विकासन्युज

मेटलाईफका ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गर्ने अवसर

काठमाडौं । मेटलाईफ नेपालले बीमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । यो अभियानसगै कम्पनीले व्यतित बीमालेखहरुको बक्यौता बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गरेको जनाएको छ । ५ वर्षभित्रका व्यतित बीमालेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क नलाग्ने र व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिसत छुट हुने जनाइएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफ्नो र आफ्नो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्ने बताए । यो अभियान मिति २०७६ भदौ २४ गतेदेखि सीमित अवधिको लागि हुने जनाइएको छ ।

फर्निचर एक्स्पो बुधबारदेखि, सबै तयारी पूरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । फर्निचर तथाफर्निसिङ एक्स्पो(फर्नेक्स २०१९) को सबै तयारी पूरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघकाअनुसार एक्स्पोको सबै तयारी पूरा भएको हो । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार बुधबार उपराष्ट्रपति नन्दकिशोर पु्नले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदैछ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी पूरा भएको बताए । ‘विगत वर्षको तुलनामा अझै परिस्कृत रुपमा एक्स्पोको तयारी गरिएको छ । १ सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन् ।’ प्रबन्धनिर्देशक प्रधानले  भने । फर्नेक्स २०१९ को शीर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसिएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्रीप्रदर्शनीको मुख्यआकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्नेछ ।

एसीजीको एजीएम अर्थमन्त्रीले मंगलबार उद्घाटन गर्ने

काठमाडौँ । एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एसिया प्यासेफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप(एसीजी)को २३ औं वार्षिक साधारण सभा भदौ २३ गतेदेखि २६ गतेसम्म हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आयोजनामा हुन लागेको साधारण सभाको अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ २४ गते उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, प्राध्यापक विजय केसी, सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउद, एसीजीका अध्यक्ष तथा कोरिया सेक्युरिटिज डिपोजिटरीका प्रमुख डा. भ्युङ्ग्रेही ली र नेपाल राष्ट्र बैंकका प्रतिनिधि लगायतकाले संबोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको चापागाउँमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११२औँ शाखा ललितपुरको चापागाउँमा संचालनमा ल्याएकोे छ । उक्त शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ । यस नयाँ शाखासहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सिनामंगलमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले सोमबार काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको सञ्चालन गरेको छ। उक्त शाखाको अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको हो। बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै अवस्थित छ। हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै, यस आर्थिक वर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २६ अर्ब बढी लगानी गर्न सफल भएको छ ।

एकैदिन सिद्धार्थ बैंकको तीन शाखा कालोपुल, नरदेवी र दुधौलीमा

काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो नयाँ शाखा विस्तार गर्ने क्रममा सोमबार काठमाडांैको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटिएम र १ हजार ५ सय भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंकको नयाँ शाखा सुनसरीको कालाबञ्जरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा भदौ २३ देखि सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालयको सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरेका हुन् । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा टेवा पुर्याउँदै आएको छ । बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ एटिएममार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

डिशहोमको ‘रिचार्ज गरी खुसी वर्ष भरी’ योजना सार्वजनिक

काठमाडौं । डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागी विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरु जस्तै यसपाली पनि डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारि छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईन मार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ । बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहेको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिक प्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ । फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध छ । फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतका प्याकेज र एड अन प्याकेजको वारेमा विस्तृत जानकारी डिशहोमको आधिकारीक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । नेपाल भर सम्पुर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री संजाल, नेपाल भर २४ घण्टा भित्र (भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक) मर्मत तथा बिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप वक्समा लाईफ टाईम वारेन्टी, मोवाइल एप, ग्राहकको सुविधाको लागी ग्राहक सेवा प्रतिनिधी संग कुरा नगरि डिशहोमको सुविधा लिन सकिने आईभिआर सेवा, एस एम एस सेवा, आफ्नो आवश्यकता अनुसार छानी छानी लिन सकिन्छ । मिल्ने विभिन्न एचडी तथा एसडी प्याकेजहरु, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि लगायत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपाली चलचित्र आफुले चाहेको समयमा हेर्न सकिने पे पर भ्यू सेवा लगायतका सेवा सुविधा प्रदान गरिरहेको डिशहोम नेपालकै उत्कृष्ट टेलिभिजन सेवा प्रदायक हो ।