बेलायतमा अध्ययनः कति लाग्छ खर्च, कति हुन्छ कमाई?
काठमाडौँ । बेलायत उच्च शिक्षा अध्ययनको लागि विश्वमै उत्कृष्ट स्थानमा पर्ने देश हो । यहाँ संसारभरबाट ४ लाख भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यहाँ अध्ययन गर्न जाने विद्यार्थीको रोजाईमा व्यवस्थापन संकाय, बिजनेस स्टडिज, ईन्फर्मेसन टेक्नोलोजी, विज्ञान, नर्सिङ कोर्स पर्ने गरेको छ। यी त भए विद्यार्थीको छनोटमा पर्ने बिषय, त्यसबाहेक विद्यार्थीहरुले आफुले पढ्न चाहेको अन्य कुनै पनि बिषयहरु अध्ययन गर्न सक्छन्। २०१०-११ को समयमा धेरै नेपाली विद्यार्थीको छ्नोटमा पथ्र्यो बेलायत । त्यससमयमा कलेजहरु पनि असंख्या मात्रामा खोलिएका थिए । जसले पायो त्यसले कलेज खोलेका थिए, त्यसकारण पछी गएर समस्या आयो । कलेजहरुले पढाउने भन्दा कमाउने बिषयमा गए र कलेज खोलेको जस्तो देखाएर विद्यार्थीहरुसँग पैसा असुले । त्यसले गर्दा २०१३ मा बेलायत जाने विद्यार्थीको संख्या पुरै घट्यो । तर पछिल्लो समय बिस्तारै नेपाली विद्यार्थीको आकर्षण बढीरहेको छ । ईन्द्रमणी नेपाल, निर्देशक, ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसन बेलायतमा पढाई र बसाई खर्च पढ्नको लागि बेलायतलाई संसार निकै महंगो देशको रुपमा लिईन्छ । अध्ययनको लागि अमेरिका पछिको दोस्रो महंगो राष्ट्रको रुपमा लिइन्छ । बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्नातक तह वा त्यस भन्दा माथिको कोर्स गर्नको लागि वार्षिक लाग्ने खर्च १० हजार पाउन्ड देखी ३० हजार पाउन्ड सम्म रहेको छ । तर औसतमा एउटा विद्यार्थीको वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुन्छ । यसमा विद्यार्थीले छात्रवृत्ति पाउने पनि सम्भावना छ । उनीहरुले छात्रवृत्ति २ हजार पाउन्ड देखी ४ हजार पाउन्ड अर्थात २ लाख ७५ हजार देखी ५ लाख ४६ हजार सम्म पाउन सक्छन् । विद्यार्थीलाई उनीहरुको शैक्षिक योग्यताको आधार र आईएल्टिएसमा ल्याएको स्कोरको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । बेलायत अध्ययनको लागि विद्यार्थीले प्लस २ वा ब्याच्लरमा कम्तिमा पनि ६० प्रतिशत भन्दा बढी अंक ल्याएर उतीर्ण गरेको हुनु पर्नेछ । यसबाहेक बेलायतमा विद्यार्थीको बसाइ खर्च १२ हजार पाउन्ड अर्थात १६ लाखको वरिपरी हुने गर्दछ । बसाइ खर्च विद्यार्थीको जीवनशैलीले निर्धारण गर्दछ। कमाई कति हुन्छ ? बेलायत सरकारले एक मान्यता प्राप्त विश्वविद्यालयमा पूर्ण समय स्नातक वा स्नातकोत्तर डिग्री अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्ताको २० घण्टासम्म र जाडोगर्मी बिदाको समयमा पुर्णकालीन काम अर्थात फुल टाईम जब गर्ने अनुमती दिएको छ । यसरी उनीहरुले हप्ताको १६० पाउन्ड कमाउन सक्छन् । १ नेपाली पाउण्ड बराबर १ सय ३९ रुपैंया हुन्छ । यसको मतलब विद्यार्थीले हप्ताको २२ हजार २४० को हाराहारीमा कमाउन सक्छन् । यसबाहेक हिउँदेबर्खे बिदामा भने विद्यार्थीहरुले हप्ताको ३६ घण्टा काम गर्ने पाउँछन् । अध्ययन पूरा गरेपछी कति समय बस्न पाइन्छ ? अध्ययन पूरा गरेपछी एक विदेश विद्यार्थीले उनले पढेको बिषयको आधारमा बेलायतमा कति महिना बस्न पाउँछ वा पाउँदैन भन्ने निर्धारण हुन्छ। उदाहरणको लागि यदी तपाईँ १२ महिनाको डिग्री सरहको कोर्स गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो कोर्स पूरा गर्नको लागि लाग्ने समय र थप ४ महिना अध्ययन गर्न पाउनु हुन्छ। यस्तै पिएचडी अध्ययन गरेका विद्यार्थीले १ बर्ष थप बस्न पाउने व्यवस्था छ । (ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसनका निर्देशक ईन्द्रमणी नेपालसँगको कुराकानीमा आधारित)
गतवर्ष वैदेशिक रोजगारीमा गए ५ लाख युवा, कतार जाने बढी
काठमाडौं । आर्थिक वर्ष २०७५/७६मा वैदेशिक रोजगारीका लागि ५ लाख भन्दा बढी नेपाली युवाहरु विभिन्न देशमा गएका छन् । गत आवको साउन एक गतेदेखिअसार मसान्तसम्म ५ लाख ८ हजार ८ सय ५५ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्ग वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । जस मध्ये ३२ हजार १२३ जना महिला र ४ लाख ७६ हजार ७०५ जना पुरुष रहेका छन् । बैदेशिक रोजगारीमा सबैभन्दा बढी कतार गएका छन् । आर्थिक वर्ष २०७५/७६मा १ लाख ६१ हजार २१५ नेपाली बैदेशिक रोजगारीमा गएका छन् । कतारपछि नेपाली युवाहरु युएई जाने गरेका छन् । गत आर्थिक वर्षमा १ लाख १९ हजार ८५५ रहेका युएई गएका थिए । त्यस्तै साउदी र मलेसियामा क्रमशः १ लाख १७ हजार ९०४ जना र ४२ हजार १४६ जना गएको विभागले जनाएको छ । गत वर्ष म्यानपावर कम्पनी मार्फत २ लाख ८ हजार ३५१ जना बैदेशिक रोजगारीमा गए । जसमा १७ हजार ३२५ जना महिला छन् । बैदेशिक रोजगारीमा जाने संख्या घट्दो क्रममा आर्थिक वर्ष २०७४/७५ मा कुल ६ लाख १२ हजार ६८५ जना नेपाली रोजगारका लागि विभिन्न देश गएका थिए । विगत तीन वर्षदेखि वैदेशिक रोजगारमा जानेको नेपालीको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ४२ हजार ८५९ जना नेपाली वैदेशिक रोजगारी गएका थिए । अघिल्लो वर्षको तुलना वैदेशिक रोजगारमा जानेको संख्या काम भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ६ लाख १२ हजार ५ सय ८५ जना नेपाली वैदेशिक रोजगारका लागि बाहिरिएका थिए ।
आइएमई मोटर्स र कामना सेवाबीच ब्यापार सम्झौता
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रालि बीच व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई मोटर्स प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लैलेण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्ने छन् । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्स प्रालिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
असार सकिँदा ४० प्रतिशत रोपाईँ, गतवर्ष भन्दा २३ प्रतिशत कम
काठमाडौं । असार सकिँदा मुलुकभर ४०.४६ प्रतिशत मात्र रोपाईँ भएको छ । गत वर्षको तुलनामा यस वर्ष वर्षात ढिलो भएसँगै रोपाईँ २३.४२ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिमा ६३.८८ प्रतिशत रोपाईँ सम्पन्न भईसकेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले मनसुन करिब १० दिन ढिला हुँदा रोपाईँ यस वर्ष २३.४२ प्रतिशत मात्र भएका बताएका छन् । नेपालको भौगोलिक अवस्था अनुसार सबै भन्दा बढी मध्य पहाडमा ५३.९६ प्रतिशत रोपाईँ सम्पन्न भएको छ जुन गत वर्षको तुलनामा १३.८ प्रतिशत कम भएको छ । तथ्याङ्ग अनुसार उच्च पहाड र तराईमा क्रमश ५१.८१ प्रतिशत, ३५.१२ प्रतिशत रोपार्इँ भएको छ । गत वर्ष सो समयमा उच्च पहाड र तराईमा ६६.२२, ६२.६५ प्रतिशत रोपाइँ समापन भएको थियो । यस्तो छ प्रदेशको रोपाइँको अवस्था :
पुनर्बीमा कम्पनीका सिइओ भण्डारीको कार्यकाल सकियो, ‘नाफा बढाए’
काठमाडौ । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीको कार्यकाल असार ३१ गतेबाट सकिएको छ । भण्डारीले आफ्नो ४ वर्षे कार्यकालमा केही स्मरणयोग्य कामहरु भएको विकासन्यूजसँग दाबी गरे । कम्पनीकाे चुक्ता पूँजी ५ अर्बबाट १० अर्ब रुपैयाँ पुर्याउनु, वार्षिक ७ अर्बकाे प्रिमियम संकलन गर्नु, खुद नाफा करिब डेढ अर्ब बनाउनु, ३० देशमा बीमा तथा पुनर्बीमा गरी ६५ वटा बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध स्थापना गर्नु, नेपाली बीमा कम्पनीले कम्तिमा २० प्रतिशत पुनर्वीमा नेपालमा नै गर्नु पर्ने व्यवस्था गराउनु आफ्नो कार्यकालकाे सफलता भएकाे उनले बताए । कम्पनीकाे साधारण सेयर निष्काशन गर्ने आफ्नो प्रयास भने सफल हुन नसकेकाे बताए । ‘क्रेडिट रेटिङकाे काम सकियाे । तर साधारण सेयर निष्काशनकाे केही प्रक्रियागत काम बाँकी रहेकाे छ’-उनले भने ।
सरकारले दर्ता गरेको नेपाल पूर्वाधार निर्माण कम्पनी निर्देशिका विपरीत
काठमाडौं । सरकारले ठेकेदारको काम गर्ने उद्देश्यले खोलिएको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ कम्पनी निर्देशिका विपरीत दर्ता भएको छ । कम्पनी निर्देशिको अनुुसूचि ३ मा कम्पनीको नाम दर्ता गर्दा ध्यान दिनु पर्ने विषयहरूको ३ नम्बरमा कम्पनीको नाम नेपाली र अंग्रेजीमा एउटै हुनु पर्ने भनेर उल्लेख गरिएको छ । तर, सरकारले दर्ता गरेको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’को नाम नेपाली र अंग्रेजीमा फरक छ । कम्पनी निर्देशिका अनुसार नेपाल इन्फास्टक्चर कन्स्ट्रक्सन कम्पनी हुनु पर्ने थियो । सर्वसाधारले कम्पनी दर्ता गर्दा भने नेपाली र अंग्रेजीमा एउटै नाम हुनुपर्ने व्यवस्था छ । कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दहालले भने ‘मन्त्री परिषदको निर्णयले नै नाम पास गरेकाले सरकारले गठन गरेको कम्पनीमा कम्पनी रजिष्ट्रारले निर्देशिका बमोजिम नाम सच्याउन नमिल्ने बताए । सरकारले गरेको निर्णयमा कर्मचारीले केही पनि बोल्न नमिल्ने दहालले बताए । अन्य निजी कम्पनीले जस्तै ठेक्का व्यवसाय संचालन गर्ने उद्देश्यसहित सरकारले कम्पनी दर्ता गरेको थियो । चार मन्त्रालयको संस्थापक सेयरधनी रहनेगरी कम्पनी दर्ता भएको हो । मन्त्रालयहरूको उक्त कम्पनीका २५/२५ प्रतिशत सेयर रहेको छ । २१८६३३ दर्ता नम्बर रहेको उक्त कम्पनीको नाम ‘नेपाल पुर्वाधार निर्माण कम्पनी लिमिटेड’ राखिएको छ । कम्पनीको ३० अर्ब अधिकृत पूँजी रहेको उक्त कम्पनीमा ४ मन्त्रालयको बराबर सेयर रहेको छ । कम्पनी रजिष्ट्रार कार्यालयले दिएको जानकारी अनुसार संस्थापक सदस्यमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय छन् । कम्पनीमा सबै संस्थापक मन्त्रालयको समान ७५/७५ लाख कित्ता शेयर हिस्सा छ । काठमाडौं वडा नम्बर १० मा कार्यालय हुने भनिएको उक्त कम्पनीमा अन्य तीन मन्त्रालयलाई समेत थपेर ७ सदस्यीय संचालक समिति बनाइएको छ । कम्पनीले विशेष गरि संरचना निर्माणका क्षेत्रमा सम्भाव्यता अध्ययन प्लानिङ, डिजाईन, निर्माण तथा त्यसको व्यवस्थापन सम्बन्धि व्यवसाय संचालन गर्ने उद्देश्य राखिएको छ । कम्पनीले भवन, हवाईमैदान, द्रुतमार्ग, राजमार्ग, सडक, सहायक मार्ग, रेलमार्ग, सुक्खा बन्दरगाह, ड्याम, लघु रेलमार्ग, पुल, सुरुङमार्ग, जलमार्ग, रोपवे, नहर, घाट, पाईपलाईन, जलमार्ग, जलाशयको अध्ययन तथा निर्माण गर्नेछ । पानी ट्याङकी, पोखरी ,गोदाम, भण्डार, एकीकृत शहरी विकास आवास, नयाँ शहर लगायत सिभिल इन्जिनियरिङ सम्बन्धी सबै काम गर्न पाउने गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता प्रमाण पत्र लिएको हो । कम्पनी निर्माण उपकरण खरिद गरी निजी तथा सरकारी कम्पनीलाई भाडामा लगाउन पाउने समेत व्यवस्था गरिएको छ ।
सिभिल बैंकले पायो आईएसओ ९००१ः२०१५, बैकिङ व्यवसाय साग जस्तो हुन्न, काफल जस्तो हुन्छ
काठमाडौं । सिभिल बैंक लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । बेलायतको यूनाईटेड रजिष्ट्रार सिस्टमले बैंकको संस्थागत संरचना, कार्यप्रणाली, सेवास्तर, संस्थागत सुशासन लगायतको विधामा ६ महिना लामो अध्ययन र तीन चरणको सुधारपछि आईएसओ ९००१ः२०१५ प्रमाणपत्र दिइएको नेपालका लागि देशीय प्रमुख प्रकाश पौडेलले बताए । ‘हामीले पहिलो र दोस्रो चरणमा अडिट गरेर सुधारका निश्चित सुझावहरु दियौं । तेस्रो चरणमा अडिट गर्दा बैंकको सस्थागत ग्रोथ राम्रो पायौ । ग्राहकको सन्तुष्टिका लागि बैंकले निरन्तर काम गरेको पायौं । बैंकको व्यवस्थापन संरचना पनि राम्रो पायौं । संस्थाको उदेश्य प्राप्तिको लागि व्यवस्थापन समूहले सक्रियता पूर्वक काम गरिरहेको पायौं’, उनले भने–‘बैंकको लिडरसिप पनि राम्रो छ । बैंकको पोलिसी, गाईडलाईन्स सबै राम्रो पायौ । सबै मापदण्ड पूरा भएपछि यो प्रमाणपत्र दिईएका हौं ।’ प्रकाश पाैडेल आईएसओ ९००१ः२०१५ पाउन बैंकको लागि ठूलो उपलब्धि भएको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए । ‘मर्जरको तयारीमा रहेको बेलामा हामीले आईएसओ ९००१ः२०१५ पाएका छौं । यसले मर्जरको क्रममा नेगोसियसशनको लागि प्वाइट थपेको छ । सेयरधनी सबैको लागि यो खुशीको कुरा हो’ उनले भने–‘यसले बैंकले दिने सेवा स्तर राम्रो छ, बैंकको गुडविल राम्रो छ भन्ने सन्देश दिएको छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकिङ व्यवसाय सागखेती जस्तो नभई काफलखेती जस्तो भएको बताए । ‘साग रोपेको केही दिनमा नै खान मिल्छ । केही महिनामै सागखेती सकिन्छ । काफल रोपेपछि केही वर्ष कुर्नुपर्छ । तर १५० वर्षसम्म फलिरहन्छ’–उनले भने ।
प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष महर्जनले राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट लिए सपथ
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष किशोरकुमार महर्जनले आज सपथ लिएका छन् । असार २९ गते सम्पन्न बार्षिक साधारण सभाबाट निर्वाचित ६ जना निर्वाचित संचालकहरु मध्येबाट अध्यक्षमा महर्जन चयय भएको हुन् । साउन २ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक कार्यक्रम बीच उनलाई शपथ ग्रहण गराएका हुन् । सो अवसरमा नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । अध्यक्षको शपथ ग्रहण गरे लगत्तै उनले नवनिर्वाचित अन्य संचालकहरुलाई विधिवत रुपमा शपथ ग्रहण गराएको कम्पनी सचिव विशाल हुमागाईँले जनाएका छन् ।