विकासन्युज

घरमा बसेर व्याचलर्स पढ्ने हो ? व्यवस्थापन र कानूनका ४ विषयमा खुला विश्वविद्यालयमा भर्ना खुल्यो

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ सुरु गर्न लागेको छ । विश्वविद्यालयले आइतबारबाट भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र बिबिएस विषयको पढाइ सुरु गर्न लागेको हो । एमबीए २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम हो । एमबीए पढनका लागि जुनसुकै विधामा स्नातकोत्तर वा सो सहर द्धितीय श्रेणीमा उत्तिर्ण वा सिजीपिएमा २.७ अंक प्राप्त गरेको हुनुपर्ने विश्वविद्यालयले जनाएको छ ।एमएसडिएमजी २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम हो । एमएसडिएमजी पढनका लागि जुनसुकै विधामा स्नातकोत्तर वा सो सहर हुनुपर्ने छ । एलएलबी ३ वर्षे वर्षीय स्नातक कार्यक्रम हो । एलएलबी पढनाका लागि जुनसुकै विधामा स्नातक उत्तीर्ण वा सो सहर हुनुपर्ने छ । बीबीएस ३ वर्षीय स्नातक कार्यक्रम हो । कक्षा १२ वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र बीबीएस विषयको लागि भर्ना खुला गरेको प्रा.डा. लेखनाथ शर्माले बताए । भर्ना आवेदनको फारम विश्वविद्यालयको वेभसाइटमा गएर भर्न सकिने छ । एमबीए र एमएसडिएमजी भर्ना साउन ३१ गतेसम्म तोकेको छ । बीबीएसको साउन १५ गतेसम्म तोकेको छ । एलएलबीको भने अर्काे सूचना निकालीने शर्माले बताए । एमबिए र एमएसडिएमजीको प्रवेश परीक्षा साउन १९ गते बिहान ८ः३० बजे काठमाडौँ, पोखरा, वीरगञ्ज, इटहरी र कोहलपुरमा हुने विश्वविद्यलयले जनाएको छ । अवेदन शुल्क एमबिए १ हजार २००, एमएसडिएमजी १०००, एलएलबी १००० र बिबिएस ३०० रुपैयाँ तोकेको छ । विश्वविद्यालयले यस अघि लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गरिसकेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे २ अर्ब नाघ्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ११.८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १३औँ वार्षिक साधारणसभाले कम्पनीको २.५० प्रतिशत बोनस र ९.३० प्रतिशत नगद गरी सो लाभांश पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । २.५० बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । यस विकास बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा करिब १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले करिब २५ करोड ०६ लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।

मेसी हारिरहे, तर यो पटक मेसीका लागि रुने आसु मसँग थिएन !

खेमराज श्रेष्ठ काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर । जब रेफ्रिले खेल सकिएको अन्तिम सिठ्ठी फुके मैले मेसीलाई नियाली रहेँ । उनले जब आसु खसाल्न थाले मैले पनि रोक्न सकिन । कोपा अमेरीका एक सयौं वर्ष पुगेको अवसरमा भएको फाइनल खेल पेनाल्टीबाट हुने निधो भयो । सबैभन्दा पहिले पेनाल्टी प्रहार गर्न चीलीका अटुरो भिडाल आए । उनले पेनाल्टी आउट हानेपछि अर्जेन्टिनाका मेसी गए । उनी पनि असफल भए । फेरी ट्रफि चीलीले उचाल्यो । यसपटक पनि मेसी नराम्ररी रोए । मेसीको रातो आखाँ देखेर मैले पनि आसु थाम्न सकिनँ । केहि समयपछि सन्यास घोषणा गर्दै यो मेरा लागि होइन भने । उनको सन्यास फिर्ता गर्न अर्जेन्टिनाको राष्ट्रपति समेत लागे अन्तत उनले संन्यास फिर्ता लिदै कठिन रुपमा विश्वकपमा स्थान बनाए । जब रसिया विश्वकपको चहल-पहल शुरु भयो मेरो एउटै सोचाई थियो यो वर्ष मेसीले ट्रफि उचाल्नेछन् । सबै आलोचकको मुख बन्द गर्नेछन् । अन्तिम समयमा नाइजेरियालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो । यो पछि कुनैपनि हालतमा मेसीले विश्वकप जित्छ भन्ने मेरो विश्वास थियो । जब अन्तिम १६ को खेल नजिकिदैं आयो । मैले सपनामै अर्जेन्टिना फ्रान्ससँग २ ० हारेको देखेको थिए । मनमनै यो डर थियो कि बिहानी पख देखेको सपना । तर एक मन सपना न हो भन्ने थियो । दिनभर छटपटि भैरहेको थियो । साथीहरु आत्तिदै साेध्दै थिए आजको खेल के हाला मैले सान्तोना दिदैं भन्थेँ राम्रो सेट र सम्हालिएर खेले जित्छ । खेल समय नजिकिदैं थियो जब गोल डट कममा अर्जेन्टिनाको खेलाडीको सूचि हेरेँ । अग्युइरो, हिग्योइन र डिबाला बेन्चमा रहेछन् । यसले अर्जेन्टिनालाई ठूलो संकट निम्त्याउने मेरो आकलन थियो । उसो त मुख्य प्रशिक्षक जोर्जे साम्पोलीले खेलाएको खेलमा टिमले एउटै खेल राम्रो खेल्न सकेको थिइन । खेलको दोस्रो हाफमा जब साम्पोलीले रोजोलाई परिवर्तन गरे अब अर्जेन्टिनाले पुर्ण रुपमा हार बेहोर्याे भन्ने मेरो अनुमान थियो । खेलको अन्त्यतिर कठोर हुदैं रेफ्रिले ४ मिनेटको मात्र समय थपे तर १ गोलले खेल फर्किने अवस्थामा थिएन । फेरी एक पटक रेफ्रिले मेसी असफल भयो भन्दै सिठ्ठी बजायो । म केबल टोलाइरहेँ तर यो पटक मसँग मेसीका लागि रुने आसु थिएन किनकी उनीहरु आफ्नो कारणले कपबाट बाहिरिदैं थिए । प्रशिक्षक साम्पोली आफ्नो टोलीलाई उत्तर कोरियाले रकेट परिक्षण गरे जस्तो कहिले कुन त कहिले कुन खेलाडी छनोट गरिरहेक थिए । यो पटक अर्जेन्टिनाको ब्युरोकेसी यति कमजोर भएर रसिया पुग्यो कि क्षमतावान खेलाडी भएर पनि कुनै पनि खेलमा आफ्नो योजना सफल बनाउन सकेन । मेसीका लागि अब पुर्ण रुपमा अन्तर्राष्टिय ट्रफि जित्ने बाटो बन्द भएका छन् । भलै उनले सन्यास लिने हिम्मत गरेका छैनन । कप जित्नका लागि सबै कुराको साथ चाहिन्छ । अर्जेन्टिनाका लागि नियमित गोल किपर रोमेरो घाइते हुनु पहिलो दुर्भाग्य रह्यो । त्यस्तै मिडफिल्डर लान्जिनी पनि घाइतेका सिकार भए । मेसीले प्रतियोगिता अघि कप्तानीबाट राजिनामा दिनुपर्ने मेरो व्यक्तिगत विचार थियो तर उनले त्यसो गरेनन् । पुराना असफलताले निरास बन्ने डरले उनी पटक पटक त्यसलाई विर्सने प्रयास गरिरहेका थिए । जे गरे पनि ४ पटक विश्कप खेलेका मेसीको भागमा विश्वकप परेन । उनलाई हुने हार दैव नटार भने जस्तै भयो । न कराएर हुने न रोएर । खेलले हार्न राम्ररी सिकाउँदो रहेछ । विश्वकप खेलप्रमिहरुको यस्तो चाड हो जहाँ एक वर्षको जित हार वषौसम्म चर्चाको विषय बनिरहन्छ । मिठा होस् या नमिठा अनुभव ।

गैरसरकारी संस्थालाई सिद्धार्थ फाउन्डेसनको आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्र्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एण्ड ऐजुकेशन सर्भिस(रेहेष्ट) नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । फाउन्डेसनले पिछडिएका बालिकाहरुको शिक्षाका लागि ८४ हजार ८८५ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम एक समारोहकाबीच बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले रेहेष्टका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरेका थिए । सो रकम विभिन्न जिल्लाका पिछडिएका १६ जना छात्रछात्राहरुको अध्ययनका लागि बैंकले रेहेष्टमार्फत् प्रदान गरेको हो । उक्त कार्यक्रममा बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले आगामी दिनहरुमा पनि यस फाउन्डेसनले यस्तै प्रकारका विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी दिएका छन् । बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

इलाम । दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ । दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यू उत्पादन हुँदै आएको छ । उद्योगमा वार्षिक रूपमा उत्पादन हुने ८० हजार किलोग्राम छुर्पी अमेरिका निर्यात हुँदै आएको उद्योगका व्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । इलाममा रहेका निजी डेरी उद्योगका साथै पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमसमेतका डेरीबाट उत्पादन हुने डगच्यू पनि सेतोट्यामीले संकलन गर्दै आएको छ । “इलाम र अन्य चार वटा जिल्लाबाट छुर्पी संकलन गर्छौं । हामीले उत्पादन गरेको र खरिद गरेर वर्षेनी तीन लाख किलो छुर्पी अमेरिका पठाउँछौँ”, श्रेष्ठले भने। सेतोट्यामीले उत्पादन गरेको र संकलन गरेको छुर्पी काठमाडौँको मनराम फार्म प्रालि र मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि हुँदै अमेरिकामा हिमालयन डगच्यू नामक कम्पनीमार्फत बिक्री हुँदै आएको छ । श्रेष्ठका अनुसार यसअघि भनेजति डगच्यू निकासी गर्न नसक्दा अमेरिकामै उद्योग खोल्नु परेको थियो । अहिले काठमाडौंमा पनि उद्योग खोल्ने तयारी भइरहेको उनले बताए । दुई वर्षअघि १०० लिटर दूध संकलन गरेर शुरू गरिएको उद्योग अहिले १० रोपनी जमिन खरिद गरेर आफ्नै भवनमा कारखाना सञ्चालन गर्दै आएको छ । रोङ गाउँपालिकाको शान्तिपुर, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र पशुपतिनगर तथा इलाम नगरपालिकाकै गोदक क्षेत्रमा संकलन भएको चार हजार लिटर दूध यहाँ दैनिक प्रशोधन गरिँदै आएको छ । रासस

लगानीकर्ताले नेपाल बैंकको एफपीओलाई पत्याएनन्, २ दिनमा १४ करोडको मात्र बिक्री

काठमाडौं । लगानीकर्ताले नेपाल बैंकले प्रिमियम मूल्यमा ल्याएको थप निष्कासन (एफपीओ) लाई पनि पत्याएनन् । खुलेको दुई दिनमा ४ हजार ६३६ आवेदकबाट ५ लाख १ हजार ३०० कित्ता एफपीओ किन्नलाई आवेदन परेको छ । पहिलो दिन शुक्रबार २ करोड ८० रुपैयाँको १ लाख कित्ता मात्र एफपीओलाई आवेदन परेको थियो । हालसम्म संस्थागत लगानीकर्ताले एफपीओका लागि आवेदन नदिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंक प्रमुख सुजन घिमिरेले बताए । बैंकको सेयर मूल्य घटेर एफपीओको दर नजिक आएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता २९२ रुपैयाँमा कारोबार भएको छ । यो मूल्य एफपीओ भन्दा १२ रुपैयाँ बढी हो । सेयर बजार घट्ेका बेला एफपीओ आएकाले लगानीकर्ताले चासो नदिएका हुन् । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । शुक्रबारदेखि नै संस्थागत लगानीकर्तालाई एफपीओ खुला गरेपनि हालसम्म आवेदन परेको छैन् । निर्धारित समयमा एफपीओ बिक्री नहुने देखिएको छ । एफपीओ निष्कासन बन्द छिटोमा असार १९ गते र ढिलोमा साउन १३ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थले जनाएको छ । न्युनतम ५० कित्ता र अधिकम १० ले भाग जाने गरी विद्यमान कानूनी व्यवस्थाको सीमाभित्र रहने गरी अधिकतमका लागि आवेदन दिन सकिने छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । ८ वटा मर्चेन्टले बैंकले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् ।

साउन १ गतेदेखि मजदुरको तलब बढ्ने, ९ हजार ७ सयबाट पुग्ला त २० हजार ?

काठमाडौं । साउन १ गते देखि सबै मजदुरहरुको तलब वृद्धि हुँदैछ । सरकारले २ बर्षमा मजदुरहरुको तलब समायोजन गर्ने व्यवस्था अनुसार गठन गरेको न्युनतम पारिश्रमिक निर्धारण समितिले एक साता भित्रै नयाँ तलबमान तोक्ने तयारी गरेको हो । श्रम मन्त्रालयले सह सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय न्युनतम पारिश्रमिक निर्धारण गठन गरेको थियो । समितिको बैठक ९ पटकसम्म बसिसकेको छ र अब एक हप्ताभित्रै मजदुरहरुको न्युनतम पारिश्रमिक निर्धारण हुनेछ । ‘हामी छलफलको अन्तिम तर्फ पुगिसकेका छौं, निष्कर्षलाई लिपीवद्ध गर्न मात्रै बाँकी छ’, समितिका सदस्य तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक पौडेलले पनि एक हप्ताभित्रै मजदुरहरुको नयाँ तलबमान तोकिने दावी गरे । ‘हामीले आफ्नो अडान राखेका छौं, उद्योगीहरुले आफ्नो कुरा राख्नु भएको छ, ९ पटक छलफल भएको छ, अब अर्काे निर्णायक छलफल गरेर मजदुरको नयाँ तलबमान सिफारिस हुनेछ’, समिति सदस्य पौडेलले विकासन्युजसँग भने । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रञ्जित आचार्यले भने तलबको सिमाबारे छलफल नभएको बताए । उनले आगामी बैठकमा मजदुर र रोजगार दाताहरुले आ आफ्नो प्रस्तुति मार्फत धारणा राख्ने स्पष्ट पारे । उनले समाजिक सुरक्षामा औपचारिक क्षेत्रको २० प्रतिशत र अनौपचारिक क्षेत्रको ४१.५ प्रतिशत रकम बढ्ने समेत जानकारी दिए । उनले २ बर्षको मूल्य वृद्धिका आधारमा नयाँ तलबमान तोकिने पनि बताए । समितिले गर्ने सिफारिसलाई श्रम मन्त्रालयले साउन १ गतेदेखि लागु गर्नेछ । मजुदरहरुको न्युनतम तलबमान २० हुनुपर्ने प्रस्ताव गरिएको सदस्य पौडेलले बताए । त्यसमा उद्योगी व्यवसायीहरुले आ आफ्ना धारणा राखेका छन् । अग्रवालले भने २० हजारको कुरा अनौपचारिक रुपले छलफलमा आएको तर त्यति न्युनतम तलब नतोकिने दावी गरे । ‘छलफलमा बिभिन्न प्रस्तावहरु आएका छन्, हामी ठ्याक्कै रकम यति हुने भन्ने तर्फ गएका छैनौं, केन्द्रिय बैंकको तथ्यांक, आईएलओको रिपोर्ट र नेपाली बजारको आधारमा तलब तोकिन्छ ।’, अग्रवालले भने । सरकारले अब निजी क्षेत्रका कामदारहरुको तलब पनि बैंकबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था अघि सारेको छ ।

चाबहिल-बौद्ध-जोरपाटी-साँखु सडक कालमार्ग नामकरण गर्दै विरोधमा

काठमाडौं । चाबहिल-बौद्ध-जोरपाटी-साँखु र जोरपाटी-सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् । नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए । जोरपाटी चोकमा आज भएको विरोधसभालाई सम्बोधन गर्दै अभियानका संयोजक दीपकसिंह भण्डारीले चाबहिल-बौद्ध-जोरपाटी-साँखु र जोरपाटी-सुन्दरीजल सडकखण्ड कालमार्गमा परिणत भएको आरोप लगाउँदै सडक बनाउन कसैले अग्रसरता नदेखाएकाले नागरिकस्तरबाटै दवाव अभियान थालिएको प्रष्ट पारेका छन् । अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुँदा पनि कसैको ध्यान नजानु लाजमर्दो भएको गुनासो गरे। नेपाली काँग्रेस महासमिति सदस्य विमल ठकुरीले सडककोे अवस्था सुधार्नका लागि निर्वाचित जनप्रतिनिधिले काम गर्न नसकेको टिप्पणी गरेका छन् । सभामासाहित्यकार गोविन्दप्रसाद घिमिरे, मानवअधिकार तथा शान्ति समाजका पूर्वअध्यक्ष होमकान्त चौलागार्इं, चिकित्सक सुवास प्याकुरेल, एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललगायतले असारे भाकामार्फत व्यङ्ग्य गर्दै राजधानी केन्द्रका जनता वर्षौंदेखि प्रताडित हुनु राष्ट्रिय लज्जाको विषय भएको बताए । सडक सुधार्न थालिएको नागरिक दवाव अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज, नव दुर्गा महिला समूहलगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए । रासस