परिसंघका पदाधिकारीलाई उद्योग मन्त्रीको स्वागत, ‘देशमा लगानीको वातावरण बन्दै’
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गरेका छन् । सो अवसरमा मन्त्री यादवले वर्तमान सरकारको लक्ष्य नै दीगो आर्थिक विकास तथा समृद्धि रहेको बताउँदै नवगठित कार्य समितिले समेत यसलाई आत्मसात गरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे । देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आईरहेको परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रमहरु मार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढङ्गमा पु¥याउन सहयोग गर्नु पर्नेमा मन्त्री यादवको जोड थियो । सोही अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने कुरा व्यक्त गरे । सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरुको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यस तर्फ समेत निजी क्षेत्रको ध्यानाकृष्ट गरेका थिए । दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरुको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरु निजी क्षेत्र आफैले निर्माण गर्न चाहे सरकारले वित्तीय/प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको उनले जानकारी दिए । स्वागत तथा बधाई कार्यक्रममा परिसंघका नव नियुक्त अध्यक्ष सतिशकुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरु दिंदै आएको र आगामी दिनहरुमा समेत यस्तो कार्य निरन्तर रहने कुरा व्यक्त गरे । सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमा नै उद्योगसँग सम्बन्धित धेरै कानून परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको कुरा व्यक्त गरे । सरकार आगामी बजेटको तर्जुमामा लागेकोले उद्योगीहरुको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएकोले उद्योगीहरुको तर्फबाट नयाँ वजेटसँगै नयाँ जोस तथा स्फूर्ति ल्याउने खालको लगानीमैत्री बजेट आउने अपेक्षा रहेको बताए । सो कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ काउन्सिलका सदस्य लगायत राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।
ऐन संशोधनपछि कम्पनी बन्द गर्न सजिलो, १ अर्ब ८१ लाख चुक्तापूँजी भएका ४७२ वटा खारेज
काठमाडौं । ऐन संशोधन भएपछि ४७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार बैशाख १० गतेसम्म १ अर्ब ८१ लाख ४५ हजार चुक्तापूँजी भएका ४७२ वटा कम्पनी बन्द भएका हुन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पूँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । पुराना कम्पनीलाई चुक्तापूँजीको ०.५ प्रतिशत बुझाउने प्रावधान अनुसार ४७२ कम्पनीले ५० लाख ४० हजार ७२५ रुपैयाँ राजश्व बुझाएका छन् । पुराना कम्पनी बन्द गर्नको लागि आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने रजिष्टार कार्यालयले जनाएको छ । कम्पनी खोल्न भन्दापनि बन्द गर्न समस्या हुँदै आएको सरोकारवालाले गुनासो गर्दै आएका थिए । ऐन संसाधनसँगै अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठान स्वेच्छिक खारेजीमा जान सक्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
युनियन हाईड्रोको आईपीओ भर्नुभयो ? छिटो गर्नुस् अब मात्र तीन दिन बाँकी
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको साधारण सेयर(आईपीओ) भर्ने समय अब मात्र तीन दिन बाँकी रहेको छ । कम्पनीले २०७५ साल चैत १३ गतेदेखि निष्काशन गरेको आईपीओको बिक्री आगामी २०७६ वैशाख १२ गते बन्द हुँदै छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३५ लाख ३४ हजार ३४० कित्ता साधारण सेयरहरु बिक्री गरेको थियो । सो मध्ये कर्मचारीहरुलाई २ प्रतिशत अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरेको थियो भने बाँकी रहेको ३४ लाख ६३ हजार ६५४ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो । चैत १३ गतेदेखि बिक्री खुला भएको उक्त आइपीओमा छिटोमा चैत १७ गते बन्द हुनुपर्ने थियो । तर माग अनुसारको आवेदन नपरेपछि कम्पनीले बिक्रीको म्याद थपेर ढिलोमा बैशाख १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था लागू गरेको हो । आईपीओ भर्न इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था कमजोर छ भन्ने बुझाउँछ ।
प्रभु बैंकले शुरु गर्यो अनलाइन खाता सेवा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यो सुबिधासँगै खाता खोल्नका प्रभु बैंकको कार्यालयमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ । सूचना प्रविधिको उपयोग गर्दै घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको जनाइको छ । आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको अनाइन एकाउन्ट ओपनिङ बटन क्लिक गर्नु पर्नेछ । प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता सम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झण्झट आप्mनो समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम ग्राहकहरुले यसबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।
ओप्पोको एफ सिरिजका नयाँ फोन बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं। ओप्पोले आफ्नो एफ सिरिजको नयाँ फोन बजारमा ल्याएको छ। ओप्पो एफ ११ प्रो नाम गरेको उक्त नयाँ फोन सोमबार नेपालमा सार्वजनिक गरेको हो । यस नयाँ फोनले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्ने क्षमता राख्दछ । एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा-क्लियर क्यामेरा प्रणाली, राइजिङ क्यामेरा, पानोरामिक स्क्रिनको व्यवस्था छ । ओप्पो एफ ११ प्रो थन्डर ब्ल्याक र अउरोरा ग्रीन गरी दुई रङमा उपलब्ध छन् । यो संगै कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशन पनि सार्वजनिक गरेको छ । ६ जिबी र्याम र १२८ जिबी रोम सन्चय क्षमता रहेको एफ११ प्रोको मूल्य रू ४७ हजार ९९०, एफ ११ को रू ३७ हजार ९९० र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशनको मूल्य रू ४९ हजार ९९० निर्धारण गरिएको छ । सार्वजनिक सबै फोनहरू अप्रिल २९ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।
काठमाडौँमा चार अर्ब ६२ करोड लगानीका पाँच हजार साना उद्योग दर्ता
काठमाडौँ । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फे मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको बताउँछिन् । संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको तुम्बाहाम्फेले बताइन् । साना तथा घरेलु कार्यालय काठमाडौँका अनुसार पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएका छन् । “पछिल्लो समय सबै सवारीसाधनलाई कम्पनीमा जान सरकारले यातायात व्यवसायीलाई परिपत्र गरेसँगै ट्याक्सीसमेत उद्योगमा दर्ता हुन आएका छन्”, सूचना अधिकारी तुम्बाहाम्फे भन्छिन् । पछिल्लो समय काठमाडौँभित्रका नगरपालिका रहेका स्थानमा साना तथा घरेलु उद्योग धेरै दर्ता हुँदै आएको कार्यालयले जनाएको छ जसले गर्दा त्यसभित्रका युवामा उद्योगी बन्न हौसला मिलेको कार्यालयको भनाइ छ । कार्यालयले साउन, भदौ, असोज र कात्तिकमा एक हजार ४५, मङ्सिरमा ६३७, पुसमा एक हजार १७०, माघमा ४९३, फागुनमा ५६९ र चैतमा ७९३ उद्योग दर्ता गरेको छ । कार्यालयले रु चार अर्ब ६२ करोड ६६ लाख ७४ हजार बराबरको उद्योग दर्ता गरेको जनाएको छ । जसमध्ये साउन, भदौ, असोज र कात्तिकमा रु ६१ करोड ५७ लाख, मङ्सिरमा रु २८ करोड ७४ लाख ५० हजार, पुसमा रु ४६ करोड १५ लाख, माघमा रु २० करोड २२ लाख, फागुनमा रु एक अर्ब १७ करोड ९४ लाख र चैतमा रु १८ करोड ८० लाख ३८ हजार बराबरको उद्योग दर्ता भएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष एवं उद्योगी नरेश कटुवाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने बताउँछन् । “सरकार ठूला उद्योगी तथा व्यवसायीको पहुँचमा रहेकाले साना तथा मझौला उद्योगी पछाडि परेका छन्” उहाँ भन्नुहुन्छ । सरकारले राखेको सुखी नेपालीको लक्ष्य पूरा गर्न घरेलु तथा साना उद्योगीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रूपमा दर्ता गर्दै आएको छ । विदेशी लगानीका ठूला, मझौला तथा साना उद्योग उद्योग विभागबाट दर्ता हुँदै आए पनि स्वदेशी उद्योग भने साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरिँदै आएको छ । हाल साना तथा घरेलु उद्योग प्रदेश सरकारअन्तर्गत जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले महिला उद्यमीलाई दर्तादेखि व्यवसाय गर्न सहुलियत प्रदान गर्दै आएको जनाएको छ । रासस
एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन
काठमाडौं । विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो ग्यारेजको समापन गरेका हुन् । यस क्रममा उनीहरुले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामको छुट्टाछुट्टै तीन नाटक प्रस्तुत गरे । राराहिल मेमोरियल स्कुलस“गको सहकार्यमा पुनः स्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख अथित्यता र विभिन्न स्कुलका प्रधानाध्यापक तथा बालसाहित्यकारहरुको आतिथ्यतामा उनीहरुले अभिभावकमाझ आफ्ना नाट्य प्रस्तुति दिएका हुन् । बाल रंगमञ्चको अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको साथमा लिटल थिएटर ग्यारेज २०७५ को चैत २० बाट सुरु भएको थियो । बालबालिकाहरुले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, रमाउँदै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियाहरुहरु मार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरु भएका थिए । जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचान, कथालेखन, वतृत्व लगायतका क्रियाकलापमा पनि भएका थिए । ‘बालबालिकालाई नाटक घर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, सोच्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने मूल धारणामा हरेक वर्ष चैत २० देखि हुने कार्यशाला २०७१ सालदेखि नियमित हु“दै आएको छ । कार्यक्रममा जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृंखला ‘मेच्या बिरालो’ को चौथो श्रंखला ‘चियाको रमाइलो’ पनि वमोचन गरिएको थियो । लेखक, सम्पादक तथा राराहिल स्कुलका अध्यक्ष तुलसीदास महर्जन, आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणा लगायतका अतिथिहरुले विमोचन गरेका हुन् । तीन नाटक जुन यस्ता छन्र ः ५ देखि १४ वर्षसम्मका बालबालिका सहभागी थिएटर ग्यारेजमा उमेर समूह अनुसार छुट्टाइएको तीन समूहले छुट्टाछुट्टै नाटक मञ्चन गरेका हुन् । ती मध्ये ‘सुपरम्यान सपना’ले एक बालकले समाजमा हुने खराब प्रवृत्ति र मानिसहरुलाई परास्त गर्ने सुपर पावर बोकेर सेवा गर्दै हिडेको सपनालाई नाटकमा उतारिएको थियो । बालबालिकाका इमान्दारिता र संवेदनशीलता नै उनीहरुको सुपर पावर रहेको भाव नाटकमा देखाइएको थियो । त्यस्तै अर्को नाटक ‘बाई बर्डी’ ले सहरी परेवेशको व्यस्थतामा अभिभावकबाट प्रयाप्त समय नपाएको एक बालिकाले आफ्ना लागि साथीको खोजी र भेटिएका साथीस“गको सापिप्यतालाई दृश्यमा उतारिएको थियो । आफ्ना अभिभावकको समय नपाउ“दा घरपालुवा पप्पी र घरमा आइपुगेको घाइते परेवास“गको जोडिएको सम्बन्धलाई नाटकले उठान गरेको थियो । तेस्रो नाटक ‘करेसाबारी जडिबुटी’ले हाम्रै करेसामा पाइने वा हुर्काउन सकिने विभिन्न तरकारीजन्य वनस्पतिहरुको सम्मेलन आयोजना गरिएको थियो । सो नाटकीय सम्मेलनमा विभिन्न मानवीय चरित्र बोकेका तरकारीहरुले आफ्नो विशेषता र गुणहरुलाई रमाइलो तरिकाले बयान गरेका थिए । तरकारीहरुले मानिसको स्वास्थ्यलाई राम्रो बनाइराख्न मदत गर्दै आएको कुरा उनीहरुले सम्मेलनमा बताएका थिए । यी नाटकहरुलाई थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका युवा रंगकर्मीहरु केदार श्रेष्ठ, सञ्जिता पराजुली र इलिना नकर्मीले तयार पारेका हुन् । साथमा सबीर चुरौटे, अरुण पौडेल, सुजन महत र सुजिता महर्जनले सघाएका थिए । कार्यशालामा सहभागी बालबालिकाहरुः कीर्तिपुरस्थित थिएटर मल नाटकघरमा भएको कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न स्थानका बालबालिकाहरु सहभागी भएका थिए । कार्यशालामा प्रिन्स सिलवाल, निपूर्ण पौडेल, अरविन खड्का, कृती भट्टराई, प्रत्युस्मा श्रेष्ठ, अनुप पुरी, कलिना पाण्डे, सक्षम महर्जन, गायत्री श्रेष्ठ, सक्षम श्रेष्ठ, सम्श्रीती थापा, सुनिश्चित भुजेल, स्मृति अधिकारी, निकेश सिलवाल, एलिना श्रेष्ठ, शुभेच्छित ढुंगाना, स्वस्तिक प्रधान, सहर्शा क्षेत्री, आभा प्रधान, प्रवीन कायस्थ, साद्वी नकर्मी, सिञ्जनी खड्का, प्रेशिका तिमिल्सिना, प्रतीक तिमिल्सिना, इरा तामाङ, तिया महर्जन, स्वर्णिम लामा, आकृति श्रेष्ठ, पियुश श्रेष्ठ, प्रवेश श्रेष्ठ, शिशिर श्रेष्ठ, सहश्राम्सु नेपाल, श्रीतु महर्जन, उसर्वी कर्माचार्य सहभागी थिए । छैटौं कार्यशाला २०७६ चैत्र २० बाट हुनेछ ।
बोनस पछि सिभिल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । मंगलबार सिभिल बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता १५५.१० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८३.५५ रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । मंगलबार १२ बजेसम्म कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १५७ रुपैयाँ पुगेको छ ।