विकासन्युज

मेगा बैंकले काठमाडौंको थप तीन स्थानमा खोल्यो शाखारहित बैंकिङ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको थप तीन स्थानमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा उक्त सेवाको विस्तार गरी सञ्चालनमा ल्याइसकेको छ । कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपालका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा उक्त कारोबारको उद्घाटन गरेका हुन् । यसैगरी, रामकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गर्दै नागार्जन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको सुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताएका छन् । साथै, यस बैंकको सरल कर्जाबाट ग्रामीण भेगका धेरै साना तथा मझौला व्यवसायीहरु लाभान्वित हुने उनले बताए । यसैगरी, टोखाको झोरमा शाखारहित बैंकिङ सेवाको सुरु गर्दै टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले घरदैलोमै शाखारहित बैंकिङ सुविधा पाउनु यस क्षेत्रका बासिन्दाका लागि अवसर भएको बताएका छन् । मेगा बैंकका शाखारहित बैंकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयासम्मको कर्जा दिन मेगा सरल कर्जाको व्यवस्था गरिएको बताए । साथै, उनले घर नजिकैको शाखारहित बैंकिङ सेवाबाट जुनसुकै बेला पनि रकम जम्मा गर्न र आवश्यक परेको खण्डमा झिक्न सकिने व्यवस्था मिलाइएको बताएका छन् ।

रियल स्कूल अफ नेपालको १०औँ क्षेत्रीय फाइनलमा ज्ञानकुञ्ज विजेता, अन्तिम चरणमा भाग लिन पाउने

काठमाडौं । रियल स्कूलअफ नेपाल २०१८को १०औँ क्षेत्रीय फाइनल मध्यमाञ्चलको काठमाडौं पश्चिमको प्रतियोगिताबाट ज्ञानकुञ्ज हायर सेकेन्डरी स्कूल विजेता भएको छ । यस विजयी विद्यालयका सहभागी विद्यार्थीहरु रबिन्स खनाल, सुजनसिंह खड्का, निशान्त आचार्य, अनुराग शर्मा, रीचा थापा र जिदान तामाङ हुन् । यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । अब एघारौं क्षेत्रीय (फाईनल) प्रतिस्पर्धा आगामी भदौ ५ गते मध्यमाञ्चलको ललितपुरमा हुनेछ । त्यस्तै सिनियर समुह र जुनियर समुहका क्रियाकलापहरुको विजेताहरु यस प्रकार छन् : सिनियर समुहः एक्सटेम्पोरः प्रणयपन्थी, लिटल स्टार्सएकेडेमी डान्सःनम्रताहमाल, माउन्ट ग्लोरी इन्टरनेश्नल स्कूल फुटबल जगलिङःरिजुलश्रेष्ठ, त्रियोगहाई स्कूल जुनियर समुहः पेन्टिङःस्मृतीमहर्जन, कुमुदिनीकुञ्जहायर सेकेण्डरी स्कूल (थ्री) ३ मिनेट टु फेमः लुबिक नेवा, डल्लुअवासिय विद्यालय स्कोर द रियल गोलःजिदानतामाङ, ज्ञानकुञ्ज हायर सेकेन्डरी स्कूल  

ओम बैकले कास्कीको विद्यालयलाई दियो कम्प्युटर

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । उक्त कम्प्युटर बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । सोही अन्तर्गत बैंकले कुल १६५ जना विधार्थी अध्ययनरत उक्त विद्यालयलाई पनि उक्त सहयोग गरेको हो ।

वाई वाई ग्लोकल टिन हिरोको ६ प्रतिस्पर्धीको नाम घोषणा, को कोे भए ?

काठमाडौं । ग्लोकल टिन हिरो २०१८ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । जसमा आविस्करक विकल्प ढुंगाना, लेखिका दीपशिखा घिमिरे, सामाजिक अभियन्ता प्रशंशा केसी, उद्यमी सौगात तिवारी, इकोप्रेनेर सुदर्शन सुवेदी र सामाजिक उद्यमी स्वोर्निम श्रेष्ठ रहेका छन् । यो वर्ष देशभरिका किशोर-किशोरीहरुबाट कुल ५३२ आवेदन मध्ये उक्त ६ जना वाई वाई ग्लोकल टिन हिरोका रुपमा घोषित भएका हुन् । आवेदकहरूले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेका कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कोशलता देखाएका थिए । यसको माध्यमबाट किशोर–किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने यो कार्यक्रम गरिएको हो । यस कार्यक्रमको लक्ष्य भनेको यस मन्चमा किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नु हो ।

हवाई यात्रुको बीमा ६ गुणा वृद्धि हुने, २० लाखबाट १ करोड २४ लाख पुग्ने

काठमाडौ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि हवाई यात्रुको बीमा रकममा उल्लेख्य वृद्धि हुनेछ । हवाई उड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्ने लक्ष्यका साथ सरकारले उक्त महासन्धिलाई सदनमा पेश गरेको हो । महासन्धिअनुसार अब हवाई यात्रुको बीमाबापत १ करोड २४ लाख ४१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साविकमा हवाई यात्रुले २० लाख अर्थात २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका थिए । हवाई यात्रुको बीमामा उल्लेख्य वृद्धि गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन सरकारले महासन्धिलाई लागू गर्न लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए। उनले हवाई यात्रामा हुने जोखिम कम गर्न र यात्रुको सुविधालाई संसारभर समान बनाउन उक्त महासन्धि संसद्मा प्रस्तुत भएको उल्लेख गरे। सो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट, कार्गोको ढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी वा क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्छ । हवाई जोखिमबाट यात्रीलाई सुरक्षित बनाउँदै विश्वसनीयता वृद्धि गर्ने प्रयोजनका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन बाहकका दायित्वलाई अझ बढी विश्वसनीय बनाउन खोजिएको मन्त्रालयको भनाइ छ । सो महासन्धिको पक्ष राष्ट्र हुँदा नेपाललाई थप आर्थिक दायित्व बहन गर्नु नपर्ने, नेपालमा उडान गर्ने पर्यटक तथा यात्रुको मनोबल उच्च हुने, हवाई उडान बाहकका दायित्वलाई सुनिश्चित गर्दै बढी क्षतिपूर्ति पाउने हुन्छ । यस्तै अग्रिम क्षतिपूर्ति भुक्तानी र दाबी गर्ने अधिकार क्षेत्रको छनोटजस्ता यात्रुमैत्री प्रावधानसमेत महासन्धिमा समेटिएको छ । हवाई यात्रुको बीमा रकम अन्तर्राष्ट्रिय मापदण्ड बराबर बनाउन सन् १९९९ देखि नै मन्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुको बीमा रकमसमेत बढ्न सकेको थिएन । सङ्घीय संसद्ले उक्त महासन्धि अनुमोदन गरेपछि छिट्टै कार्यान्वयनमा आउनेछ । महासन्धिअनुसार कार्गोको नोक्सानी, क्षति वा बिलम्व भएमा प्रतिकिलो २ हजार ९० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै व्यागेजको नोक्सानी वा क्षति भएमा १ लाख २४ हजार ४१० क्षतिपूर्ति तिर्नुपर्नेछ । यात्रुको यात्रा बिलम्व भएमा १ लाख १६ हजार ३४० क्षतिपूर्ति दिनुपर्ने व्यवस्था महासन्धिले गरेको छ । सरकारले अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन आगामी एक वर्षभित्र सबै प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ । बीमा रकम नबढाए नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा समस्या पर्ने भन्दै सरोकार भएका निकायले समेत महासन्धि अनुमोदनका लागि आग्रह गर्दै आएका थिए । नेपालले हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’ लाई कार्यान्वयन गर्दै आएको थियो । हवाई यात्रुको बीमा मात्रै २० हजार डलर रहेको थियो । सन् १९२९ देखि कार्यान्वयनमा आएको बार्सा अभिसन्धिअनुसार मात्रै १० हजार डलर बराबरको बीमा हुँदै आएको थियो । विश्वका १३२ देशले अभिसन्धि अनुमोदन गरिसकेका छन् । दक्षिण एशियामा भारत र श्रीलङ्काले यसअघि नै अनुमोदन गरेका थिए । ती देशले महासन्धि अनुमोदन गरी लागू गरेका कारण बीमा रकमसमेत बढिसकेको छ । महासन्धि कार्यान्वय भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र हिमायल एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि थप सहज हुनेछ । महासन्धिका बारेमा मन्त्रालयले यसअघि नै नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, बीमा समिति, विमान कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगमलगायत सरोकारवालासँग छलफल गरिसकेको छ । रासस

रिलायन्स लाइफ इन्स्योरेन्सको थप ५ शाखा सञ्चालनमा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले थप ५ शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपामा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । सो शाखाहरुको उद्घाटन कम्पनीका अध्यक्ष तारा चन्द केडियाका साथै कलंकीमा का.म.न.पा वडां न १४ का वडाध्यक्ष शोभा सापकोटा, चाबहिलमा वडां न ७ का वडाध्यक्ष शुद्धकुमार डंगोल, महाराजगञ्जमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, भक्तपुरको च्यामासिंहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र काभ्रेपलाञ्चोकको बनेपामा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

देशभरका विमानस्थललाइ साढे ४५ अर्ब स्वीकृत, नागिडाँडालाई २५ कराेड, निजगढलाई कति ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिक उड्ययन प्राधिकरणको चालु आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । मन्त्रालयले प्राधिकरणका लागि ४५ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको हो । कुल बजेटको ८९ प्रतिशत रकम पुर्वाधारमा खर्च हुने र बाँकी ११ प्रतिशत रकम कर्मचारीको तलब सुविधामा उपयोग हुने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “यस वर्षको लागि हामीले प्रस्ताव गरेको बजेट मन्त्रालयले पास गरेको छ, अब नयाँ आर्थिक वर्षका लागि काम धमाधम अघि बढ्नेछ, श्रेष्ठले विकासन्युजसँग भने हामीले यो वर्ष राष्ट्रिय गौरवको आयोजनालाई विशेष महत्व दिएका छौं ।” उनका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ३ विमानस्थलको लागि २१ अर्ब रुपैंया विनियोजन गरिएको छ । यसमा पोखरा क्षेत्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तराष्ट्रिय विमानस्थल रहेका छन् । यसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ को अन्त्य सम्ममा सञ्चालनमा ल्याउने गरी काम भैरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप बढेपछि प्राधिकरणले तिब्र गतिमा सो विमानस्थललाई अघि बढाएको हो । अहिलेकै अवस्था अनुसार कामको गति अघि बढ्ने हो भने आगामी वर्षको अन्त्य सम्ममा विमानस्थल सञ्चालनमा ल्याउन सकिने श्रेष्ठले बताए । विमानस्थलको समग्र ५० प्रतिशत भन्दा बढी काम भैसकेको आयोजना प्रमुख ओमनारायण शर्माले बताए । ‘अहिले विमानस्थलमा पार्किङ, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायत पुर्वाधारको काम भैरहेको छ, शर्माले भने वर्षा रोकिने बित्तिकै रनवे पिचको काम हुन्छ ।’ उनका अनुसार रनवेमा पिच बाहेकका सबै काम सकिइसकेका छ । रनवे पिच गर्नका लागि ५ देखि ७ महिनासम्म लाग्नेछ । प्रशासनिक भवनको अन्तिम चरणको काम भैरहेको छ । कन्ट्रोल टावरको पाचौं तलाको काम भैरहेको शर्माले बताए । धावनमार्गको पिच चैत सम्ममा सकिए आगामी वर्षको असारसम्ममा विमानस्थल तयार हुनेछ । विमानस्थल निर्माण गर्न चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ । कम्पनीले २ सय जना चिनियाँ कामदार झिकाएर धमाधम काम गरिरहेको छ । धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम अन्तिम चरणमा पुगेको छ । अहिले अन्तिम चरणको बिटामिन लेयरको काम भैरहेको छ । यसैगरी निगढ र पोखारा विमानस्थलको पनि काम अघि बढ्नेछ । नागीडाँडामा इआइए पास भएपछि काम अघि बढ्ने प्राधिकरणले नागिडाँडामा बन्ने आन्तरिक विमानस्थलका लागि २५ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । श्रेष्ठका अनुसार नागिडाँडामा हाल वातावरणिय प्रभाव मूल्याङकनको काम भैरहेको र यो काम सकिएपछि दोस्रो चरणको काम अघि बढ्नेछ । प्राधिकरणको ध्यान त्रिभुवन विमानस्थलमा प्राधिकरणले त्रिभुवन विमानस्थल सुधार गर्नका लागि विशेष ध्यान दिने भएको छ । विमानस्थलको रनवे, पार्किङ र हेलिप्याड बनाउने भएको छ । बंगलादेशी विमान दुर्घटना भएको क्षेत्रमा हेलिप्याडको निर्माण गर्नेछ । हेलिप्याड निर्माणको लागि प्राधिकरणले २५ करोड रुपैंया विनियोजन गरेको छ । यसैगरी कोटेश्वर तर्फको जमिनमा पार्किङ निर्माण गर्नेछ । नयाँ विमानस्थलमा प्राधिकरणले ध्यान नदिने प्राधिकरणले धमाधम विमानस्थल बन्द हुन थालेपछि अब नयाँ विमानस्थल निर्माणका लागि ध्यान नदिने भएको छ । प्रवत्ता श्रेष्ठका अनुसार हाल २२ वटा आन्तरिक विमानस्थल बन्द रहेका छन् । यसबाट सरकारको अर्बौ लगानी खेर गएको छ ।

नर्भिकमा वाणिज्य बैंकका कर्मचारीलाई २५ प्रतिशत छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले २५ प्रतिशत छुट पाउने भएका छन् । साथै, नर्भिकमा बैंकका कर्मचारी लगायत, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा बैंकको डेविट कार्ड होल्डर र ग्राहकका परिवारले विशेष सहुलियत एवम् प्राथमिकताका साथ स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने भएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच हालै भएको सम्झौतापश्चात बैंकका ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नर्भिकले विशेष सहुलियतपूर्ण दर/रेटमा एम्बुलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ । बैंकका कर्मचारी लगायत माथि उल्लेखित सबै सेवाग्राहीहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, प्याथोलोजी, अत्याधुनिकएमआरआई र सी.टी.स्क्यान सहित अन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाकप्रोसिजर्स्, शल्य क्रियाशुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । शैया शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ । उल्लेखित सवै सेवाहरु फास्ट ट्रयाक प्रक्रियाबाट पुर्याइने हस्पिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।