विकासन्युज

सनराइज बैंकका अध्यक्ष दुगडलाई पदबाट हटाउन चलखेल शुरु, मंगलबार नै राष्ट्र बैंक पुर्याए नागरिकता

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई पदबाट हटाउने चलखेल शुरु भएको छ । दुगड विदेश गएको बेलामा सनराइज बैंकका असन्तुष्ट पक्षका सञ्चालकहरु आफ्ना स्वार्थ बोकेर सलबलाउन थालेका छन् । मंगलबार दुगड बैंङ्लोर उडेकै दिन असन्तुष्टहरुले उनी विरुद्ध राष्ट्र बैंकमा चुक्ली लगाउन भ्याएका छन् । नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशन देवकुमार ढकालको भाइवरमा दुगडको नागरिकताको फोटोकपी पठाएका छन् । यसरी भाइवर गर्ने व्यक्ति को हुन् भन्ने कुरा स्रोतले खुलाउन मानेन् । तर, दुगडलाई अध्यक्षबाट बिदा गर्दा आफू अध्यक्ष बन्न सकिन्छ भन्ने आकांक्षीहरुको पहलमा यस्तो भएको अनुमान गरिएको छ । नागरिकता अनुसार २०७६ जेठमा दुगडको उमेर ७४ वर्ष पूरा भएको जनाउँदै अब उनी पदमा बस्न पाउँछन् कि पाउँदैनन् भनेर प्रश्न  समेत गरिएको स्रोतले बतायो । मोतिलाल दुगडले २०२१ फागुन १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट नगरिकता लिएको देखिन्छ । नागरिकता लिँदा उनको उमेर १९ वर्ष ८ महिना भएको जनाईएको छ । सोही आधारमा उनी दुई महिनाअघि नै ७४ वर्ष पूरा भएका छन् । गत सोमबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार ७४ वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक पदमा वहाल रहन सक्ने छैन । बैंकको सञ्चालक पदमा वहाल रहन नसक्ने व्यक्ति अध्यक्ष पदमा पनि रहन नसक्ने केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । मोतिलाल दुगड यस बैंकको प्रमुख लगानीकर्ता हुन् । उनी बैंक स्थापनादेखि सञ्चालक छन् भने दुई कार्यकाल अध्यक्ष भएका छन् । उमेर हदका कारण बैंक छोड्नु परेपनि उनले इच्छाएको व्यक्तिलार्इ सञ्चालक बनाउन सक्ने बताइएको छ । जानकारहरुका अनुसार दुगड बैंकका अरु प्रमोटरभन्दा केही उदार छन् । बैंकभित्र आएका फरक मतलाई सकेसम्म समेटेर अगाडि बढ्ने उनको कार्यशैलीलाई धेरैले रुचाउने गरेको जानकारहरु बताउँछन् ।

बैंकास्योरेन्स रोकिएपनि बीमाको दायरा बृद्धि कायमैः बीमा समिति

काठमाडौँ । नेपाल बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरु मार्फत हुँदै आएको बीमा(बैंकास्यारेन्स)मा रोक लगाएको छ । गत सोमबार राष्ट्र बैंकले निर्देशिका जारी गर्दै बैक आफैँ अभिकर्ता भएर गर्ने सबै बीमामा रोक लगाएको हो । चालु आवको मौद्रिक नीतिमा बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनैपनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशिका अनुसार बैक तथा वित्तीय संस्थाहरुले बीमा अभिकर्ताको कार्य गर्न पाउने छैनन् । बंैकास्योरेन्समा रोक लगाइएको सम्बन्धमा विभिन्न बैँकका प्रमुख कार्यकारी अधिकृतहरुले बीमा तर्फको व्यवसाय सुरु गरेको छोटो अवधिमा नै रोक लगाएको तर्क दिए । सन नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) राजकुमार अर्यालले बैँकले बीमा क्षेत्रमा देखाएको सक्रियता राम्रै देखिएको बताए । अर्यालले भने–‘बैक मार्फत हुने बीमामा समेत राम्रै सहभागिता हुँदै आएको थियो, बैँकले आम्दानी गर्ने हिसाबले बीमा गर्न पाउँदैन ।’ अहिलेसम्म बंैकले संस्थागत अभिकर्ताको रुपमा काम गरेका थिए । अबको दिनमा बैंकले अभिकर्ता बन्न पाउँदैनन् । तर, बंैकले कोल्याटर, कर्जा तथा कर्जासँग सम्बन्धित टर्म बीमा भने गर्न पाउँछन् । बैंकमा जाने ग्राहकले डिपोडिट राख्दा पाउने बीमा भने अबको दिनमा अन्त्य भएको हो– अर्यालले भने । संस्थागत अभिकर्ता भएर बैंकले बीमा सचेतना समेत व्यापक बनाउन सहयोग गरेको छ । तर, बीमाका पोलिसी जबर्जस्ति भिडाइयो भन्ने ठहर सहित नेपाल राष्ट्र बैंकले सर्कुलर मार्फत बीमा व्यवस्था बन्द गराएको हुन सक्ने बताइएको छ । नयाँ निर्देशन आउनु अघि बीमा गराइसकेका बिमितहरुलाई केही समस्या नहुने सीईओ अर्यालको धारणा छ । बीमा समितिले भने बैंकास्योरेन्स रोकिएकोबारे सकारात्मक प्रतिक्रिया दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विकासन्युजसँग भने–‘बैंकहरुले बीमा क्षेत्रमा बीमाको पहुँच बढाउन सहयोग गरेका छन्, अबको दिनमा हाम्रा बीमा कम्पनीको अभिकर्ताहरुले बीमा गराउने छन् ।’ उनले नेपाल राष्ट्र बैंक नियामक भएकाले बैंकहरुलाई आवश्यक नीति नियम ल्याउने पाउने अधिकार रहेको र यस कुरामा समेत समिति सकारात्मक रहेको बताए ।

बीरगञ्ज क्षेत्रमा अवैध हुण्डीको कारोवार बढ्दै, १३ जना बिरुद्ध मुद्दा

काठमाडौँ । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । आव २०७५/७६ मा अवैध हुण्डी कारोवार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई प्रतिवादी बनाई छ अवैध हुण्डी कारोवार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा रु १६ अर्ब ६६ करोड चार लाख ३७ हजार ६५९ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजश्व कार्यालयका सूचना अधिकारी मिराज शर्माले बताए । मुद्दा दायर गरेका अभियुक्तसँग रु २९ लाख ९५ हजार ९३४ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ । यसैगरी राजश्व चुहावट गर्ने ३९ जनालाई प्रतिवादी बनाई १५ मुद्दा दर्ता गरेको देखिन्छ । उनीहरुसँग रु एक अर्ब १६ करोड ६२ लाख ७८ हजार ७८२ बिगो दाबी गरिएको छ भने रु दुई अर्ब ४२ करोड ४५ लाख ९० हजार ८८२ सजाय रकम माग गरेको छ । उनीहरुसँग रु १२ करोड ९७ लाख ३४ हजार ९१९ धरौटी रकम माग गरिएकोमा रु सात करोड ३४ लाख ७१ हजार ३९२ धरौटीबापतको रकम दाखिला गरेको छ । यसैगरी, सो कार्यालयले देशभरका भन्सार कार्यालयलाई पत्र लेखी अघिल्लो आवमा भन्सार छली गरी राजश्व चुहावट गर्नेसँग रु ४० लाख ६२ हजार ५६४ असुल गर्न तथा कर कार्यालयलाई पत्र लेखी रु १२ लाख ९९ हजार ७१४ असुल गर्न पत्र पठाएको छ । वीरगञ्ज नगरक्षेत्रमा हुण्डीको कारोवार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको छ । रासस

राष्ट्र बैंकको निर्देशनपछि आज बैंकर्स संघको बैठक बस्दै, आक्रोशित बैंकरहरुले कस्तो निर्णय गर्लान ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाप्रति बैंकरहरु आक्रोशित भएका छन् । नयाँ निर्देशिकाले बैंकिङ क्षेत्रमा गम्भीर असर देखा पर्ने बैंकरहरुको ठहर छ । राष्ट्र बैंकको पछिल्लो निर्देशनले उत्पन्न परिस्थितिको सामना कसरी गर्ने भन्ने बारेमा छलफल गर्न नेपाल बैंकर्स संघले आज बिहान ९ बजे पूर्ण बैठक बोलाएको छ । बैंकर्स संघको कार्यालयमा बस्ने बैंठकमा २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुको उपस्थिति रहने छ । राष्ट्र बैंकको निर्देशनमा उल्लेख भएको स्प्रेडको गणनाविधिले पार्ने असर, काउण्टर साइकल बफर, बैंकास्योरेन्स, अन्तरबैंक सापटीलाई सीसीडीमा गणना गर्न नपाइने, सीईओ र सञ्चालकको उमेर हदका बारेमा गम्भीर ढंगले छलफल गर्दै अब के गर्ने भन्ने ठोस् निर्णय हुने एक सिईओले बताए । बैंठकले राष्ट्र बैंकलाई निर्देशन सच्चाउन अनुरोध गर्न सक्ने र सच्चिने अवस्था सिर्जना नभए बैंक चलाउन नसक्ने ठहर सहित सबै बैंकहरुले सामुहिक रुपमा राष्ट्र बैंकमा साँचो बुझाउने निर्णय गर्न सक्ने बुझिएको छ । ‘निर्दयी’ निर्देशिकाले बैंकको नाफा ३५% सम्म घट्न सक्ने, राष्ट्र बैंकलाई साँचो बुझाउनेबारे छलफल बफर बढ्दा बैंकहरूको कर्जा दिने क्षमता घट्ने, पुँजी कोष वृद्धिको असर ‘सेयर रिर्टन अन इक्विटी’मा  

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन

नयाँ दिल्ली । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उनी ६७ बर्षकी थिइन् । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्याएका थिए । उनी मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेकी थिइन् । स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए । भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिएँ ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छिन् । स्वराज सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिइन् । उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतिष्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन । विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् । प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।” रासस/एएनआई

जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त, भदौ १२ गतेदेखि ओसाका उडानको तयारी

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता (पिएसए) नियुक्त गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी मुनाफामुखी प्रतिफलका लागि कम्पनी छनोट गरिएको उल्लेख गरेको छ । कम्पनीले नेपाल–जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताका आधारमा पिएसए नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त कम्पनी जापानको ख्यातिप्राप्त ट्राभल एजेन्ट्स एचआइएस समूहबाट सम्बन्धन प्राप्त समूह भएको र यस समूहसँगको सहकार्ययुक्त एजेन्सीले नेपाल–जापान उडानको निरन्तरतालाई थप सशक्त पार्ने निगमको अपेक्षा छ । निगमले आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको छ । सन् २००८ देखि निगमको जापान उडान बन्द भएको थियो ।

दश वर्षपछि काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन समयमै सम्पन्न नहुने हो कि भन्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा उद्यमीको चासो र चिन्ताका बीच ठूलो मेहनतपछि आयोजना सम्पन्न भएको हो । पाँचथर र ताप्लेजुङ जिल्ला भएर बहने काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि उक्त प्रसारण लाइन आवश्यक र महत्वपूर्ण छ । कूल १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्वाञ्चलमा निर्माण हुने आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि सहयोगी हुनेछ । आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारदेखि सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण सकिएको छ । तेस्रो खण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको हो । आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सवस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटोमा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले समस्यामा परेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो । ‘राइट अफ वे’को समस्या सुल्झाउन व्यक्तिगत रुपमा प्रभावितको घरघरमा गएर पनि सम्झाउने प्रयास गरेको स्मरण गर्छन् घिसिङ । “स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौँ, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ”, उनले बताए । निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीको व्यापारिक उत्पादन शुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । प्रवद्र्धकले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी विद्युत् जोड्नुपर्नेछ । आर्थिक वर्ष २०६३/६४मा शुरु भएको आयोजना निर्माणका लागि ज्यागुअर ओभरसिज एण्ड एष्टर जेभी सँग २०६८ साल भदौ २३ गते ठेक्का सम्झौता भएको थियो । कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । ड्रोनको प्रयोग आयोजनाका अनुसार तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २।२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । त्यस क्षेत्रमा ४०० हाराहारीमा रुख काट्नु पर्ने थियो । त्यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देखिएपछि ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तानेको उनको भनाइ छ । प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ । यस खण्डस्थित अमरपुर सवस्टेशनमा विद्युत् जोडिने २५ मेगावाटको काबेली बी १ को प्रवद्र्धक अरुण काबेली पावर र ९।९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलमेन्ट कम्पनी लाइन चार्ज भएको जानकारी दिएको हो । “आयोजनाबाट उत्पादित विद्युत् अरपुर सवस्टेशनमार्फत राष्ट्रिय ग्रीडमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौँ”, आयोजना प्रमुख द्विवेदीले भने । यस्तै कूल ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत् पनि सोही सवस्टेशनमा जोडिने छ । काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिसकेका छन् । पहिलो खण्डमा करीब ८४ मेगावाट विद्युत् यसअघि नै जोडिएको छ । रासस

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति ?

काठमाडौँ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ । जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल रु १०९ प्रतिलिटर र डिजेल र मट्टितेलमा रु ९७ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको हकमा) रु एक हजार ३७५ प्रतिसिलिण्डर कायम गरिएको छ । हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन । मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । रासस