विकासन्युज

सबै प्रदेशका मुख्य उत्पादनहरुको प्रोफाइल बनाईँदै, आयात प्रतिस्थापनका लागि उपयोगी हुने विश्वास

काठमाडौँ । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रवर्धन तथा अन्तर प्रदेश व्यापारको सम्भावना पहिचान गर्न केन्द्रले प्रदेशका उत्पादनहरुको प्रोफाइल बनाउन शुरु गरेको छ । अध्ययनको स्वरुप पद्धति तथा अध्य्यनको उद्देश्यका विविध आयाम सम्वन्धमा व्यापक र गहन छलफल सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री भट्टले हिमाल, पहाड र तराईको विशिष्ट सङ्गमको रुपममा रहेको सुदुर पश्चिम प्रदेशमा उद्योग व्यापारका प्रशस्त सम्भावना रहेको वताउदै, केन्द्रले शुरु गर्न लागेको अध्ययनबाट प्रतिवेदन प्रदेशका लागि महत्वपुर्ण दस्तावेज हुने विश्वास व्यक्त गर्नु भयो । सुदुर पश्चिम सरकारको उद्द्योग वाणिज्य कृषि तथा वन मन्त्री माया भट्टले सिमित साधन श्रोतका माझ पनि आफुले केन्द्रले लिइएको यश बताइन । यसै गरि प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद विडारिले यो अध्ययन प्रदेशको उद्योग वाणिज्य क्षेत्रको विकासका लागि महत्वपुर्ण आधार हुने र सूचना र तथ्यांकहरु जति तल्लो तहमा गएर संकलन गर्न सक्यो प्रतिवेदन त्यति नै निखारिएको हुने बताए । यसै गरि केन्द्रका कार्यकारी निर्देशक सरद बिक्रम राणाले यो अध्ययनको उद्देश्य औचित्य र महत्वबारे प्रकाश पार्दै अध्ययन पश्चात् प्राप्त प्रतिवेदनलाई प्रदेश सरकार र निजि क्षेत्र माझ छलफल गराई अनुमोदन गरिने र संघीय स्तरमा सातवटा प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आयोजन गरि प्रदेश प्रदेश बिच व्यापार लगानी सम्बन्धी सम्झदारी गरिने समेत जानकारी गराए । प्रदेशस्तरमा आयात प्रतिस्थापन निर्यात प्रर्वधन तथा अन्तर प्रादेशिक व्यापारका सम्बन्धमा गहन अध्ययन गरि प्रदेशका लागि यसरी आउने प्रतिवेदन भविश्यमा उद्योग व्यापारको विकासमा आधार दस्तावेज हुने गरि तयार गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

विभिन्न प्रदेशमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिन बाेर्डकाे निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब काठमाडौं उपत्यका बाहेक बाँकी विभिन्न प्रदेशहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) लाई निर्देशन दिएको छ । बोर्डले संघीय संरचना अनुसार आर्थिक रुपमा सक्रिय जिल्ला/स्थानहरुमा स्थानीय स्तरमा दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेप्सेलाई उक्त निर्देशन दिएको हाे । उक्त व्यवस्था कार्यान्वयनमा आए पश्चात व्यवसायप्रतिको अपनत्वको साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने बोर्डले बताएको छ । साथै, स्थानीय स्तरको व्यवसायीप्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनिकरण हुने छ । देशमा संघीय संरचना अनुसार प्रादेशिक सरकार निर्माण भैसकेको र प्राथमिक बजारसंगै धितोपत्रको दोस्रो बजारलाई पनि सोही अनुरुप प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न आवश्यक भएकाले सो कार्यक्रम गर्न लागेको बोर्डले बताएको छ । हाल धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भैसकेको छ । उक्त व्यवस्था कार्यान्वयनमा आए पश्चात स्थानिय स्तरमा रोजगारीको स्तर वृद्धि हुने बोर्डले बताएको छ । साथै, धितोपत्रको दोस्रो बजार कारोबार सुविधा समेत देशव्यापी रुपमा विस्तार भई समग्र पूँजीबजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ ।

प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सूचना प्रविधिमैत्री बनाईने

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सामूदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउने भएको छ । त्यसको लागि आयोगले सूचना जारी गरी मापदण्ड पूरा भएका इच्छुक विद्यालयलाई आवेदन दिन आग्रह गरेको छ । विभागले सूचना प्रकाशित भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न विद्यालयहरुलाई आह्वान गरेको हो । विधालय छनोटको लागि विधालय सामुदायिक वा माध्यमिक तहको हुनुपर्ने , विधालयमा सुरक्षित पक्की भवन,फर्निचर लगायत भौतिक पुर्वाधार राम्रो ब्यवस्था हुनुपर्ने र नियमित रुपमा विधुत आपुर्ती भएको हुनुपर्ने, ईन्टरनेट जडान गरिएको हुनुपर्ने वा जडान हुन मिल्ने हुनुपर्ने र सुचना प्रविधी सम्बन्धी दक्ष जनशक्तीको ब्यवस्था हुनुपर्नेछ वा गराउने प्रतिवद्दता प्राप्त हुनुपर्ने छ। विद्यालयले प्रस्ताव पेश गर्ने नमूना फाराम विभागले आफ्नो वेवसाइटमा राखेको छ ।

काँकरभिट्टा र गाइघाटमा सिद्धार्थ बैंकको शाखा विस्तार

काठमाडौं । सिद्धार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा शाखा कार्यालयहरुबाट सेवा प्रारम्भ गरेको छ । बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३५ एटीएम मार्फत गुणस्तरीय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ । नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा लिन सकिनेछ ।

७६ स्थानीय तहमा शाखा खाेल्न वाणिज्य बैंकलार्इ सरकारकाे निर्देशन

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गर्ने भएकाे छ ।   नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरण अनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । प्रदेश नं ३ मा पनि हालसम्म आठ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेकाे छैनन ।  कुल १०९ मध्ये १०७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशकाे कूल ८८ मध्ये ६५ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् । केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा गत असोज मसान्तसम्म १५४ पुगेका छन् । त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा ६ हजार ६५१ रहेकामा गत असोज मसान्तमा सात हजार १४ पुगेको छ । बैंक तथा वित्तीय संस्था गाभ्ने /गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु भएपश्चात् गत असोज मसान्तसम्म कूल १६४ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएको बताएका छन् । रासस

थामियो नेप्सेको गिरावट, कारोबार रकममा उत्साहजनक सुधार

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्सेको गिरावट थामिएको छ । दिनभर भारी उतारचढाव भएको बजारमा परिसूचक अन्तत सामान्य अंकले बढेर बन्द भएको छ । समग्रमा सो दिनको परिसूचक ०.९० अंकले बढेर ११३१.७३ अंकमा पुगेको छ । परिसूचकमा उतारचढाव आएतापनि सेयर कारोबारमा उत्साहजनक सुधार भएको छ । सो दिन कुल १५६ कम्पनीको ६३ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आइतबारको बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । यस बैंकको एकैदिन ३१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य सोमबार एक रुपैयाँले बढेर प्रतिकित्ता २९३ रुपैयाँ भएको छ । बैंकको एफपीओ आवेदकहरुको लगानी डिम्याट खातामा आएकोले कम्पनीको सेयर खरिदबिक्रीमा चाप बढेको जानकारहरु बताउँछन् । त्यसपछि मुक्तिनाथ विकास बैंकको २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सोमबार निर्जीवन बीमा र जीवन बीमा दुबैको समूहको सूचक दोहोरो अंकले बढेका छन् । निर्जीवन बीमा समूह ९२, जीवन बीमा समूह १३, विकास बैंक ४.७ र अन्य समूह ०.४३ अंकले उकालो लागेका छन् । त्यस्तै, कारोबारमा आएका अन्य बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् । बजारमा विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६९५ रुपैयाँ रहेको छ । सो दिन रैराङ् हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५.५० प्रतिशतले घटेको छ ।

एभरेष्ट बैंककाे लगानीकर्ताले ५८ प्रतिशत गुमाए, सञ्चालकलार्इ भ्रमण भत्ता प्रतिदिन ६४ हजार ५ सय

काठमाडौं । दुर्इ वर्षमा सेयरधनीले ५८ प्रतिशत गुमाएकाे अवस्थामा एभरेष्ट बैंक लिमिटेडले २४ औं साधारणसभा बोलाएको छ । बैंकले पुस १० गते मंगलबारका दिन लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी साधारणसभा बोलाएको हो । उक्त साधारणसभामा प्रस्तावित २० प्रतिशत नगद लाभांशकाे प्रस्ताव पेश हुनेछ । सञ्चालकहरुको बैठक भत्ता वृद्धि गरेर प्रति बैठक रु १५०००/- पुर्याउने प्रस्ताव समेत पेश हुनेछ । हालसम्म सञ्चालकहरुले प्रतिबैठक रु १२ हजार भत्ता पउँदै आएका छन् । साधारणसभामा सञ्चालकलार्इ विदेश भ्रमण गर्दा प्रतिदिन ५५० अमेरिकी डलर बराबरको भत्ता दिने प्रस्ताव पनि छ । यस बैंकका अध्यक्ष बिके श्रेष्ठ अधिकांश समय विदेश घुम्दै अाएका छन् । उनी बैंककाे काम भन्दै एकै पटक २ महिना यूराेप, अमेरिका बिताउने बैंकर हुन् । बैंककाे प्रस्ताव भएपछि उनले विदेश भ्रमण गर्दा दैनिक ६४ हजार ५ सय रूपैयाँ भत्ता लिने छन् । साधारणसभामा लफडाकाे स‌ंकेत अरू बैंकहरूकाे तुलनामा एभरेष्ट बैंककाे सेयर मूल्यमा उच्च गिरावट अाएकाे छ । कम्पनीकाे वित्तिय अवस्था पनि खस्कदाे छ । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफाको आकार खस्किएको छ । बैंकले पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा ४ करोड भन्दा बढीले घटेको छ । बैंककाे फितलाे कार्य सम्पादन, कमजाेर प्रतिस्पर्धात्मक क्षमता, नाफामा अाएकाे गिरावट, नगद लाभांश तथा लक्ष्मी बैंकसँगकाे मर्जर प्रक्रियामा सञ्चालक समितिकाे भूमिका अादिका विषयमा शेयरधनीहरुले अागामी साधारणसभामा अावाज उठाउने सम्भावना छ । बैंककाे वित्तिय अवस्था खस्कदै गएकाे बेलामा सञ्चालकहरुकाे भत्ता वृद्धिकाे प्रस्तावले पुसकाे चिसाे माैसम भएपनि साधारणसभामा सेयरधनीले हल तताउने सम्भावना छ । शेयर मूल्यमा अत्यधिक गिरावट एभरेष्ट बैंक लिमिटेडकाे शेयरमूल्य र लाभांश, १०० कित्ताकाे अाधारमा एभरेष्ट बैंकका लगानीकर्ताले २ वर्षको अवधिमा कुल ५८.२८ प्रतिशत मूल्य गुमाएको भेटिएको छ । सन् २०१६ नोभेम्बर १५ तारिखदेखि  आइतबारसम्मको मूल्यका आधारमा उक्त गिरावट देखिएको हो । २०१६ नोभेम्बर १५ तारिखका दिन एभरेष्ट बैंक लिमिटेडको प्रतिकित्ता शेयरको अन्तिम मूल्य ३७९५ रुपैंया थियो । सोही दिन उक्त कम्पनीको कारोबार ३९०० रुपैंयासम्म भएको थियो । त्यसको अघिल्लो दिन उक्त शेयर प्रतिकित्ता ३९२० रुपैंयासम्म कारोबार भएको थियो । सो शेयरको मूल्य एक महिना ५ दिनको दौरानमा उक्त कम्पनीको शेयरमूल्य घटेर ३१९० रुपैंयामा पुगेको थियो । त्यसको भोलिपल्ट बैंकको ७० प्रतिशत बोनस शेयर समायोजन भएर मूल्य १८४० मा झरेको थियो । त्यसको करिब ७ महिनापछि अर्थात् सन् २०१७ जुन २० तारिखका दिन बैंकले फेरि ३३.३३ प्रतिशत हकप्रद शेयरका लागि मूल्य समायोजन गर्दा बैंकको शेयर मूल्य १२७४ रुपैंयामा झरेको थियो । त्यही दिन शेयरमूल्य बढेर १३१८ रुपैंयामा अन्तिम कारोबार भएको थियो । त्यस्तै २०१७ डिसेम्बर २७ तारिखका दिन बैंकले फेरि ३३ प्रतिशत बोनस सेयर दिँदा मूल्य ८१६ रुपैंयामा समायोजन भएको थियो । उक्त बोनसपछि एभरेष्ट बैंकले कुनै पनि लाभांशहरु नदिए पनि बजारमा उक्त कम्पनीको शेयर ५२६ मा आइपुगेको छ । यसरी करिब २ वर्षको अवधिमा कम्पनीका शेयरधनीले करिब ५८ प्रतिशत शेयर मूल्य गुमाएका छन् ।