विकासन्युज

फर्निचर एक्स्पोको अवसरमा २५ प्रतिशत छुट दिइरहेका छौँ-आषिश स्याङ्तान

नेपालमा थाईल्याण्ड, चीन, भारत र मलेसियाबाट फर्निचरका सामाग्री आउने गरेका छन् । भन्सारमा समस्या हुने गरेको छ । घर-कार्यालय सबै ठाउँमा आवश्यक हुने भएकाले फर्निचर सामाग्रीको मूल्य निम्न वर्गले प्रयोग गर्न सक्ने किसिमको हुनुपर्छ । यसै विषयमा फर्निचर ल्याण्डका मार्केटिङ म्यानेजर आषिश स्याङ्तानसँग विकासन्युजले गरेको कुराकानीः फर्निचर ल्याण्डले कुन वर्गमा लक्षित गरेर सामान ल्याउने गरेको छ ? मध्यमवर्गमा लक्षित छौँ । बेडरुम सेट हामीले बेच्छौँ । सिङ्गल बेडको नै ७५ हजार रुपैयाँ पर्छ । हाल थाइल्याण्डबाट ल्याइएको एक सेट कोठाको सामान ९९ हजार रुपैयाँमा आउँछ । तपाईँहरुले फर्निचर एक्स्पोमा उपभोक्तालाई कति छुट दिनु भएको छ ? हामीले हाम्रो ब्रान्डको सबै सामानमा २५ प्रतिशत छुट दिएका छौँ । यो छुट दशैँ, तिहार र छठसम्म रहेको छ । यस एक्स्पोले ब्राण्डको बारेमा राम्रोसँग जानकारी दिने हो । कुन देशबाट आयात बढी हुने गर्छ ? सबैभन्दा धेरै आयात हामीले थाइल्याण्डबाट गर्दै आएका छौँ । लेदरको सोफा नेपालीले रुचाएका छैनन् । तपाईँहरुले ल्याउनु भएको पछिल्लो सामान के हो ? होलबेड रुम सेट नै हाम्रो पछिल्लो सामाग्री हो । भारतीय बेडसेटको २ लाख चानचुन सम्मको सामान हामी कहाँ छ । तपाईँहरुको सामानमा विषेशता के छ ? हामीले नेपालमा बेच्ने सामानमध्ये लेदरको सोफा राम्रै मानिन्छ । कन्टिनेन्टल भन्ने सोफा हामीले बिक्री गर्दै आएको छौँ । फाईबर जडित भएकाले ग्राहकहरुको आकर्षण राम्रै छ । तपाईँहरुको शाखा सञ्जाल कतिवटा छन् नि ? हाम्रो शाखा सञ्जाल हाल काठमाडौँ उपत्यका भित्र ३ वटा रहेका छन् । शाखाहरु ब्लूवर्ड कम्प्लेक्स, माईतीघर मण्डला र महाराजगंजको भाटभटेनीमा रहेको छ । उपत्यका बाहिर भने पोखरामा रहेको छ । उपभोक्ताको प्रतिक्रिया कस्तो पाउँदै आउनु भएको छ नि ? अहिले उपभोक्ताको प्रतिक्रिया राम्रो छ । बाहिरबाट आएको सामानमा कहिले काही केही असन्तुष्टि पाइन्छ । तर अन्य कुरामा भने उपभोक्ताले त्यस्तो नराम्रो केही भन्नु भएको छैन । १० करोडको हाराहारीमा हामीले वार्षिक व्यापार गर्दै आएका छौँ । कर्मचारी संख्या कति छ ? हामीसँग जम्मा ५४ जना कर्मचारीहरु हुुनु हुन्छ ।

फाइबरको कुर्सी र टेबल प्रयोग गर्ने मानसिकता विकास भइरहेको छः रोहित टेक्रिवाल

नेपालमा अहिले बिस्तारै प्लास्टिकका टेबुल र कुर्सी बिस्थापन हुँदै फाइबरको कुर्सी र टेवल प्रयोग गर्ने ट्रेण्डको विकास हुँदै गहिरहेको छ । प्लास्टिक र फाइबरमा के फरक छ । उपभोक्ताले किन फाइबरको फर्निचर प्रयोग गर्ने ? सुप्रिम फाइबरका म्यानेजिङ डाइरेक्टर रोहित टेक्रिवालसँग विकासन्युजले गरेको कुराकानीः कस्तो फर्निचर राम्रो होला ? पैसा र टिकाउ दुबैलाई हेर्नु पर्छ । हामीले राम्रो वा टिकाउभन्दा पनि सस्तो फर्निचर खोजिरहेका छौँ । एकपटक पैसा हालेपछि केहि समयमा नै त्यो फर्निचर प्रयोगविहीन हुने अवस्था आयो भने त्यो उपभोक्तालाई नोक्सान हो । खासमा हामीले कसरी छनौट गर्छौं भन्ने कुरा महत्वपूर्ण हो । साथसाथै आफ्नो घरको रुपरेखा कस्तो छ ? भित्ताको रंग कस्तो छ ? घरलाई कुन किसिमको सजावटमा ढालेका हो, त्यसैमा आवश्यक फर्निचर पनि निर्भर रहन्छ । सुप्रिम फाइबरको फर्निचर किन उपभोक्ताले प्रयोग गर्ने ? फाइबर बलियो र टिकाउ हुने कारणले नै उपभोक्ताले प्रयोग गर्ने हो । यो प्लास्टिकको पहिलो दाना बाट उत्पादन हुने भएकाले यो बलियो र किफायती हुने गर्दछ । सुप्रिम फाइबरको बजार कस्तो छ ? उपभोक्ताले फाइबरको बारेमा बुझेका छैनन् । फाइबरलार्इ नै उनीहरुले प्लास्टिक भनेर बुझेका छन् । पहिलो फाइबरका फर्निचरका बारेमा बुझनु आवश्यक छ । अहिले प्लास्टिकका सामाग्री उत्पादन गर्ने उद्योगहरु पनि फाइबरमा रुपान्तरण हुन थालेका छन् । त्यसैले पनि फाइबरको बजार बिस्तर हुने क्रममा छ । सुप्रिमले कुन कुन फर्निचर बिक्री गर्छ ? अहिले हामीले सुप्रिमको फाइबर कुर्सी र टेबल, स्टडी टेबल, होटल लगायतका ठाउँमा प्रयोग हुने सामानहरु बिक्री गरिरहेका छौँ । यो भारतीय कम्पनी हो, यो कम्पनीले घरायसी सामाग्रीहरुको पनि उत्पादन शुरु गरेको छ । प्लास्टिकको सामान र फाइबरको फर्निचरमा के फरक छ ? प्लास्टिकको सामान्य कुर्सी २ वर्ष टिक्छ भने फाइबरको कुर्सी १० वर्ष मजाले प्रयोग गर्न सकिन्छ । मूल्यमा पनि प्लास्टिकको सामान्य कुर्सीलाई ८ सय पर्छ भने फाइबरको कुर्सी २४ सय पर्छ ।

श्रीमती हत्या गर्ने फरार अभियुक्त १५ वर्षपछि पक्राउ

गौशाला । श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का फरार अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए । प्रहरी निरीक्षक किशोर अचार्यले  रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिएका छन् । विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

सरकारी नीति व्यापार मैत्री बन्न आवश्यक: हलेसि डेकोरका संचालक हेमराज कार्की

हलेसी डेकोरका सामानहरुले ग्राहकको मन जितेका छन् । नेपाली उत्पादन किन्दा ग्राहकहरुले नौलोपनको महसुश गरेको सञ्चालक हेमराज कार्की बताउँछन् । हलेसी डेकोरका संचालक कार्कीसँग विकासन्युजले गरेको कुराकानी: तपाईहरुले नयाँ उत्पादन केही ल्याउने तयारी गर्नु भएको छ कि ? हामी कुर्सीमा बस्नु राम्रो मान्छौँ, तर त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा चाँही त्यति विचार गर्दैनौँ । सोही कारण हामीले आगामी दिनमा सिङ्गापुरको कम्पनीले भारतमा उत्पादन गरेको सामान नेपाल भित्र्याउने तयारी गरेका छौँ । उक्त कुर्सी बस्दा ग्राहकको स्वास्थ्यमा समेत असर पर्दैन । उक्त कुर्सीमा बस्दा हुने फाइदाका बारेमा हामीले स्वास्थ्य विज्ञहरु मार्फत नै ग्राहकलाई जानकारी गराउने छौँ । ग्राहकहरुले अन्य कुर्सी किन्ने मूल्यमा नै स्वास्थ्यवद्र्धक कुर्सी खरिद गर्न पाउँछन् । हामी फर्निचर मेलामा बेच्न भन्दा पनि प्रदर्शन गर्न आएका हौँ । गत वर्षपनि हामीले प्रदर्शन गरेका थियौँ । हामीलाई सरकारी नीतिले केही समस्या पार्दै आएको छ ।  व्यापार मैत्री नीति नियम ल्याएमा विदेशी पूँजी समेत भित्रने सम्भावना धेरै छ । स्वदेशी तथा विदेशी सामानमा पाइने विविधता के हो ? नेपाली ग्राहकहरुले नेपाली उत्पादन देख्दा राम्रो मान्छन् ।विदेशी सामान प्रयोग गर्दै आएका ग्राहकहरुले नयाँपनको समेत महसुश गर्ने गरेको हामीले पाएका छौँ । सामानकै सन्दर्भमा भन्दा नेपालमा आफैँले उत्पादन गराउन सकेमा सामानको गुणस्तर धेरै हुने गर्छ । रातारात धनी हुने भन्दापनि पुस्तौँ पुस्ता जाने व्यापार आजको आवश्यकतामा पर्छ । विदेशी सामान बेच्दा र स्वदेशी फर्निचर बेच्दा व्यापारमा कुन चाही फाईदा जनक हुन्छ ? व्यापारिक दृष्टिकोणबाट हेर्दा विदेशी फर्निचर बेच्नु फाइदाजनक छ । जनशक्ती अभावको समस्या झेल्नु भएको छ कि छैन ? हामीलाई दक्ष जनशक्तीको समस्या छ । यसमा नेपालीहरुले विदेशी मुलुकमा गएर जस्तोपनि काम गर्न तयार हुने, तर आफ्नो देशमा भने कुचो लगाउन लजाउने प्रवृत्तिले पनि हुनसक्छ । तर सो कुरामा पनि पछिल्लो समय केही परिवर्तन भने आइरहेको छ । तपाईँहरुले कस्तो सेवा दिँदै आउनु भएको छ ? फ्लोरिङ्ग–फर्निसिङ लगायतका घर, कार्यालय संस्थाहरुमा चाहिने सम्पूर्ण सामाग्रीहरुको सेवा हामीले दिने गरेका छौँ । पर्दा चाहीँ कस्ता किसिमका छन् ? प्रतिमिटर सय रुपैयाँदेखी ४ हजारसम्मका पर्दाहरुले हामीले बेच्दै आएका छौँ । पर्दाको स्वदेशी उत्पादन कस्तो छ ? हामीले विभिन्न ब्राण्डका पर्दाहरु बिक्री गर्दै आएका छौँ । हामीले उत्पादन गर्ने भन्दापनि बाहिरबाट ल्याएका पर्दाहरुको बिक्री वितरण गर्दै आएका छौँ । युरोपबाट चाँही कति पर्दा ल्याउँदै हुनुहन्छ ? हामीले युरोप लगायत विभिन्न ठाउँबाट पर्दाको आयात गर्दै आएका छौँ । भारत लगायतका मुलकबाट आउँछ । हामीले फर्निचरको समेत बिक्री वितरण गर्दै आएका छौँ । विदेशी राष्ट्रबाट हामीले सामाग्रीहरु मगाएर बिक्री गर्दै आएका हौँ । हामीले हलेसी डेकोरबाट सोफा लगायतका ब्राण्ड बनाएर बेच्छौँ ।

डोटीका तीन सडक कालोपत्र हुने, डेढ अर्ब बढीको ठेक्का, दुई वर्षमा सक्ने लक्ष्य

डोटी । जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ । सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी– धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको हो । जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी– झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटरका लागि रु ४० करोड, सिलगढी, मेल्लेक हुँदै बझाङ जोड्ने ७ दशमलव ५ किलोमिटर सडकका लागि रु १५ करोड ९७ लाख १२ हजार ५४२ तथा राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ जोड्ने ९ दशमलव ५ किलोमिटर सडकको कालोपत्र गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको उनले जानकारी दिए । प्रमुख खत्रीका अनुसार ती तीनवटै सडक विसं २०७८ असार ३० गतेसम्म कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ । जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडकअन्तर्गत ३२ दशमलव ६ किलोमिटरका लागि कूल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ को लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक बिस्तारको काम हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटी जिल्लामा पहिलो पटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र/पिएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौँ सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । खप्तडको प्रवेशद्वारका रुपमा रहेको झिग्रानासम्म पक्की सडक हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तड भित्र्याउन सकिने छ । रासस

सहकारीद्वारा सबै शेयर सदस्यको निःशुल्क उपचार

सुरुङगा । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ४३ हजार ८५१ शेयर सदस्य पुर्याएको छ । यो सँगै देशकै सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीका रुपमा स्थापित भएको लिमिटेडले जनाएको छ । झापाको विर्तामोड नगरपालिका– २ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका छ जिल्लामा सेवा प्रदान गर्दै आएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार सहकारीको संस्थागत पूँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कूल पूँजी रहेको सहकारीको शेयर पूँजी मात्रै एक अर्ब २४ करोड रुपैयाँ रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । चार अर्ब ६१ करोड रुपैयाँ बचत रहेको सहकारीले छ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपैयाँ जगडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ । सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा आयकरबापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपैयाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९६८ रुपैयाँ गरी चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिरेको जनाएको छ । सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लडप्रेसर र थाइराइड जस्ता रोगीलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधिसमेत वितरण गर्दै आएको छ । विसं २०८० भित्र सबै शेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन वरदान कार्यक्रम लागू गरेपछि धेरै शेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताएका छन् । उहाँले भने, “अहिले सहकारीका शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको पाइएपछि उसको उपचार निःशुल्क हुन्छ, तर, २०८० देखि जस्तोसुकै रोग लागे पनि शेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौँ, यसका लागि विभिन्न अस्पतालसँग सहकार्य भइरहेको छ । ” रासस

बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ

राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

पाँच दिनदेखि बन्द मनकामना केबलकार आजबाट पुनः सञ्चालनमा

मुग्लिन । मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिएका छन् । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उसले निश्चित अवधिमा आफूले बनाएका केबलकारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएर उसकै निगरानीमा मर्मतसम्भार गरिएको कायस्थले बताए। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार (चेरेस)मा प्रवेशद्वार (बटम स्टेशन) रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरु जाने गर्छन् । मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ केबलकारको स्टेशनमा भीड नै लाग्छ । दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको छ । अहिले केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । मनकामना दर्शनका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ । रासस