विकासन्युज

पर्यटनमन्त्रीकाे निधनसँगै सेलायो भरतपुर विमानस्थल विस्तारको प्रक्रिया

चितवन । तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ । अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिएका थिए । अधिकारीले प्रक्रिया अगाडि बढाइरहेको बेला फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी उनको निधनसँगै विमानस्थल विस्तार प्रक्रिया सेलाएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार मन्त्री अधिकारीले विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण स्थानीय तहमार्फत पठाउन निर्देशन दिए थिए । सोहीअनुरुप कार्यालयले भरतपुर महानगरपालिकालाई आवश्यक धावनमार्गका बारेमा खुलाएर पठाइएको थियो । सोही पत्रका आधारमा महानगरपालिकाले पर्यटन मन्त्रालयमा कार्यपालिकाको बैठकले निर्णय गराई पठाएको हो । भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई अन्यत्र स्थान दिन सकिने जनाएको छ । महानगरपालिका प्रमुख रेणु दाहालले विमानस्थल विस्तारको प्रक्रियामा सोझै मन्त्री अधिकारीसँग छलफल गरी काम अघि बढाएको जनाएकी थिइन् । भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग एक हजार २०० मिटर लामो छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र बिजुलीका पोल÷तार भएकाले पूरै क्षेत्र जहाजले लिन पाउने अवस्था छैन । जसका कारण लुक्लामा झैँ छोटो ठाउँमा एक्कासि अवतरण गर्नुपर्ने बाध्यता छ । जसका कारण जहाजभरि यात्रु राख्नसमेत नसकिएको विमान कम्पनीले जनाउँदै आएका छन् । धावनमार्गसँग जोडिएको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेमा ६०० मिटर धावनमार्ग थप गर्न सकिने गौतमले बताए । जसले गर्दा सुरक्षित तवरबाट ७२ सिटका जहाज अवतरण गर्न सकिने गौतमको भनाइ छ । महानगर प्रमुख दाहालले अब मन्त्री नियुक्त भएसँगै अघि बढेको प्रक्रियालाई गति दिने बताइन् । भरतपुरबाट काठमाडौँ र पोखरा हवाई सेवा रहेको छ । रासस

ज्योति लाइफको ‘ज्योति केयर्स’ बजारमा, थपियो बिमितले पाउने सुविधा

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ नामक प्रडक्ट बजारमा ल्याएको छ । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त प्रडक्टको औपचारिक शुभारम्भ  गरेका हुन् । ज्योति लाइफका बिमितहरुले अबदेखी घातक रोग लाग्दा अस्पतालबाट वित्तीय छुट प्राप्त गर्न सक्ने छन् । कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष शर्माले भने-‘जीवन बीमा सेवामूलक क्षेत्र भएकाले हामीले बिमितको हितमा काम गर्नु पर्छ भन्ने लक्ष्य राखेका छौँ, सोही उद्देश्यका साथ ‘ज्योति केयसर्’ कार्ड बजारमा आएको हो ।’ उनले आफूहरुले सहकार्य गर्दै आएका संस्थाहरुमा थप वृद्धी गर्ने र सो कार्यपनि बिमितिको हितमै केन्द्रीत हुनेमा जोड दिए । कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले भने-‘हामी सञ्चालनमा आएको २ वर्षपनि पुगेको छैन, तर हामीले बजार ल्याएका कतिपय प्रडक्टहरु पहिलो नै बनेका छन् ।’ उनले आगामी दिनमा समेत त्यस्ता नौला प्रडक्टहरु ल्याएर बिमित हितमा काम गर्ने बताए । के हो त ज्योति केयर्स ? ‘ज्योति केयर्स’ सुविधा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाई उपलब्ध हुन्छ । बिमितलाई ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट हुने व्यवस्था छ । साथै, बिमितले ईमेलको माध्यमबाट ज्योति केयरको बारेमा सूचना आदान–प्रदान गर्न सक्ने कार्यक्रममा बताइयो । हाल ७ वटै प्रदेशका कार्यालयहरुमा ‘ज्योति केयर्स’ को कार्ड तथा चिठ्ठी पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले कार्ड पाउने बिमित तथा सबै सरोकारबालाहरुले यो सेवा प्राप्त गर्ने जनाएको छ । कम्पनीले आफ्नो स्थापनाको २० महिनामा १ सय ५ भन्दा बढी शाखा सञ्जाल बिस्तार गरेको जनाएको छ ।

विश्व बैंकले नेपाललाई दियो ११ अर्ब सहुलियत ऋण, सार्वजनिक वित्त व्यवस्थापनमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा विश्व बैंकका देशीय प्रबन्धक फारिस एच हादादजार्भोस र अर्थसचिव लालशङ्कर घिमिरेले अर्थ मन्त्रालयमा आज हस्ताक्षर गरेका हुन् । नेपाल सरकारको सङ्घीयताको कार्यसूची कार्यान्वयन, नीति, नियम र ऐन कानूनका माध्यमबाट वित्तीय सङ्घीयता स्थापना, सङ्घीय कानुन, सङ्घीयस्तरमा समग्र कानुन निर्माण, बजेट तर्जुमा तथा कार्यान्वयन, लेखा प्रणाली सुधारका साथै स्थानीय सरकारका बजेट प्रक्रियामा सघाउन उक्त सहायता उपयोग गरिनेछ । त्यस्तैगरी, पारदर्शिताको सुनिश्चितता, नागरिकप्रति जवाफदेहिता, अनावश्यक खर्च नियन्त्रण, कर सङ्कलन प्रणालीमा सुधार, मध्यकालीन खर्च ढाँचा तयारी, सुधारका कार्यक्रममा दिगोपन सुनिश्चिततामा पनि सहयोग रकम खर्च हुनेछ । सचिव घिमिरेले सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारलाई विकासका साझेदारबाट प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । नेपालको सङ्घीयताको अभ्यासमा सघाउन बैंकले सहुलियतमा ऋण उपलब्ध गराएको देशीय प्रबन्धक हादादजार्भोसले बताए । उनले विभिन्न चुनौतीलाई चिर्दै सफलतातर्फ उन्मुख यो सङ्घीय संरचनालाई सुदृढ तुल्याउन बैंक प्रतिबद्ध छ भन्छन् । उनले नेपालको सङ्घीयताको अभ्यास र सरकारीस्तरबाट भएका कामको पनि प्रशंसा गरेका थिए । रासस

बर्दियाकोे बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

काठमाडौँ । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा न. ५ मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय बिस्तार भएको छ । बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण हुँदै, लागत लक्ष्य तीन करोड

दमौली । तनहुँको व्यास नगरपालिका–४ मा निर्माण हुँदै गरेको प्यागोडा शैलीको मन्दिरका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिले रु ११ लाख सहयोग गरेका छन् । बागभञ्ज्याङ सामुदायिक वनभित्र निर्माण हुँदै गरेको तनहुँ कालिका मन्दिरका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ, बागभञ्ज्याङ सामुदायिक वन, शीतलचोक राधाकृष्ण आमा समूहलगायतले रु ११ लाख ५५ सहयोग गरेका हुन् । मन्दिर निर्माणका लागि एकाइ र सामुदायिक वनले रु चार/चार लाख सहयोग गरेको छ भने आमा समूहले रु दुई लाख ७५ हजार सहयोग गरेको तनहुँ कालिका शहीद शान्ति पार्क उपभोक्ता समितिका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिए । उनका अनुसार हरिओम टोल आमा समूहले पनि रु २५ हजार ५५ सहयोग गरेको छ । मन्दिर निर्माण सम्पन्न गर्नका लागि प्राप्त भएको रकमले सहयोग पुग्ने समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताएका छन् । कालिका मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड ४३ लाख खर्च भएको छ । मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको टुँडाल हाल्ने क्रम जारी छ । मन्दिर तामाको छानोले छाइनेछ । “विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगबाट नै मन्दिर निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ”, समितिका कोषाध्यक्ष रानाले भने, “दाताको सहयोग प्राप्त नभएको मन्दिर आज यो अवस्थासम्म आइपुग्न गाह्रो हुन्थ्यो ।” तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठले मन्दिरले दमौली बजारको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन् । करिब रु तीन करोडको लागतमा मन्दिरको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहे पनि मन्दिर निर्माणका लागि रकम अपुग हुने पार्कले जनाएको छ । रासस

केपी ओलीले ‘फस्ट डिभिजन’ ल्याएनन्, अर्थमन्त्री डा. खतिवडा ‘जस्ट पास’

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम समय आईपुग्दा प्रधानमन्त्री केपी ओली फस्ट डिभिजनमा पास हुन असफल भए भने अर्थमन्त्री डा. युवराज खतिवडा जस्ट पास मात्रै भएका छन् । सरकारले यसपाली मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका लागि १ खर्ब ५६ अर्ब २८ करोड ६२ लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो । असार २५ गते आईपुग्दा प्रधानमन्त्री ओलीको कार्यालयले जम्मा ८२ अर्ब ९४ करोड ३३ लाख मात्रै खर्च गर्न सकेको छ, जुन कुल विनियोजनको ५३.०७ प्रतिशत मात्रै हुन्छ । प्रधानमन्त्री कार्यालयले ३० अर्ब पुँजीगत र ५२ अर्ब चालु खर्च गरेको छ । यो कार्यालयलाई ९७ अर्ब चालु र ५८ अर्ब पुँजीगत बजेट विनियोजन गरिएको थियो । जम्मा ५३.०७ प्रतिशत अंक ल्याएर ओली फस्ट डिभिजनमा पुग्न असफल भएका हुन् । उता, अर्थमन्त्री खतिवडा भने जस्ट पास भएका हुन् । अर्थमन्त्रालयले असार २५ गतेसम्ममा जम्मा ३३.६६ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । अर्थमन्त्रालयका लागि यसपाली १९ अर्ब २८ करोड २८ लाख रुपैंयाँ विनियोजन गरिएको थियो । सोमध्ये १२ अर्ब ५४ करोड ७० लाख रुपैंयाँ चालु खर्च थियो भने ६ अर्ब ७३ करोड ५८ लाख रुपैंयाँ पुँजीगत खर्च थियो । अर्थमन्त्रालयले पाँच अर्ब १५ करोड २० लाख रुपैंयाँ चालु खर्च गरेको छ भने १ अर्ब ३३ करोड ९६ लाख पुँजीगत खर्च गरेको छ । यसरी अर्थमन्त्री खतिवडा जम्मा ३३.६६ प्रतिशत मात्रै बजेट खर्च गरेर जस्ट पास भएका हुन् । तर, उनले चालु खर्चको आकार भने ह्वात्तै घटाएका छन् । अर्थमन्त्री खतिवडाले ४१.०६ प्रतिशत मात्रै चालु खर्च गरेका छन् । उनको पुँजीगत खर्च पनि १९.८९ प्रतिशत मात्रै छ ।

२२ महिने बालकको चुडिएको २ औँला मेडिसिटीमा जोडियो

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनले च्यापिएर चुडिएको औंलाहरु जोडिएका छन् । करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए । चोरी औँला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसञ्चार रोकिइ सकेको थियो । दुर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ । वहाँको अनुसार चोरी औला तल्लो भगवाट चुुडिए पनि अन्य औला भन्दा यो सुरिक्षत रहेको थियो । के गरियो औँलामा ? १ंं सर्वप्रथम चोरी औलालाई काटियो र रिप्लान्टेसन शुुरु गरियो । २. त्यसपश्चात, औलाको नसा (फ्लेक्जोर टेन्डोन)संग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुुरु गरियो । ३. माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन । अस्पताल तथा चिकित्सकहरुका लागि चुनौतीः १. जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नु परेको । २. काटिएको भन्दा पनि पेलिएको घाउ भएकाले रिप्लान्टेसन कठिन बनेको । जनचेतनामूलक जानकारी १. औलाको प्रत्यारोपण दूर्घटना ६ घण्टा भन्दा पछाडिपनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने । २. टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक । ३. यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे जानकारी राख्ने । उपचारमा संलग्न चिकित्सकहरुमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा.संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए । यस किसिमका शल्यक्रियाहरु गर्दा साधारणतया ६ देखि १० घण्टासम्म समय लाग्छ । निकै चुनौतिपूर्ण भएपनि यी शल्यक्रियाहरु विश्वभर रुचाइन्छन् । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल यस शल्यक्रियाका लागि सक्षम रहेको छ । नेपाल मेडिसिटीमा यसअघि बुढि औला जोडिएको, औलाको टुप्पो जोडिएको तथा चुडिएको हातनै जोडिएको छ जसको अवस्था अहिले सामान्यतर्फ फर्किसकेको छ ।

मुक्तिनाथका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।