विकासन्युज

कृष्ण जन्मअष्टमीमा नवतनधाममा भक्तजनको घुईँचो(फोटो फिचर)

काठमाडौ । भक्तपुर स्थित नवतनधाम मन्दिरमा शुक्रबार तामझामका साथ कृष्ण जन्मअष्टमी मनाइएको छ । कृष्ण अष्टमीको अवसर पारेर करिब ५० हजार संख्याका भक्तजनहरुले मन्दिर दर्शन गरेका हुन् । शुक्रबार बिहान ४ बजेदेखी रातको १२ बजेसम्म गर्न मन्दिर दर्शन गरेको मन्दिर संचालक समितिका सदस्य राजकुमार रिजालले जानकारी दिए ।

मरुभूमिबाट पानी आयात गर्दै जलस्रोतको धनी देश नेपाल, ९८ प्रतिशत व्यापार घाटामा

काठमाडौं । विश्वमा नेपाल जलस्रोतको धनी देश भनेर चिनिन्छ । जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर पढिन्छ, सुनिन्छ । तर जलस्रोतको धनी देशमा नै गत आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँको पानी आयात भएको छ । निर्यात भने गत आर्थिक वर्षमा अमेरिकामा मात्रै ४ हजार रुपैयाँ बराबरको भएको छ । पानीकाे व्यापारमा नेपालले ९८.२२ प्रतिशत घाटा खाएकाे छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ करोड ७९ लाख १०४ रुपौंया मूल्य तिरेर ४ लाख २६ हजार ६२० लिटर पानी नेपाल आयात भएको छ । आर्थिक वर्ष २०७४/७५ मा विभिन्न देशबाट १ करोड ८१ लाख ६७ हजारको पनि आयात भएको थियो । सोहि आर्थिक वर्षमा १५ लाख ८ हजार ४९९ रुपैयाँको निर्यात भएको थियो । जलस्रोतका धनी मुलुकमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालमा हरेक वर्ष मरुभूमि भएका मुलुकबाट समेत पानी आयात गरेर नेपालीले पानी उपभोग गर्ने गरेका छन । अमेरिका यूरोपदेखि छिमेकी मुलुकबाट समेत नेपालमा पानी आयात हुने गरेको छ । विभागको तथ्याङ अनुसार शुद्ध पिउने पानीको प्राकृतिक स्रोत एकदमै कम भएका मुलुकबाट समेत नेपालमा पानी आएको छ । नेपालले विभिन्न ९ वटा देशबाट पानी पानी आयात गरेको छ । त्यसमा भारत, चीन, मलेसिया, फिलिपिन्स, युएई, फ्रान्स, बेलायत, थाइल्यान्ड र अमेरिकाबाट पानी आयात गरिएको छ । ती देशबाट विभिन्न ३ शीर्षकमा पानी आयात गरिएको छ । मिनरल वाटर शीर्षकमा १० लाख ५३ हजार ९५७ रुपैयाँको २३ हजार १९६ लिटर पानी आयात भएको छ । मिनरल वाटर सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट मात्रै ५ लाख २२ हजार ७५६ रुपैयाको ८ हजार ७६० लिटर मिनरल वाटर आयत भएको छ । थाइल्यान्ड, भारत, चीन, फिलिपिन्स, फ्रान्स र बेलायतबाट ल्याइएको छ । नट कन्टेनिङ सुगर, स्विटिङ म्याटर, नट फ्लेवर्ड, स्विटिङ म्याटर अर फ्लेवड शीर्षकमा १ करोड ३७ लाख ३८ हजार १४७ रुपैयाँको ४ लाख ३ हजार ४२४ मिनरल वाटर आयत भएको छ । चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स र बेलायतबाट सो मिनरल वाटर आयत भएको छ । एवान मिनरल वाटर कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले देशमा रहेका पाँचतारे होटलले उच्च गुणस्तर र ब्रान्डका पानी खोज्ने भएकाले विदेशबाट आयात गर्ने गरेको बताए । पाँचतारे होटलमा आउने कतिपय पर्यटकले अन्तर्रािष्ट्रय ब्रान्डको पानी खोज्छन् र नेपाली ब्रान्डको पानीलाई विश्वास नगर्ने गरेको बताए । उनले नेपालमा मिनरल वाटरको मूल्य २०६० साल देखि अहिलेसम्म एउटै भएकाले पनि नेपालमा मिनरल वाटर उत्पादन गर्ने कम्पनीहरु बन्द हुदै गएको बताए । ‘रसुवा पानी’ काठमाडाैंमा सार्वजनिक, एशिया र मध्यपूर्वका देशमा निर्यात गरिने

एकैदिन गण्डकी विकास बैंकको ४ शाखा विस्तार

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं, मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेका छन् । यस संगै बैंकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै नेपालको पूर्व देखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । हालसँग बैकका ९६ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एविविएस, एटिएम, ईसीसी आईपिएस्, सी एएसबिए, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवाप्रदान गरिनेछ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा संचालन मुनाफा रु. ९५ करोड ३५लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप रु. २९ अर्ब ९२ करोड रकर्जा तर्फ रु.२५ अर्ब ८८ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

नेपालको शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन् । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उनले शताब्दीऔं अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको जानकारी दिए । “शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने गर्छन्”, शिक्षामन्त्री पोखरेलले भने, “यी सबै पद र प्रतिष्ठामा रहेका व्यक्ति सिर्जना गर्ने शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्छ ।” विद्यालय तहको शिक्षालाई अपेच्छा अनुसार गुणस्तरमा सुधार गर्न नसकेको उनको भनाई छ । समाजमा शिक्षाको गुणस्तरप्रति आमचासो बढेको बताउँदै मन्त्री पोखरेलले भने, “शिक्षा तुरुन्तै रुपान्तरण र परिभाषित गर्न सक्ने विषय नभएकाले यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै जाँदा नयाँ ढङ्ग र अनुभव बढ्ने छ ।” हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा रहेको बताएका छन् । ‘सार्वजनिक विद्यालयको सवलीकरणमा आजको प्राथमिकता’ भन्ने उद्देश्य बोकेको सो सम्मेलनले शिक्षामा भित्रिएको प्रक्रिया, आयात र निर्यातलाई बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । सरकारले २०७६ देखि २०८५ साल सम्मलाई ‘सार्वजनिक विद्यालय सवलिकरण’ घोषणा गरिसकेको जानकारी दिए । सरकारले नेपालको जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या ५०० भन्दा बढी भएमा त्यसले १० प्रतिशत, विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १२ प्रतिशत र विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १५ प्रतिशत छात्रावृत्ति दिनुपर्ने घोषणा गरेको मन्त्री पोखरेलको भनाई छ । सरकारले ल्याएको ‘एक विद्यालय एक बिरुवा’ अभियानले पर्यावरण सन्तुलनमा जोड दिनुका साथै वातावरण सुधार गरी समय सापेक्ष ज्ञान निर्माण गर्न सहयोग गर्ने तथा राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृतको क्रममा अघि बढेको शिक्षा मन्त्रीले जानकारी गराए । फाउण्डेसनका अध्यक्ष शान्त्ता दीक्षितले गुणस्तरीय शिक्षामा निर्माणमा सिकाइ केन्द्रित छ वटा मूल विषय रहेका सम्मेलनमा उपस्थित शिक्षक सामु जानकारी दिँदै,, “सिकाइ केन्द्रित प्रारम्भिक बालविकास, गरेर सिक्ने शैली, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी र दिगो विकासको लागि शिक्षाको योजनाले सहयोगी भूमिका निर्वाह गर्ने छ ।” तीन दिने सो सम्मेलनले नेपालमा गुणस्तरीय शिक्षा निर्माण गर्न सहयोग पुर्याउने बताईन । रासस

चीनभन्दा ठूलो ‘दुश्मन’ फेडका प्रमुख पावेल, राजिनामा दिए रोक्दिनँ – राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् । अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै प्रमुख पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिइएका छन् । फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “उनले राजिनामा दिए, मैले रोक्ने छैन ।” राष्ट्रपति ट्रम्पले शुक्रबार नै एक कार्यक्रममा चीनभन्दा ठूलो “दुश्मन” पावेल रहेको बताए । हाल चीनसँग राष्ट्रपति ट्रम्पले व्यापार युद्ध नै छाेड्डेका छन् । फेड प्रमुख पावेलले राष्ट्रपतिको भावना विपरीत पटकपटक व्याजदर कटौती गरेको र आफ्ना अर्थनीतिलाई खुलेर समर्थन नगरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले नै पावेललाई केन्द्रीय बैंकको प्रमुखमा सन् २०१८ मा नियुक्त गरेका थिए । रासस /एएफपी

६६ वर्षको उमेरमा भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन

नयाँ दिल्ली । पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेजी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । जेट्ली अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना हुनु भएको थियो । पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी भएका थिए । उनले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थिए भने सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्रीमा नियुक्त भएका हुन् । तर सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गरेका हुन् । गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।मृत्यु पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ट नेताहरु अस्पताल पुगेका थिए  । रासस/एएनआइ

डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन, ५ सय क्वीन्टल बाँकी

काठमाडौं । नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या तथा संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल भन्दा सस्तो भए पनि गाउँको पहुँचमा नहुँदा खरीद गर्न समस्या भएको हो । गत आर्थिक वर्षमा १० हजार क्वीन्टल अरुवा मध्यम चामल आपूर्ति भएको उनको भनाइ छ । जसमध्ये करीब ५०० हजार क्वीन्टल बिक्री हुन बाँकी रहेको जानकारी दिए । जिल्लाका अधिकांश डिपो रहेका ठाउँ पुग्न स्थानीयवासीलाई एक दिन भन्दा बढी लाग्ने गर्दछ । संस्थानको घाट, घोगी र चौखास्थित डिपो जनताको पहुँचमा छैनन् । खाद्यान्नको अनुदानको चामल बिक्री नभएर गोदममै थन्किएर बजारबाट महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयवासीको माग छ  । बारेकोटका धुम, ताँसी, कुम्द, जिरी, मुल्सामलगायत गाउँका बासिन्दाघाट डिपो पुगेर चामल ल्याउन दिनभर हिँड्नुपर्ने बाध्यता छ । त्यस्तै पैराम, गर्खाकोट, बुँदीडाँडा, स्याङीलगायत गाउँका बासिन्दालाई घोगी डिपोमा पुगेर चामल ल्याउन कम्तीमा सात घण्टा लाग्छ । ध्यारगाउँ, बानियागाउँ, सिउन, वायाकाडालगायत गाउँबाट चौकास्थित डिपोमा पुगेर अनुदानको चामल ल्याउन एक दिन लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । घाट डिपोमा पुगेर अनुदानको चामल लिन दिनभर हिँड्नुपर्ने बाध्यताले बजारको महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य भएको बारेकोट गाउँपालिका–४ रावतजिरीका रवि रावतले बताए। चामल बिक्री नभएपछि खाद्य संस्थानको घोगी डिपोमा पाँच सय, घाट डिपोमा ३०० र चौखा डिपोमा एक हजार ७०० क्वीन्टल गत आर्थिक वर्षकै चामल मौज्दात छ । त्यस्तै खलङ्गास्थित गोदाममा एक हजार ७०० क्वीन्टल चामल मौज्दात रहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार डिपो र शाखा कार्यालयमा अरुवा मध्यम चामल मौज्जात रहेको हो । खलङ्गा गोदाम र गाउँका डिपोमा चामल किन्न स्थानीयवासी फाट्टफुट्ट आउने गरेका निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले बताए । पौडेलले भने, “दशेरा डिपोमा चामल मौज्दात छैन, दुर्गम क्षेत्रमा वर्सेनी असार र साउन महीनामा खाद्यान्नको माग बढी हुने गरेको छ, तर असार महीनामा ढुवानी नभएका कारण बिक्री कम भएको हो ।” चालु आर्थिक वर्षका लागि नयाँ बोलपत्र आह्वान हुने समयसमेत भइसकेको कार्यालयले जनाएको छ । अहिले वर्षायाममा बाटो भत्किएको र एक्लै टाढा जान नसक्दा पनि तोकिएको वस्तु खरीद गर्न समस्या भएको स्थानीयवासीको भनाइ छ । रासस

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको जनाए । उनले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको भन्दै यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको बताए । डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ । रोगको निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन नपाएको डाक्टरको भनाई छ । कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ । रासस/सिन्ह्वा