विकासन्युज

पूर्वेली सुन्दरीहरु सम्मिलित डिभाइन वाइन क्यालेण्डर सार्वजनिक

धरान । डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन इन्डस्ट्रीज प्रालिले मिस पूर्वाञ्चल २०१८ का बिजेताहरुको फोटोशुट गरी ‘डिभाइन वाइन क्यालेण्डर २०७६’ सार्वजनिक गरिएको छ । धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा सोमबार आयोजित कार्यक्रममा नायिका तथा मोडल मरिस्का पोखरेल, डिभाइन वाइनका नेशनल म्यानेजर बबिन अधिकारी, ब्रान्ड म्यानेजर सञ्जु शाक्य, फेशन डिजाइनर उत्तम बनेपाली, मिस पूर्वाञ्चल २०१८ की फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्की, मदिरा व्यवसायी सङ्घ धरानका अध्यक्ष नवीन तामाङले एकसाथ क्यालेण्डर लोकापर्ण गरे । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलमा सहभागी मोडलहरूलाई समेटेर हरेक वर्ष क्यालेण्डर प्रकाशित गर्दै क्यालेन्डर लोकार्पण कार्यक्रम गर्दै आएको छ । क्यालेण्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्यको ग्लामरस तस्बिरहरु धरानको विभिन्न ठाउँमा शुट गरिएको छ । मुन्धुम बुटिक र चेरी फेसनको ड्रेस ,सुजन राई र तरुना राईको मेकअप तथा दावागुञ्जन कलेक्सनको गहनाहरुमा सजिएका मोडलहरुको इक्सा मादेनको संयोजनमा फोटोशुट फोटोग्राफर पवन जोशी र बिबेक फोटोग्राफीले गरेको थियो । क्यालेण्डरमा वार्षिक बिदा तथा विभिन्न पर्वहरू पनि समेटिएको छ । क्यालेण्डर सार्वजनिक गर्ने क्रममा गरिमा डान्स सेन्टरले बिभिन्न आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।

तीन महिनामै साधना लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, निक्षेप १६ करोड ८१ लाख

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत चैत मसान्तसम्ममा एक करोड १४ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । उक्त नाफा तीन महिनाको अवधिमा शतप्रतिशत अर्थात १००.८८ प्रतिशतले बढी हो । संस्थाले गत पुस मसान्तमा कुल ५६ लाख ८३ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षसम्म घाटामा रहेको यस संस्थाले चालु आर्थिक वर्षको ९ महिनामा सो मात्राको नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ बराबरको घाटा व्यहोरेको थियो । संस्थाले तीन महिनामा निक्षेप बढाएर १६ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्ममा संस्थाले १२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । नाफासँगै संस्थाले रिजर्भको आकारमा पनि उच्च सुधार गरेको छ । गत पुससम्म ५७ लाख २७ हजार रहेको संस्थाको रिजर्भ चैतसम्म एक करोड १४ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन सो अवधिको तुलनामा १०० प्रतिशत बढी हो । त्यस्तै, चैत मसान्तसम्म कर्जा तथा सापटी १६ करोड रुपैयाँले वृद्धि भई ८१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा संस्थाले ३ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँ रहेको छ । हाल पुँजी पर्याप्तता अनुपात ८.२६ प्रतिशत र निष्क्रिय कर्जा अनुपात भने ०.०२ प्रतिशत छ । त्यस्तै, संस्थाको कष्ट अफ फण्ड ११.३७ र सीडी रेसियो ३५६.९४ प्रतिशत रहेको छ ।

जोनीवाकरको नयाँ ह्वाइट वाकर स्कच बजारमा

काठमाडौँ । जोनीवाकरले एचबिओ र गेम अफथ्रोन्ससँगको सहकार्यमा निर्माण गरेको जोनीवाकरको नयाँ ह्वाइट वाकर स्कच बजारमा ल्याएको छ । ह्वीस्की विज्ञ जर्ज हार्परले जोनीवाकरको दक्ष ब्लेण्डरहरुको सानो टिमको साथमा सिर्जित यो नवीनतम ह्वीस्की ह्वाइट वाकर्सको ठण्डापनको उपस्थिति जगाउन फ्रिजरबाट सिधै वितरण गर्दा अझ बढी उत्कृष्ट हुनेछ । स्कचमा खैरो बनाइएको चिनी र भेनिला, अर्किड फलको स्पर्शसहितको ताजा रातो बेरीहरु तथा स्कटल्याण्डको अतिउत्तरीय डिस्टिलरीहरुको एक कार्धु र क्लाइनलिसकाएकल माल्टहरुको गुणहरु भरिएका छन् । जोनीवाकरको ह्वाइट वाकर विश्वव्यापी रुपमा उपलब्ध छ र नेपालमा ७५० मिलि(४१.७%) को लागि अधिकतम मुल्य रु.५४०० कायम गरिएको छ ।

हिमाल हस्पिटलमा सिटिजन्स बैंकको एटिएम सेवा सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् । एटिएम सेवा शुरु भएपछि हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

आशा लघुवित्तले कञ्चनपुरको बेलौरीमा ५८ जनालाई दियो तालिम

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले कञ्चनपुरको बेलौरीमा सीपमूलक तालिम संचालन गरेको छ । शाखा कार्यालय बेलौरी कञ्चनपुरमा आबद्ध सदस्यहरु मध्ये ५८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सरिता भट्टले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ४०० जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको जनाएको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

सुत्केरी आमामा देखिन्छ मानसिक समस्या, बेलैमा उपचार नगरे बच्चाको ज्यानै लिने !

काठमाडौं । बच्चा जन्मिएको समय हरेक महिलाको जिन्दगीको सबैभन्दा महत्वपूर्ण समय हो । चाहे त्यो महिला पहिलो वा दोस्रो अथवा तेस्रो नै पटक आमा बन्दै छिन् अथवा आमा बनेको केही हप्ता हुँदैछ भने त्यो उसको लागि एकदमै रमाइलो क्षण हुनेगर्छ । तर, केही महिलाको लागि भने यो क्षण दुखदायी पनि हुन सक्छ । किनभने धेरै महिलाहरुलाई बच्चा जन्मिसकेपछि केहि दिन तनाब, उदाशिनता, चिन्ता, छटपट, उकुसमुकुस हुने गर्दछ । यो समयमा राम्रोसँग हेरचाह नपाए महिला डिप्रेसनमा पनि जान सक्छिन्, जुन लामो समयसम्म उनीमा रहीरहन सक्छ। उदास र निराशाको भावना भर्खरै बच्चा जन्माएका अभिभावकलाई सामान्य रुपमा देखिरहेको हुन्छ । त्यसैले नयाँ अभिभावक बन्नु भएका र उनीहरुको नजिकका मानिसहरुले यसको लक्षणहरू बुझेर साथ दिनु पर्छ । आफ्नो मानिसको साथ, सहयोग र उपचारबाट डिप्रेसनमा गएकाहरु फेरी पनि खुशी बन्न सक्छन् । बच्चा पाएपछी आमामा देखिने मानसिक समस्याः १।  बेबी ब्लुज धेरै नवशिशुको आमालाई शिशु जन्मेको पहिलो १–२ दिनदेखि १०–१५ दिनसम्म मनमष्तिस्कमा धेरथोर तनाब, उदाशिनता, चिन्ता, छटपट, उकुस मुकुस आदि हुने गर्दछ, जसले गर्दा उसलाई छिनछिनमा रुन मन लाग्ने, मन आत्तिने, झनक्क रिस उठ्ने, खान मन नलाग्ने, निन्द्रा राम्रो नपर्ने आदि हुन्छ। यी समस्याहरु तेस्रो हप्तासम्ममा लगभग आँफै समाधान भएर जान्छ। यो प्रक्रियालाई बेबी ब्लुज भनिन्छ। पहिलो चोटी आमा बनेकोलाई धेरैलाई यो समस्या देखिन्छ। किन हुन्छ बेबी ब्लुज ? यो महिलाहरुमा गर्भवती भएदेखी बच्चा पाउँदा शरीरको हर्मोनमा हुने परिवर्तनको कारण हुने गर्दछ । गर्भवती हुँदाको समयमा हुने शरीरको हार्मोन एस्ट्रोजन र प्रोजेस्टोरनको लेभल अचानक बढ्ने र बच्चा पाएसँगै अचानक घट्ने गर्छ जसले आमाको मुडलाई प्रभावित गर्दछ। यो हर्मोन केही हप्तामै गर्भवती अवस्था भन्दा अगाडीकै सामान्य भएर जान्छ जुनसँगै बेबी ब्लुज हराएर जान्छ। के गर्ने ? आराम, पोषणयुक्त खानेकुरा र आफन्तको साथ यो समयमा सबैभन्दा आवश्यक हुन्छ किनभने अपुरो निन्द्रा, थकाईले यसलाई झनै खराब अवस्था निम्ताउँछ। बेबी ब्लुजको समस्यासँग जुध्नलाई सबैभन्दा पहिला नयाँ आमाहरुले केही समयको लागि परिवार र साथीभाइको सहयोग लिनुपर्दछ । आफ्नो परिवारको सदस्य तथा साथीभाइलाई केही समयको लागि किनमेल, बच्चालाई खाने कुरा बनाउने काममा सहयोग लिनुहोस् । यो समयमा तपाई भने भरपुर आराम गर्नुहोस् । जहिले पनि आफ्नो नजिकको मानिससँग आफ्नो मनको कुराहरु राख्नुहोस् । कहिले पनि एक्लो महसुस गरेर भावनामा नबहकिनुस् । कुन अवस्थामा डाक्टरसँग सम्पर्क गर्ने ? यदी बेबी ब्लुजको लक्ष्ण तपाईलाई २ हप्ताभन्दा बढी देखा पर्छ भने तपाईले तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्ने हुन्छ। २। पोस्टपार्टम डिप्रेसन केही नयाँ आमाहरुलाई १–२ हप्ता भन्दा बढी समयसम्मा दुःख लाग्ने, केहि कुराको पनि रमाइलो नलाग्ने, बच्चा हेरेर खुशी हुन नसक्ने, जिन्दगी खल्लो भएको जस्तो आदि लक्षणहरु देखा पर्छन्, जसलाई पोस्टपार्टम डिप्रेसन भनिन्छ । यो अवस्थामा आमाले बच्चाको हेरचाह गर्न सक्दिनन् । यो बच्चा पाएको केही समयमै वा १२ महिना भित्रमा देखिने गर्दछ । डिप्रेसनको लक्षण: – केही कुरामा ध्यान दिन नसक्नु र कुनैपनि काम पूरा गर्न नसक्नु । – केही खान मन नगर्ने, भोक नलाग्ने । – आफु राम्रो आमा नभएको महसुस गर्ने । – बच्चालाई ध्यान नदिने । – दिनको धेरै पटक रुने, धेरै सानो कुरामा पनि चित्त दुखाउने, भाबुक हुने । – बच्चासंग रमाउन नसक्ने, खेल्न नसक्ने, जति प्रयास गर्दा पनि बच्चा प्रति ममता नपलाउने जसले गर्दा मनमा ग्लानी उत्पन्न हुने । – धेरै कम बोल्ने वा काम नपरी अरुको अगाडी नपर्ने, कुरा गर्न मन नलाग्ने । – खान नरुच्ने, निन्द्रा नपर्ने ९कसै कसैमा ठिक उल्टो भोक नलागे पनि खाई रहने वा दिनको १६–१८ घण्टा सम्म सुत्ने पनि हुन्छ । – नचाहिँदो कुरामा चिन्ता गरेर बस्ने, बच्चाको स्याहार–सुसार गर्न सक्दिन झैं लाग्ने, आफु आमा हुन लायक नभएको जस्तो महसुस हुने, भबिस्य अन्धकार भएको जस्तो लाग्ने, अब मेरो जिन्दगी बर्बाद भयो भन्ने जस्तो कुरा पटक पटक मनमा आउने । – जत्तिखेर पनि शरीर शिथिल भएको जस्तो, शक्तिहीन महसुस हुने, केहि गर्न आँट नआउने । – मन जत्तिखेर पनि तनाबमा हुने, कारण बिना आत्तिएर बस्ने, खुसि हुन नसक्ने, गित संगीत सुन्न वा चलचित्र हेर्न मन नलाग्ने । – ध्यान एकाग्र गर्न नसक्ने, स(साना कुराको निर्णय पनि गर्न नसक्ने । – आफ्नो बच्चाको रुप र ब्यबहारको प्रशंसा गर्नुको साटो, बच्चा देखेर रिस उठ्ने । यस्तो सोचाइ र भावनाहरु महिलाको लागि एकदमै दुःखदायी हुने गर्छ जबकी उसलाई यो समयमा सबैभन्दा बढी खुशी हुनुपर्ने हो । धेरै महिलाले यस्तो अवस्थामा अरुलाई कुरा साट्ने गर्छन् । तर यो अवस्थामा उसलाई उपचारको एकदम आवश्यक हुन्छ । यसलाई पनि बेबी ब्लुजको जस्तै हार्मोनको घटबढ कारण भएको मानिन्छ । यसले धेरै महिलालाई सताउने गर्दछ, तर कसैको स्वास्थ्य यसको कारणले गर्दा जोखिममा पनि हुनसक्छ । परिवारमा कसैलाई डिप्रेसन भएको अथवा यसभन्दा अगाडि आमा बन्दा बेबी ब्लुज भएका महिलाहरुमा यो समस्या देखिने गर्दछ । यसको अन्य कारण गर्भवती अवस्थामा घरायसी तनाव, परिवारको साथ सहयोगको कमीको कारण हुने गर्दछ । कुन अवस्थामा डाक्टरलाई सम्पर्क गर्ने ? यो कयौं महिनासम्म महिलामा रहिरहन सक्छ । यदी सही समयमा यसको उपचार गर्न सकियो भने मात्र उक्त महिलाले आफुलाई साधरण अवस्थामा पाउनेछिन् । ध्यान, बोल्ने थेरापी, पोशण युक्त खाना, पर्याप्त आराम यसको उपचार हो । केही महिलालाई राम्रो महसुस हुन केही हप्ता लाग्न सक्छ भने कोहि केही दिनमै सामान्य अवस्थामा आउने गर्दछन् । ३। पोस्टपार्टम साईकोसिस ( यदि पोस्टपार्टुम डिप्रेसन समयमै चिन्न सकिएन र बल्झिदै गयो भने यसले पोस्टपार्टम साईकोसिसको रुप लिन सक्छ । यदि पहिलेनै मानसिक समस्या भएको भए बच्चा जन्मिएको केहि दिनमै पोस्टपार्टम साईकोसिस हुन पनि सक्छ नत्र केहि हप्ता लाग्न सक्छ। पोस्टपार्टम डिप्रेसन बढ्दै गयो भने आमाको मष्तिसकले के सहि हो, के गलत हो, कुन भावना सामन्य हो र कुन असामान्य हो, आफु होसमा हो या बेहोसमा हो, के गर्दा ठिक हो र के गर्दा बेठिक हो छुट्याउन सक्दैन । यस्तो अवस्थालाई पोस्टपार्टम साईकोसिस भनिन्छ । यस्तो अवस्थामा केहि समय अस्पतालमा राखेरै उपचार गर्नुपर्ने हुन सक्छ । साईकोसिसका लक्षणहरुः – नभएको कुरा देख्न थाल्नु वा सुन्न थाल्नु, अर्को मानिससंग वार्तालाप गरेको झैं गरि आँफैसंग लामो समयसम्म प्रश्नोत्तर गरिरहनु, घरमा नभएको जीव जन्तु देख्नु । – कुन साल हो, कुन महिना हो, साथी नाता गोता कोको छन् पत्तो नहुनु, सामान्य प्रश्नहरुको उत्तर दिन नसक्नु । – उदाशिनता, चिन्ता, रिस, आदि झन् झन् बढ्दै जानु, आफु र बच्चा दुबैको भोक र निन्द्राको ख्याल नगर्नु, बच्चाको रुवाईले आक्रोसित हुनु । – बच्चा र आंफ्नो दुबैको हत्या गर्ने योजना बनाउनु, कसै कसैले बच्चामा भुतप्रेत पसेको छ वा केहि कारणले बच्चालाई समस्या भएको छ भन्ने भ्रम भै बच्चालाई त्यसबाट जोगाउन भनेर बच्चाको शरीर आगोमा फालिदिने, चक्कुले कोप्ने आदि गर्ने योजना बनाउछन् । कसैले भने बच्चाले भबिस्यमा दुःख पाउँछ, म मेरो सन्तानलाई त्यस्तो दुःख हुन दिन्न र समयमै समधान गरिदिनेछु भन्ने निर्णय लिन्छन् । कोहिले बच्चाको कारण आफ्नो जिन्दगि बर्बाद भएको भनेर बच्चालाई ठेगान लगाउनु पर्छ भनेर सोंचाई बनाउँछन्, कोहिले मनको पिडा सहनै नसकिने भो भनेर आफ्नो ज्यान लिने निर्णय गर्छन् र आँफु मरे पछि आफ्नो सन्तानको बिजोग हुन्छ भनेर सम्पूर्ण परिवार एकै पटक ज्यान लिने मन बनाउछन् । – पछि गएर माथिको उदाहरणमा दिइएको घटना घटेको सबै कुरा आमाले थाहा नपाउनु, सपना जस्तै लाग्नु । घटना भैरहेको बर्तमान अवस्थामा सोध्ने हो भने आमाले आफ्नो मनको कुरा जस्ताको तस्तै भन्न सक्छिन् तर पछि थोरै कुराहरु बाहेक कुनै घटना याद हुँदैन ।

चलिचत्र ‘वीर विक्रम २’ ले गर्याे पहिलाे पोस्टर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘वीर विक्रम २’ को पहिलो पहिलाे पोस्टर सार्वजनिक गरेको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म पहिलो पोस्टरमा मुख्य पात्रहरुको मात्र तस्विर सार्वजनिक गरेको छ । च्याम्स इम्टरटेनमेन्ट लण्डन सिने संयुक्त ब्यानमा निर्माण गरिएको चलचित्रमा पल शाह, नजिर हुसेन, नायिका वर्षा सिवाकोटी र कलाकार वुद्धि तामाङ्गको तस्विर पोस्टरमा सार्वजनिक भएको छ । चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको रुपमा देखिएका छन् । पिरतीको मिठो तिर्सना भन्ने बोलको गीत र वाचा गीतले राम्रो बजार जमाईरहेको छ । ‘वीरविक्रम’ मा नाजिर, दयाहा राई, दीया पुनलाई देखिएको थियो । कार्यकारी निर्मातामा अर्पण सापकोटा रहेका छन् भने ‘वीर विक्रम २’ मा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी सत्री, मनिष लिम्बु लगायतका अभिनय रहेको छ ।

सरकारी विद्यालयमा निजी सरहको सुबिधा, प्राविधिक रुपमा स्मार्ट बन्दै ७ सय ९२ विद्यालय

काठमाडौ । सरकारी विद्यालयलाई स्मार्ट बनाउने योजनामा नेपाल दूर सञ्चार प्राधिकरणले सघाउने भएको छ । विद्यालयमा प्राविधिक वातावरणको विकासमा प्राधिकरणले सहयोग गर्ने भएको हो । विद्यार्थीलाई प्रविधि मैत्री बनाउन प्राधिकरण सहयोगी बन्न लागेको हो । नेपाल दुर सञ्चार प्राधिकरणका उप–निर्देशक सुगन शाक्य भन्छन्–‘सरकारी विद्यालयलाई निजी सरहको सुविधा प्रदान गर्नु आजको आवश्यकता हो, यसमा हामीले काम गर्न सक्नु पर्छ, सूचना प्रविधिको प्रयोगशाला स्थापनाले भोलिका दिनमा धेरै क्षेत्रमा सहयोग गर्छ ।’ यो कार्यक्रम काठमाडौ उपत्यकामा मात्रै नभई देशैभर लक्षित कार्यक्रम हो । हाल सरकारले देशव्यापी रुपमा ७ सय ९२ स्कूलहरु छनोट गरिसकेको छ । २ हजार आवेदन मध्येबाट यी स्कूल छनौटमा परेका हुन् । छनौटमा परेको एउटा स्कूलमा कम्तीमा पनि २४ वटा कम्प्यूटर वितरण गरिन्छ । कम्प्यूटर सहित प्रोजेक्टर, राउटर समेत वितरण गरिने विद्यालयलाई प्राविधिक रुपले स्मार्ट बनाउन कम्प्युटर, प्रोजेक्टर, इन्टरनेटका राउटर तथा प्रिन्टर समेत प्रदान गर्ने तयारी भएको छ । अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले कम्प्युटर शिक्षा अपरिहार्य मानिन्छ । यस्तो समयमा सरकारले सरकारी विद्यायलयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी यस्तो स्मार्ट पूवार्धार सहितका स्कूलको योजना अघि सारेको हो । साथै, यो कार्यक्रम स्मार्ट स्कूल निर्माणको प्रारम्भिक बिन्दु मानिएको छ । छनौटमा परेका विद्यायलयमा सरकारले प्रविधि मैत्री वातारण निर्माण गर्ने उद्देश्य राखेको पाईन्छ । प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिमबाट प्रत्येक निर्वाचन क्षेत्रमा ३ वटा विद्यालय छनोट गर्ने कार्यविधि बनाइएको थियो । यस्तै १, ३, गण्डकी र ५ बाट भने प्रति निर्वाचन क्षेत्र न्युनतम ४ वटा विद्यालय छान्ने योजना बनाएको थियो ।प्रत्येक स्मार्ट स्कूलका लागि १५ देखि २२ लाख रुपैयाँ बराबरको प्राविधिक सामाग्री प्रदान गर्ने गर्ने प्राधिकरणले जनाएको छ । कुन कुन विद्यालय छानिए ? हेर्नुहोस सूचि