पाँचथरमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडे
काठमाडौं। पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ बिखेमा सामूहिक रुपमा पालेका १३५ वटा भेडा बिरामी परेका छन् । यसरी बिरामी परेका भेडाले करीव एक सातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोक्एिर लड्ने तथा गोठालालाई फर्काएर गोठसम्म ल्याउन पनि समस्या हुने गरेको भेडी गोठ सञ्चालक मनप्रसाद केरुङले बताए। यसैगरी फालेलुङ–६ बरभञ्ज्याङकी सविना राईका २१ वटा बाख्रामा पनि यस्तै समस्या देखिएको पशु प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए। उहाँका अनुसार पहिलो पटक बिखेमा पालिएका एकाध भेडामा देखिएको यो समस्या क्रमशः एकदेखि अर्कामा साउनको अन्तिम सातादेखि बिखेस्थित भेडी गोठमा देखिएको थियो । ती भेडा बाख्रालाई आई ड्रप्स र बोरिक एसिड प्रयोग गरी आँखा सफा गरिदिँदा केही हदसम्म न्यूनीकरण भए पनि पूर्ण रुपमा नियन्त्रण भने नभएको उपचारमा संलग्न बाँस्कोटाको भनाई छ । रासस
बैतडीको मेलौली नगरपालिकाले ६०-७० वर्षसम्मका एकल पुरुषलाई भत्ता दिने
काठमाडौं। बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए। एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो “नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हौं” उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले रु १५ लाख छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । अहिले नगरका नौवटै वडाका विधुरहरुको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको छ । एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको र सोही रकममध्ये अनाथ असहायलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ । एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी सङ्क्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो। रासस
के हो रक्षाबन्धन ?
काठमाडौं । भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह ,सामिप्य र प्रेम ल्याउँछ । रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीविरङ्गी राखीले पसल सजेको छ । पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ । यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहि आएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ। रासस
नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही, अाजै भ्यागुताको पूजा गरिदै
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । क्वाँटी खाने पूर्णिमा भएकाले नेवार समुदायले आजको दिनलाई क्वाँटी पुन्ही पनि भन्ने गरिन्छ । क्षेत्री बाहुनलगायतका समुदायले भने विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खाने गर्दछ । यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ । रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए। “खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसम अनुसारको चाडपर्व मनाउने र सोही अनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो,” उनले भने । नेवार समुदायले आज विभिन्न कुण्डहरुमा गई स्नान गर्ने र विशेषगरी महादेवको दर्शन गर्ने र हातमा रक्षाबन्धनको प्रतीक डोरो लगाउने गर्दछ । नेवार समुदायले पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । भ्यागुताको पूजा गर्दै किसान श्रावण शुक्ल पूर्णिमाको अवसरमा गुँपुन्ही मनाउँदैं नेवार समुदायका किसानहरुले आज वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको समेत पूजा गरी उसलाई भोजन गराउँदैछन् । किसानहरुको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु¥याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ । किसानहरुले प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन् । वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा.डा. श्रेष्ठले बताए । जसलाई स्थानीय भाषामा ब्या“चा जाः नक वनेगु भनिन्छ । “मानिसको महान गुरुहरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रुपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो ।” उनले भने । रासस
तराई मधेशमा रक्षाबन्धन धुमधाम साथ आज मनाईदैँ
काठमाडौं। जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासुत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशीयाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइ बहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ । रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेश भरी नै एउटा छुट्टै उल्लास छाएको छ । जताततै भाइ बहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गितिक धुन गुञ्जायमान भएको पाइन्छ । रासस
मन्त्रीलाई लिएर माधव नेपाल बिहानै सडक अनुगमनमा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठलाई लिएर माधव नेपाल सडक अनुगमनमा चावहिल-जोरपाटी -साँखु सडक पुगेका छन् । १५ दिन अघिदेखि सुरु भएको सडक अनुगमन आइतबार दोहोरिँदा पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता नेपालले स्थानीय बासिन्दाहरुको गुनासो समेत सुनेका थिए । १५ दिन भित्र सडकलाई धुलो, हिलो र खाल्डाखुल्टी मुक्त बनाउने ठेकेदारको प्रतिवद्धता थियो । मन्त्री महासेठ, सडक विभागका कर्मचारीलाई लिएर अनुगमनमा निस्किएका माधव नेपालले नागरिकले महसुश गर्न सक्ने गरि काम अघि बढाउन निर्देशन पनि दिए । मन्त्री महासेठले भने १५ दिनका बीचमा सडकको अवस्था सुध्रिएको दावी गरेका थिए । उनले सडकको अवस्थामा सुधार भयो वा भएन त्यसको मूल्यांकन नागरिक र मिडियाले गर्नुपर्ने बताएका थिए । माधव नेपालले चावहिल जोरपाटी साँखु सडकको विस्तारमा विगतदेखि नै बिशेष ध्यान दिँदै आएका छन् । उनले हरेक १५ दिनमा मन्त्रीलाई साथै लिएर सडक अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साँखु सडक खण्ड माधव नेपालको निर्वाचन क्षेत्रमा पर्छ । मन्त्री महासेठले पनि नेता नेपालसँगै आफु पनि सडक अनुगमनमा निस्कने प्रतिवद्धता व्यक्त गरे ।
तेश्रो पक्ष बीमा रकम ७ लाख बनाइदै, प्रक्रियाबारे बीमा समिति र यातायात विभागबीच द्वन्द्व
काठमाडौं । सवारी साधनको तेश्रो पक्ष बीमा दायित्व ७ लाख पुर्याउने योजनामा सरकारका दुई निकायबीच असमझदारी देखिएको छ । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तेश्रो पक्ष बीमा दायित्व ७ लाख पुर्याउने निर्णय गरेको थियो । तर मन्त्रालयले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिसँग आवश्यक समन्वय नै नगरि आफैं प्रिमियमको प्रस्ताव माग गरेपछि असमझदारी बढेको हो । विभागले साउन २३ गते सार्वजनिक सूचना प्रकाशित गरेर बीमा कम्पनीहरुसँग शिलबन्दीमा नयाँ प्रिमियम माग गरेको थियो । ‘बीमा सम्बन्धी सबै काम बीमा समितिले गर्छ, मोटर बीमाको दायित्व वृद्धिबारे नयाँ व्यवस्था गर्नुपर्ने भएमा अर्थमन्त्रालय मार्फत समितिमा प्रस्तावमा आउनु पर्छ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्युजसँग भने । उनले तेश्रो पक्ष बीमाको दायित्व वृद्धि गर्नेबारे प्रारम्भिक छलफल अघि बढेको तर अर्थमन्त्रालयको पत्र कुरिहेको स्पष्ट पारे । ‘बीमा कम्पनीका साथीहरुले कति दायित्व बढाउन कति प्रिमियम थप्नुपर्छ भन्ने बारेमा चासो राख्नु भएको छ, यातायात व्यवस्था विभागले प्रिमियमको प्रस्ताव मागेको थाहा भयो, हामी भने अर्थमन्त्रालयको पत्रको पखाईमा छौं’, अध्यक्ष चापागाईँले भने । उनले यातायात व्यवस्था विभागले निकालेको सूचना अर्थ मन्त्रालयका सचिवहरु समक्ष पुर्याएको पनि जानकारी दिए । नेपाल बीमक संघका कोषाध्यक्ष तथा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र वैद्यवार क्षेत्रीले पनि तेश्रो पक्षको बीमाको दायित्व वृद्धिको नेतृत्व गर्न बीमा समितिलाई अनुरोध गरेको जानकारी दिए । ‘यातायात व्यवस्था विभागले प्रिमियम वृद्धिको प्रस्ताव मागेपछि हामीले आफ्नो नियामक निकाय बीमा समितिलाई पत्र लेखेर नेतृत्व गरिदिन भनेका छौं, बीमाको प्रिमियम भनेको प्राविधिक बिषय हो टेण्डर निकालेर हुन्न’, सिद्धार्थका सिइओ वैद्यवार क्षेत्रीले भने । हालसम्म मोटर बीमा सम्बन्धी निर्देशिका, २०७३ अनुसार तेश्रो पक्ष बीमा हुँदै आएको छ । २०६६ सालदेखि तेश्रो पक्ष बीमाको भुक्तानी दायित्व ५ लाख बनाइएको थियो । यातायात क्षेत्रको सिण्डिकेट हटेसँगै दुर्घटनामा मृत्यु भएका तथा घाईतेहरुको क्षतिपूर्ति एंव उपचार खर्चको रकम अपुग देखिएपछि बीमा दायित्व बढाउने प्रयास अघि बढेको हो । यसअघि भने बीमा कम्पनीले उपलब्ध गराउने मृत्यु हुँदाको ५ लाख तथा घाईतहरुका लागि ३ लाख बाहेकको रकम समितिहरुले व्यहोर्दै आएका थिए । सिण्डिकेट अन्त्यसँगै समितिहरु खारेज भएका छन् । दुर्घटनामा पर्ने तेश्रो पक्षमा आश्रित परिवारहरुका लागि भन्दै बीमा भुक्तानी दायित्व बढाउन लागिएको हो । यातायात विभागले पाँच लाखबाट कति बढाउन कति प्रिमियम आवश्यक पर्छ तथा ३ लाखको उपचार खर्च सीमाबाट कति बढाउन कति प्रिमियम आवश्यक पर्ने हो त्यसको विवरण शिलबन्द गरेर बुझाउन भनेको थियो । विभागका प्रवक्ता तुल्सिराम अर्यालले पहिलो पटक सूचना प्रकाशित गर्दा कुनै पनि कम्पनीले आवेदन नदिएकाले अब पुनः अर्काे सूचना प्रकाशित गर्ने तयारी भैरहेको जानकारी दिए ।
मेक्सिकोसँग व्यापार सम्झौता गर्ने ट्रम्पको घोषणा
वासिङ्टन । रासस/एएफपी । अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् । मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट बन्ने छ, राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत उल्लेख गरेका हुन् । अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौताका लागि दुबै पक्षका वार्ताकारहरूले कुराकानी गरिरहेको सम्भवतः हप्तान्तसँगै उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता पुनर्संरचनासहित नवीकरण हुनेछ । “पूरानो तथा नया सरकारमा रहेका केही साच्चै असल व्यक्तिहरू र अन्य सबैले सँगै रहेर काम गरिरहेका छन् । मेक्सिकोसँगको विशाल व्यापार सम्झौता छिट्टै हुनेछ ।”