काठमाडौं। प्रतिनिधि सभा सदस्य मोहन आचार्यले भुकम्पबाट बिश्थापित रसुवा उत्तरगया गाउँपालिका का गोगनेतिरुका परिवारलाई तिरु एकीकृत बस्तीमा स्थानान्तरण गर्न सडक निर्माण कार्यको सिलान्यास गरेका छन्। सडक सिलान्यास संगै तिरुमा एकीकृत बस्ती निर्माण गर्ने काम को सुरुवात भएको छ।
सडक सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सासंद मोहन आचार्यले तिरुमा एकीकृत बस्ति निर्माणपछि विस्थापित परिवारलाई जिविको पार्जन गर्न सहज हुने बताए। संबृध्द रसुवा निर्माण अनभियान अन्तर्गत कृषि र पर्यटन विकासमा जोड़ दिएको उनले बताए। २०७२ सालको भुकम्पबाट रसुवाको गोगने र तिरूमा गरी ४५० परिवार विस्थापित भएका थिए ।