गण्डकी विकास बैंकको थप ६ शाखा सञ्चालनमा, ९ वटा विस्तार गर्ने तयारी
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा गरी सो मात्राको शाखाहरु सञ्चालनमा ल्याएको हो । यस सँगै बैंकको ६८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।
सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न पायो अनुमति, प्रतिकित्ता २०० रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकले थप निष्कासन (एफपीओ) ल्याउन अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । संस्थापक र साधारण सेयर अनुपात ५१:४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको हो ।
आइएमई जनरल इन्स्योरेन्स एक अर्ब बीमा प्रिमियम संकलन गर्न सफल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अर्ब ९२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठले गत आवमा सो मात्राको बीमा प्रिमियम संकलन सफल भएकोमा खुशी व्यक्त गर्दै उच्च व्यवस्थापन तथा कर्मचारीहरुलाई नयाँ आवको शुभकामना दिएका छन् । २०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको छ । आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने सीईओ श्रेष्ठले जानकारी दिएका छन् । साथै, श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
३० हजार घुस लिएपछि इलेक्ट्रिसियन श्यामकिशोर भगत विरुद्ध मुद्दा दायर
काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैया, बारामा कार्यरत इलेक्ट्रिसियन श्यामकिशोर भगत विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भगतले ३० हजार घुस लिएको पुष्टि गर्दै मुद्दा दायर गरको हो । भतले राइस मिल स्थापनाका लागि मिटर जडान गर्ने कार्यका लागि सेवाग्राहिसँग घुस मोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइ गएको टोलीले नियन्त्रणमा र्लिएको थियो । उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो ३० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ख बमोजिम कारबाहि हुनेछ ।
मुर्ख म्यारोडोना फेरी प्रशिक्षक
काठमाडौं । फुटबलका बादशाह भनेर चिनिने अर्जेन्टिनाका डिएगो म्यराडोना पुन प्रशिक्षक बनेका छन् । म्याराडोना बेलारुसको डाइनामो ब्रेष्ट फुटबल क्लबको प्रशिक्षक बनेका हुन् । यसअघि अर्जेन्टिनाको राष्ट्रिय टोलीको समेत प्रशिक्षक बनिसकेका म्याराडोना ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका हुन् । अर्जेन्टिनाका लागि बिना तलब प्रशिक्षण दिने घोषणा गरेका म्याराोनालाई अर्जेन्टिनाको फुबल एशोसियनले नराखेपछि उनी बेलारुस हानिएका हुन् । निजी जहाजबाट बेलारुस पुगेका म्याराडोनालाई समर्थकले भव्य स्वागत गरेका छन् । उनी कारको विशेष प्रकारको कार चढेर नाइनामो क्लबको स्टेडियम पुगेका छन् । उनले भनेका छन् -‘मलाई चुनौतिसँग डर छैन, म अझै चुनौति लिन चाहान्छु, म रोकिने पक्षमा छैन अझै धेरै काम बाकी छ ।’ उनी २०१८ सम्म फिफाका ब्राण्ड एम्बेस्टर समेत रहेका थिए ।
सानिमा बैंकको थप १६ वटा शाखाहरु सञ्चालनमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ आषाढ मसान्त सम्म सम्पूर्ण स्थानीय तहका शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा गरी साे मात्राकाे शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुबाट बैंकले उक्त क्षेत्रका कृषक, व्यवसायी, सर्वसाधारण तथा स्थानिय निकायलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । यी उक्त शाखाहरु समेत गरी बैंकको सात वटै प्रदेशमा हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन् ।
ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि ग्लोबल आईएमई बैंकका जुनसुकै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्न सकिने छ । बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको एकैसाथ ६ वटा शाखा सञ्चालनमा
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मंगलबार(आज) एकैसाथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमाशाखा सञ्चालन गरेको छ । यसै क्रममा इनरुवा शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दीपक धूतले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी, नीजगढ शाखाको उद्घाटन नीजगढन गरपालिकाका मेयर सुरेशकुमार खनाल र कम्पनीका बरिष्ठ प्रबन्धक बद्रीबहादुर अधिकारीले संयुक्त रुपमा गरेका छन् । यसबाट बीमाको पहुँचलाई आम नागरिकसम्म पुर्याउन सहयोग मिल्ने र उद्योगी व्यवसायीहरुले छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको छ । यी शाखा विस्तार सँगै कम्पनीको ६१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउण्टर भएको छ । अब सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल मार्फत बीमा सेवा विस्तार गरी गुणस्तरीय एवं प्रभावकारी रुपमा कृषि तथा पशुपन्छी सहित सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्नेछ । साथै, कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।