विकासन्युज

भरतपुर अस्पतालमा चिकित्सकको लापरबाही कहिले रोकिने हो ?

काठमाडौं। । मेडिकल सिटिको रूपमा बिकसित हुँदै गइरहेको चितवन जिल्लामा चिकित्सकको लापरबाही अझै रोकिएको छैनन् । यहाँको भरतपुरस्थित सरकारी अस्पतालमा चिकित्सकको चरम लापरबाही कहिले रोकिने हो ? त्यो निश्चित छैनन् । तर, उक्त सरकारी अस्पतालमा उपचारका लागी जाने बिरामी भने निको भइ फर्किने अवस्था भने मुस्किल हुने गरेको पाइदैन । चिकित्सकको चरम लापरबाहीले गएको भदौ २१ गते पीआईसीयू सुविधा नहुँदा मंगलपुर चितवनका एक बालकको सर्पदंशको कारण मृत्यु भएको घट्ना सेलाउन नपाउदै सोही अस्पतालमा पुनः एक नवजात शिशुले प्राण त्यागेका छन् । उपचारका लागि असोज पहिलो साता भरतपुर अस्पताल पुगेकी उमा तामाङकी नवजात शिशुको अस्पतालले आवश्यक उपचार सेवा दिन नसक्दा निधन भएको हो । श्वासप्रश्वासमा गम्भीर समस्या भई उपचार भर्ना भएकी उनलाई अस्पतालमा बिग्रेको नियो न्याटल भेन्टिलेटर मर्मत नहुँदा र नयाँ भेन्टिलेटर पनि जडान नहुँदा जन्मेको दुई हप्ताकै फरकमा नवजात शिशुले ज्यान गुमाउनु परेको बुझिएको छ । अस्पतालमा यसअघि २ वटा नियो न्याटल भेन्टिलेटर थियो । एउटा केही महिनाअघि नै बिग्रेको र अर्कोको पनि सेन्सर गएकाले दुवै प्रयोगमा छैनन् । २ वटा भेन्टिलेटर बिग्रिए पनि स्वास्थ्य महाशाखाले केही महिना अघि नै भरतपुर अस्पताललाई थप ४ वटा नियो न्याटल भेन्टिलेटर पठाएको थियो । अस्पताल प्रशासनले यसको जडानका लागि कुनै तदारूकता नदेखाउँदा ती प्रयोगविहीन छन् । भने यो उपकरण नहुँँदा एनआईसीयूमा उपचाररत अन्य नवजात शिशुहरुलाई जुनसुकै बेला पनि नियो न्याटल भेन्टिलेटर चाहिने अवस्थामा उनीहरुको ज्यान तलमाथि हुन सक्ने भए पनि अस्पताल प्रशासन मौन रहेका छन् । नवजात शिशुको उपचारमा अत्यावश्यक उपचार उपकरण चुस्तदुरूस्त नहुँदा उनीहरुले ज्यान गुमाइरहेका छन् । उता , अस्पतालमा पेड्रियाटिक आईसीयू (पीआईसियू) सेवा नहुँदा बच्चाको उपचारमा असुविधा भएको डा. विश्वबन्धु बगाले बताउँछन् । २८ दिनदेखि १४ वर्षसम्मका बालबालिका जटिल अवस्थामा पुगेपछि पीआईसीयूमा उपचार गरिन्छ । गत, असोज १० गते मात्र बुटवलबाट इन्सेफ्लाइटिसको उपचारका लागि एक बालक रिफर भई आएकोमा पीआईसीयू अभाव भएपछि अस्पतालले उपचारका लागि लिन नसकेको डा. बगालेको भनाइ छ । यता, भरतपुर अस्पतालका निमित्त मेसु डा. युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते मृत्यु भएको बताएका छन् । जन्मे पछि २८ दिनसम्मका शिशुको नियो न्याटलमा राखेर कृत्रिम श्वासप्रश्वासबाट उपचार गरिन्छ । शिशु एनआईसीयू कक्षमा राख्ने बेलामै हामीले भेन्टिलेटर चाहिँ छैन भनेर अभिभावकलाई पूर्वजानकारी दिएका थियौँ, निमित्त मेसु डा. बसौलाले भने, ‘उपचारका क्रममा शिशुलाई भेन्टिलेटरको आवश्यकता पर्‍यो , तर हामीसँग त्यो सुविधा हाल नभएकाले बचाउन सकेनौँ । ‘बिहीबार अस्पतालको एनआईसीयूमा रहेका १२ नवजात शिशु मध्ये ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिन्छ, तर हामीसँग उपचार उपकरण नहुँदा जबर्जस्ती एनआईसीयूमै राखेर उपचार गराइरहेका छौँ’, उनलेे भने । बिरामीका अभिभावकलाई अन्य अस्पतालमा नवजात शिशुका लागि भेन्टिलेटर खोज्न भनेकोमा दुवै मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलमा पनि उक्त सुविधा नपाएपछि अभिभावकले पुनः शिशुलाई भरतपुर अस्पतालमै ल्याएका थिए । तर, ती शिशुको नियो न्याटल भेन्टिलेटर अभावमा उपचार सम्भव नभएपछि मृत्यु भएको बताए । अस्पतालमा पटकपटक चिकित्सकको चरम लापरबाही हुँदा समेत कुनै एक्सन नलिदा यस्तो घट्नाले थप सान्त्वना पाउदै गएको जानकारहरु बताउँछन् ।

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडौ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ ।बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन् । बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो । बैठक बिहीबारदेखि नै शुरु हुने भनिएता भए पनि एक दिन पर सरेर आजदेखि शुरु भएको हो ।बैठकमा विद्युत्को माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाहरुको विकासको अवस्था, संयुक्त रुपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारणलाइन निर्माणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । ऊर्जा संयन्त्रको बैठक शुरु भएको जानकारी दिदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा गर्न सकिने सहकार्यका विविध पक्षबारे छलफल हुने बताए। गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार नै बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ । सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उहाँका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो । ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि वातावरण तयार पार्ने लक्ष्यका साथ बैठक आयोजना गरिएको र यसले एउटा मार्गनिर्देश गर्नसक्ने विश्वास लिइएको छ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि यसअघि भएका प्रयास तथा नेपालका विभिन्न आयोजनामा चीन सरकारको तर्फबाट भइरहेको लगानी, आगामी दिनमा अपनाइने लगानीका उपाय तथा ढाँचाका बारेमा समेत बैठकमा छलफल हुने कार्यक्रम छ । यही असोज ३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग र नेपालका लागि चिनियाँ राजदुत यू होङले गरेको भेटमा ऊर्जाको क्षेत्रमा भइआएका सहकार्य र द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । यस्तै सरकारले प्रस्ताव गरेको नलगाढ, नौमुरे, किमाथांका अरुण, सुनकोशी दुई र सुनकोशी तीन, तमोर र फूकोट कर्णाली जलविद्युत् आयोजनामा लगानीका लागि समेत नेपाली पक्षले चिनियाँ पक्षसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माणका विषयमा सहमति भएको थियो । यस्तै सङ्खुवासभा हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा समेत प्रस्ताव गरिएको थियो । नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक, उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विविध क्षेत्रमा छलफल हुने र एउटा समझदारी गर्ने कार्यक्रम रहेको छ । सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको सन्दर्भमा वैदेशिक लगानी जरुरी भएकाले पनि सबै पक्षसँग मिलेर काम गर्न लागिएको हो । उनले बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण, नेपालमा लगानीका लागि आग्रह तथा ऊर्जा व्यापारका विविध आयामका बारेमा छलफल हुने विश्वास लिइएको छ । सरकारले चीनसँग गरेको सम्झौताअनुसार संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । मन्त्री पुनले संयन्त्रको बैठकमा अन्तरदेशीय प्रशारणलाइन र जलविद्युत आयोजना निर्माणलगायतका विषयमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने बताउँदै आएको छ । यस्तै ग्रिड कनेक्सनसम्बन्धी विम्स्टेक सदस्य राष्ट्रहबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न सरकारले पटक पटक आग्रह गर्दै आएको छ । सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा कार्यान्वयन गर्दै विकास र समृद्धीको सपनालाई पूरा गर्न पनि लगानी आवश्यक रहेकोमा जोड दिँदै आएको छ । बङ्गलादेशसँग भएको सम्झौताले समेत बजार विस्तारमा थप सहयोग पुगेको छ । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनले पारित गरेको सार्क स्तरीय सम्झौताअनुसार बिजुलीको आयात र निर्यातमा कुनै समस्या नहुने देखिएको छ । द्विपक्षीय ऊर्जा संयन्त्रको बैठकमा नेपालको ऊर्जा क्षेत्रमा चिनियाँ लगानीका विषयमा महत्वपूर्ण छलफल हुने र त्यसले दुवै देशको उर्जा क्षेत्रलाई फाइदा पुग्ने भएकाले त्यसले सम्भावनाको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ । यस्तो संयन्त्र नेपालले भारत र बङ्गलादेशका बीचमा समेत स्थापना गरेको छ । रासस

ओपो एफनाइन स्टारी पर्पल अक्टोबर पहिलो साता सार्वजनिक गरिने

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिना सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो । सार्वजनिकको तयारीमा रहेको फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि ओपोमा सदैव प्राथमिकताको विषय हो ।”ओपो एफनाइन सार्वजनिक समारोहमा एफनाइन स्टारी पर्पलको घोषणा गरेदेखि नै फोन चर्चाको विषयका रुपमा रहँदै आएको थियो । सो समयदेखि नै उपभोक्ताहरु निकै उत्साहपूर्वक फोनको प्रतिक्षामा रहेका छन् ।ओपो एफनाइन स्टारी पर्पल अक्टोबरको पहिलो साता सार्वजनिक हुने घोषणा गर्न पाउँदा हामी निकै खुशी तथा उत्साहित छौँ ।’ ५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने भोक फ्ल्याश चार्ज सुविधा सहितको ओपो एफनाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरिएको छ । एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नवप्रर्बतन सम्बन्धित विशेषज्ञता दर्साउने सोचका साथ गरिएको छ । भोक फ्ल्याश चार्ज प्रविधि ओपोद्वारा स्वतन्त्र रुपमा विकसित प्रविधि हो । लो भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै यसले साधारण ५ भी१ ए चार्जरका तुलनामा ४ गूणासम्म तिब्र गतिको चार्जिङ सुविधा उपलब्ध गराउँछ । भोक प्रविधिमा एडेप्टरदेखि पोर्ट र फोनको आन्तरिक भाग सम्म ५ तहको सुरक्षा प्रणालीको ब्यवस्था गरिएको छ । यसमा भोल्टेज रिड्युसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसको माध्यमबाट फोनको प्रयोग गरिरहँदा समेत उच्च गतिको फास्ट चार्जिङलाई निरन्तरता दिन सकिन्छ जुन हाई भोल्टेज फास्ट चार्जले हालसम्म सपोर्ट गर्दैन । उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८५को उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको ओपो एफनाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फीफोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्छ ।

नर्भिकले गर्‍यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात

काठमाडौं। विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्वमुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या बढेर झण्डै २ करोड पुग्न लागेको अनुमान छ । तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । अर्कोतर्फ मुटुजन्य रोग लागी त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गर्दछ । हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोगजस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ । त्यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ । विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन् । त्यसकै सिलसिलामा गत वर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न गराई आज काठमाडौंमा एक वृहत् प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो। उक्त प्रभात फेरिमा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्ट सहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए । प्रभातफेरि बिहान ७ः०० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई बबरमहल, अनामनगर, थापागाउँ, मध्य बानेश्वर/ महादेवस्थान, अनामनगरबाट बबरमहल हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो ।

नबिल फाउण्डेशन र तिलगंगा अस्पताल बीचमा समझदारी

काठमाडौं। आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा मिति २०७५/०६/०९ मा एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठान मार्फत गत वर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा थप दुई वर्षको लागि उक्त सहयोग उपलब्द गराउने सम्झौता भएको छ । यस कार्यक्रमलाई “नबिल फाउण्डेशन सँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ । सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरेका थिए। नबिल बैंक सञ्चालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले नबिलल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभुति भएको समेत बताए। तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. श्री रीता गुरुङ्गले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरीरहेको र यसमा अझै धेरै कार्य गर्न बाँकी रहेको सन्दर्भमा नबिल फाउण्डेशनले यस पवित्र कार्यमा सहयोगका हातहरु अघि बढाएको भन्दै सहयोगको प्रशंसा गरेकी थिईन्। साथै, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.श्री सन्दुक रुईतले समेत फाउण्डेशनको यस कार्यको सह्राना गरेका थिए।

तिरु एकीकृत बस्ती जाने सडकको सिलन्यास

काठमाडौं। प्रतिनिधि सभा सदस्य मोहन आचार्यले भुकम्पबाट बिश्थापित रसुवा उत्तरगया गाउँपालिका का गोगनेतिरुका परिवारलाई तिरु एकीकृत बस्तीमा स्थानान्तरण गर्न सडक निर्माण कार्यको सिलान्यास गरेका छन्। सडक सिलान्यास संगै तिरुमा एकीकृत बस्ती निर्माण गर्ने काम को सुरुवात भएको छ। सडक सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सासंद मोहन आचार्यले तिरुमा एकीकृत बस्ति निर्माणपछि विस्थापित परिवारलाई जिविको पार्जन गर्न सहज हुने बताए। संबृध्द रसुवा निर्माण अनभियान अन्तर्गत कृषि र पर्यटन विकासमा जोड़ दिएको उनले बताए। २०७२ सालको भुकम्पबाट रसुवाको गोगने र तिरूमा गरी ४५० परिवार विस्थापित भएका थिए ।

भैरवकुण्ड हाइड्रोपावरले ऋण तिरेन, लिलामी गर्ने बैंकको चेतावनी

काठमाडौं । निजी लगानीमा निर्माण भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई बैंकले लिलाम गर्ने अवस्थामा पुगेको छ । कर्जा नतिरेपछि आयोजना नै लिलामी हुने अवस्थामा पुगेको हो । सहवित्तीयकरण अन्र्तगत कर्जा प्रवाह गरेको ५ वटा बैंक तथा वित्तीय संस्थाले ३५ दिनभित्र कर्जा चुत्ता गर्न आउन सार्वजनिक सुचना जारी गरेका छन् । सो अवधिमा कर्जा चुत्ता नगरे कालो सुचिमा राखेर लिलामीको काम सुरु गर्ने बैंकहरुले आयोजनालाई चेतावनी दिएका छन् । सानिमा बैंकको अगुवाइमा आयोजनामा ऋण लगानी भएको हो । शुक्रबार बैंक सानिमा अतिरित्त बैंक अफ काठमाण्डु, एनएमबी बैंक, मञ्जुश्री फाइनान्स लिमिटेड र ग्लोबल आईएमई बैंकले संयुत्त रुपमा सुचना प्रकाशित गरी कर्जा तिर्न आउनु भनेका हुन् । बैंकहरुले संस्थागत लगानीकर्ता सामना मल्टिपल इन्भेष्टमेन्ट, सुविधा शक्ति इन्भेष्टमेन्ट कम्पनी, एनएनके ग्रुप, मल्ली मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट मल्टिपल इन्भेष्टमेन्ट कम्पनी र श्री लालिगुराँश वहुउद्धेश्य सहकारी संस्था रहेको बैंकले जनाएको छ । भैरवकुण्डले ३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरेको छ । आयोजनाले २०७१ जेठदेखि विद्युत उत्पादन शुरू गरेको हो । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र ०७२ को वैशाखको भूकम्पले आयोजनामा पुर्याएको क्षतिलाई पुनर्निर्माण गरेको छ ।कम्पनीले जुरे पहिरो र भूकम्पका कारण १२ करोड १६ लाख रुपियाँभन्दा बढीको क्षति भएको जनाएको छ । निर्माण सम्पन्न भएर पुनः सञ्चालन हुँदासम्म परियोजनाको लागत ७२ करोड ८८ लाख रुपियाँ लाग्ने बताइएको छ। निष्कासन गर्ने भएको छ । ६५ करोड चुक्ता पुँजी रहेको कम्पनीले हालसम्म ७३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

पर्वतमा मेगाको शाखारहित बैंकिङ सेवा

काठमाडौं। मेगा बैंकले पर्वतको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे। वडा अध्यक्ष लामिछानले पर्बत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका ज्ञादीका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवाले सहज बनाउने बिश्वास व्यक्त गरेका थिए। मेगा बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जानकारी दिए । गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैंयासम्म शाखारहित बैंकिङ्ग सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उनले बताए।