“मिस टिन अफ द ईयर २०१९” को उपाधि जित्न सफल प्रतिभा राई
काठमाडौं । रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राईले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जित्न सफल भएकी थिइन् । उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको उपाधि समेत जित्न सफल भएकी थिइन् । त्यसैगरी प्रतियोगितामा फस्ट रनर्स अप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस सृबिना राइले जितेका थिए । “मिस टिन अफ द ईयर २०१९ सिजन ४” प्रतियोगितामा बेस्ट र्याम्पवाल्क र बेस्ट स्किन साम्रगी पोख्रेल, बेस्ट स्माईल प्राश्ना राई, बेस्ट हेयर नेहा खातुन र बेस्ट डान्स सलिना राइले प्राप्त गरे । रिबन इन्टरटेन्मेन्ट प्रा.ली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, मिसेस नेपाल टुरिजम २०१९ को बिजेता छिरीङ डोल्मा शेर्पा, अटो नेपालका एमडी भुसन श्रेष्ठ, टेलिभिजन प्रस्तोता बिकाश थपलिया तथा गायक डा. आभास लाभ थिए । यसरी, टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर निशु कान्त झाले बताए । प्रतियोगितालार्इ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए ।
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
भोजपुर । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ । सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको रु छ करोड ५३ लाखको लागतमा करिब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो । अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
कैलाशफाँटमा खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले बताएका छन् । प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्तको पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताएका छन् । उनका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो । मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताए । व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । खेलाडीले खेलअभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकूद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकूदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको जानकारी दिएका छन् । अधिकांश बस्तीमा दुई वर्षको अवधिमा खेलमैदान बनाएको अध्यक्ष रोकाले बताए । रासस
नेपाल भ्रमण वर्ष सफल पार्न क्रियाशील छौं, २० लाख पर्यटक भित्र्याउनेछाैं-नवराज दाहाल
लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न छन् नवराज दाहाल । उनी हाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) का अध्यक्ष समेत हुन् । टानको वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेको छ । नेपालमा पर्यटन व्यवसायतर्फ लगानी थपिंदै गएको छ । अर्कोवर्ष सरकारले नेपाल भ्रमणवर्ष मनाउन लागेको छ र २० लाख पर्यटन भित्र्याउने भनेको छ । पर्यटन व्यवसायको क्षेत्रमा ट्रेकिङ एजेन्सीजको भूमिका पनि महत्वपूर्ण छ । टानका अध्यक्ष दाहालको २ वर्षे कार्यकाल र नेपालमा पदयात्राको अवस्था के-कस्तो ? लगायत समग्र पर्यटन व्यवसायको सेरोफेरोमा रहेर विकासन्युज लागि सन्तोष रोकायाले गरेको विकास बहस । पदायात्रा व्यवसायको पछिल्लो अवस्था कस्तो छ ? अहिले नेपालका थुप्रै स्थापित पदयात्राहरुमा मोटर बाटोको बिस्तार भएको छ । भूकम्पले कतिपय पदयात्राहरु भत्काएको छ । हामीले त्यसको विकल्पमा वैकल्पिक पदमार्गहरुको निर्माण गर्न सकि रहेको छैनौं । नयाँ–नयाँ गन्तव्यहरुको खोजी गरी स्थापित गर्न सकेका छैनौं । त्यसकारणले विगतको तुलनामा हालका पदमार्गकै कुरा गर्दा त्यति राम्रो छैन । मोटर बाटोले गर्दा हिँड्ने कि मोटर बाटोमा जाने भन्ने छ । मोटर बाटोमा जाँदा पनि त्यो कालापत्रे नभएको कारण दुर्घटना निम्त्याउने खालका छन् । हिडौं भनेपनि धुलोधुवाँ र हिलो हुने अवस्था छ । त्यति हुँदाहुँदै पनि नेपालको सबै क्षेत्रमा पदयात्राकोे सम्भावना छ । अझै पनि थुप्रै ठाउँमा पदयात्रा सहज ढंगले गर्न सकिने अवस्था छ । विकासले ट्रेकिङको विनाश भयो भनेर व्यवसायी कराइरहने, तर सरकार चुप लागिरहने अवस्था देखिएको छ नि ? त्यहि त अचम्मको कुरा छ । हामी आवाजहरु उठाईरहने, सुझावहरु दिइरहने, तर सुन्नु पर्ने कार्यान्वयन गर्ने निकाय मौन छ । सुनेर पनि वेवास्था गरेको जस्तो अवस्था भएको छ । नेपालको पर्यटनको कुरा गर्दा सिङ्गो नेपालको पर्यटनको आधार भनेको पदयात्रा हो । अहिले जति पनि नेपालमा पर्यटकहरु भित्र्याइन्छ पदयात्रा व्यवसायीहरुको मिहेनत, अक्कल र क्षमताले पर्यटकहरु आइरहेको देखिन्छ । जति पर्यटकहरु लामो समय बसे त्यति नै पर्यटकहरुले बढी खर्च गर्छन् । गुणस्तरको कुरा गर्दा बढी खर्च गर्ने पर्यटकहरु बढी गुणस्तर हुन्छन् । बढी रोजगारी सिर्जना गर्छन्, त्यो सबै पदयात्राले नै गरेको हो । पदयात्राले मुलुकलाई धेरै फाइदा हुन्छ । राज्यले यसको सुधारका बारेमा त्यति पहल गरेको देखिदैन । विकल्प खोज्न र केही रुट बचाउने विषयमा सरकारी निकायसँग समन्वय किन भएन् ? विगतमा त राज्यले पर्यटनलाई त्यति बुझेको पनि थिएन । निजी क्षेत्र सँग पनि त्यति सहकार्य हुन्थेन । योजनाहरु पनि बन्थेनन् । त्यसकारण विकासको नाममा मोटर बाटोहरु त गए । मोटर बाटो पुग्नु पनि पर्छ, तर स्थापित पदमार्गहरु नबिगारिकन मोटर बाटोको विस्तार गरिदिएको भए हुन्थ्यो, त्यतातर्फ ध्यान दिएकै छैन । पछिल्लो अवस्थामा निजी क्षेत्रले आवाज उठाउँदै गर्दा अहिले चाँही अलकति सचेत भएको हो की भन्ने जस्तो लागि रहेको छ । तर, तपाईँले भने जस्ते ठ्याक्कै अब योजना बनाएर जानु पर्छ भन्ने खालको वातावरण चाहीँ अझै बन्न सकेको छैन । अब आशा गरौं, आउने दिनहरुमा जहाँ–जहाँ मोटर बाटोहरुको बिस्तार भइरहेको छ, जहाँ पदमार्गहरु बिग्रेका छन्, बैकल्पिक पदमार्गहरु बनाउन राज्य पक्ष र निजी पर्यटन व्यवसायी बसेर राम्रो योजना बनाएर अघि बढ्नु पर्छ । यो अवश्य नै हुनु पर्छ । एक पर्यटक एक गाईडको माग पूरा गर्न व्यवसायीको लबिङ नपुगेको कि सरकारी निकायले वेवास्था गरेको ? हिजोका दिनमा सरकार फेरिन्थ्यो । मन्त्रीहरु फेरिन्थे । अन्य कर्मचारीहरु फेरिने अवस्था थियो । निजी क्षेत्रहरुले जति लविङ गरेपनि त्यो कार्यान्वयन गर्न सम्ममा त्यहाँ फेरी अप्ठेरो अवस्था सिर्जना हुन्थ्यो । कसले गर्ने हुन्थ्यो । अहिले स्थायी सरकार छ । अहिले पनि म हेरिरहेको छु । मेरो दुई वर्षे कार्यकालमा झण्डै चारवटा सचिवहरु फेरिए । अहिले नयाँ मन्त्री आउनु भएको छ । उहाँले निजी क्षेत्रसँग एउटा कबुल गर्नु भएको छ । उहाँले उठाएका विषयहरु कार्यान्वयन गर्छु भन्नु भएको छ । व्यवसायीहरुले लविङ गरेन भन्ने त हुँदै होइन । प्रशस्त लविङ गरेका छौं । म आफैले निरन्तर लविङ गरेको छु । नेपालको उच्च राजनीति नेताहरु देखि लिएर मन्त्रीहरुसम्म सबैसँग लविङ गरेको छु । सबै मन्त्रालयमा हाम्रा विषयवस्तु पुर्याएका छौं । अलि समय त लागि हाल्छ । अब नेपालका ३ हजार भन्दा माथि उचाई भएका पर्यटनमा जान इजाजत प्राप्त दिने कम्पनीबाट तालिम प्राप्त प्रमाणपत्र गाईड अथवा सहयोगी लिएर जाने नै हुन्छ । यसमा मन्त्रालय पनि सकारात्मक छ । अब हामीले आशा गर्नु पर्छ, हामी निजी क्षेत्रले उठाएका मुद्दाहरु छिट्टै विभिन्न तरिकाबाट कार्यान्वयन हुन्छन् । विशेष गरी तपाईँले उठाएका विषयवस्तु चाहिँ गाईड अथवा सहयोगी लिएर पदयात्रामा जाने कुरामा विश्वस्त हुनुपर्छ । यसमा व्यवसायीको स्वार्थको कुरा छैन । यो त राज्यको स्वार्थसँग जोडिएको कुरासँग सम्वन्धि रह्यो । यदि यो लागू भएन भने सबैको लागि दु.खको कुरा हुनेछ । पदयात्रामा नयाँ रुटको खोजी भइरहेको छ भनेर टानले वर्सेनी नयाँ नक्सा सार्वजनिक गर्ने गर्छ । तर, पर्यटक पठाउने मामलामा भने उही सगरमाथा, अन्नपूर्ण र लाङटाङको सीमित गन्तव्यमा किन ? सरकारले केही क्षेत्रलाई निषेधित क्षेत्र भनेको छ । केही क्षेत्रहरुलाई निर्देशित क्षेत्रहरु भनेको छ भने केही क्षेत्रहरु खुल्ला गरेको छ । यसमा सरकारको कमि कमजोरी छैन । पर्यटनको कुरा गर्दा तीन वटा कुरामा ध्यान दिनु पर्छ । पूर्वाधारको विकास, नीति नियमका कुरा, पर्यटन प्रवद्र्धनका कुराहरु हुन्छन् । हामीले पूर्वाधारको विकास भएको, नीति नियमले पनि प्रभाव नपार्ने ठाउँमा पनि पर्यटकहरुलाई पु¥याउन सकेका छैनौं । अब सगरमाथा, अन्नपूर्ण र लाङटाङमा मात्र पर्यटकलाई सिमीत गरेका छौं किन गरेका छौं भने तिनीहरुको बढी प्रचारप्रसार भयो । पूर्वाधारको विकास बढी भयो । त्यहाँ जाँदा खेरि अन्य झमेलाहरु नवेहोर्नु पर्ने छ । यी इत्यादी कारणले पनि धेरै गएको होलान जस्तो लाग्छ । यी सेवा ससुविधाहरु अन्य ठाउँमा पनि हुनु पर्यो । पश्चिमतिर पनि थुप्रै पर्यटनका सम्भावनाहरु छन् । त्यहाँ पूर्वाधारको विकास भएन । राम्रो सँग प्रवद्र्धन गर्न सकिएन । विश्वका सम्पूर्ण ठाउँहरुमा हामीले के–के डकुमेण्टहरु बनाएर लैजानु पर्ने हो । तिनीहरुलाई कसरी आकर्षित गर्ने, कसरी प्रचार–प्रसार गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कतिपय ठाउँहरुमा महँगो शुल्क छ । त्यो नीतिले अप्ठेरो बनाई दियो । हवाई भाडा त्यतिकै महँगो छ । यी विविध कारणले पर्यटकहरु त्यहाँ पुग्न सक्दैनन् । मैले राज्यलाई मात्र दोष दिनुहुन्न । हामी सबै लाग्यौं भने सगरमाथा, अन्नपूर्ण र लाङटाङमा सिमित भएका पर्यटकहरु सबै ठाउँमा पुगाउन सक्छौं । रुबी भ्यालीसहितको नयाँ गन्तव्यमा तपाईँहरुले नै सम्भावना औल्याउनु भएको थियो । तर, व्यवसायी आफैँ पर्यटक पठाउन भने तयार देखिएका छैनन् नि ? हामीले रुवि भ्यालीको बारेमा धेरै प्रयास गर्यौं । त्यहाँको पूर्वाधार विकास पनि ग¥यौं । प्रचार–प्रसार गर्ने कोशिसपनि गयौं । त्यहाँ सम्भावना पनि छ । जति हामीले प्रचारमा ल्याएका थियौं त्यो अनुसारको त्यहाँ पर्यटकहरु जान सकेनन् अथवा पु¥याउन सकिएन । यसमा हामी व्यवसायीहरु पनि चुक्यौं । व्यवसायीहरु कहिँ कतै व्यवसाय गर्दा स्वार्थी हुने समस्या पनि छ । फाइदा कति हुन्छ भन्ने सोच्दा रहेछन् । अर्को कुरा रुविभ्यालीलाई नेस्नल पार्क भनौं । त्यहाँ अत्यन्तै महत्वपूर्ण बोटविरुवाहरु छन् । त्यस्तो ठाउँमा पर्यटकहरुलाई पनि जानुपर्छ भन्ने मनाशाय हुन्थ्यो । त्यसले प्रचार–प्रसारमा पनि सहयोग पुग्थ्यो । रुविभ्याली क्षेत्रलाई गणेश हिमाल हिमालको नाममा वा कुनै नाममा कन्जरभेसन नेशनल पार्क घोषणा गरियो भने व्यवसायीहरुको अलि उत्सुकता बढ्छ जस्तो मलाई लाग्छ । त्यहाँ जनावर, बोटविरुवा बचाउनु पर्ने अवस्था छ । रुबिकै कुराहरु छ । रुबिभ्याली नाम त दियौं, तर साँच्च्किै रुबि देख्न पाइन्छ र ? यो त छाडा भयो । अराजकता भयो । यसलाई एउटा खालको उत्सुकता जोगाइदिनु पर्यो पर्यटकहरुलाई । त्यो हाम्रो अनुरोध छ । रुवि भ्यालीको फाइल फोटो तपाईँले टानमा दुई वर्षे कार्यकाल पूरा गर्दै हुनुहुन्छ । आफ्नो दुई वर्षे कामको उपलब्धीको सूची त लामै बनाउनु भएकै होला ? नयाँ-नयाँ पदमार्गको खोजी गनुपर्छ त्यसलाई निर्माण तथा विकास गर्नुपर्छ भन्ने कुराहरुमा सम्बन्धित निकायहरु सँग सहकार्य गर्ने कोशिस गरियो । हामीले मात्र गर्न सक्ने वैकल्पिक पदमार्गहरुको निर्माण पनि हामीले ग¥यौं । हामीले नीतिगत कुराहरुमा लविङ ग¥यौं । अपर मुस्ताङ, अपर डोल्पा लगायतका विभिन्न निषेधित क्षेत्रको ट्रेकिङ परमिट शुल्क घटाइ दियौं । त्यसलाई परमिटको हिसावले शुल्क लागु गर्ने,एक जना पर्यटकलाईत्यहाँ जान निषेध गएिको छ, त्यसलाई पनि खुल्ला गराई दियौं । रुविभ्यालीमा केही पूर्वाधारहरुको विकास हामीले ग¥यौं । केहि संस्थाहरु सँग सहकार्यहरु गरेर प्रोजेक्ट ह्याण्डलिङ ग¥यौं । दुई सय भन्दा बढी मजदुरले ज्याला पाई राखेका थिएनन्, तिनीहरुको ज्याला पाउने अवस्था सिर्जना ग¥यौं । यी विविध कामहरु सँगै हामीले हाइकिङको आयोजना गर्यौ । पचासौं देशको प्रतिनिधित्व गर्ने वाणिज्य दुतहरुलाई बोलाएर नेपालको पर्यटनको प्रवद्र्धन कसरी गर्ने भन्ने बारेमा छलफल गर्यौँ । ६-६ वर्ष देखि टान, नाथम र नेपाल माउण्टेन एकेडेमी सँग सहकार्य गरेर तालिम आयोजना गर्नु पथ्र्यौ त्यो बेला देखि रोकिएको थियो । त्यसलाई हामीले सुचारु ग¥यौं । टान मैले नेतृत्व लिदै गर्दा खेरि साढे चार करोड भन्दा बढी ऋण डुवेको रहेछ । कार्यक्रम गर्ने तर पैसा नतिर्ने स्थिति रहेछ । पैसाकै कारणले टान निकम्मा भएको अवस्था थियो । टान अहिले आफ्नो खुट्टामा उभिन सक्ने अवस्था छ । अहिले सबैले पत्याउन सक्ने खालको बनाएको छु । मेरै कार्यकालमा ऋणमुक्त संस्था बनाएँ । कर्मचारीको अस्तव्यस्त थियो तिनीहरुको व्यवस्थित बन्ने कोशिस गरिएको छ । अहिले धेरै कुरामा सुधार आएको छ । विषौं वर्षदेखि काम गरि रहेका कर्मचारीहरु न काम गर्ने न कसैले भन्ने नटेर्ने अवस्था थियो । अहिले पनि केहि समस्याहरु त छन् तर धेरै सुधार भइसकेका छन् । मुख्यतः टानले पर्यटनका व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकाय सम्म पु¥याउने हो । विगतका नेतृत्व भन्दा मैले बढि काम गरेको जस्तो मलाई लाग्छ । विगतका नेतृत्वले उठाएका एजेन्डा पूरा गर्न नसकेकै कारण टान कमजोर भएको भन्ने बुझाई छ नि ? कति पनि सुनुवाई भएनन् भन्नु गलत हो । टानको सदस्यता संख्या पनि ठूलो छ । टिम्सको रकमको बारेमा विगत चार पाँच वर्षदेखि वहस छलफल हुँदै आएको छ । यसै कारणले पनि टान अलि विवादित हुन पुगेको हो । अर्को कुरा अलि बढि राजनीति पनि हुने, व्यवसायिक ढंगले नेतृत्व लिने भन्ने राजनीतिक ढंगले अगाडि बढ्ने थियो । कसैको दवावमा परेर काम गर्ने लगायतका कारणले टान अलि विवादित बन्यो । तर मैले हस्तातरण गर्दै जाँदा टानलाई फेरि मान्छेहरुले सकरात्मक ढंगले बुझ्ने खालको बनाएको छु । नेपालको सबैभन्दा सम्बृद्ध र शसक्त संस्था हो भनेर चिन्ने वातावरण हामीले सिर्जना गरेका छौं । व्यवसायिक हितमा आएका टिम्सका एजेन्डामा अझै बहसै मात्र गर्ने की समस्याको समाधान पनि खोज्ने ? समाधान गर्ने भनेर म आए देखि नै लागि रहें । बल्लबल्ल पाँच जनाको एउटा कार्यदल बनेको छ । पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल बनेको छ । यो कार्यदलले अब आफ्नो प्रतिवेदन बनाउँदै छ । एक डेढ हप्ता भित्र यो प्रतिवेदन तयार भएर सबैको लागि समस्या समाधान हुने र आउने दिनहरुको टिम विवादरहित ढंगले कार्यान्वय हुने खालको प्रतिवेदन तयार गरेर सचिवलाई बुझाउनेछांैं । मन्त्रालयमा सर-सल्लाह गरेर त्यो समस्या समाधान गर्नका लागि कार्यान्वयनमा जाने वातावरण बन्छ । टिम्सलाई अझ शसक्त रुपमा कार्यान्वयन गर्नु पर्छ । अब टानमा नयाँ नेतृत्व आउँदैछ । कस्तो नेतृत्व आउनु पर्छ ? तपाईँ कसलाई अगाडि बढाउँदै हुनुहुन्छ ? व्यवसायीको मर्म भावना बुझेको, टानलाई पनि अझ निरन्तरता दिन सक्ने खालको नेतृत्व नै आउँछ भन्ने मैले विश्वास लिएको छु । राम्रो नेतृत्व आउनु हुन्छ । राम्रो नेतृत्व ल्याउनका लागि मेरो पनि केहि जिम्मेवारी हुने गर्दछ । त्यसमा म पनि गृहकार्य गरी रहेको छु । आशा गरौं आउने टानको नेतृत्व एकदमै शसक्त,टानलाई बुझेको, नेपाली पदयात्रा राम्रो सँग बुझेको, मार्गनिर्देशन राम्रो गर्न सक्ने, सबैसँग समन्वय गर्न सक्ने, व्यवसायिकहरुलाई एकतावद्ध बनाउने खालको व्यक्ति आउनुहुन्छ । टानमा वर्सेनि व्यवसायिक भन्दापनि राजनीतिक नेतृत्व हाबी हुन थाल्यो भन्ने आरोप पनि छ नि ? हुन त संसारमा सबै चिजको कुरा छिनोफानो राजनीतिले नै गर्छ । स्वस्थ राजनीति हुनु राम्रो कुरा हो । केहिदिन अगाडि टानका पूर्व अध्यक्षहरुलाई बोलाएर प्रस्ताव राखेको छु । अब सर्वसम्मत नेतृत्व चयन गर्नको लागि तपाईहरुले भूमिका खेलि दिनु पर्यो । सहयोग गरिदिनु पर्यो, चुनावमा नजाऔं, जाने भए समुह बनाएर गए भयो । राजनीतिक आस्था र विचारका भरमा अगाडि नवढौं । यसले बढी तिक्तता ल्यायो । व्यवसायिक मान्छेले आउन सकेनन् भन्ने पनि साथीहरुलाई चिन्ता भएको हुनाले मैले आब्हान गरेको छु । अहिले पनि म वार्ता सम्वादमा छु । हेरौं यो वार्ता सम्वादले कतिको सार्थकता पाउँछ । मेरो प्रयास चाहिँ सर्वसम्मत व्यवसायिक नेतृत्व ल्याउनका लागि नै हुन्छ । हामी नेपाल भ्रमण वर्ष २०२० मा छौं । पर्यटन व्यवसायीहरु भ्रमण वर्षको कार्यान्वयन उप–समितिप्रति असन्तुष्ट छन् भन्ने कुरा सुनिन्छ । तपाईँहरु असन्तुष्ट किन ? त्यस्तो छैन । नेपाल भ्रमण वर्ष २०२० घोषणा गरियो त्यसमा हामी सबै उत्साहित थियौं । सही समयमा भयो भन्ने पनि लागि रहेको थियो । यसमा मूल समिति र अर्को कार्यक्रम कार्यान्वयन उपसमिति पनि छ । तिनीहरुमा पर्यटन व्यवसायीका निजी संस्थाहरु सामेल छन्, केहि छुटेका थिए उनीहरु पनि फेरि थपिएका छन् । एक समय उपसमितिले केहि गति नलिन सकेपनि पुनः नयाँ मन्त्री आउनु भएको छ । बैठक छलफलहरु भइरहेका छन् । जति बाहिर हल्ला भइरहेको छ, व्यवसायीहरु त्यस्तो असन्तुष्ट छैनन् । हामी सहयोग गर्न तयार छौं भनेर सबै पर्यटन व्यवसायीहरु भन्नुहुन्छ । नेपाल सरकारले २०२० मा २० लाख पर्यटकहरु भित्र्याउने भनेको छ, २० लाख कस्ता खालका पर्यटक हुन् । हामी गुणस्तरमा ध्यान दिन्छौं कि संख्यामा ? हामी यी दुवैमा ध्यान दिन्छौं । संख्याको मात्रै कुरा गरेर मात्रै हुँदैन । हामीले पर्यटक खोजेको हो । जसले खर्च गर्छ, रोजगारी सिर्जना गर्छ, जसले हामीबाट सेवा सुविधा लिन्छ त्यस्तो पर्यटक हामीले खोजेको हो । संख्याले मात्र हुँदैन । संख्याको साथ–साथै पर्यटकहरुको गुणस्तर कुरा पनि हो । हामीले १९९८ र २०११ मा पनि भ्रमण वर्ष मनायौं । तर, ती त्यति सोचेअनुरुप जस्ता भएनन् । अब नेपाल भ्रमण वर्ष २०२० सफल होला र ? ती भ्रमण वर्ष आशिंक सफल भए । त्यतिखेरको राजनीतिक अवस्था अस्थिर थियो । सरकार परिवर्तन हुन्थ्यो । राज्यले निजी क्षेत्रलाई हेर्ने नजर फरक थियो । त्यस्तो बेलामा आशिंक सफल भयो भने अहिले त्यो अवस्था बदलिएको छ । देश स्थायी ढंगले अगाडि बढिरहेको छ । राज्यले पनि पर्यटनलाई अलि महत्व दिएको जस्तो छ । त्यो बेलाको भन्दा अहिले सफल हुन्छ । मान्छेको भ्रम के छ भने भ्रमण वर्ष २०२० भन्ने वितिकै सबै यसले नै पुर्याई दिन्छ भन्ने छ । हामी २०१९ मा तयारी गछौं । २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं भने २०२१ मा ३० लाख पर्यटक भित्र्याउँछौं । तपाईँ एक जिम्मेवार व्यक्ति हो । अबको नेतृत्व चयन गर्ने तपाईँको पनि मुख्य भूमिका हुन्छ । टानमा अब कस्तो व्यक्ति आउँछ ? यसमा हामी सबै इमान्दार हुनुपर्छ । सबै राजनीतिक विचारसँग त आवद्ध हुन्छन् नै त्यस सँगसगै बढी अनुभवि व्यवसायी र व्यवसायिक धर्म, मुल्य मान्यतालाई आत्मसाथ गर्ने खालको नेतृत्व आउछ भन्नेमा म विश्वस्त छु ।
सुर्खेतमा बस दुर्घटना हुँदा तीनको मृत्यु, २७ घाइते
सुर्खेत । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । त्यस्तै, २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन् । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ । रासस
नवलपरासीमा प्राथमिक अस्पताल बनाउने प्रक्रियामा नेपाल सरकार
काठमाडाैं । नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको वडाध्यक्ष नीलकण्ठ गैरेले जानकारी दिएका छन् । “अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित छन्”, उनले भने । पूर्वपश्चिम राजमार्गबाट नौ किलोमिटरको दूरीमा रहेको सो स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षौँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी कुलचन्द्र भण्डारीले बताएका छन् । नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले वडा नं ७ र ८ दुर्गम मानिन्छन् । विसं २०५३ मा स्थापना भएको सो स्वास्थ्यचौकीमा अहिले कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकी इन्चार्ज अमृता कँडेलले बताए । “यहाँ बिरामीको चाप नै छ, दैनिक ७०/८० बिरामीले सेवा लिने गरेका छन्, स्वास्थ्यचौकीबाट हामीले ल्याबसहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ”, उनले भने । सुनवलसहित रामग्राम र देवदह नगरपालिकाका केही वडाका बासिन्दा पनि यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ श्ययाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, एक विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरङ्ग सेवा, ‘इन्डोर’ सेवा, प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुने वडाध्यक्ष गैरेले जानकारी दिएका हुन् । रासस
अझै खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
बनेपा । विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो । दुवै सङ्घले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, राष्जिष्ट्रारको कार्यालय, स्कूल अफ साइन्सको डिनको कार्यालय र स्कूल अफ इञ्जिनीयरिङ डिनको कार्यालयमा ताला लगाएको हो । काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष वेदमणि दाहालले आफूहरुले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताएका छन् । स्कूल अफ म्यानेजमेन्टका डिन प्रा. डा. विजय केसीको संयोजकत्वमा प्रा. डा. बालकुन्द्र लुइँटेल र प्रशासन व्यवस्थापन सेवा महाशाखा प्रमुख मुकुन्द उपाध्याय सदस्य रहेको समिति गठन गरेको छ । तर, सो समितिले औपचारिक रूपमा भने वार्ता शुरु नगरेको आन्दोलनरत पक्ष र वार्ता समितिले जनाएको छ । वार्ता समितिका संयोजक केसीले औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा कुराकानी भइरहेको बताएका छन् । आन्दोलनरत पक्षले भने वार्ताका लागि गठित समिति अधिकारसम्पन्न नभएको र त्यसले गर्ने सम्झौता विश्वविद्यालय नेतृत्वले कार्यान्वयन गर्छ भन्ने विषयमा ढुक्क नभएकाले त्यसको ग्यारेन्टी नगरेसम्म वार्ता गर्न नसकिने जनाएको छ । आन्दोलनरत पक्षले ती कार्यालयमा ताला लगाए पनि नियमित पठनपाठन र कार्यालयको अन्य काममा भने कुनै पनि बाधा नपुर्याइएको जनाइएको छ । रासस
नाडा अटो शोमा टोयोटाका २ हाइब्रीड मोडल सार्वजनिक
काठमाडौँ । टोयोटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलले नाडा अटो शो २०१९ मा दुईवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुईवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले जनाएको छ । हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन्, सइभी मोड जसमा ब्याट्री मात्र खपत भई शुन्य इमीसन हुन्छ, इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ । नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ किमि प्रति लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यो सवारीको मुल्य रु. १३,४००,०००/– रुपैँया रहेको छ । यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यस सवारीको मुल्य रु. १३,१००,०००/– रुपैँया रहेको कम्पनीले जनाएको छ ।