विकासन्युज

नेपालमै पहिलोपटक सिभिल बैंकले ल्यायोे ‘किस्ताबन्दी बचत योजना’, मासिक बचत, एकमुष्ट फिर्ता

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाली बैंकहरुकै इतिहासमा नौलो निक्षेप योजना ल्याएको छ । बचत खाता र मुद्दती खाताको विशेषतालाई एउटै खातामा समेट्दै बैंकले ‘किस्ताबन्दी बचत योजना’ सार्वजनिक गरेको हो । उक्त बचत योजना अनुसार कुनै बचतकर्ताले भविष्यको कुनै कालखण्डमा आवश्यक पर्ने रकमको जोहो आजैदेखि किस्ताबन्दीमा गर्न सक्नेछन् भने सो अवधि पूरा भएपछि एकमुष्ट रुपमा सो रकम प्राप्त गर्नेछन् । यो योजना १ वर्षदेखि ७ वर्षसम्मको लागि ल्याइएको छ तर ग्राहकको इच्छा र आवश्यकताअनुसार त्यसभन्दा बढी समयावधिको लागि पनि त्यस्तो बचत योजना सञ्चालन गर्नसक्ने बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सिभिल बैंक प्रदेश ३ का प्रमुख भोलाबहादुर विष्टले सो योजनाको उद्घाटन गरेका हुन् यद्यपि यो योजना बैंकका देशभर रहेका शाखा कार्यालयमा लागु हुने जनाइएको छ । कस्तो छ योजना ? बैंकले सार्वजनिक गरेको सो बचत योजनाले समयावधि र प्रतिमहिना बचत गर्ने किस्ताबन्दीको रकमअनुसार समयावधिपछि भुक्तानी हुने रकम निर्धारण गरिएको छ । जस्तै प्रतिमहिना ७९६७ रुपैंया बचत गरेमा बचतकर्ताले १ बर्षपछि एकमुष्ट रुपमा रु १ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् । त्यस्तै, मासिक ५१३५ रुपैंया बचत गर्दैजाने बचतकर्ताले ४ वर्षपछि एकमुष्ट रुपमा ३ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् । बैंकले ७ बर्षसम्म मासिक ८३४७ रुपैंया बचत गर्नेलाई सो समयपछि १० लाख दिनेछ । यस्तो योजनाअनुसार बचतकर्ताले आफ्नो क्षमताअनुसार रु १००० रुपैंयादेखि अधिकतम जतिपनि रकम राख्न सकिने बैंकका प्रदेश ३ प्रादेशिक कार्यालयका प्रमुख विष्टले बताए । उक्त योजनाअनुसार बचत गरेकालाई आवश्यक परेमा सो खाताको धितोमा ऋण दिने, नियमित रकम जम्मा गर्ने अक्षमतामा रकम फिर्ता हुने व्यवस्था समेत रहेको जनाइएको छ । मुद्दती निक्षेपमा भन्दा बढी प्रतिफल बैंकले यो स्कीमबाट प्राप्त हुने ब्याज कति हो भन्नेबारे केही खुलाएको छैन तर बैंकले ल्याएको योजना हेर्दा योजनाको प्रतिफल मुद्दति निक्षेपको भन्दा बढी देखिएको छ । बैंले ल्याएको ती योजनाहरुको एफभीआईएफए क्याल्कुलेटर अनुसार ती योजनाहरुको प्रतिफल दर १० प्रतिशतको हाराहारीमा हुने देखिएको हो ।

बज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले बजारमा ल्यायो “फेस्टिफल अफर ”

काठमाडौं । यस वर्षको दसैं चाडलाई लक्षित गर्दे बज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले दसैं “फेस्टिफल अफर ” नामक नयाँ ग्राहक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेज्का आउटलेटहरु (वानेश्वर, लगनखेल, ढोलाहिटी र पोखरा ) बाट बाथरुममा प्रयोग हुने सामानहरु किन्दा बिभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् । जस्तै– कुनै ग्राहकहरुले एक कमोडको खरिदमा अर्काे एक कमोड सितैमा प्राप्त गर्नेछन् (बाइ वान गेट वान फ्रि । त्यसैगरी उपभोक्ताहरुले अन्य वाथरुममा प्रयोग हुने सामानहरु खरिद गर्दा गिफ्ट ह्याम्पर , क्यास् ब्याक र बिशेष सहुलियत जस्ता सुविधाहरु पनि प्राप्त गर्नेछन् । यस उपहार योजना आफ्ना ग्राहकवर्गको हितलाई ध्यानमा राखी उनीहरुलाई बढी भन्दा बढी फाइदा प्रदान गर्ने उदेश्यले ल्याएको र यसले उनीहरुको हामी प्रतिको विश्वासलाई अझै प्रगाढ बनाउन मद्दत पुग्ने कम्पनी स्रोतले बताएको छ । यसरी, वज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले कोहलर, हिन्दवेयर, सोमनी, जाकोर र सिआरडब्लुजस्ता ख्याती प्राप्त स्यानिटरी व्राण्डहरुको नेपालमा बिक्री बितरण गर्दै आएको छ ।

उडिरहेको हेलिकोप्टरबाट खस्यो सिरककाे पाेकाे

सोलुखुम्बु । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान कम्पनीको लापरवाहीका कारण सामग्री झरेको उनीहरुको आरोप छ । प्रमुख निल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् । स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले जानकारी दिए । कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उनले बताए । कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताएका छन् । नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उनको प्रतिबद्धता छ । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए । विगतका दिनमा समेत सामान झर्ने गरेको बताइएको छ । रासस

आरएसडीसी लघुवित्तले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणका लागि राष्ट्र बैंकसंँग स्वीकृति माग गर्ने र स्वीकृति पश्चात आगामी छैठौँ वार्षिक साधारण सभाको बैठकबाट पारित पछि वितरण हुने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत दामोदर जोशीले जनाएका छन् ।

पोखरा फाइनान्सले जित्यो चौथो आइटि ग्रुप कर्पाेरेट फुटसल उपाधी

काठमाडौं । पोखरामा आयोजित “चौथो आइटि ग्रुप फुटसल प्रतियोगिता” मा पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता रहेको थियो । उक्त खेलमा सर्बाेकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद रु २५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो साथै उपविजेता टोलीलाई नगद रु १५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो । पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताएका छन् ।

‘दशैंको बेला सस्तो मेला ’ नाराका साथ भृकुटीमण्डपमा असोज २ गतेबाट स्टक क्लियरेन्स मेला

काठमाडौं । दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म चल्नेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । ‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् ।’ इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ । स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडाको एक्स्पो पनि सञ्चालन हुनेछ । नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ लाई नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो । यो मेलाको व्यवस्थापन पनि इभेण्ट सोलुसन प्रालिले गर्नेछ । मेलाको सबै तयारी पुरा भएको छ । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए । ६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफ कर्मश र भक्तपुर चेम्बर अफ कमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् ।

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५ लाख सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गरेका थिए हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यस विकास बैंकले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

काबुलमा मारिएका दुई नेपालीको शव ल्याउन प्रचण्डको पहल

चितवन । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रवार पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेको हो । यस विषयमा दाहालले चासो दिएर नियमित रुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिए । उनको टेलिफोन लगत्तै शनिबार उनीहरूको मृत्युको प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन् । ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परि मृत्यु भएको थियो । विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन्। मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् । रासस