विकासन्युज

बाढीपहिरोका कारण मण्डु हाइड्रो पावरकाे क्षति नौ करोड

हेटौंडा । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ । रु चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले रु छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल रु नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिएका छन् । निजी क्षेत्र र चाइनिज कम्पनीको संयुक्त लगानी निर्माण भएको सो कम्पनीमा मकवानपुरको भीमफेदी गाउँपालिका तथा ललितपुरको वाग्मती गाउँपालिकाका एक हजार ८०० जनाको शेयर छ । बाढीसंगै आएको गिट्टी, बालुवा र माटोले पुरेर ‘पावर हाउस’ को ‘सिलटिङ बेसिन’ मा क्षति पुर्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, बाढीका कारण कम्पनीको सिल्टिङ बेसिनको ‘इन–लेट’ गेटमा क्षति पुगेको तथा पावर हाउसतर्फ पेनेस्टक पाइप पुरेको र ढलानमा समेत क्षति पुगेको छ । साथै, वाग्मती खोलाको बाढीले जलविद्युत् गृहको टेलरेसमा ढुङ्गा, गिट्टी, बालुवा र माटो भरिदिएको कम्पनीका जनसम्पर्क अधिकृत दानीले जानकारी दिएका छन् । उनका अनुसार अहिले क्षतिग्रस्त मेसिनकोे मर्मत कार्य भइरहेको छ । साउन १५ सम्म पुनःसञ्चालनमा ल्याउनेगरी काम भइरहेको पनि उनले जानकारी दिए । रासस

शाओमी फर्चून ग्लोबल ५०० सूचीमा सबैभन्दा कान्छो कम्पनी

काठमाडौं । शाओमी कर्पोरेशन (शाओमी वा ग्रुप, स्टक कोर्डः १८१०ः हङकङ) ले ९ वर्षको पुनरावृत्ति पश्चात आज कम्पनी पहिलो पटक फर्चून ग्लोबल ५०० सूचीमा समावेश भएको घोषणा गरेको छ । बेजिङ्ग–आधारित विश्वव्यापी टेक्नोलोजी लिडर २०१९ का लागि फर्चून ग्लोबल ५०० सूचीको ४६८औं स्थानमा पर्ने सबैभन्दा योङगेस्ट कम्पनी बन्न सफल भएको छ । गत आर्थिक वर्षमा शाओमीले २६,४४३.५० मिलियन अमेरिकी डलर राजस्व तथा २०४९.१० मिलियन अमेरिकी डलर बराबरको मुनाफा कमाएको छ । कम्पनी इन्टरनेट सेवा र रिटेलिङ श्रेणीमा ७औं स्थानमा रहेको छ । शाओमीका संस्थापक, अध्यक्ष तथा सीईओ लेई जुनले भने , “शाओमीलाई फर्चून ग्लोबल ५०० को सूचीमा पुग्न केबल ९ वर्ष लागेको छ, यो माइल्स्टोन हासिल गर्नका लागि हामीलाई निरन्तर समर्थन गर्नुहुने एमआई फ्यान तथा प्रयोगकर्ताहरुमा हामी धेरै आभार प्रकट गर्न चाहान्छौं । यो वर्षको सूचीमा हामी सबैभन्दा कान्छो कम्पनी हौं, यस गौरवपूर्ण रेकर्डसँगै हामी विश्वव्यापी विस्तारको यात्रालाई अर्को स्तरमा पुर्याउन यी सब कुराहरुलाई ध्यानमा राख्नेछौं ।” स्मार्टफोन र स्मार्ट हाडवेयरको साथमा इन्टरनेट अफ थिङ्ग प्ल्याटफर्ममा आधारित अप्रिल २०१० मा स्थापना भएको इन्टरनेट कम्पनी शाओमी पहिलो पटक जूनमा फर्चून चीन ५०० सूचीको ५३औं स्थानमा पर्न सफल भएको थियो । सन् २०१२ मा कम्पनीको सेल्स रेभिन्यू आरएमबी १० हजार मिलियन (१४५३.७२ मिलियन अमेरिकी डलर) र सन् २०१७ मा आरएमबी एक लाख मिलियन (१४५३७.२१ मिलियन अमेरिकी डलर) पुगेको थियो ।

द हबि अटो ट्रेडिङबाट गाडी किन्दा सांग्रिला बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रालि बीरगंज वडा न. १५ बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्राÞलिका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ग्राहकहरुले द हबि ट्रेडिङ प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

अज्ञात समूहद्वारा अदालतको गाडीमा आगजनी

कावासोती । जिल्ला अदालत नवलपुरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नंको गाडीमा आगजनी भएको हो । आगजनी भएको उक्त गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आएका थिए । स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका हुन्। राति घरमा पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो । आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्ने बारे अनुसन्धान भइरहेको छ । विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुनसक्ने आशङ्का प्रहरीको छ । रासस

एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीलाई १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत सञ्चालित पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीलाई ८ करोड ३५ लाख २० हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसैबीच, एनआईसी एशिया ग्रोथ फण्डको प्रति इकाई मूल्य रु. १० का दरले १२ करोड ५० लाख इकाई साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रमुख कार्यकार्र अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

चितवनमा बस र ट्रक एकापसमा ठोक्किँदा १५ घाइते

मुग्लिन । चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

बेपत्ता वृजगोपाल इनानी प्रधानमन्त्री कार्यालयमा, महालक्ष्मी गार्मेटलाई कालो सूचीबाट हटाउन माग

काठमाडौं । नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गरेका छन् । प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहेका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति २०५८ सालदेखि कब्जा गरेकाले आफू मर्कामा परेको गुनासो गर्दै नेपाल सरकारबाट जाँचबुझ समिति गठन गरी सम्बन्धित दोषीमाथि कारवाही गरी आफ्नो सम्पत्तिको क्षतिपूर्तिसहित फिर्ता दिलाउन माग गरेको हो । सन् २००० मा स्थापना भएको आफ्नो सो उद्योगले अमेरिका र क्यानडामा नेपाली तयारी पोशाक ठूलो मात्रामा निर्यात गरी निर्यात ब्यापारमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । यसरी, इनानीले बाणिज्य बैँकले आफूमाथि सिर्जना गरेको कृत्रिम ऋणसमेत तिर्न तयार हुँदा बैँकले स्वीकार नगरी आफ्नो सम्पत्ति हिनामिना गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्री कार्यालयबाट आफूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन् । रासस

सबैको लघुवित्तको आइपीओ बाडफाँट, ४९ हजार ५२५ जनाले पाए १०-१० कित्ता

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट शुक्रबार भएको छ । आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार माग गरिएको भन्दा ११.४८ गुणा बढी आवेदन परेको थियो । सबैको लघुवित्तको आइपीओ आजदेखि, १० देखि २००० कित्तासम्म भर्न पाइने