काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणको अध्यक्ष पदबाट राजिनामा गर्न बाध्य भएपछि दिगम्बर झाले गैर जिम्मेवार अभिव्यक्ति दिन थालेका छन् ।
सत्तारूढ दल नेकपाका ४४ केन्द्रिय सदस्यले भ्रष्ट छविका झालाई प्राधिकरण प्रमुख बनाएर सरकार र पार्टीको छवि नराम्रोस“ग विगारेको भन्दै उनलाई वर्खास्त गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अल्टिमेटम दिएपछि उनले पदबाट राजिनामा गरेका थिए ।
राजिनामाको लगत्तै प्रधानमन्त्रीलाई सहयोग गर्न पदबाट हट्ने निर्णय लिएको जानकारी दिएका झाले केही समयपछि आफुलाई भ्रष्टको आरोप लगाउने नेकपाका ४४ केन्द्रिय सदस्यहरू माथि मानहानीको मुद्धा दायर गर्ने अभिव्यक्ति दिएका थिए । तर, हालसम्म पनि आफुलाई भ्रष्ट आरोप लगाउने नेतामाथि मुद्धा दायर गरेका छैनन् ।
राजनीतिक रुपमा नेकपाका नेताहरूलाई निकै चिढाएपछि उनले आफ्नो राजिनामामा एक्ला अर्बपति विनोद चौधरीको पनि हात रहेको अभिव्यक्ति दिन थालेका छन् । आफ्नो राजिनामामा चौधरीको हात रहेको अभिव्यक्ति सार्वजनिक भएपछि टेलिकम वृत्तमा झा मानसिक रुपमा विक्षिप्त अवस्थामा पुगेको टिप्पणी गरिएको छ ।
उनलाई हटाउन नेपाली कांग्रेसका सांसद समेत रहेको चौधरीको कुनै भूमिका नरहेको बारेमा यस बिषयमा सामान्य जानकारी रहने जो कसैलाई पनि थाहा छ । नेकपाका नेताहरूलाई धम्किदिन थालेपछि उनीमाथि थप कार्वाही हुन सक्ने संकेत पाएपछि कांग्रेसका सांसद चौधरीलाई आरोप लगाएर झाले सम्भावित थप कार्वाहीबाट जोगिने उपाय निकालेको प्राधिकरण सम्वद्ध अधिकारीहरू बताउछन् ।