अनुदान सम्झौता नगरे वा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीहरुलाई सूचीबाट हटाउने भएको छ । यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र प्राधिकरणले उल्लेखित समयसीमा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत गराएको हो । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए । सोमबार अपरान्हसम्मको तथ्यांक अनुसार ८ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्नेछ । त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन् । लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई कार्यमा स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको छ ।
सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबंधक एस.के तमोटले हस्ताक्षर गरेका हुन् । एक समारोहबीच सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुनभद्र खनालले आगामी दिनहरुमा, जनरल इन्स्योरेन्स कमपनीमा बीमा गर्ने ग्राहक वर्गहरुलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए । बैंकले देशका सबै क्षेत्र तथा वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १सय शाखारहित बैंकिङ्ग सेवा, १सय ६९वटा एटिएम र १ हजार ३सय भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
‘दुई लिटर पेट्रोलको लागि कहिलेसम्म लाइन बस्ने ?’- विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले देशमा लगानी अभिबृद्धि गर्न लगानी मैत्री वातावरण तयार गर्नु पर्ने बताए । प्रतिनिधिसभामा विनियोजन विधेयक माथिको छलफलमा भाग लिदैं सांसद चौधरीले भने- ‘यस्तो व्यवस्था मिलाउन हामीले धेरै पटक कानून बनाउने कोसिस गर्यौ“ तर किन सफल भईरहेको छैन ?’ उनले भने, ‘दुई लिटर पेट्रोलका लागि उपभोक्ताले कहिलेसम्म लाईनमा लाग्ने ? आपूर्तिका साधनमा उपभोक्ताको सहज पँहुच हुनुपर्छ ।’ नेपाल आयल निगम जस्ता संस्थानहरूको एकाधिकार कायमै राखेर उपभोक्ताको अधिकार हनन् भईरहेको भन्दै सांसद चौधरीले पेट्रोलियम प्रोडक्ट जस्ता वस्तुहरूको कारोबारमा निजी क्षेत्रलाई खुला गरिनुपर्ने बताए । उनका भने -‘पुँजी पानी जस्तै तरल हुन्छ, जता वातावरण बन्यो त्यतै बग्छ, त्यो वातावरण हामीले नेपालमा बनाउनु परेको छ । आर्थिक समृद्धिका लागि हामीलाई धेरै लगानीको खाँचो छ ।’ लगानी अभिवृद्धिका लागि विशेष आर्थिक क्षेत्रको अवधारणालाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको भन्दै उनले भैरहवामा स्थापना गरिएको सेजमा लगानीकर्ता किन आकर्षित भइरहेका छैनन् भन्ने बारेमा गम्भिर बन्न आग्रह गरेका छन् । भारत र चीनले अवलम्बन गरेका नीतिहरूबाट सिक्नु राम्रो हुन्छ’ सांसद चौधरीले भने, ‘यी बिषयमा हामीले छलफलमै धेरै समय गुजारी सक्यौं अब व्यवहारिक कार्यान्वयनमा जानुपर्छ ।’अर्थतन्त्रका लागि व्यापार घाटा चिन्ताजनक बिषय रहेको भन्दै सांसद चौधरीले निर्यातमा अनुदान दिएर र आयात नियन्त्रण गरेर मात्रै यो समस्याको समाधान नहुने धारणा राख्दै भने‘ब्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई भारतीय र चिनियाँ उत्पादनसँग प्रतिस्पर्धी बनाउन आवश्यक छ ।’ नेपालस्थित राजदूतहरूले आ– आफ्ना देशका निजी क्षेत्रको प्रवर्धनका लागि नेपालमा तिब्र लबिङ गरिरहेका हुन्छन् । तर, हाम्रा राजदूतावासहरू किन यस्तो लबिङ गर्न सकिरहेका छैनन् । नेपालका ३९ वटा कुटनीतिक नियोगले महिनामा एउटा वैदेशिक लगानीका लागि वातावरण बनाउने गरि काम गरे भने राम्रो उपलब्धी हासिल गर्न सकिन्छ भन्दै यस तर्फ हामी गम्भिर हुनु आवश्यक भएको बताएका छन् ।
होटल हायात अनिश्चितकालका लागि बन्द
काठमाडौं। होटल हायत अनिस्चितकालको लागि बन्द भएको छ। मजदुर आन्दोलनको कारण देखाउँदै होटल हायत व्यवस्थापना समुहले अनिश्चितकालका लागि होटल बन्द गरेको हो। सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो। होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ।
कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी विएफआईएन र सिपिएससीबीच सम्झौता
काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा.रामहरि लामिछाने हस्ताक्षर गरेका हुन् । सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमामनिला, फिलिपिन्समा हस्ताक्षर भएको छ । संयुक्त आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने इग्जेक्यटिभ् लिडरशिप डिपलभमेन प्रोग्राम उद्घाटन समारोहमा उक्त पत्रमा हस्ताक्षर भएको हो ।
जीप दुर्घटनामा ९ को मृत्यु, अप्ठेरो ठाउँ भएकाले उद्धार गर्न निकै समस्या
बझाङ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए । अहिलेसम्म चार जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रजिअ सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।
असार २६ देखी तेह्रौ ईक्यान एजुकेसन फेयर हुँदै
तस्विर : प्रकाश वाग्ले, फोटोपत्रकार काठमाडौं। ईक्यानको १३ औं एजुकेसन फेयर हुने भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले काठमाडौंको भ्रिकुटीमण्डपमा आगामी असार २६ देखी २९ गते १३ औं एजुकेसन फेयर संचालन गर्न लागेको हो। मेलामा १ लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने ईक्यानले बताएको छ। मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुको पनि उपस्थिती हुने जनाएको छ। मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वोदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चिन। बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागीता रहनेछ। तस्विर : प्रकाश वाग्ले, फोटोपत्रकार नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उदेश्य रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए। यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्वो अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था गरिने ईक्यानले आफ्नो पत्रकार सम्मेलनमा बताएको छ। यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा निशुल्क बससेवा व्यवस्थापन गर्ने जनाएको छ।
७ सय व्यवसायिक फर्महरु राजश्वको छानविनमा, ५६ विरुद्ध एक महिनाभित्रै मुद्दा
काठमाडौं । राजश्व अनुसन्धान विभागले ७ सय भन्दा बढी व्यवसायीक फर्महरुमाथी सुक्ष्म अनुसन्धान अघि बढाएको छ । अर्कै कम्पनीको नक्कली बिल बुझाएर राजश्व छलेको आधारहरु फेलापरेपछि विभागले अध्ययन अघि बढाएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले ८० वटा फर्महरुबाट नक्कली बिल लिएर ७ सय भन्दा बढी फर्म तथा कम्पनीहरुले कर छलिरहेको फेला परेपछि अनुसन्धान अघि बढाएको बताए । विभागले एक महिनाभित्रै त्यस्ता ५६ वटा भन्दा बढी फर्महरुमाथीको अनुसन्धान सम्पन्न गरेर मुद्धा दायर गर्ने तयारी भैरहेको जानकारी पनि दिए । ‘५६ वटा फर्महरु माथीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, यसै महिना मुद्धा दायर गर्छाै’, महानिर्देशक मैनालीले भने । फर्महरुले नक्कली बिल प्रयोग गरेर साढे ७ अर्ब भन्दा बढी राजश्व छलेको प्रारम्भिक निष्कर्र्ष विभागले निकालेको छ । विभागले पछिल्लो पटक गरेको अध्ययनका क्रममा ८ वटा फर्मले ३ अर्बको नक्कली विल जारी गरेको तथ्य उजागर भएको पनि बताए । ती फर्महरुले नक्कली विल प्रयोग गरेर भ्याट, आयकर, अन्तशुल्क र कतिपय अवस्थामा भन्सार समेत छलि गरेको पनि विभाग फेला पारेको छ । विभागले जेठ मसान्त भित्र १८ अर्ब ३२ करोड विगो दावीसहित अदालतहरुमा मुद्धा दायर गरेको छ । विभागले ८१ वटा कसुरमा २३८ जना विरुद्ध मुद्धा हालेको हो । सो अवधीमा ६६ किलो ४ सय ग्राम सुन समेत बरामद पनि गरेको छ । त्यस्तै, विदेशी मुद्रा अपचलन तथा हुण्डी कारोबारको आरोपमा १०४ जना विरुघ ४ अर्ब ११ करोड रुपैंयाँ बराबरको विगो दावीसहित मुद्धा दायर पनि गरेको छ ।