पद गुमेपछि झाको गैर जिम्मेवार अभिव्यक्ति
काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणको अध्यक्ष पदबाट राजिनामा गर्न बाध्य भएपछि दिगम्बर झाले गैर जिम्मेवार अभिव्यक्ति दिन थालेका छन् । सत्तारूढ दल नेकपाका ४४ केन्द्रिय सदस्यले भ्रष्ट छविका झालाई प्राधिकरण प्रमुख बनाएर सरकार र पार्टीको छवि नराम्रोस“ग विगारेको भन्दै उनलाई वर्खास्त गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अल्टिमेटम दिएपछि उनले पदबाट राजिनामा गरेका थिए । राजिनामाको लगत्तै प्रधानमन्त्रीलाई सहयोग गर्न पदबाट हट्ने निर्णय लिएको जानकारी दिएका झाले केही समयपछि आफुलाई भ्रष्टको आरोप लगाउने नेकपाका ४४ केन्द्रिय सदस्यहरू माथि मानहानीको मुद्धा दायर गर्ने अभिव्यक्ति दिएका थिए । तर, हालसम्म पनि आफुलाई भ्रष्ट आरोप लगाउने नेतामाथि मुद्धा दायर गरेका छैनन् । राजनीतिक रुपमा नेकपाका नेताहरूलाई निकै चिढाएपछि उनले आफ्नो राजिनामामा एक्ला अर्बपति विनोद चौधरीको पनि हात रहेको अभिव्यक्ति दिन थालेका छन् । आफ्नो राजिनामामा चौधरीको हात रहेको अभिव्यक्ति सार्वजनिक भएपछि टेलिकम वृत्तमा झा मानसिक रुपमा विक्षिप्त अवस्थामा पुगेको टिप्पणी गरिएको छ । उनलाई हटाउन नेपाली कांग्रेसका सांसद समेत रहेको चौधरीको कुनै भूमिका नरहेको बारेमा यस बिषयमा सामान्य जानकारी रहने जो कसैलाई पनि थाहा छ । नेकपाका नेताहरूलाई धम्किदिन थालेपछि उनीमाथि थप कार्वाही हुन सक्ने संकेत पाएपछि कांग्रेसका सांसद चौधरीलाई आरोप लगाएर झाले सम्भावित थप कार्वाहीबाट जोगिने उपाय निकालेको प्राधिकरण सम्वद्ध अधिकारीहरू बताउछन् ।
सिद्धार्थ बैंकको अब अनलाइन खाता खोल्न सकिने
काठमाडौं । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यम खाता खोल्ने सुविधा ल्याएको छ । आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाबाट नेपाली तथा गैरआवासीय नेपाली (एन्आरएन) नागरिकले देश र विदेशबाट खोल्न सकिनेछ । कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइट www.siddharthabank.com मा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सकिने भएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वाट्या बलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ । सिद्धार्थ बैंकले देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखा रहित बैंकिङ्ग सेवा, १४१ एटिएम र १ हजार १ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
जोशी हाइड्रोपावरको ३७ लाख कित्ता आईपीओ सूचिकृत
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
एउटै माछाकाे मूल्य ३५ करोड, सबैभन्दा महंगाेमा विक्री
काठमाडौं । जापानको टोकियोमा टुना माछाको रु ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ रहेको छ । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।“टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यस अघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य रहेको थियो । पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउने जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले बताएका छन् । रासस/ एएफपी
५ महिनामा राजश्व सङ्कलन ३२ % ले वृद्धि, प्रतिनिधि सभामा प्रधामन्त्री ओलीले भने-आर्थिक सूचक सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिए । उनले मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता एक खर्ब ६२ अर्ब ७२ करोड प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको र व्यापार घाटा १ दशमलव ५ प्रतिशत घटेको पनि बताए । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई रचनात्मक र प्रभावकारी भई आर्थिक विकासमा ऐक्यबद्ध भई अघि बढ्न पनि आग्रह गरे ।
पूर्वाधार निर्माणका लागि ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न सरकारले दियो अनुमति
काठमाडौँ । सरकारले आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि करीब ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १३ र १६ गते बसेको बैठकले लमजुङमा माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना (२ दशमलव ४० मेगावाट) का लागि ३ दशमलव ४९ हेक्टर, उदयपुरमा चुनढुङ्गा उत्खननका लागि ४ दशमलव ४३ हेक्टर र पाल्पामा पत्थरकोइला उत्खनन योजना सञ्चालनका लागि १ दशमलव ३२ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा याम्बालिङ खोला जलविद्युत् आयोजना (७ दशमलव २७ मेवा) का लागि ३ दशमलव ४९ हेक्टर, रसुवामा रसुवा–भोटेकोशी जलविद्युत् आयोजना ९१२० मे।वा।० का लागि २३ दशमलव ०२ हेक्टर र ताप्लेजुङमा पाथीभरादेवी दर्शन केवलकार योजना सञ्चालनका लागि ४ दशमलव ९७ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको मन्त्रालयको वन तथा जालाधार महाशाखाले जनाएको छ । उक्त आयोजनाहरुलाई प्रयोग गर्न दिइएको वन क्षेत्रमा हाल जम्मा १५ हजार १३८ रूख छन् । कुनै पनि आयोजनाले वन क्षेत्र स्थायी प्रयोग गरेबापत सो क्षेत्रफल बराबरको जमीन अन्यन्त्र खरीद गर्नुपर्ने र कटान हुने प्रत्येक एक रूख बराबर नयाँ २५ रूख रोप्नुपर्ने कानूनी प्रावधान छ । रोपण गरिएका नयाँ रूखलाई पाँच वर्षसम्म सम्बद्र्धन तथा संरक्षण गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान रहेको महाशाखा प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । वन क्षेत्र प्रयोग गरेबापत आयोजानाले बेहोर्नु पर्ने क्षतिपूर्तिका सम्बन्धमा हालसम्मको कार्यान्वयनको अवस्था निकै फितलो र कमजोर रहेको स्वयं मन्त्रालयको गुनासो छ । सोही विषयलाई मध्यनजर गरी मन्त्रालयले हाल प्रभावकारी अनुगमन संयन्त्र बनाउने र कडाइका साथ लागू गर्ने तयारी गरेको छ । मन्त्रालयले हालसम्म विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न दिएको हो । सबैभन्दा बढी जलविद्युत् र विद्युत् प्रसारण लाइनको क्षेत्रमा १६४, सरकारी कार्यालय ९२, सुरक्षा निकायलाई ६७, भौतिक पूर्वाधारलाई ५७ र सामाजिक सेवाका लागि ३८ आयोजनालाई जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको देखिन्छ । यसबाहेक मन्त्रिपरिषद् बैठकले बसोबास क्षेत्रका रूख हटाउन र मुक्तकमैया बसोबास क्षेत्रका रूख हटाइ व्यवस्थापन गर्न स्वीकृत दिएको छ । सो निर्णयअनुसार मन्त्रालयले कैलाली, दाङ र बर्दियामा मानव बस्तीमा रहेका ८०० भन्दा बढी रूख द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडमार्फत कटान गर्ने भएको छ । सरकारले विभिन्न समयमा मुक्त कमैया र अन्य परिवारलाई बसोबासका लागि जमीन वितरण गरे पनि सो क्षेत्रमा रहेका रूख भने सरकारकै नाममा रहेका छन् । सोही मन्त्रिपरिषद् बैठकले बर्दघाट सुस्तापश्चिम (नवलपरासी) र बर्दघाट सुस्तापूर्व (नवलपरासी) मा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्न स्वीकृति दिएको छ । नवलपरासी जिल्ला विभाजन भए पनि दुबै जिल्लामा वन पैदावार आपूर्ति समिति गठन गर्न सो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा डोटी र डडेल्धुरामा बीमा जागरण कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा डोटी र डडेल्धुरामा छुट्टाछुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । डोटीमा भएको कार्यक्रममा कम्पनीका महा प्रवन्धक कमलराज गौतमको सभापतित्वमा संचालनमा कार्यक्रमको प्रमुख अतिथीहरुमा दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मलासी, उपमेयर शिवराज खड्का, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला स्थित सरकारीतथा गैरसरकारी कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु ल्गायत स्थानीय समाजसेवी, पत्रकार उपस्थिती रहेको थियो । डडेल्धुरामा संचालित कार्यक्रममा सामाजिक अभियन्ता तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले फजुल खर्च गर्नु भन्दा बीमा गर्न आग्रह गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय डडेल्धुराले शनिबार जिल्ला सदरमुकाम बस पार्कमा आयोजना गरेको बीमा जागरण कार्यक्रममा बताएका छन् । कार्यक्रममा सहभागी हुन पहिलो पटक डडेल्धुरा आएका धुर्मुसले भने, रक्सी–जाड, चुरोट खाने पैसाले बीमा गर्ने र आफ्नो परिवार खुशी बनाउँन आग्रह गरेका छन् । कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका महा प्रबन्धक कलमराज गौतम, डडेल्धुरा अमरगडि नगरपालिकाका नगर प्रमुख विशेश्वर ओझा, जिल्ला न्यायधिस कृष्णचन्द ज्ञवालि, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसि, ससस्त्र प्रहरी बलका प्रमुख रमेशबहादुर कुवर, पत्रकार महसंघका अध्यक्ष मानबहादुर साउद लगायतको सहभागिता थियो । ५ हजार बढि व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महा प्रबन्धक गौतमले बीमाबारे जानकारी दिएका छन् ।
आइतबारको सेयर बजार ७ अंकले घट्यो, अन्य बाहेक सबै समूह राताम्मे
काठमाडौं । आइतबारको सेयर बजार ७.२२ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजार अन्तत ०.६१ प्रतिशतले घटेर ११७०.७९ अंकमा अडेको छ । बजारमा कुल १० समूह करोबारमा आएका छन् । जसमध्ये अन्य समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७९ अंकले घटेको छ । अन्य समूह भने ९.५४ अंकले उकालो लागेको छ । सो दिन कुल १५६ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा एनसीसी बैंकको ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।