विकासन्युज

नेपालमा हरेक दिन १६ जना व्यक्तिको मृत्‍युको कारण आत्महत्या, मानसिक रोग मुख्य कारण

काठमाडौं। नेपालमा हरेक दिन १५ देखी १६ जना व्यक्तिको मृत्‍युको कारण आत्माहत्या रहेको खुलेको छ। सोमबार विश्व आत्माहत्या दिवसलाई मध्यनजर गर्दै संचालन गरिएको कार्यक्रममा नर्सर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले यस्तो बताएको हो। विभिन्न अध्ययनको अनुसार विश्वमा सबैभन्दा बढी आत्माहत्या हुने ठाउँमा नेपाल सातौं स्थानमा पर्दछ भने महिला आत्माहत्याको संख्यामा नेपाल तेस्रो स्थानमा पर्ने गर्दछ। यस्तै नेपालमा गरिएको २००८-२००९ को अनुसन्धान अनुसार १६ देखी ४९ बर्षको प्रजनन् उमेर समुहको महिलाहरुमा आत्माहत्या मृत्‍युको प्रमुख कारण देखाएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक बर्ष ८ लाख मानिसको मृत्‍यु आत्महत्याको कारण हुने गर्दछ। यस बाहेक हरेक बर्ष आत्महत्या गर्न खोज्ने मानिसको संख्या अझै बढी छ । विश्वमा मृत्‍युको प्रमुख २० कारण मध्ये आत्माहत्या पनि एउटा कारण हो। त्यस्तै आत्माहत्या गर्ने ९० प्रतिशत कारण मानसिक रोग रहेको छ। विश्वमा १० बर्ष देखी २४ बर्ष उमेरका युवायुवतीको मृत्‍युको दोस्रो ठूलो कारण आत्महत्या गर्नु हो।  अनुसन्धान अनुसार एक जना व्यक्तिको आत्माहत्याको कारण उसँग सम्बन्धित १३५ जना व्यक्ति प्रभावित हुने बताउँछ। आत्माहत्याको कारण बहुआयमिक हुन्छ। आत्माहत्या गर्न ९० प्रतिशत जनसंख्यामा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ। मानसिक रोगमा जस्तै उदासिनताको रोग (डिप्रेसन) सबैभन्दा प्रमुख कारण हो। पहिले पनि आत्माहत्याको प्रयास गरेको मानिसहरुले आत्माहत्या दोहोर्याउने सम्भावना सामान्य भन्दा धेरै हुन्छ। त्यो सँगै जीवन प्रति लगातार नैराश्यता व्यक्त गर्ने मानिसहरु, वा हिंसाका घटनामा भेदभाव अनुभव गरेका व्यक्तिहरुमा आत्माहत्या गर्ने सम्भावना बढी हुन्छ। समाजमा रहेको सबै मानिसहरुको प्रयत्न भएमा आत्माहत्या धेरै मात्रामा रोकथाम गर्न सहयोग सकिन्छ। मानसिक रोगको उपचार गर्नाले धेरै मात्रामा आत्माहत्याको रोकथाम हुन्छ। आफुमा अथवा आफुले चिनेको आत्माहत्याको सोच अथवा प्रयास गरेको थाहा पाएमा नजिकको मानसिक रोग बिशेषज्ञकोमा लिएर जाँदा आत्माहत्या गर्नबाट रोक्न सकिन्छ।

राष्ट्र बैंकको नियम: कर्जाको ब्याजदर घटाउन पाउने, बढाउन नपाउने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब ६ महिना अगावै कर्जाको ब्याजदर घटाउन पाउने बढाउन नपाउने सुविधा दिएको छ । बैकले एकीकृत निर्देशन जारी गर्ने क्रममा जारी गरेको निर्देशनमा यदि बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको कर्जाको ब्याजदर घटाउनु पर्ने अवस्था आएमा प्रिमियम दर घटाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकले यस्तो प्रिमियम दर ६ महिनाभन्दा कम समयमा परिर्वतन गर्न सक्ने बाटो खुला गरिदिएको हो । बैंकहरूले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियम दर तय गरी त्रैमासिक कर्जा तथा सापटको ब्यादजर निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यसरी ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

सनराइज फस्र्ट म्युचुअल फण्डले दश करोड इकाई बिक्री गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौँ । सनराइज बैंक लिमिटेडद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ २३ गते उक्त संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, प्राध्यापक पूर्णमान शाक्य र सिए सुधिरकुमार शर्मा रहेका छन् । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटलमार्फत अंकितमूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

अब ५ दिनभित्र धितो फुकुवा गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५ दिनभित्र कर्जा लिँदा राखेको धितो ५ दिनभित्र फुकुवा गरिसक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाले लगानी असुल उपर गरेकोे ५ दिनभित्र सुरक्षण वापत राखिएको धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो । एक करोड रुपैयाँभन्दा कम रकमको चालु प्रकृतिको कर्जा प्रवाह तथा नवीकरण नो अब्जेक्शन लेटर प्राप्त भएको ५ कार्यदिनभित्र उपलब्ध गराइसक्नु पर्नेछ । यदि नो अब्जेक्शन लेटर उपलब्ध नगराउने भएमा सो सम्बन्धि जानकारी माग पत्र जारी गर्ने संस्थालाई ५ दिनभित्र गराइसक्नु पर्नेछ ।

नागभुषण महादेव मन्दिरलाई जनता बैंकको १ लाख ५० हजार सहयोग

काठमाडौँ । जनता बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको जनाइएको छ ।

बैंकबाट ऋण लिनेले अरुलाई ऋण दिन नपाउने, दिएको पाइए यस्तो हुन्छ कारबाही

काठमाडौं । कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई ऋण दिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा भएको खराब कर्जा कायम गर्ने व्यवस्था संशोधन गर्दै त्यसरी कर्जा दिएको पाइएमा त्यस्तो कर्जालाई तत्कालै खराब कर्जामा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने भएको हो । कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ऋण नतिरी कालोसूचीमा पर्ने संस्थाले अर्को व्यक्ति वा संस्थाको उपयोग गरी फेरि बैंकबाट ऋण लिने र सो व्यक्ति वा संस्थाको ऋण पनि अपचलन गरिदिने प्रवृत्ति निरुत्साहन गर्न यस्तो व्यवस्था गरिएको हो । यदि कसैले त्यस्तो गरेको पाइएमा सो कर्जा तुरुन्तै खराब कर्जामा रुपान्तरण हुनेछ भने सो व्यक्तिलाई कालोसूचीमा उक्त व्यक्तिको धितो सम्पत्ति लिलामीको प्रक्रिया तत्कालै सुरु हुनेछ भने खराब ऋणीको जस्तै कारुरबाही समेत हुनेछ । तर पहिले नै लिइएको ऋण तिर्ने वा अन्य आवश्यक क्षेत्रमा लगानी गर्न भने यो निर्देशनले बाधा पुर्याउने छैन ।

प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजीका सामाग्री खरिद गर्दा आकर्षक छुट

काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा छुटको व्यवस्था गरेको छ । सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टायल शोरुम बाट टिभी, फ्रिज वाशिङ मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुने जनाइएको छ ।

सोमबारबाट बिक्री शुरु भएका हिरोका तीन नयाँ मोडल यस्ता छन्, मूल्य कति ?

काठमाडौँ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोका दुई नयाँ उत्पादन ‘एक्सपल्स टी’ र ‘एक्सट्रिम २०० एस’ र त्यसैगरी प्लेजर स्कुटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ को विक्री सोमबारबाट शुरु गरेको छ । भारतमा केहि महिना अघि सार्वजनिक भएका यी तीन मोडलहरुलाई हालसालै नेपालमा सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा पनि शोकेस गरिएको थियो । आउनुस जानौं यी तीन मोडलहरुको वारेमाः एक्सपल्स २०० टी यो मोटरसाइकल हिरोको नयाँ अफरोडिङ्ग मोटरसाइकल ‘एक्सपल्स २००’ को टुरिंग भर्जन हो । यसको टुरिंग विशेषतालाई ध्यानमा राखेर हिरोले यसमा १७ इञ्च अलोए व्हिल्स र रोड टायर्स दिएको छ । एक्सपल्स २०० को भन्दा कम सीट हाइट भएको हुनाले यो मोटरसाइकल सानो हाइट हुनेहरुले पनि रुचाउँछन् भन्ने अनुमान गरिएको छ । सेफ्टि फिचरका रुपमा सिंगल च्यानल एबीएस दिइएको यस मोटरसाइकलमा डुअल डिस्कब्रेक पनि दिइएको छ । त्यसैगरी एक्सपल्स २०० टीमा रहेको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,३२,००० तोकिएको छ । एक्सट्रिम २०० एस हिरोको केहि वर्षअघिको लोकप्रिय मोडल ‘करिज्मा’ को दवदवा पछिल्लो समयमा फितलो हुँदै गएपछि हिरोले आफ्नो स्पोर्टी सेग्मेन्टलाई पूनः बलियो बनाउन ‘एक्सट्रिम २०० एस’ बजारमा ल्याएको हो । यो मोटरसाइकल बजारमा विक्री भइरहेको ‘एक्सट्रिम २०० आर’ को फेयर्ड भर्जन हो जसमा सो बाइकमै प्रयोग भएको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनको प्रयोग गरिएको छ । यो इञ्जिनले १८.४ पिएसको पावर र त्यसैगरी १७.१ एनएमको टर्क प्रोड्यूस गर्छ । अन्य फिचर्सको रुपमा यसमा एलईडी हेडलाइट, एलईडी टेललाईट र ब्लूतुथ कनेक्शन सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर पनि दिइएको छ । त्यसैगरी १४९ के.जी.को कर्ब वेट रहेको यो बाईकमा डुअल डिस्कब्रेकका साथै सिंगल च्यानल एबीएस पनि दिइएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,२२,००० तोकिएको छ । प्लेजर प्लस बजारमा प्लेजर स्कूटरको लोकप्रियता घट्दै गएपछि पूनः पकड जमाउन हिरोले केहि फेरवदलका साथ सो स्कूटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ बजारमा ल्याएको हो । फेरवदलका रुपमा हिरोले प्लेजर प्लसमा पावरफूल इञ्जिन र रेट्रो लूक्सका साथै केहि नयाँ फिचरहरु पनि समावेश गरेको छ । यो स्कूटरको ११०.९ सीसीको नयाँ इञ्जिनले ८.१५ पीएसको पावर र ८.७ एनएमको टर्क प्रोड्यूस गर्छ भने यसको कर्भी प्यानल र ठूलो हेडलाइटले यसलाई रेट्रो लूक्स प्रदान गरेको छ । अन्य स्पेशल फिचरहरुको रुपमा यसमा अपडेटेड एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, ओपन ग्लोव बक्स कम्पार्टमेन्ट, यूएसबी चार्जिंग पोर्ट, इन्टिग्रेटेड ब्रेकिंग सिस्टम र त्यसैगरी बुट लाइट समेत समावेश गरेको छ । नेपाली बजारमा यो स्कुटरको मूल्य रु.१,८६,००० तोकिएको छ ।