका लागि गएका छन् । छात्रवृत्ति शाखाका प्रमुख तथा उपसचिव रेवतीप्रसाद पराजुलीका अनुसार आर्थिक वर्ष २०७४ देखी ७५ असारसम्म नेपाल भित्र १९३ जनाको छात्रवृत्तिको कोटा थियो । र नेपालबाट विदेश छात्रवृत्तिमा अध्ययन गर्न इजिप्ट र पाकिस्तानका लागि विद्यार्थीले थोरै आवेदन दिएका छन् । इजिप्टमा १८ जनाको कोटा थियो जसमा ९० जनाले आवेदन दिएका थिए, तर १० जना मात्रै इजिप्टमा अध्ययनका लागि गएको उनले बताए । नेपाल र विदेशमा गरि ४४२ जनालाई छात्रवृत्तिमा अध्ययन गर्ने कोटा आएको थियो । जसमध्य विदेशमा अध्ययनको २३२ जनाको कोटा थियो । नेपालमा १९३ जनाको कोटामा १ हजार ७४२ जनाले आवेदन दिएका थिए । विदेशमा २३२ जनाको कोटा थियो । कुनै कोटामा विद्यार्थीले चाहिने भन्दा धेरै आवेदन दिएका छन् भने कुनैमा थौरैले आवेदन दिएका छन् । विदेशी कोटामा विद्यार्थी आफैले पनि अन्यलाई फर्म भर्ने गरेका छन् । कुनै कोटामा दुतावासले नै आवेदन लिने पनि गरेको छ ।