विकासन्युज

सीजी ब्राण्डको स्विजरल्याण्ड र पेरिस भ्रमण

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीको तर्फबाट आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट विक्री लक्ष्य पूरा गर्न सफल ३६ जना डिलरहरुलाई बुधबार स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ । त्रिभुवन बिमानस्थलमा सीजीका भिपि तथा सीजी ब्राण्डका सेल्स हेड बाट बधाई तथा विदाई गरियो । एक हप्ताको उक्त टुरमा नेपालभरीका डिलरहरुको सहभागिता रहेको छ ।

धेरै सोच विचार गरेर सीईओ र सञ्चालकको उमेर हद तोकेका हौँः गभर्नर नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धेरै सोच विचार गरेर बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र सञ्चालकहरुलाई उमेर हद तोकेको बताएका छन् । प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठकमा उनले यस्तो कुरा बताएका हुन् । बैंकमा रहेको सम्पत्ति सञ्चालक र सीईओ निजी सम्पत्ति होइन । बैंक तथा वित्तीय संस्थामा प्रबद्र्धक/सञ्चालकहरुको ८ प्रतिशत मात्र पूँजी हुन्छ, बाँकी ९२ प्रतिशत सर्वसाधारणकै पूँजी हो । उनले भने–‘सर्वसाधारण जनताको हितको लागि उमेर हद तोकेका हौँ ।’ विदेशका मोडल हेरेर उक्त निर्णय गरिएको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरु संकटमा परे भने त्यसको जिम्मेवारी सरकार र नियामकले लिनु पर्छ । त्यसकारण धेरै पूँजी भएका सर्वसाधारणको हितको मध्येनजर गर्दै निर्णय गरेको हौँ–समिति बैठकमा उनले भने । सर्वाेच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष छ, सरकारी कर्मचारीले पनि ५८ वर्षपछि अवकाश लिनु पर्छ, प्रोफेसरले ६३ वर्षपछि पढाउन पाउँदैन । उनले भने–‘अधिकांश जनताको पैसाबाट चलेका बैंक तथा वित्तीय संस्थाका सीईओ र सञ्चालकलाई ६५ र ७० वर्ष उमेर हद तोक्दा के गलत भयो र ?’ यसमा कसैलाई अप्ठ्यारो पर्यो भन्दैमा राष्ट्र आफ्नो निर्णयबाट पछि हट्दैन,’ गभर्नर डा. खतिवडाले भने ‘निक्षेपकर्ताको निक्षेप सुरक्षा गर्नु नियामक निकायको दायित्व हो । बैंकको पुँजी भनेको ट्रष्टी ( ट्रष्टको जस्तो सम्पत्ति) सम्पत्ति नभएको गभर्नरले बताए । ‘केही गरी बैंकको पुँजीमा समस्या आयो जोखिममा पर्यो भने नियामक निकाय र सरकार मिलेर यसको समाधान गर्नुपर्छ ,’ उनले भने । बैठकमा अर्थसचिव डा. राजन खनालले बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी खोलेर धितोपत्र कारोबार गर्न पाउनु पर्ने बताए ।अहिले ७५३ मध्ये ७३५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको र त्यहाँ बाटै धितोपत्र कारोबार गर्ने व्यवस्था हुन सक्यो भने सर्वसाधारणको पहुँच बृद्धि हुने उनले तर्क गरे । ‘बैंकहरूलाई ब्रोकरको काम गर्न दिँदा संस्थागतरुपमा राज्यलाई कर बढ्छ, उनले भने ‘व्यक्तिलाई भन्दा संस्थालाई नियमन गर्न सजिलो पनि हुन्छ ।’ बैंकलाई ब्रोकर लाइसेन्स दिँदाको जोखिम भनेको इन्साइडर ट्रेडिङ हो । ‘आफ्नो बैंकको सेयर कारोबार गर्न नदिएपछि यो समस्या पनि रहँदैन,’ उनले थपे । सरकारले छिमेकी राष्ट्र भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, भुटान, इन्डोनेशिया, थाइल्याण्ड, फिलिफिन्स लगायतका देशमा भएको अभ्यासलाई हेरिएको र ती देशहरूले बैंकले ब्रोकरको कारोबार गरेको उनले बताए । बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३(बाफिया) संसोधन गरेर मात्र सीईओ र सञ्चालकको उमेर हद तोकेको भए राम्रो हुने बताएका थिए ।

सामुदायिक वनबाट ‘रुख होइन, रसिद काटेर’ आम्दानी

पोखरा । सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ । पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो । पोखरा उपत्यकाका नौ तालमध्येको पाँचौं ठूलो दिपाङ्गतालको किनारास्थित मनोरमस्थलमा अवस्थित सो सामुदायिक वनले एक वर्षको अवधिमा वनभोज खान आउने समूहबाट रसिद काटेर रु ६५ हजारभन्दा बढी आम्दानी गरेको समूहका अध्यक्ष नीरलाल तभ्mयाले जानकारी दिएका छन् । उनका अनुसार वनको बीचको मैदान र खाली स्थानमा आवश्यक भौतिक संरचना तयार गरी वनभोजस्थलका रूपमा विकास गरेसँगै सो स्थानमा वनभोज खान आउनेको प्रत्येक वर्ष क्रमिक रूपमा आकर्षण बढ्दै गएको छ । पोखरालगायत आसपासका स्थानबाट वनभोज खान आउने आमा समूह, सहकारी, युवा क्लब, टोल विकास संस्था, विद्यार्थीलगायतका विभिन्न सङ्घसंस्था आउने गरेको बताउँदै अध्यक्ष तभ्mयाले भने, “सङ्ख्याको आधारमा एउटा समूहलाई रु एक हजारदेखि एक हजार ५०० सम्म रकम लिने गरेको छौँ ।” सडकबाट वनभोजस्थलसम्म पुग्ने बाटो सोलिङ ढलान गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक सहयोगका लागि वडा कार्यालयमा पत्राचार गरिएको जानकारी दिएका छन् । वनभोजस्थलबाट दिपाङ्गतालको स्पष्ट दृष्यावलोकन गर्न र तस्वीरसमेत लिन सकिने गरी रुखलाई गोडमेल गर्ने तयारी भइरहेको बताउँदै उनले शान्त, हरियाली तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानको आवश्यक प्रचार–प्रसारमा जोड दिइने उल्लेख गरे । सामुदायिक वनबाट उत्पादित दाउरासमेत वनभोजमा आउने समूहलाई बिक्री गर्ने गरेको बताउँदै उनले समूहको र वनभोजस्थलबाट भएको आम्दानीबाट थप भौतिक संरचना तयार गरेर वनभोजस्थलबाट मात्रै वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ बताए । भवन तथा शहरी विकास कार्यालयको रु नौ लाख ६० हजारको आर्थिक सहयोगमा लगभग आठ वर्षअघि वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त वन समूहका पूर्वसचिव गुमनाथ लामिछानेले जानकारी दिए । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्दै उपभोक्ताको आयआर्जनमा समेत टेवा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको वनभोजस्थलमा हाल दुई ट्रष्ट भवन, विद्युत्, खानेपानीसहित दुई शौचालयसमेत निर्माण गरिएको छ । सरसफाइका लागि दिपाङ्गतालको पानी लिफ्टिङ गरी वनभोजस्थलमा निर्माण गरिएको १०० लिटर क्षमताको दुई ट्याङ्कीमा सङ्कलन गरेर चार धारासमेत जडान गरिएको जानकारी दिँदै उनले भने, “अन्य आवश्यक पिउनेपानीको भने पिकनिकमा आउने टोलीले आफैं व्यवस्था गर्दै आएका छन् ।” विसं २०५३ मा तत्कालीन जिल्ला वन कार्यालयले समूहलाई हस्तान्तरण गरेको कूल तीन हेक्टर क्षेत्रफल र ८० घरधुरी उपभोक्ता रहेको वन समूहका उपाध्यक्ष कृतिराम पाण्डेले बताएका छन् । खोरी फाडेजस्तै उजाड भएको सो वन उपभोक्ताले संरक्षण गरेसँगै हरियालीमा परिणत चराचुरुङ्गी तथा वन्यजन्तुको समेत बासस्थानको रूपमा विकसित हुँदै गएको स्थानीय बासिन्दाको सामूहिक धारणा छ । चौथो सामुदायिक वन दिवसका अवसरमा सो समूहमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वनको संरक्षण, संवद्र्धन र विकास गर्दै आएका उपभोक्ताले शुरु गरेको पर्यटन विकासमा सबै पक्षले चासोका साथ सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की र डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्त रूपमा आयोजित सो कार्यक्रममा वन क्षेत्रको खाली स्थानमा चाँप, लप्सी, तेजपात, निमारोलगायत विभिन्न जातका ३०० भन्दा बढी बिरुवा रोपिएको थियो । आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेका कास्की जिल्लामा हस्तान्तरण गरिएका ५११ सामुदायिक वन समूहले संरक्षण, संवद्र्धन र उपयोगसँगै सम्भाव्यता अध्ययनका आधारमा वनलाई समृद्धिसँग जोडिनु अपरिहार्य छ । रासस

पर्यटन वर्ष २०२० को प्रचार–प्रसारमा निस्के साइकलयात्री

गोरखा । सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुगेका छन् । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्केका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुगेका हुन् । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान गरेको छ । पर्यटन वर्ष २०२० को प्रचार–प्रसार एवं ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर आफू साइकलयात्रामा निस्किएको श्रेष्ठले बताए । गएको चैत ३ गतेबाट यात्रा शुरु गरेका श्रेष्ठ १४९ दिन लगाएर गोरखा आइपुगेका थिए । श्रेष्ठले आउँदो असोजभित्रै देशका ७७ वटै जिल्लाको भ्रमण गरेर सक्ने लक्ष्य लिएको बताएका छन् । “साइकलको अगाडि दायाँबायाँ राष्ट्रिय झण्डा फहराउँदै, नेपाली राष्ट्रिय पोशाक दौरासुुरुवालमा साइकलयात्रामा हिँडेका श्रेष्ठले गोरखा सदरमुकाममा जिल्लाका ऐतिहासिक एवं धार्मिकस्थलको बारेमा जानकारीसमेत लिएका छन् । यात्राका क्रममा जिल्ला सदरमुकाममा पुगेर त्यहाँ रहेका उद्योग वाणिज्य सङ्घ, विद्यालय, क्याम्पस विद्यार्थी एवं पत्रकार महासङ्घसँग अन्तक्र्रिया गरेका हुन् । गोरखाका पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले देश भ्रमणका लागि साइकल सस्तो यात्रा भएको र स्वास्थ्यका लागि समेत फाइदा भएकाले साइकलयात्रा रोजेको बताए । रासस

ट्रकको ठक्करबाट नवलपरासीमा पुल भाँसियो, अवरुद्ध यातायात ’डाइभर्सन’ बाट खुलाइयो ।

कावासाेती । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताएका छन् । साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले जानकारी दिए । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताएका हुन् । भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन् । पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उजले उल्लेख गरे । आज बिहान ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगी करिब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताए । पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीमा रहेका पुलहरु झण्डै वर्षेनीजस्तो कुनै न कुनैमा क्षति पुग्ने गरेका छन् । यसबाट यात्रुहरुले समस्या झेल्ने गरेका छन् । नवलपरासीको नवलपुरअन्तर्गत पर्ने जयश्री पुल, बौलाहाखोला पुल, लोकाहा पुलमा गत वर्ष सवारीले ठक्कर दिई क्षति पुग्दा महिनौँसम्म यात्रुले सास्ती पाएका थिए । विसं २०३० तिर निर्माण गरिएका नारायणगढ–बुटवल सडक खण्डका पुलको संरचनामा ‘ट्रस’को प्रयोग गरिएको छ । पुल निर्माण गरेको लामो समय भएकाले पुलका संरचना कमजोर बन्दै गएका छन् । सवारीसाधनले पुलमा सामान्य ठक्कर दिँदासमेत पुलको संरचनामा धेरै क्षति पुग्ने गरेको छ । रासस

सवारी साधन र उपकरण आयातमा ९१ अर्ब रुपैयाँ विदेशियो, धेरै चल्छन् भारत र चीनका गाडी

काठमाडौं । एक वर्षको अवधिमा झण्डै १ खर्ब रुपैयाँका गाडी र तिनका उपकरणहरु नेपालमा आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा ९१ अर्ब १७ करोड ९९ लाख ४० हजार रुपैयाँ बराबरको गाडी, मोटरसाइकल र पार्टसहरु आयात भएको हो । गाडी आयात हुँदा गत आवमा ८ अर्ब ३४ करोड १४ लाख ५१ हजार राजश्व संकलन भएको छ । विभागको तथ्याङ्क अनुसार ४८ अर्ब ५५ करोड ७९ लाख ६७ हजारको विभिन्न मोडलका ८४ हजार २९४ वटा गाडी आयात भएको छ । नेपालमा सबै भन्दा धेरै गाडी भरत र चीनबाट आयात भएका छन् । भारतबाट मात्रै ३९ अर्ब ६० लाखको विभिन्न मोडलका ६७ हजार २८२३ वटा गाडी आयात भएको हो । चीनबाट १ अर्ब ३९ करोड ७९ लाख ४८ हजार रुपैयाँका विभिन्न मोडलका १८ हजार ९९९ वटा गाडी आयात भएको छ । नेपालमा भारत, चीन, जापान, जर्मन र कोरिया लगायतका देशबाट गाडी आयात हुने गरेको छ । तयारी गाडी आयात हुँदा सरकारले ५२ अर्ब ५५ करोड ७० लाख ७८ हजार राजश्व संकलन गरेको छ । अघिल्लो आव २०७४/७५ मा गाडी, मोटरसाइकल र तिनका पार्टस गरी ८६ अर्ब ३१ करोड ५३ लाख ९३ हजार विभिन्न देशबाट आयात भएको थियो ।

सनराइज बैंकको नाफा १ अर्ब ७० करोड, प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ

काठमाडौं । सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले गएको आवमा १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । बैंकको विवतरण योग्य नाफा भने १ अर्ब ११ करोड रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.६१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकले गएको आवमा ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ८७ करोड रहेको थियो । बैंकको संचालन मुनाफा पनि बढाएको छ । गत आवमा बैंकको यस्तो मुनाफा भने २ अर्ब ६० करोड रहेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब चार करोड रुपैयाँ थियो । असार मसान्तसम्म बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.०३ प्रतिशतमा रहेको छ । सीडी रेसियो ७५.५७ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) २ अर्ब ५८करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ रहेको छ । बैंकको स्प्रेडदर ४.४४ प्रतिशत कायम रहेको छ भने बैंकका बेसरेट १०.३२ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ७.३३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.४७ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रूपैयाँ रहेको छ ।

सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ३ सयमा बिक्री

काठमाडौं । मंगलबारको तुलना बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भएसँगै मंगलबार हालसम्मकै उच्च मूल्य ७१ हजारमा कारोबार भएको सुन बुधबार प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजारमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।