विकासन्युज

पर्यटन वर्ष सफल पार्न हिमालयन बैंक अग्रसर, अमेरिकन एक्सप्रेसले प्रचार गरिदिने, हिमालयनले छुट दिने

काठमाडौं । पर्यटन वर्ष २०२० सफल पार्न हिमालयन बैंक अग्रसर भएको छ । नेपाली सम्पदाहरुलाई विश्वमा चिनाउन हिमालयन बैंकले नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेससँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धनको सहकार्यको लागि अग्रसर भएको हो । बिहीबार हिमालयन बैंकको कार्यालय कमलादीमा आयोजित कार्यक्रममा यी तीन संस्थाहरुबीच ‘एक्सपेरियन्स नेपाल’ अभियानको सुरुवात भएको छ । जसअनुसार अमेरिकन एक्सप्रेसले विश्वभर आफ्ना कार्ड प्रयोगकर्ताहरुकहाँ नेपाली सम्पदा र पर्यटकीय स्थलहरुबारे प्रचारप्रसार गरिदिनेछ भने नेपाल पर्यटन बोर्डले अमेरिकन एक्सप्रेसलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न दिनेछ । हिमालयन बैंकले भने नेपालमा रहेका आफ्ना ८० भन्दा बढी मर्चेन्ट पार्टनरहरुमा खरिदबिक्री गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त कार्यक्रममा अमेरिकन एक्सप्रेसकी दिव्या जैनले नेपाल होलिस्टिक पर्यटन गन्तव्य भन्दै नेपाली पर्यटकीय स्थानहरुको प्रवद्र्धन गर्न आफूहरुले सहयोग गर्ने बताइन् । कार्यक्रममा हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले यस्तो सम्झौता हिमालयन बैंकको पहलमा भएको दोस्रो सम्झौता रहेको र यसअघि २०१७ सालमा पनि यस्तै सम्झौताका कारण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले २०१७ तिर भुकम्प र नाकाबन्दीका बाबजुद नेपालमा पर्यटकको संख्या २०/२५ प्रतिशतले बढेको भन्दै यस्तो हुनुमा त्यतिबेलाको सम्झौताको योगदान पनि महत्वपूर्ण रहेको बताए । नेपाललाई गुणस्तरीय पर्यटकको खाँचो रहेको भन्दै उनले २०२० मा ‘भिजिट नेपाल फर लाइफटाइम एक्सपेरियन्स’ क्याम्पियन अघि बढाएको दाबी गरे ।

एनआईसी एशियाको ऋणपत्र निष्काशनमा सानिमा क्यापिटल नियुक्त, चार अर्बको बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले बिहीबार मात्र रु.१,००० अंकित दरका ४४ लाख कित्ताले हुन आउने सो मात्राको “एनआईसी एशिया ऋणपत्र २०८३/८४” निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेकाे हाे । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् । कूल चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो । यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

स्प्राईटको समर क्याम्पेन ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ सार्वजनिक

काठमाडौं । लेमन-लाईम खण्डको देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । उपभोक्तामाँझ रिफ्रेस बनाउने ब्राण्डको रुपमा स्थापना गर्न सफल स्प्राईटले गर्मी याममा उपभोक्तालाई कुल राख्दछ, जसले गर्दा उनीहरु जुनसुकै परिस्थितिमा सचेत भएर सोच्न र निर्णय लिन सक्छन् । स्प्राईटले उपभोक्तामाँझ प्यास मेटाउने एवम् रिफ्रेस बनाउने ब्राण्डको रुपमा आफुलाई स्थापना गरेको छ । स्प्राईटको यस टिभीसीले त्यस्ता व्यक्तिहरुको चित्रण गरेको छ जो आफ्नो कामका लागि अरु सोझा व्यक्तिहरुलाई धम्काएर शक्ति प्रदर्शन गरेर त्यसको फाइदा उठाउने प्रयास गर्दछन् । यस्ता परिस्थीतिलाई प्रदर्शन गर्दै स्प्राईटले टिभीसी सार्वजनिक गरेको छ जसमा केहि व्यक्तिहरु गर्मीे याममा सरकारी कार्यलयको अगाडि लाईनमा बसिरहेका छन् । ती व्यक्तिहरु गर्मीलाई भगाउन कागजले हावा हम्किदै आफ्नो पालो पर्खिरहेका छन् । त्यहीँ भिडमा उभिरहेका एक व्यक्तिले झोलामा स्प्राईट बोकेका छन् । त्यसै बीचमा अचानक एक झगडालु व्यक्ति लाइनमा नबसी सिधै झ्याल अगाडि गएर आफ्नो पावरको धम्की देखाउँदै उसको काम सबैभन्दा पहिला गर्न आदेश दिन्छ । त्यहीँ भिडको शुरुमै उभिएका अनमोल केसी (यस टिभीसीका मुख्य पात्र) ले झोलामा भएको स्प्राईटको बोतल निकालेर एक घुट्को पिउँछन् । त्यसपछि उनी सिधै कर्मचारी भएको ठाँउमा गएर सीसीटिभीको निग्रानिमा भएको ज्ञात गराउँछन् । ती कर्मचारी सतर्क हुन्छन् र झगडालु व्यक्तिलाई पछाडि गएर आफ्नो पालो पर्खिन बताउँछन् । उक्त कर्मचारी र ती झगडालु व्यक्तिले जुन सुकै परिस्थीतिमा काम लाग्ने एक मात्र आईडिया स्प्राईट रहेछ भन्ने कुरा प्रष्ट बुझ्छन्, जसले तपाईंलाई रिफ्रेस बनाउनु साथै जुनसुकै परिस्थीतिमा पनि दिमागलाई सचेत राख्दछ । ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ अभियानबारे कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “स्प्राईट त्यस्तो पेय पदार्थ हो जसले तिर्खा मेटाउनाको साथै यस प्रतिकुल परिस्थीतिमा पनि ठन्डा राख्छ र रिफ्रेस बनाउँछ । स्प्राईट र स्टार अनमोल एकसाथ लागि परेका छन् र हामीले आशा गरेका छौं कि ग्राहकहरुले यसको मज्जा लिनेछन् ।”

गोर्खा इको प्यानलको डिलर अर्घाखाँंचीमा पनि, संख्या १५ पुग्याे

काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत विक्रेता अर्घाखाँंचीको सन्धीखर्कमा पनि पनि राखिएको छ । दुर्गा भगवती विल्डर्स अर्घाखाँंचीलाई १५औं डिलरको रुपमा नयाँं डिलर दिइएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले देशभरबाट आफ्ना उत्पादनको माग आएकाले ठाउँं ठाउँंमा निरन्तर डिलरको संख्या बढाउँंदै लगेको बताए । गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको विकल्पको रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ । यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । यसका डिलरहरु देशभरि फैलिसकेका छन् । हालसम्म यसका १५ वटा डिलरहरु भएको कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक उत्पादित उत्पादित गोर्खा इको प्यानलको मुख्य कर्पाेरट कार्यालय भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै छ । यसको कारखाना भने भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचामा छ । यसका उत्पादनहरु हिमाल, तराई, पहाड सबैतिरको निर्माणमा प्रयोग भइरहेका छन् ।

ओम डेभलपमेन्ट बैंकका अध्यक्षकाे दाबी-‘प्राइमले बुँदा १९ उल्ल‌ंघन गर्दा मर्जर ताेडियाे’

  काठमाडौं । ‘एनएमबि बैंक प्रविधि र कार्यसञ्चालनमा सबल छ । हामी विकास बैंक, हाम्रो कार्यप्रणाली नै फरक छ । हामी प्रविधि र क्षमतामा कमजोर छौं । हाम्रा कर्मचारीहरु बच्चा छन्, हाम्रा बच्चाहरुलाई माया गर्नुहोला’ ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार गाेसाली को भनाई हो यो । एनएमबि बैंकसँगको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरका लागि एमओयू कार्यक्रममा भावुक भएका उनले मर्जरपछिको बैंकको सञ्चालक समितिमा ओम डेभलपमेन्ट बैंकको समेत प्रतिनिधित्व हुने भए पनि ओमका अध्यक्षले एनएमबि नेतृत्वसँग त्यस्तो अनुनय गरेका हुन् । मर्जरका लागि एमओयू गरेलगत्तै सम्बोधन गरेका उनले एनएमबि बैंकसँगको आफ्नो मिलन भगवानको इच्छा भएको समेत बताए । ओम नमः शिवाय भन्दै सम्बोधन सुरु र ओम शान्ति भन्दै अन्त्य गरेका कुसारीले प्राइमसँगको मर्जर तोडिनु र छोटो समयमै एनएमबि बैंकसँग कुरा मिल्नुलाई ‘भगवानको इच्छा’को रुपमा व्याख्या समेत गरे । ‘प्राइम बैंकसँग मर्जरमा कुरा गर्नुअघि मैले एनएमबि बैंकसँग कुरा गरेको थिएँ तर एफएमओको लगानी रहेकोले विभिन्न मापदण्ड पूरा गरेर मात्रै मर्जरमा जान सकिने धारणा त्यतिबेला उहाँहरुले राख्नुभयो । तर, मैले त्यति मापदण्ड अहिलै हामी पूरा गर्न सक्दैनौं… सरी भनेँ । त्यसपछि हामी अर्को बैंक (प्राइम बैंक)सँग कुरा अघि बढायौं, भगवानले फेरि हाम्रो मिलन हुज लेखेका रहेछन्, अहिले यति छिट्टै हाम्रो सहमति भयो’ उनले भने । उनले प्राइम बैंकले एमओयू सम्झौताको बुँदा नम्बर १९ उल्लंघन गरेकोले ओमले मर्जरमा जान नसकेको बताए । उहाँहरुको धेरै समस्या थियो, कर्मचारी आन्दोलनका कारण हाम्रो कर्मचारी समायोजन पनि रोकियो । बुँदा नं १९ मा मर्जरपछि संयुक्त साधारणसभा गर्ने सम्झौता विपरित उहाँहरुले साधारणसभा बोलाउनुभयो, त्यसो गर्दा हामीलाई २.३४ प्रतिशत बोनस शेयर घाटा लाग्ने भयो । हाम्रा सञ्चालकले मर्जरपछिको बैंकमा प्रतिनिधित्व गर्ने अवसर पनि नपाउने भए, त्यसकारण हामी टाढियौं’ उनले भने । उनले अब आकाश खसे मात्रै मर्जर प्रक्रिया असफल हुने भन्दै १० महिनासम्म शेयर कारोबार रोकिँदा शेयरधनीमा परेको क्षतिप्रति क्षमायाचना गर्दै भने ‘त्यो हामीले चाहेर भएको होइन ।’

कुमारी बैंकद्धारा विपन्नवर्गका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

काठमाडौं । कुमारी बैंकले काठमाडौंको कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्कालाई पाठ्यपुस्तक हस्तान्तरण गरेका हुन् । गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्य रहेको बैंकले बताएको छ । साथै, बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बिग मर्जरमा एनएमबि बैंक अनिच्छुक, ‘कर्णाली र सुदूरपश्चिमका बैंक पाए फेरि लिन्छौं’

काठमाडौं । बजारमा हल्ला चलेजस्तो ठूला बैंकहरुको मर्जर (बिग मर्जर) प्रति एनएमबि बैंक अनिच्छुक देखिएको छ । एनएमबिले त्यस्तो मर्जरका लागि कुनै योजना नबनाएको बरु क्षेत्रीय उपस्थिति बलियो बनाउन बरु क्षेत्रीय विकास बैंकहरुसँग थप मर्जरमा जान चाहेको एनएमबि बैंकले जनाएको हो । एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्यानले बजारमा महामर्जरको चर्चा भए पनि त्यसका लागि आफूहरु इच्छुक नरहेको बताएका हुन् । ‘बजारमा अहिले ठूला बैंकहरुबीच मर्जर हुने हल्ला चलेको छ, त्यो पछिको कुरा हो, त्यसबारे हाम्रो कुनै प्लान छैन, तर हामीले यस्तै (ओमसँगको मर्जरजस्तै) मर्जरको आवश्यकता देखेका छौं । साथै, उनले एनएमबि बैंकले ४/५ ओटा बैंकसँग मर्जर सम्पन्न गरिसकेको भन्दै प्रत्येक मर्जरले आफूहरुलाई क्षेत्रीय रुपमा सशक्त बनाउन सघाएको बताए । पूर्वमा हामीले पाथिभरा विकास बैंकसँग मर्ज गर्यौं, प्रदेश ५ मा भृकुटी विकासलाई मर्ज गरेर सो प्रदेशमा बलियो भयौं । क्लिन इनर्जी डेभलपमेन्ट बैंकसँगको मर्जरले नर्वेको एफएमओ बैंकसँगको सहकार्य अघि बढायो, यसैको कारण हामी विदेशी ऋण ल्याउने पहिलो र हालसम्मको एकमात्रै बैंक बन्न सक्यौं ।’ उनले भने । ओम डेभलपमेन्ट बैंकसँगको मर्जरले आफूहरुलाई प्रदेश ४ मा सशक्त बैंक बन्ने आधार तयार पारेको भन्दै उनले बाँकी प्रदेशहरुमा पनि उपयुक्त रणनीतिक साझेदार खोज्ने रणनीति रहेको बताए । ‘हामीलाई प्रदेश ६ र प्रदेश ७ मा थप सशक्त हुनुछ, त्यसका लागि शाखा विस्तार गर्ने वा कुनै संस्थासँग मर्जर गर्ने विकल्प हुन्छ, हामी उपयुक्त साझेदार पाए सहकार्य गछौं ।’ अध्यक्ष गोल्यानले भने । उनले एनएमबि बैंकले विदेशबाट फर्केकाहरुलाई नेपालमै उद्यमशील बन्न आफूहरुले लगानी गर्ने र कृषि क्षेत्रमा थप लगानी बढाउने घोषणा समेत गरेका थिए । उनले मर्जर प्रक्रिया विवाहजस्तै भएको भन्दै यो सम्पन्न गर्नको लागि दुवै परिवारले कडा मेहनत गर्नुपर्ने समेत बताए । ‘सुरुका दिनहरुमा केही अप्ठ्यारा पनि आउन सक्छन्, मिलेर अघि बढौं ।’ उनले भने ।

नेपाल बङ्गलादेश बैंकले मृतकको परिवारलाई दियो एक लाख ३० हजार रुपैयाँ

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको परिवारलाई एक लाख ३० हजार २४८ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच बीमा दावी बराबरको सो रकम दुर्घटनामा परी निधन भएका देउला मृतक निजको हकवाला श्रीमती हरीशोभा मर्हजनलाई दिएको हो । साथै, यस बैंकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ । हाल बैंकले आफ्नो ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ७२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।