सुमित पाठकको पहिलो गीत ‘समाचार’ भिडियो सहित सार्वजनिक
काठमाडौं । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक भएको छ। संगीत कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत बिहीबार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । अभिनयमा सुमित पाठकका साथमा शिक्षा सग्रौलालाई देख्न सकिने छ । उक्त भिडियो लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यसअघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । भिडियो क्लिक गर्नुहोस्
नेपाल एसबीआई बैंकको अध्यक्षमा बिआरएस सत्यनारायण चयन
काठमाडौँ । नेपाल एसबीआई बैंक संचालक समितिको असार १९ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक बिआरएस सत्यनारायणलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । अध्यक्ष बिआरएस सत्यनारायण, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्षसत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा विहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
सात बाणिज्य बैंकले राष्ट्र बैंकमा बुझाए मर्जर सम्बन्धी पत्र
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकलाई मर्जरबारे एकल प्रतिवद्धता पठाएको छ । राष्ट्र बैंकले जोडी खोज्न दिएको ७ दिनको सीमाभित्र रहेर लक्ष्मी बैंकले विहीबार पत्र पठाएको हो । ‘हामी मर्जमा जान इच्छुक छौं । पहिलापनि प्रयास गरेका हौ । विदेशी चार्टर्ड एकाउन्टेट लगाएर डीडीएपनि गराएका हौ । तर, विगतको प्रयास सफल नभएको राष्ट्र बैंकलाईपनि जानकारी छ । अहिले पनि हामी मर्जरको लागि इच्छुक छौं’ लक्ष्मी बैंक स्रोतले भन्यो-‘यहि बेहोरा उल्लेख गरी राष्ट्र बैंकमा पत्र बुझाएका छौं ।’ ७ दिनकाे छाेटाे अवधिमा मर्जरकाे लागि नयाँ जाेडी तयार गर्ने काम कठिन भएकाे उनले बताए । यता, सानिमा बैंकले नेपाल राष्ट्र बैंकलाई मर्जरको विषयलाई लिएर आज पत्र पठाएको छ । बैंकमा आज बसेको संचालक समितिको बैठकले यस्तो अब अध्ययन गरेर प्रक्रिया अघि बढाउने गरी राष्ट्र बैंकलाई पत्र पठाएको हो । राष्ट्र बैंकले जोडी खोज्न दिएको ७ दिनको सीमाभित्र रहेर सानिमा बैंकले विहीबार पत्र पठाएको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । यसैगरी, नेपाल इन्भेष्टमेन्ट, मेगा, सनराइज, सिटिजन्स, सनराइज र सिभिल बैंकले पनि आजै राष्ट्र बैंकलाई पत्र पठाएको बुझिएको छ । प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले आज मर्जरका विषयलाई लिएर बैठक बसेपनि टुंगो नलागेको बताए । सोमबार यसै विषयलाई लिएर पुनः बैठक बस्ने बताए ।
जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्नेछन् ।
कामना सेवाद्धारा श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई सहयोग
काठमाडौं । कामना सेवाद्धारा श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत लेखनाथ, किंमबेसी स्थित श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि रु १ लाख आर्थिक सहयोग प्रदान गरेको छ । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोगपत्रमा हस्तान्तरण गरेका छन् । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस व्याकिङ्ग, मोबाई व्याकिङ्ग, सी एएसविए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
दौबहालमा वांगमय शताब्दी पुरुष जोशीद्वारा सिभिल बैंकको शाखा उद्घाटन
काठमाडौं । वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा सिभिल बैंकको रन्जना लिपि सहितको परिचय पाटी राखिएको दौबहाल शाखाको उद्घाटन भएको छ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढीरहेको सिभिल बैंकले पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट शुरुवात गरेको हो । शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकका अध्यक्ष ई.इच्छाराज तामाङ्गले गरेका थिए भने प्रमुख अतिथि वांगमय शताब्दी पुरुष सत्य मोहन जोशी, बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा अन्य विशिष्ट पदाधिकारीहरु, ललितपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे र रन्जना लिपि सहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि बताए । त्यसैगरी प्रमुख अतिथि तथा वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बैंकिंग इतिहासको छोटो चिनारीसंगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए । सिभिल बैंकका अध्यक्ष ई इच्छाराज तामाङ्गले बैंक एक सामाजिक संस्था भएकोले आफ्नो शाखा भएको स्थानको मौलिक संस्कृति तथा लिपिलाई संरक्षण गर्ने हेतुले यस दौबहाल शाखाको परिचय पाटीमा यंहाको मौलिक नेवारी संस्कृतिलाई अंगाल्दै रन्जना लिपि सहितको परिचय पाटी राखी शाखा संचालन गर्न पाउँदा आफू गौरवान्वित भएको कुरा जानकारी दिए । दौबहाल शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८९ पुगेकोे पनि बैंकले जनाएको छ ।
ओपोको एफ ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी, ज्वेलरी ह्वाइट चाँडै उपलब्ध हुने
काठमाडाैं । वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनीओपोले गत अप्रिल महिनामा आफ्नो एफ ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको छ। उपभोक्ता माझ निकै लोकप्रिय प्रमाणित हुन सफल एफ ११ प्रो अन्तर्गत कम्पनीले लगतै एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशन पनि सार्वजनिक गरेको हाे । कम्पनीले ओपो एफ११ पनि नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमाउपलब्ध गराउने तयारी थालेको छ । रु. ३७ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको एफ ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध छन् । सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ रंगको एफ ११ लाई पनि उपभोक्ताले पछिल्ला मोडललाई झैँ रुचाइ उत्तिकै माया दिने कम्पनीको दृढ विश्वास छ । कार्यक्रममा बोल्दै नेपालमा प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने “वैश्विक ब्राण्डका रुपमा ओपोले आफ्ना उपभोक्ताका माग र आवश्यकतालाई विशेष प्राथमिकताका साथ बुझ्न सदैव तत्पर रहन्छ । उत्पादन मार्फत तिनलाई मिल्ने सन्तुष्टि नै हाम्रालाई प्रमुख प्राथमिकताको विषय हो । व्यक्ति पिच्छे मानिसको ब्यक्तित्व फरक हुन्छन् । रंगले पनि एक वा अनेक तवरमा तिनको व्यक्तित्व झल्काउने गर्छ ।” कम्पनीका अनुसार नयाँ रंगको एफ ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेता मार्फत मध्य जुलाई देखि सर्वत्र उपलब्ध हुनेछ ।
स्टार्ट अप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट फिनटेक इन्नोभेसन फन्ड
काठमाडौं । नेपाल स्टार्ट अप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । नेपाली स्टार्ट अप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको हो । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् । उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ । खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३५सय महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपाल सँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्ने छन् । यस परियोजना अन्तर्गत पूर्वमा संखुवासभा देखि पश्चिममा दार्चुला सम्मका १२ वटा जिल्लाहरुमा ३५सय भन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिनेछ । खल्तीले उनीहरूलाई आत्मनिर्भर हुन र व्यवसाय थप विस्तार गर्न मद्दत पुर्याउनेछ । साथै खल्तीले स्मार्ट छोरीहरुलाई पनि उक्त महिला उद्यमीहरुलाई सहयोग गर्न परिचालन गर्नेछ । इन्नोभेसन फन्डको विजेता घोषित भएपछि उत्साहित खल्तीका निर्देशक अरविन्द साहले भने“नेपालको सन्दर्भमा हेर्ने हो भने लघु, साना र मझौला आकारका उद्यमहरु रोजगारीका महत्वपूर्ण स्रोत हुन् । साथै यिनीहरुले देशको कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा ओगट्छन् । तर पनि यस्ता उद्यमहरुले व्यवसाय सञ्चालन तथा विस्तारका लागि ऋण र अन्य वित्तीय सेवाहरू प्राप्त गर्न कठिनाईको सामना गरिरहेका छन् । साथै साझेदार बैंकमार्फत ऋण प्राप्तगर्न र व्यवसाय थप विस्तार गर्न सहयोग गर्नेछौँ । यस कार्यक्रम मार्फत देशभर महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुले फाईदा लिने कुरामा हामी विश्वस्त छौँ ।” सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाको ग्राहक–शुल्कतिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।