एलजीको चाडपर्वको विषेश छुट योजना
काठमाडौं। शुभ दशैं, तिहार तथा छुट महान पर्वलाई लक्षित गरि एल जि ले विषेश चाडपर्व छुट योजना बजारमा ल्याएको छ। यस योजना अन्तर्गत प्रत्येक सामानको खरिदमा ३६∞ सम्म रकम छुट र आकर्षक उपहार पाईने छ । एल जि को ६५”/५५” OLED तथा SUH को खरिदमा साउनड बार साथै ५५”÷४५”UHD को खरिदमा अडियो सिस्टम , त्यसैगरि ४३”/४५” का स्मार्ट टिभीमा म्याजिक रिमोट र ४३” UHD र ४५” स्मार्टमा ब्लुटूथ स्पिकर तथा ३६∞ सम्म रकम फिर्ता पाईने छ । एल जि को प्रत्येक स्मार्ट तथा LED टिभीको खरिदमा बचत तथा २ बर्षको वारेन्टी रहेको छ । एल जि को म्युजिक सिस्टमको खरिदमा २५ प्रतिसत क्यास ब्याक रहेक छ भने रेफ्रिजेनेटरको खरिदमा भ्याकुम क्लिनर तथा पिज्जा मेकर वा मिक्सर ग्राइन्डर रहेको छ। साथै वासिङ मेसिनको खरिदमा एल जि को सुपर कुकर तथा ड्राइ आईरन पाईने छ। माईक्रो वेभ खरिद गर्दा कुकिङ किट र एसीको खरिदमा ईनस्टलेसन रहेको छ। प्रत्येक OLED, SUHD, UHD तथा स्मार्टमा फ्री नेट टिभी/ लाईभ च्यानल रहेको छ। यो योजना नेपाल भरी असोज ११ गते देखि सिमित अवधिको लागी मात्र लागु गरिएको छ ।
२४ अर्बकाे २ वाइडबडी खरिद प्रकरणमा अनियमितताबारे छानबिन गरिने
काठमाडौं । २४ अर्ब खर्च गरेर नेपाल वायु सेवा निगमले ल्याएको दुई वाइडबडी जहाज खरिद प्रक्रियाको अध्ययन हुने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए । महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिए । बैठकमा हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्त, धर्माशिला चापागाईलगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।
कालीगण्डकीमा र्याफ्टिङ शुरु, बढ्न थाले पर्यटक
काठमाडौं । नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि ¥याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो । सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि जलयात्राका लागि पर्यटक आउने क्रम बढेको छ । उक्त नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको पोखरास्थित स्वीसा ¥याफ्टिङ एण्ड टे«किङ टुरिजम कम्पनीका सञ्चालक देव रेग्मीको भनाइ छ । उनका अनुसार बुधबारदेखि ¥याफ्टिङ सञ्चालनमा ल्याइएको उक्त नदीमा जलयात्रा लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । जलयात्राका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको पनि आकर्षण बढ्दै गएको छ । उक्त नदीमा अहिले दैनिक दुई÷तीन समूहमा पर्यटक आउने गरेका छन् । पोखरा हुँदै अन्नपूर्ण पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँ पुल तथा मालढुङ्गाबाट शुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अष्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिन, दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकले यात्रा तय गर्दै आएका छन् । यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुश्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पथप्रदर्शक गाइड नविन केसी बताउँछन्। रासस
विकास समितिमा ठेकेदार एकता, सभापति भन्छिन-‘हामी दृढ छौं’
विकास समितिमा रहेका तीन जना ठेकेदार सांसद क्रमशः जिपछिरिङ लामा, हरिनारायण रौनियार र बहादुरसिंह लामा काठमाडौं । संसदको विकास समितिमा ठेकेदार सांसदहरुको अभूतपूर्व एकता देख्न पाइन्छ । विकास समितिमा क वर्गका ठेकेदार हरिनारायण रौनियार, बहादुरसिंह लामा र जिपछिरिङ लामा सदस्य छन् । समितिमा उनीहरुले एक अर्कालाई भरपुर साथ दिईरहेको दृष्य देख्न सकिन्छ । गत मंगलबार बसेको समिति बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले हरिनारायण रौनियार लगायतका ठेकेदार सांसदहरु विकास समिति बैठक सदस्य बन्न नहुने बताएकी थिइन् । सांसद टोप बहादुर रायमाझी र यज्ञराज सुनुवारले पनि पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नुपर्ने धारणा राखेका थिए । पप्पु र ठेकेदारहरु प्रति सांसदहरुदे कडा अभिव्यक्ति दिएको बैठकमा रौनियार भने उपस्थित थिएनन् । सांसद जिप छिरिङ लामा सुरु देखि नै सहभागी थिए भने बहादुर सिंह लामा अन्तिम तिर आईपुगेका थिए । बैठक लगत्तै विकास समितिका कर्मचारीहरुको कोठामा पुगेका बहादुर सिंहले ठेकेदारहरुलाई गाली गर्नेहरुको उछितो काढ्न भ्याए । उनले अन्य सांसदहरुले देश बिगारेको तर ठेकेदारहरुले आफ्नो सम्पति खर्चेर विकास निर्माणका काम गरेको दावी पेश गरे । बुधबारको समिति बैठकमा ठेकेदारहरुमाथी अन्याय भएको भन्दै सांसद जिपछिरिङले कुरा राख्न चोहका थिए तर सभापति कल्याणी खड्काले त्यसबारेमा छुट्टै बैठक राखेर विस्तृत छलफल गर्ने बताइन् । बैठकमा जब रौनियारले बोल्ने अवसर पाए उनले आफुलाई गाली गर्नेहरु साम्प्रदायीक भएको आरोप लगाए । रौनियारले अघिल्ला सांसदहरुका कारण ठेकेदारहरुले तोकिएको समयमा काम गर्न नसकेको दावी पनि गरे । चाडबाडमा यातायात व्यवस्थापन सम्बन्धमा छलफल गर्न आयोजीत बैठकमा रौनियारले पप्पु कन्स्ट्रक्सन विरुद्ध आवाज उठाउने सांसदहरुको अभिव्यक्ति विरुद्ध आपक्ति जनाएपछि अर्का सांसद गणेश पहाडीले रुलिङ गर्न सभापति खड्कालाई आग्रह गरे । सभापति खड्काले बिषय वस्तुमा आफ्ना धारणा राख्न रौनियारलाई रुलिङ गरिन् । त्यसको केहिपछि आफ्ना धारण राखेका ठेकेदार सांसद बहादुर सिंह लामाले रुलिङ गर्ने अधिकार सभापतिलाई मात्रै भएको भन्दै पहाडीको अभिव्यक्ति प्रति आपक्ति जनाए । उनले पनि विकास निर्माणमा ठेकेदारहरुको मात्रै गल्ती देख्न नहुने धारणा राखे । विकास निर्माणमा एकिकृत रणनीति नल्याएसम्म ठेकेदारले मात्रै केहि गर्न नसक्ने दावी गरे । त्यसपछि बोलेको जिपछिरिङले पनि ठेकेदारहरुलाई मात्रै गाली गर्न नहुने धारणा राखे । सरकारको नीतिगत कमजोरीका कारण ठेकेदारहरुले राम्रोसँग काम गर्न नसकेको उनीहरुको सामुहिक धारणा थियो । यसो भनिन् सभापतिले सभापति कल्याणी खड्काले भने समितिका काम कारवाहीलाई म्याण्डेट अनुसार नै अघि बढाउने बताइरहेकी छिन् । ‘समितिमा को को सदस्य छन भन्ने कुराले समितिका काम कारवाहीमा कुनै प्रभाव पार्दैन, क्षेत्राधिकार भित्र रहेर विकास निर्माणका कामको प्रभावकारीता अभिवृद्धि र अनियमितता रोक्न समिति दृढ छ’, खड्काले भनिन् ।
पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैं नेपाल खुला देशका रूपमा रहेको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उनले भने, “सधैँ खुशी रहेर अतिथिप्रति प्रेमभाव प्रकट गर्ने हाम्रो संस्कार हो तर पछिल्लो समयमा हामीले यो संस्कार भुल्दै गएका छौँ ।” उक्त महासङ्घलाई सरकारको सहयोगी भएर काम गर्न, पर्यटन प्रवद्र्धनमा ध्यान दिएर यसलाई समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासङ्घले थालेको अभियानमा सरकारले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे । युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन एक मूल आधार भएको बताए । “नेपालमा पर्यटन प्रवद्र्धनका क्षेत्रमा धेरै काम भइरहे पनि यस क्षेत्रको थप विकासका लागि शान्तिको स्थायित्व, आकर्षक वातावरण, मनोरञ्जन र सहज पहुँच हुन आवश्यक छ”, उनले भने । नेपाल पर्यटन बोर्डका प्रबन्धक केबी शाहले मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका कार्यक्रममा महासङ्घको विशेष भूमिका हुनेुपर्नेमा जोड दिए। महासङ्घका अध्यक्ष धनीराम शर्माले सामाजिक र पेशागत दायित्व बोकेर मुलुकभर यो अभियान अघि बढाइने बताए। होटल एशोसियसन नेपाल (हान) का कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि, संस्कृति, स्वास्थ्य, जल, योग र आयुर्वेद पर्यटनका रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा देशभरिका डेडसय भन्दा बढी पर्यटन पत्रकारको सहभागिता थियो । –––
आफ्ना भावनाहरु कोकसंग साट्ने याेजना सार्वजनिक
काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेको कोकले जनाएको छ । यो अभियानकोे मुख्य उदेश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्ने हो । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् । गतवर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोल्लौ कोकसँग जुन सम्बन्धमा केन्द्रित रहेको थियो, जसको भाव परिवारका सदस्यहरुलाई नजिक र सँगै लिएर आउने रहेको थियो । यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्नेछ । मानवीय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाईनलाई सयौं सम्बन्धका कयौं भावना बनाइएको छ । यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको छौं ।” कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउने उनको भनाई छ ।’ बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने ‘म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसि भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ ।” क्याम्पेनमा प्रियन्का कार्कीले आफ्नो डाइभरलाई ‘सधैँ सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाकालागि’ भन्ने कोक दिन्छिन भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् ।
२१ औं एआईआरडिसी सम्मेलमा सम्पन्न, बीमाको पहुँच र लागत घटाउँन प्रविधिको प्रयोग आवश्यक
काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा अफ्रिकाको घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो । सम्मेलनको दोस्रो दिन बीमा कम्पनीहरुको वित्तीय पहुँचको बिषयमा छलफल भएको थियो । त्यस्तै बीमामा प्रविधिको प्रयोग र लघुबीमाको बिषयमा छलफल भएको थियो । बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखिम अवस्थामा रहेको बताए । त्यस्तै, अष्टे«लियाका कम्पनीहरु जोखिमरहित रहेको उनले जानकारी दिए । “जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको छ । भुटान र भारतका कम्पनीहरु भने ग्रे जोनमा रहेका छन्,” उनले भने । पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग अपरिहार्य भएको बीमाविज्ञ जिम्मी मोलिनियरले बताए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बीमा विज्ञ मोलिनियरले प्रविधिले बीमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बिमाशुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए । मोलिनियरले कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने बताए । त्यसैले आगामी दिनमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोगमा फोकस गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । तर, यसका चुनौती पनि उत्तिकै रहेको उनले जानकारी दिए । “यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघुबीमा जारी गरि रहेका छौ,” उनले भने । नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा ४०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।
७० करोडकाे जाली काराेबार उल्टियाे, किर्ते काम गर्ने ८ जना जेलमा, ६ जना कर्मचारी धराैटीमा रिहा
काठमाडौं । भारतीय व्यापारी राम निरन्जन जटहियाले नेपालमा न्याय पाएका छन् । जटहियाको कम्पनी शंकर इलेक्ट्रोनिकको नाममा रहेको ७० करोड रुपैयाँ भन्दा बढीको जथाजेथा किर्ते गरी बिक्री हुनबाट जोगिएको छ । मुद्दामा संग्लग्न १४ जनामाथि काठमाडौं जिल्ला अदालतले ६ जनालाई धरौटीमा रिहा र ८ जनालाई थुनामा राख्न आदेश दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेल सहित ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटीमा थुना मुक्त गरेको छ । अदालतले ८ जनालाई ५० हजार धरौटी सहित थुनामै राख्न आदेश दिएको हो । अदालतका न्यायधीश रमेश शर्माको एकल इजालासले सो आदेश दिएको हो । भारतीय व्यवसायी जटहियाको तर्फबाट सरकारी वकिल ठाकुर बस्ताकोटीले मुद्दा लडेका थिए । उनका अनुसार अब ८ जनामाथि ठगी तथा अपराध मुद्दा अनुसार प्रक्रिया अघि बढ्नेछ । यसैगरी घरौटीमा रिहा भएका ६ जना कर्मचारी विरुद्ध पनि अदालतले मुद्दा अघि बढाउने छ । जटहियाले केन्द्रिय अनुसन्धान ब्युरोमा गोप्य रुपमा उजुरी गरेका थिए । गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो । सोहि दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन अघि आत्मासर्मपण गरेको वकिल बस्ताकोटीले बताए । यस्तो थियो घटनाको श्रृङखला कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा किर्ते गरेर ७० करोडको सम्पत्ति खाने १२ जना पक्राउ, यस्तो आयो सीआर्इबीको रिपोर्ट (पूर्णपाठ) ७० करोड घोटाला काण्ड: १२ लाखको लोभमा यसरी फसे २ उपसचिव, २ अधिकृतसहित ६ कर्मचारी बालुवाटार र सतुंङगलको १८ रोपनी घडेरी १० लाख आनामै बेच्ने १४ जना विरुद्ध मुद्दा दायर