नागीडाँडामा विमानस्थल: ४० मिटर खार्नुपर्ने, २० लाख क्युबिक मिटर माटो अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने
काठमाडौं । काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बनाउन ४० मिटर खार्नुपर्ने देखिएको छ । विमानस्थलको क्षेत्र पराकिलो बनाउन २५ देखि ४० मिटर तल भास्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको हो । रियलपथ इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको अध्यायन प्रतिवेदनमा नागीडाडालाई विमानस्थल बनाउन २५ देखि ४० मिटरसम्म खार्नुपर्ने उल्लेख गरिएको छ । डाडालाई ४० मिटर भास्दा २० लाख क्यूबिक मिटर माटो निस्कने कन्सल्टेन्सीका निर्देशक इन्जिनियर गुरुदत्त अधिकारीले बताए । उनका अनुसार २० लाख क्यूबिक माटो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गर्न सकिने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ स्तर उन्नतीको लागि ४० लाख क्यूबिक मिटर माटो आवश्यकता रहेको छ । विमानस्थल निर्माणको लागि नागिडाडा भौगोलिक र वातावरणको हिसाबले उपयुक्त रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार धेरै माटो खार्नु पर्ने भएकोले लागत खर्च बढ्नेछ । बनेपाको नागीडाडामा प्रारम्भिक अध्ययनको प्रतिवेदन आइसकेको छ । नागिडाडामा १२ मिटरको धावनमार्ग र ३ सय मिटरको चौडाईमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । यो विमानस्थल साना विमानका लागि मात्र उपुत्तm हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेका छन् । १५ दिनभित्र इआईए पास हुने वनेपा आन्तरिक विमानस्थल नाम प्रस्ताव गरिएको यस आयोजनामा नागरिक उडड्यन प्राधिकरणले वातावरणीय प्रभाव मूल्याँङकन ईआईएका लागि क्षेत्र निर्धारणको काम गरिरहेको छ । वनेपा नगरपालिकाको ११ र १२ नम्बर वडामा पर्ने प्रस्तावित विमानस्थल निर्माणबाट पर्ने स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणाली र यीनका अवयव र यसमा पर्ने प्रभावको अध्ययन भैरहेको प्राधिकरणले जनाएको छ । आन्तरिक हवाइजाहाज उडान र अवतरणकाका लागि निर्माण हुने प्रस्तावित विमानस्थलको उत्तर–दक्षिण फैलिने रनवे स्ट्रीप १५०० मिटर, एप्रोन ५५ हजार वर्गमिटर र विमानस्थल टर्मिनल स्टाफ क्वाटर समेत गरी थप ७ हजार वर्गमिटर रहने प्राधिकरणले जानकारी दिएको छ । परामर्शदाता प्याक्ट कन्सलट्यान्ट प्राइभेट लिमिटेडले ईआईए प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ । इआईएको प्रतिवेदन स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयमा पुगिसको प्याक्ट कन्सलट्यान्टका अभिषेक बिसीले बताए । विमानस्थल निर्माणका लागि स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको कन्सलट्यान्ट बिसीले बताए । विमानस्थल निर्माण हुने जग्गा अधिकांश सरकारी रहेको छ । नागीडाडा पनौती र पाटनबाट नजिकैको दुरीमा पर्ने भएकाले सडक सञ्जालसँग जोडिन पनि सहज रहेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।
नेपाली खुट्टामा स्वदेशी जुत्ताः जुत्ता घरमै पाइन्छ लेडिज र जेन्स आइटम
काठमाडौं । अब नेपाली जुत्ता घरमै लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ता चप्पल उपलब्ध भएका छन् । दशैं तिहारका अवसरमा २० देखि ५० प्रतिशसम्म छुट अफरसहित जुत्ता चप्पल बेचिरहेको नेपाली जुत्ता घरले परिवारका सबै सदस्यहरुले एकै ठाउँबाट जुत्ता किन्न सकुन भन्ने उदेश्यले लेडिज आइटम पनि थपेको जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । नेपाली जुत्त घरका आउटलेटहरुमा शुल्याण्ड ब्राण्डका स्याण्डलहरु १०० भन्दा बढि आइटम थपिएका हुन् । सबै नेपालीका खुट्टामा नेपाली जुत्ताको उदेश्यसहित नेपाली जुत्ता घरले त्यस्तो सुबिधा उपलाब्ध गराएको हो । नेपाली जुत्ता घरमा ६ महिनाको वारेण्टीसहितका जुत्ता चप्पल खरिद गर्न पाइन्छ । ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ताहरु पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो, दशैंमा नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने । नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ६ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगालाल अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, बागबजारमा अद्धैत मार्ग्स्थितमा(विश्वभाषा क्याम्पस पछाडी), कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । ‘नेपाली जुत्ता पारखीहरुका लागि सबै कम्पनीका जुत्ताहरु एकै ठाउँमा किन्ने अवसरका लागि हामीले जुत्ता घर खोलेका थियौं, दशैंमा सुबिधा पनि दिनुपर्छ भनेर छुट अफर पनि ल्याएका छौं’, उपाध्यायले भने । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।
वेस्टर्न युनियनले ल्यायो ‘खुसीको पर्व’ योजना
काठमाडौं, भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको बिजया दशमी, दीपावली तथा छठका अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ । खुसीको पर्व योजना अन्तर्गत आम नेपालीका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गर्नेछन् । यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमीट, माया रेमिट, नबिल बैक, डिजीटेक रेमिट्यान्स, सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ । यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक १५ हजार रुपैयाँ जित्नेछन् । अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप ५ लाख रुपैयाँ जित्नेछन् । खुसीको पर्व योजना यहि असोज ७ गतेदेखि कात्तिक मसान्तसम्म लागु गरिएको कम्पनीले जनाएको छ ।
सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता
काठमाडौं। सिद्धार्थ बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच स्वास्थ्य सेवा छुट सम्बन्धि सम्झौता भएको छ । बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ क्रेडिट कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिंदा छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट पेमेन्ट सलुसन्सका प्रमुख सुरेसराज मर्हजन र ओमका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्। यसअन्तर्गत बैंकका ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र सिद्धार्थ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन्।
माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ सेवा संचालनमा
काठमाडौं। माछापुच्छ्रे बैंकले इलाम र म्याग्दीमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ् र म्याग्दीको रघुगंगा गाँउपालिकास्थित राखु भगवतीमा थप शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । यो सहित बैंकको हालसम्म २९ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्दहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूत्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखारहित समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन ।
माधवकुमार नेपालको आरोप, सरकार भ्रष्टाचार कम गर्न असफल भयो
काठमाडौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन्। सत्ता पक्ष दलको प्रमुखको हैसियतले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर ७ महिनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको जिकिर गरे। उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए। चालू दोस्रो अधिवेशनको ७९ औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको उनको दावी थियो । संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको उनको गुनासो थियो । उहाँले केही विकास विरोधीले विमानस्थल, जलविद्युत् परियोजना र सडक निर्माण गर्न अवरोध पु¥याएको आरोप लगाए। रासस
जनता बैंकको नयाँ सेवा, अनलाइनबाट खाता खोल्ने सकिने
काठमाडौं। जनता बैंकले अनलाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता बैंकको बेभ साइटमा लगअन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ । यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोलेपछि ग्राहकको खाता नम्बर र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने बैंकले जनाएको छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोबार संचालन गर्न सकिने छ । चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नुपर्नेछ ।
आशा लघुवित्तको ५ स्थानमा शाखा विस्तार
काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन थप पाँच वटा शाखा विस्तार गरेको छ । थप गरिएका शाखा कार्यालयहरु सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा स्थापना गरिएका छन् । वित्तीय संस्थाको शाखाहरुको संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातैवटा प्रदेशहरुमा शाखाहरु विस्तार गरेको छ । स्थानीय जनप्रतिनिधिहरुको सहभागीतामा शाखाहरुको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकामा नगर प्रमुख हस्तबहादुर पुन, गौरिगंगा नगरपालिकामा वडा नं ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारी, आदर्श कोटवाल गाउँपालिकाका प्रमुख मुस्तफा अन्सारी, पटेर्वा सुगौली गाउँपालिकामा प्रमुख हरिनारायण चौधरी थारु तथा मौलापुर नगरपालिकामा नगर उपप्रमुख गौरीशंकर प्रसाद जयसवालले शाखा कार्यालयहरु उद्घाटन गरे।