विकासन्युज

ढल्केबरमा निर्माण हुँदै देशकै ठूलो सवस्टेशन, पुसभित्र सकिँदै

काठमाडौँ । विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार धनुषाको ढल्केबरमा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ निर्माणाधीन उक्त सवस्टेसन आगामी पुसभित्र अर्थात् डिसेम्बर २०१९ मा सञ्चालनमा आउने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन उक्त सवस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सवस्टेसन रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा समेत आगामी आर्थिक वर्षभित्रमा ४०० केभी क्षमताको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने कार्यक्रम समावेश गरेको छ । निर्माणाधीन अवस्थामा रहेको उक्त सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच ९०० मेगावाट बराबरको विद्युत् आयातनिर्यातका लागि पूर्वाधार तयार हुने कार्यकारी निर्देशक घिसिङको भनाई छ । ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ । कूल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन हाल २२० केभी क्षमतामा सञ्चालनमा छ । “ढल्केबर सबस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिने छ, यसबाट अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्ने छ”, कार्यकारी निर्देशक घिसिङले भने । यस्तै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुन गएको खण्डमा भारत निर्यात गर्नुका साथै दुई मुलुकबीच ‘इनर्जी बैंकिङ’ गर्नसमेत मार्ग प्रशस्त हुनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट बढी विद्युत् माग हुने साँझको समयमा दैनिक २२० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । अन्य स्थानबाट आयात हुने विद्युत्को तुलनामा ढल्केबर-मुजफ्पुरबाट आयात हुने विद्युत्को मूल्य सस्तो छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले शनिबार सबस्टेसन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न निर्देशन दिनुभएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले यो सबस्टेसन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि बहानामा निर्माणमा ढिलाइ गर्न नहुने बताए । सबस्टेसन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबिबीले ठेक्का सम्झौतामा निर्धारित समय अर्थात् ३१ डिसेम्बर २०१९ भित्र सबस्टेसन काम सकी चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । सबस्टेसनको इञ्जिनीयरिङको ९५ प्रतिशत, उपकरणको उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत भौतिक प्रगति भएको छ । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि सोही क्षमताको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरण गरिएको हो । सप्तरीमा वनको अवरोध अझै हटेन यस्तै डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा करीब साढे दुई वर्षदेखि रोकिएको राष्ट्रिय महत्वको हेटौँडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अझै शुरु हुन सकेको छैन । मन्त्रिपरिषद्ले आयोजनालाई वन क्षेत्रको जग्गा र त्यहाँ रहेका रुखबिरुवा हटाउन अनुमति दिइसकेको भए पनि वन क्षेत्रको जग्गा प्रयोगमा अझै सहज नभएको हो । डिभिजन वन कार्यालय सप्तरीले रुख कटानका लागि आदेश नदिएको प्राधिकरणको गुनासो छ । “मन्त्रिपरिषद्को निर्णय पेश गरेको २० दिनभन्दा बढी भयो तर डिएफओले अझैसम्म रुख कटानको आदेश नदिँदा काम रोकिएको छ । विनाकारण डेढ वर्षदेखि राष्ट्रिय महत्वको आयोजनाको काम रोक्ने डिएफओलाई न त सरुवा गरिन्छ न कारवाही नै”, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने । रुख कटानको स्वीकृति दिन आयोजनाले पटकपटक गरेकोे आग्रहलाई वन कार्यालयले अस्वीकार गर्दा सप्तरीमा पर्ने आयोजनाको १३ वटा टावर निर्माण रोकिएको हो । यो प्रसारण लाइनको निर्माण सकिएन भने ४५६ मेगावाटको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्छ । हेटौँडा–ढल्केबर–दुहबी २८८ किलोमिटर प्रसारण लाइन आयोजनाले ७९२ वटा टावरमध्ये सप्तरीमा १४२ वटा पर्छ । त्यसमध्ये ११७ टावरको जग हालिएको छ । बाँकी २५ मध्ये १३ वटा वन क्षेत्रभित्र पर्छ । तत्काल कटान शुरु नगर्ने हो भने छपान गरिएका रुखमा राखिएको नम्बर मेटिने हुँदा पुनः छपान गर्नुपर्ने हुन्छ भने बर्खा लागेपछि रुख काट्न नपाउने व्यवस्था छ । यसले गर्दा आयोजनाको काम झनै प्रभावित हुनेछ । नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण लाइन तथा व्यापार पयिोजनाअन्तर्गतको सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको हो । आयोजनाले निर्माण गर्नुपर्ने ७९२ टावरमध्ये ५७६ को जग हालिएको छ भने ५१२ टावर खडा गरिएको छ । आयोजनाको निर्माण सन् २०२० को अप्रिलमा सक्ने लक्ष्य राखिएको छ । रासस

दोहोरो अंकले घट्यो नेप्से, नेपाल बैंकको सबैभन्दा बढी कारोबार, शिवम् सिमेन्ट दोश्रोमा

काठमाडौँ । असार महिनाको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ११.३६ अंकले नेप्से घटेको हो । ०.८९ प्रतिशतले परिसूचक घट्दा १२५८.२७ बिन्दुमा पुगेको छ । आज शेयरबजारमा १७४ कम्पनीका १४ लाख ७३ हजार ८ सय ८ कित्ता शेयर किनबेच हुँदा ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेको दिन सबै सूचक राताम्मे भए । बैंकिङ समूह ७.१३, होटल समूह २७.५७ समूह, विकास बैंक समूह ११.९२, जलविद्युत समूह १०.८१, वित्त समूह ६.७१, निर्जीवन बीमा समूह १११.०३, उत्पादनमूलक समूह ३५.२९, अन्य समूह ७.१३, लघुवित्त समूह ३०.२, जीवन बीमा समूह ३५.४५ र म्याचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् । बजार घटेको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ६.७५ प्रतिशतले नाफा आर्जन गरेका छन् भने महिना सहायता लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ७.८७ प्रतिशतले घाटा ब्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ९५ लाख ८० हजार ५ सय ६४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको २ करोड ५५ लाख १६ हजार ५ सय ७८ रुपैयाँ बराबरको बराबरको शेयर किनबेच भएको छ ।

प्रधानमन्त्री ओलीले भने-युरोप भ्रमण फलदायी भो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् ।अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले भने, “हामी अत्यन्त सक्रिय रह्यौँ, हामीले हाम्रा नीति, उपलब्धि, आवश्यकता र आकाङ्क्षालाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले सान्दर्भिक ठाउँमा कुरा उठाएका छौँ, अघि बढाएका छौँ ।” नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता धेरै पुरानो भएकाले त्यसले आजको आवश्यकतालाई निर्देशन र नियमित गर्न नसक्ने जनाउँदै उक्त सम्झौतालाई पुनरावलोकन गरी द्विपक्षीय सहमतिका आधारमा अघि बढन चाहेको विचार र सोच बेलायतसँग राखेको उहाँले जानकारी दिए । एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, “हामीले हाम्रा जहाज युरोपलगायत विश्वका जुनसुकै आकाशमा उडाउन प्रयत्न गरिरहेका छौँ । यो विषयमा भ्रमणका बेला सरोकारवालसँग गम्भीरताका साथ कुरा उठाएका छौँ ।” ‘कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ’ गुठी विधेयकका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेकाले जनताको इच्छा, भावना र हितविपरीत सरकारले कुनै पनि कुरा नगर्ने स्पष्ट पारे । उनले भने, “जनतालाई सर्वोपरी देवता मान्ने, जनताको इच्छा, आकाङ्क्षा, हित र आदेशानुसार काम गर्ने जनउत्तरदायी सरकारले जनताको कुरा सुन्छ, जनताको हितमा काम गर्छ, कहीँकतै कमीकमजोरी देखियो भने त्यसलाई सच्याउने छ ।” कतिपय ठाउँमा गुठीका नाममा जनता र गरीबमाथि शोषण भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मोही, बहाल, धार्मिक गुठी, सांस्कृतिक र परम्परासँग जोडिएका गुठीमा कहीँकतै धक्का परेको रहेछ भने सरकारले त्यसमा विचार गर्नेछ । आबेग, उत्तेजना, द्वन्द्व, आन्दोलन गर्ने नभई नेपालको अबको समय भनेको संवाद, सहमति, सहकार्य र अग्रगमन भएको बताउँदै प्रधानमन्त्री ओलीले विरोधको भावनालाई उचालेर कहाँ पुग्छु भन्ने भावना नराख्न सबैलाई सुझाव दिए । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको युरोप भ्रमणका क्रममा भएका गतिविधि र उपलब्धिबारे जानकारी दिए ।

लोकसेवाले परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ- राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताइन् ।लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउँदै भनिन्, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु, परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।” उनले आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई शुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको विश्वास व्यक्त गर्दै संवैधानिक जिम्मेवारी पाएको आयोगको काम कारवाहीलाई थप मजबुत बनाउन सरकार र सम्बद्ध सबैले सहयोग गर्ने विश्वास लिएको बताइन् । “आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको छ, जनविश्वास पनि त्यहीअनुरुप कामय गरिरहेको छ, भविष्यमा थप जनविश्वासका काम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्दछु”, उनले भनिन् । सरकारले न्याय र समानतामा आधारित शोषणरहित समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक दायित्व बहन गर्नुपर्ने अवस्थामा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेवी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत आफूले लिएको उनले धारणा व्यक्त गरिन् । त्यसैगरी, आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले झण्डै सातदशकको यात्रामा विभिन्न घुम्ती, उकाली, ओराली पार गर्दै आएको र अहिले फेरि आयोगको जनविश्वासको जगलाई कमजोर पार्ने प्रयास भएको सुनाए । उनले संविधान, कानून र स्थापित परम्पराअनुरुप आयोगले गरेको स्थानीय तहको विज्ञापनमा विनाकारण प्रश्न उठाएको र संवैधानिक अङ्गले संविधान र प्रचलित कानूनको उल्लङ्घन गर्ने कल्पनासमेत गर्न नसक्ने स्पष्ट पारेका छन् । अध्यक्ष मैनालीले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मर्मलाई आत्मसात् गरेर काम गर्न शान्त, स्वच्छ र दबाबरहति वातावरण जरुरी हुने धारणा व्यक्त गर्दैे आयोगले ७७ वटै जिल्लामा अनलाईन दर्खास्त दिन र उम्मेदवारको जनुसुकै बैंक खातामा रहेको रकम इन्टरनल बैंक पेमेन्ट प्रणालीको प्रयोग गरी आयोगको राजस्व खातामा पुग्ने व्यवस्था गरिएको जानकारी दिए । यसरी विसं २००८ असार १ गते स्थापना भएको उक्त आयोगले हरेक साल असार १ गते स्थापना दिवस मनाउने गरेको छ । आयोग एक विशिष्टीकृत संवैधानिक निकाय हो र यसमा अध्यक्षसमेत गरी पाँच पदाधिकारी रहने व्यवस्था छ । रासस

‘सिलौटोमा लसुन’ लिएर आउँदैछन् गायक शिव हमाल

वि.स २०३९ सालमा स्याङ्जा जिल्ला मलाङकोटमा जन्मिएर शिव हमाल, सानै देखि गीत संगीतको माहोलमा हुर्किएका हुन् । पछिल्लो समय नेपाली लोकगीत संगीतको क्षेत्रमा चर्चित हमाल नेपाली हिन्दु महिलाहरुको महान् चाड तीजलाई लक्षित गरी गीत सिर्जना गर्न तल्लीन छन् । उनै गायक हमालसँग गीतसंगीतको बारेमा विकासन्युजका लागि सुनिता पुडासैनीले गरेको कुराकानी: तपाईँको बाल्यकाल कस्तो रह्यो र गीत संगीतको क्षेत्रमा कसरी लाग्नु भयो ? साधारण परिवारमा जन्मेको म । मेरो बुबाआमा खेतिकिसानी गर्नु हुन्थ्यो यसरी नै मध्य वर्गीय जीन्दगी वितिरहेको थियो । अनि मेरो गाउँबेशी, डाँडाकाडा, उकाली ओराली, चौतारी, घाँसदाउरा, मेलापात गर्दाको समयदेखि त्यो सांगीतिक माहोल जहाँ मेरा रहेका पाइला पाइलामा संगीत गुन्जियो । घर परिवारका सदस्यको हौसलाले यस क्षेत्रमा प्रवेश गरे । २०५७ सालमा एसएलसी सकेपछि मेरो मामा राजेन्द्र लम्साल रेडियो नेपालको बरिष्ठ गायक भएकै कारण पनि यस क्षेत्रमा प्रेरित भएँ । जब विस २०६० सालमा काठमाडौं आए, त्यसपछिको समय बिना संघर्ष केहि हुँदै भनि म यस क्षेत्रमा अनौपचारिक रुपमा लागे । विशेष गरी काठमाडौं बसाईको सुरुवातमा दोहोरी साँझमा प्रस्तुती दिएको थिएँ । तपाईँले हालसम्म कति वटा गीतसंगीत सिर्जना गर्नु भयो र कुन चाँही साच्चै राम्रो गर्नुभयो ? १२ सय भन्दा बढी गीत तथा संगीतको रचना गरेको छु । पछिल्लो समय ‘लालु मै’ ले नयाँ परिचय बनाएपनि मेरो पछाडी २०६४ सालमा ‘मन परेको फुल खसेको’, २०६५ सालमा ‘देउरालीको भट्टी पसल’, २०६६ सालमा ‘पछ्यौरी लेउ बईना’, २०६७ सालमा ‘रक्षा गर हरी’, २०६८ साल देखि ‘पारेऊ मलाई रुन मायालु’, ‘सानु कहाँ छौं’, ‘हाँस्न सिकायौं’, ‘कस्लाई सोध्ने होला’ आदि गीतहरुले मलाई चिनाएका हुन् । गीत संगीतको क्षेत्रमा आफूलाई कहाँ पाउनु हुन्छ ? विस २०६१ सालदेखि यस क्षेत्रमा निरन्तर रुपमा आफ्ना सिर्जना प्रस्तुत आएको छु, अहिले अलि गहिराईमा डुब्दैछु । त्यो समय जहाँ मेरा धेरै सिर्जनामा केहिले मात्र बजार जमाए भने हाल सबै सिर्जनाहरु जसले प्रफुल्लित बनाएपनि अझै यस क्षेत्रमा जति गर्नु पर्ने हो त्यति गर्न सकिन कि जस्तो आभाष हुने गर्छ । त्यसैले अझै म मेरो सन्तुष्टि हुन सकिरहेको छैन । पछिल्लो समय यूट्युब बजारलाई कसरी व्याख्या गर्नु हुन्छ, कस्तो छ आम्दानी ? सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यूट्युब च्यानलहरुको बिस्तारको क्रम बढ्दो छ । सर्जक कलाकारदेखि सर्वसाधारण मानिसहरुको यूट्युब प्रतिको झुकाव दिन प्रतिदिन बढ्दै गएको छ । राम्रो सिर्जना जसले समाजलाई पारदर्शी रुपमा प्रस्तुत गर्छ र हरेक शब्द शब्दमा समाज, संस्कृति, सभ्यता, प्रकृति, सौन्दर्यलाई प्रष्ट रुपमा समायोजन गरि प्रस्तुत गर्छ भने त्यो सिर्जनाले यूट्यूबमा मात्र नभई सबै माझ लोकप्रिय हुन्छ । त्यसकारण यो प्रष्ट हुनु पर्छ कि समाजको चरित्रलाई दुरुस्तै उतारेर निर्माण गरिएका गीत संगीतले उत्कृष्ट बन्न सफल हुन्छ । खास कस्तो यूट्यूब च्यानल हो, कस्ले कहिले खोल्यो भन्ने कुरामापनि निर्भर रहन्छ । त्यसैले राम्रो सिर्जना उत्पादनपछि सामान्य कलाकार गाडी चढेर हिड्न सक्ने अवस्थामा पुग्न सक्छ । कलाकार तथा सर्जकहरुलाई साधारण जिन्दगी बाच्नका लागि यूट्यूबबाट गाह्रो हुँदैन । तीज नजिक आउँदै गर्दा कतिको व्यस्त हुनु हुन्छ ? व्यस्त छु, हरेक दिन कुनै पर्व विशेष नभई जुनसुकै समयमा काममा तल्लिन रहने गर्छु । अब केहि दिनमा नै नयाँ गीत ‘सिलौटोमा लसुन’ आउँदै छ । त्यस पछिको समय भनेको तीजका रचना गर्न एवम् रेकर्डिङ्का लागि समय छुट्याएको छु । कामको भार बढ्दो छ, तर यो त्यो भन्ने नै छैन । कस्तो अवस्थामा गीत, संगीतको सिर्जना गर्न सहज हुन्छ ? गन्तव्यको हरेक मोडमा गीत तथा संगीत भित्र हराउँन सक्छु । कुनै यात्रा गर्दै गर्दा किन नहोस्, बिहानीको घामको किरणदेखि त्यो जुनेली एवम् अन्धकार रातमा जुनसुकै बेला समय र परिस्थिति अनुसार गीत तथा संगीतको रचना गर्न सकिन्छ । त्यस्तो कुनै समयावधि हुँदैन्, कुन बेलामा कस्तो सृर्जना गरिन्छ कहिले कँही आफुलाई थाहा हुँदैन । तपाई, प्रस्तोता समाजको अध्यक्ष भईरहँदा के छ यहाँ भित्रका गतिविधि, के उद्देश्यले स्थापना भयो ? अब कलाकारहरु स्टेजमा गीत गाएर मात्र बाँच्दैनन् । मेला महोत्सव लामो समयसम्म टिक्दैन, त्यसकारण कलाकार लामो समयसम्म बाँच्नका लागि उसको आयस्रोत भनेको रोयल टी हो । सर्जक, स्रष्टा भनेको एउटा उत्पादक हो जसले गीत उपभोग गरे वापत सरकारी निकायले प्रदान गर्ने रकम रोयल टी हो । हरेक स्थान जस्तै मेला महोत्सव, सार्वजनिक यातायात, विभिन्न संघसंस्थाले प्रयोग गरे वापत आय बुझाउनु पर्ने नीति रहेको छ । जसमा हालसम्म यातायातबाट ३ करोड उठेको छ । गायन, वाद्यवाधन, अभिनय, नृत्य आदिको प्रस्तुतिमा सक्रिय भई आफ्नो सिर्जना रोयल्टी प्राप्त गर्ने व्यक्ति तथा संस्थासँग प्रतिलिपि अधिकार सम्बद्ध अधिकार लिई त्यस्ता अधिकारहरु प्रयोग गर्न दिने र प्रस्तोताहरुको अधिकार संरक्षण र सम्वद्र्धन गर्न यसको उद्देश्य रहेको छ । यस क्षेत्रमा आउँदै गरेका व्यक्तिहरु लागि के भन्नु हुन्छ ? संघर्ष गरी संगीत क्षेत्रमा आफुलाई स्थापित गर्छु है भन्ने सोचका साथ आउने सबै व्यक्तिका लागि यस क्षेत्रमापनि केहि छ भन्छु , किन कि राम्रो सिर्जनाको कमी हुँदै जाँदाको यस समयमा धेरै यहाँ धेरै अवसर सिर्जना भएका छन् । जसको कारण क्षेत्रमा लाग्नु हुने सबैलाई सकारात्मक सोच र कर्मप्रति उत्तरदायी भई काम गर्दा नेपाली संगीतको बजार वृहत रहन्छ भन्ने कुरा स्पष्ट रहेको छ ।

पाँचथरमा तीनै भाषामा शैक्षणिक शब्दकोष निर्माण हुँदै

काठमाडौं । मातृभाषा शिक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ ।शब्दकोष निर्माण भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा  बन्न लागेको हो । उक्त शब्दकोष निर्माणका लागि पहिलो चरणको शब्द सङ्कलन कार्यसम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञfसभा सदस्य हरिचन्द्र लावती संयोजक रहेको टोलीले पहिलोचरणको शब्द सङ्कलन कार्यसम्पन्न गरेको हो । लावतीसँगै लिम्बू भाषा–साहित्यको क्षेत्रमा क्रियाशील राजेन्द्रकुमार जबेगू, लछामीकुमार शेर्मा पापो, दीलेन्द्र कुरुम्बाङ, लक्ष्मण लाओती, साम्जिरी शेर्मा र सन्देश सुब्बा सम्मिलित टोलीले शब्द सङ्कलन गरेको हो । त्यस्तैगरी, शिक्षण, किराँत धर्मग्रन्थ मुन्धुम, साहित्य, संस्कृति, गणित, प्रविधि, विधि, इतिहास, भाषा, विज्ञान, पेशा र सञ्चार क्षेत्रका शब्द सङ्कलन गरिएको संयोजक लावतीले बताएका छन् । शब्दकोषलाई चाँडै अन्तिम रुप दिएर प्रकाशनमा ल्याइने तयारी गरिएको र उक्त शब्दकोष शैक्षणिकसँगै अन्य प्रयोजनका लागि समेत उपयोगी हुनसक्ने टोलीको विश्वास छ ।यसरी, पाँचथरमा लिम्बू मातृभाषामा शिक्षण गराउने क्रम बढिरहेको छ भने लिम्बू भाषामा विधागत साहित्य लेखन समेत भइरहेको छ ।रासस काठमाडौं । मातृभाषा शिक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ । शब्दकोष निर्माणका लागि प्रारम्भिक कार्य शुरु भएको छ । भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोष बन्न लागेको हो । शब्दकोष निर्माणका लागि पहिलो चरणको शब्द सङ्कलन कार्यसम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लावती संयोजक रहेको टोलीले पहिलोचरणको शब्द सङ्कलन कार्यसम्पन्न गरेको हो । लावतीसँगै लिम्बू भाषा–साहित्यको क्षेत्रमा क्रियाशील राजेन्द्रकुमार जबेगू, लछामीकुमार शेर्मा पापो, दीलेन्द्र कुरुम्बाङ, लक्ष्मण लाओती, साम्जिरी शेर्मा र सन्देश सुब्बा सम्मिलित टोलीले शब्द सङ्कलन गरेको हो । त्यस्तैगरी, शिक्षण, किरात धर्मग्रन्थ मुन्धुम, साहित्य, संस्कृति, गणित, प्रविधि, विधि, इतिहास, भाषा, विज्ञान, पेशा र सञ्चार क्षेत्रका शब्द सङ्कलन गरिएको संयोजक लावतीले बताएका छन् । शब्दकोषलाई चाँडै अन्तिम रुप दिएर प्रकाशनमा ल्याइने तयारी गरिएको र उक्त शब्दकोष शैक्षणिकसँगै अन्य प्रयोजनका लागि समेत उपयोगी हुनसक्ने टोलीको विश्वास छ । यसरी, पाँचथरमा लिम्बू मातृभाषामा शिक्षण गराउने क्रम बढिरहेको छ भने लिम्बू भाषामा विधागत साहित्य लेखन समेत भइरहेको छ ।रासस

विदेशीले ५ करोडभन्दा कम लगानी गर्न नपाउने निश्चित, लगानी गर्नेलाई आवासीय भिषा

काठमाडौं । अब विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँभन्दा कम लगानी गर्न नपाउने भएको छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५ को दफा ३, उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित गरेर उक्त मापदण्ड तोकेको हो । नयाँ ऐनअनुसार अधिकारभित्र रहेर प्रकाशित गरिएको सूचनामा विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता ५ करोड रुपैयाँ तोकेको हो । सरकारले यहि जेठ १५ मा यो संशोधित व्यवस्था लागू गरेको हो । यस अघि उद्योगमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले न्यूनतम ५० लाखबाटै लगानी गर्न पाउने व्यवस्था थियो । ऐन पारित भएसँगै सरकारले उद्योग दर्ताको लागि एकल बिन्दुबाट सम्पूर्ण सेवा दिने थालेको छ । उद्योग दर्तादेखि लगानी गर्नसम्म झन्झटिलो प्रक्रियाका कारण विदेशी लगानी आउन सकेको थिएन । ऐनमा लगानी, सञ्चालन र फिर्तासम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । लगानी प्रक्रिया खुकुलो बनाइएको छ । यसले विदेशी लगानी भित्रन सहयोग गर्ने उद्योग सचिव यामकुमारी खतिवडाले बताइन् । सरकारले कालोधनलाई निरुत्साहित गर्न नेपालमा भित्रने वैदेशिक लगानी स्वीकृत गर्दा शर्तसमेत तोक्न सक्ने प्रावधान राखेको छ । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले आफ्नो लगानीको वैध स्रोत घोषणा गर्नुपर्छ । यस्तो स्रोतको वैधता पुष्टि भएको अवस्थामा मात्रै वैदेशिक लगानी नेपालमा भित्र्याउन पाउने व्यवस्था ऐनले गरेको छ । ऐनमा औद्योगिक प्रतिष्ठानको नियमित अनुगमन गर्ने उल्लेख छ । उद्योगमा हुने अनियमितता, कर छलीलगायत समस्या निराकरण गर्न अनुगमनलाई प्रभावकारी बनाउने भनिएको छ । ऐनले धितोपत्रमा लगानी गर्न, उद्योग खरिद गरी विदेशी लगानी गर्न, प्रविधि हस्तान्तरण तथा शाखा विस्तार, पुँजी लगानी कोष खडा गरी लगानी गर्न सकिने व्यवस्था गरेको छ । अब बैंकिङ च्यानलबाटै लगानी ल्याउनु पर्नेछ । ऐनमा विदेशी लगानीलाई प्रदान गरिने छुट, सुविधा र सहुलियतको व्यवस्था गरिएको छ । यसअघिको ऐनमा जग्गा प्राप्ति, छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति हुन नसकेकाले विदेशी लगानी भित्रिन सकेको छैन । ऐन आएसँगै विदेशी लगानी बढ्ने र देशमा उद्योग तथा कलकारखाना खुल्ने सरकारको अपेक्षा छ । लगानीकर्ताले नेपालमा गैरपर्यटक, व्यावसायिक र आवासीय माध्यमबाट विदेशी लगानीकर्ताले प्रवेश पाउनेछन् । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले ६ महिनासम्मको गैर पर्यटकीय भिसा पाउने व्यवस्था ऐनले गरेको छ । विदेशी लगानीकर्तालाई जग्गा प्राप्ति र भोगचलन सम्बन्धी सुविधा पनि दिएको छ ।

टिकुलीगढका तीन सय ४३ कृषकले पाए प्रदेश सरकारको प्रोत्साहन

काठमाडौं । तिलोत्तमा–१३ र १४स्थित टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् । श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिडमिटेमा आवद्ध कृषकहरुलाई संस्था मार्फत वितरण गरिएको प्रदेश सरकारको उक्त प्रोत्साहन कार्यक्रमले कृषकहरुमा एक खालको उर्जा उत्पन्न भएको छ भने, कृषि पेशामा युवा आकर्षण बढ्न सक्ने पूर्वानुमान पनि गरिएको छ । उक्त दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा शनिबार तिलोत्तमा–१३ बनकट्टीमा एक कार्यक्रम गरेर प्रदेश सरकारको उक्त प्रोत्साहन रकम वितरण गरिएको संस्थाका व्यवस्थापक रामहरी शर्माले जानकारी गराएका हुन् । शर्माका अनुसार २०७४ साउन १ गते देखि २०७५ असार ३२ गते सम्म सहकारीमा दुध बिक्री वितरणको लागि लैजाने तीन सय ४३ दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले छ लाख लिटर दुधको ११ लाख ५२ हजार प्रोत्साहन वापतको रकम दुग्ध उत्पादक कृषकलाई उपलब्ध गराईएको हो ।