विकासन्युज

युरोपमा प्रयोग हुने जिन्डल मेट्रेस नेपाली बजारमा ल्याएका छौंः अरुण मल्लसँग

नेपालमा आयात गर्ने र नेपाली फर्निचर युरोपलगायत छिमेकी देशहरुमा निर्यात गर्दै आएको छ । यस विषयमा इन्दिरा एक्पोट एन्ड इम्पोटका संचालक अरुण मल्लसँग बिकासन्युजले गरेको कुराकानीः जिन्डल म्याट्रेस कस्तो मेट्रेस हो ? कहाँ उत्पादन हुन्छ ? जिन्डल मेट्रेस युरोपमा प्रयोग हुने मेट्रेस हो । नेपाली उपभोक्तालाई आफ्नो रुचीअनुसार उच्चस्तरको मेट्रेस प्रयोग गर्न सजिलो होस् भनेर हामीले जिन्डल म्याट्रेस भित्र्याएका हौं । यो मेट्रेस भारतको हरियाणमा बन्छ र युरोपियन बजारमा निर्यात हुन्छ । यो मेट्रेस स्वास्थ्यका लागि पनि उपयोगी मानिएको छ । शरिरको तैल अनुसार यो मेट्रेस प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा जिउँ चिलाउँदैन । स्पाइनल लेक्नोलोजिको प्रयोग भएको छ । यसमा सुतेर बिहान उठदा फ्रेस हुन्छ । कसरी स्वास्थ्यकर छ यो म्याट्रेस ? यो मेट्रेसमा स्वास्थ्यका लागि फाइदा जनक कच्चा पदार्थको प्रयोग गरिएको छ । यो मेट्रेसको तौलेर मानिसको शरिरको वजनलाई ध्यानमा राखेर बनाइएको हुन्छ । युरोपीयन टेक्नोलोजिको प्रयोग भएको हुँदा यसले कर्तालाई सफ्ट फिल गराउँछ । यो हेर्दा पनि आनन्द आउँछ । जिन्डल म्याट्रेस मूल्य कस्तो छ ? कति वर्षको वारेन्टी हुन्छ ? हाम्रो मेट्रेसको न्यूनतम मूल्य २६० रुपैयाँ स्क्वारफिट रहेको छ । ठूला होटलहरुमा प्रयोग गर्ने वा अत्याधुनिक टेक्नोलोजि प्रयोग गरेको मेट्रेसको १८ सय रुपैयाँ स्क्वार फिट पर्छ । यसको साढे १२ वर्ष वारेन्टी रहेको छ । इन्दिरा एक्पोट एन्ड इम्पोटको फर्निचर कुन कुन विदेशमा निर्यात हुन्छ ? हामीले बनाएको फर्निचरहरु भारत, चीन र युरोपमा निर्यात हुन्छ । हामीले चीनमा हुने मेलामा समेत प्रदर्शनी गर्ने गरेका छौं । कुन काठको फर्निचर विदेश निर्यात हुन्छ ? हेर्दा राम्रो, बलियो र किफायती सालका फर्निचरहरु नै हामीले नियात गर्दै आएका छौं । बेड, टेबललगयातका नेपाली फर्निचर पनि विदेशमा निर्यात हुने गरेको छ ।

मुख्यमन्त्री भट्टद्वारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नजिकिँदै गरेका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वमा आइपर्ने सुरक्षासम्बन्धी गतिविधिलाई विशेष योजना बनाई कडाइका साथ लागू गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री भट्टले विशेषगरी चाडपर्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न भारतीय सीमा नाकामा हुने गरेको असहजता र प्रदेशभरिको सुरक्षालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिएका हुन् । चाडपर्वमा हुने गरेको कालाबजारी, अशान्ति, सीमा नाकामा हुने आपराधिक गतिविधिलगायतका विभिन्न अप्रिय घटना घट्नुभन्दा पहिले नै उच्च सुरक्षा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको बताएका छन् । बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

सुबिसुले ल्यायो दशैं–तिहार विशेष अफर, अब इन्टरनेट वा क्लियर टिभि सेवा रु. ९९ मा

सुबिसु केबलनेट प्रा. लि. ले दशैं, तिहारको अवसर पारेर मात्र ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । उक्त कम्पनीले इन्टरनेटको माध्यम बाट सर्व–सुलभ मूल्यमा ग्रहकहरुले एकआपसमा खुसी साट्न पाउँन भन्ने उद्देश्यले न्युनतम मूल्यमा आफ्नो सेवा बजारमा ल्याएको दाबी गरेको हो । यस प्याकेज अन्तर्गत ग्राहकहरुले कर सहित मात्र९९ रुपैयाँ मा एक महिनाको लागि ३० एमबिपिएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियरटिभि प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । सो प्याकेजमा७५ भन्दा बढी एच. डी च्यानल तथा २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् । साथै,कर सहित १९८रुपैयाँमाग्राहकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्छन् । उक्त प्याकेजमा २५ एमबिपीएस इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेजहरु रहनेछ । कम्पनीले सो सेवाहरु सिमितहरु अवधिका लागि मात्र रहने जनाएको छ । सुबिसु केबलनेट प्रा. लि. सुबिसु केबलनेट प्रा. लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एसव्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि,डाटा सेन्टर सोलुसनजस्ता सेवातथाबिजनेस सोलुसन ग्राहकलाई दिदै आएको छ । क्लियर टि.भि यस्तै, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक रहेको कम्पनीले दाबी गरेको छ। यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवाहो । सोही सेवा प्रयोग गरीएमपिइजि फोर स्ट्याण्डर्ड डेफिनेसन र हाई डेफिनेसन च्यानल केबल मार्फत, कन्डीसनल एसीस सिस्टम (सिएएस)को उपयोग गर्दै सेट अप बक्सको माध्यमबाट टिभी प्रसार गर्दै आएको छ ।

कुलमान घिसिङ भन्छन् – ‘घरबेटीलाई विद्युतमा व्यापार गर्न नदिनुस्’

काठमाडाैं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरूले विद्युतमा व्यापार गर्न नपाउने  बताएका छन् । प्राधिकरणमा कार्यभार सम्हालेको तीन वर्ष पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले  घरबेटीहरूले मनलाग्दाे हिसावले रकम उठाएकाे गुनासाहरू आएकोले त्यस्ताे  नगर्न उनले आग्रह अधिकांश घरधनीले बहालमा बस्ने सर्वसाधारण वा व्यवसायीसँग बिजुलीको बिलमा उठ्ने वास्तविक शुल्कभन्दा बढाएर शुल्क उठाउने गरेका गुनासाहरू प्राधिकरणमा आएको उनले बताए । उनले भने, ‘घरभाडा जति लिए पनि हामीलाई सरोकार छैन, तर बिजुलीमा बढी शुल्क लिएको पाइए कारबाही हुन्छ।’ ‘बिजुलीमा घरबेटीले व्यापार गर्न पाइँदैन,उनले भने, वास्तविक बिल जति उठ्छ त्यही दरमा मात्रै ग्राहकसँग शुल्क उठाउनुपर्छ,’  घरधनीले प्रतियुनिट ७ रूपैयाँसम्म बढी लिने गरेको सर्वसाधारणको गुनासो सुनिन्छ ।’

स्वदेशी ब्राण्डका धागो र कपडाको मेला असोज २ गते देखि काठमाडौंमा

काठमाडौं । नेपाल धागो उत्पादक संघले असोज २ देखि ६ गतेसम्म नेपाली धागो तथा टेक्सटाइल एक्स्पो २०१९ को आयोजना गर्ने भएको छ । दोस्रोपटक स्वदेशी धागो तथा धागोबाट उत्पादन भएको कपडाहरुको मेला हुने भएको छ । मेलामा दशैंलाई लक्षित गरि नेपालमा उत्पादन भएको कपडा र धागोमा ५० प्रतिशत छुट दिने भएको छ । मेलाको नरा ‘ स्वदेशी लगाऔं स्वदेशी बनौ ’ भने रहेको छ । राजधानीको भृकुटीमण्डपमा हुने मेलामा नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु कपडा र होजियरी लगाएतका वस्तुहरुको स्टल राखिने छ । नेपाल धागो उत्पदक संघका अध्यक्ष पवनकुमार गोल्यानले धागो र टेक्सटाइल मेलाले नेपालको धागो र नेपामा उत्पादन भएको कपडाको गुणस्तर र ब्रान्डको बारेमा जानकारी दिने बताए । उनले भने नेपालमा उत्पादन भएका गुणस्तरीय कपडाहरुलाई पनि बिक्रेताहरुले विदेशी उत्पादन भनेर बेचिरहेका छन । यो मेलाले उपभोक्ताहरुले नेपालमा उत्पाद भएको गुणस्तरीय बस्तुहरु बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो किन पाउने बताए । नेपालमा उत्पादन भएको धागो विदेशमा उत्पाद भएको धागो भन्दा गुणस्तर र सस्तो मूल्य रहेको बताए । कपडा उद्योस संघका अध्यक्ष रविन श्रेष्ठले नेपालमा उत्पादन भएको कपडा पनि विदेशी गुणस्तर जस्तै भएको बताए । नेपालमा पनि अधुनिक प्रविधिबाट कपडा उत्पाद हुने भएकोले नेपाली कपडा गुणस्तीय रहेको बताए । नेपाली कपडा सस्तो हुदैमा न्युन गुणस्तर नहुने बताए । भारतमा, बंगलादेश र टर्की लगायतका देशमा नेपामा उत्पाद भएको धागो निर्यात हुने गरेको छ ।  मेलामा नेपाली धागो, कपडा, सर्टिङरसुटिङ होजियरी, स्वेयटर,लगायत गरि ७४ वटा स्टल रहने आयोगकले जानकारी दिएको छ ।

नेपालमै रोजगार गर्ने ठाउँहरु प्रशस्तै छन् खाडी जानु अघि एकपटक सोचौंः श्री खनाल

नेपालमा अल्ट्रा गु्रप अन्र्तगतको इन्टेरिओबाट फर्निचर तथा सोलार सम्बन्धि वस्तुहरु बिक्री वितरण गर्दै आएको छ । नेपालमा फर्निचर बनाउन दक्ष जनशक्तिको अभाव हुँदा कतिपय अवस्थामा विहारबाट आएका समान्य वर्गलाई महत्वपूर्ण काम सुम्पिनु पर्ने बाध्यता कम्पनीको छ । खाडीमा थोरै तलब भत्तामा नेपाली युवाहरूले दुःख गरिरहेका छन् । तर, सोही समयमा आफ्नै देशमा दक्ष जनशक्ति अभावको छ । नेपाली युवाहरूले सिप सिक्ने बानीको विकास गराउन सके नेपालबाट विदेशिने रकम रोकिन्छ भने युवाहरूको परिश्रम स्वदेशी उत्पादनमा खर्च हुन्छ ।अन्ट्रा गू्रप कम्पनी अन्र्तगतको इन्टेरिओ प्रमुख श्री खनालसँग बिकासन्युजले गरेको कुुराकानीमा आधारितः तपाईको कम्पनीले के कस्ता सामाग्रीहरू उत्पादन गर्दै आएको छ ? इन्टेरिओसँग सम्बन्धित सामाग्री पाइन्छ । यस्ता डिजाइनसँग सम्बन्धि सामग्री सोलार लगायतका होलसेलका सामान हामीले बनाउँछौ । तपाईहरुको उत्पादन स्वदेशी हो कि विदेशी ? हामीले हाम्रो उत्पादन आफैले बनाउँदै आएका छौँ । एउटा प्रडक्ट सप्लाइ र अर्को डिजाइन हामीले गर्छौ । अल्ट्रा गु्रप विङ्ग हो हाम्रो । यहाँहरूको मुख्य काम हो ? हाम्रो मुख्य काम भनेको फर्निचर हो । साथै, हामीले डिजाईनको समेत काम गर्छौ । फर्निचर बनाउँदा कुन काठ बढी मात्रामा प्रयोग हुन्छ ? सल्लाको काठ हाम्रोमा बढी मात्रा प्रयोग हुन्छ । यस्तै, अग्राखलगायत काठका सामानहरु पनि हामीले प्रयोग गर्दै आएका छौ । ग्राहकहरूकोे रुची कस्तो सामानमा बढी हुन्छ ? नेपालमा बनाएको सामान भएर होला ग्राहकहरुले हाम्रो उत्पादन बढी रुचाउनु भएको छ । हाल विदेशीको भन्दा हाम्रा प्रडक्टमा राम्रा छन् । वर्तमान अवस्थामा नेपाली वा विदेशी कुन सामानको प्रयोग गर्दा राम्रो होला ? कर लगायतका कारणले मुलुकलाई त आफ्नै सामान प्रयोग गर्दा राम्रो हो । तर, व्यापारीलाई भने ग्राहकको माग कता छ भन्ने कुराले प्रभाव पार्छ । सामानको गुणस्तर अनुसार माग हुन्छ । नेपाली सामान अन्य सामानको तुलनामा सस्तो हुन्छ वा महङ्गो ? विदेशी सामानको तुलनामा हामीले बनाएको सामान सस्तो पर्छ । तर, विदेशी सामान पनि गुणस्तर अनुसार केही सस्तो केही महङ्गा पनि छन् । तपाईहरूलाई व्यवसाय गर्न कुनै समस्या छ कि ? कालिगढहरूका लागि केही समस्या छ । हार्डवेयरहरु भने बाहिरबाट ल्याउने पर्ने हुन्छ । जनशक्तिको अभाव हुनुमा यस्तो काममा नेपालीको इच्छा नभएको कारणले हो । सो सिप सिकेमा खाडीको घाममा काम गर्न जानुपर्दैैन । अहिले त हाम्रो पैसा बाहिर गईरहेको अवस्था छ । फर्निचर बनाउन काठ पात कहाँको प्रयोग गर्दै आउँनु भएको छ नि ? फर्निचर बनाउन चाहिने काठ नेपालकै प्रयोग भइ रहेको छ । तर, चाहे अनुसारको काठ नपाउँदा समस्या छ । व्यवसाय गर्न कतिको सहज छ नि ? अहिले व्यवसायीले सबै जोखिम आफैले मोलेर काम गर्नुपर्ने अवस्था छ । सरकारले यसमा ध्यान दिन आवश्यक छ । सामानको बिक्री कहाँ–कहाँ हुन्छ नि ? नेपालमा मात्र हामीले सामानको बिक्री गर्दै आएका छौं । बैकबाट समेत आर्थिक सर्पोट गर्ने अवस्था छैन । यसमा सरकारको तर्फबाट सहयोग नमिल्दासम्म व्यवसाय गर्न गाह्रो अवस्था छ । सोलार सम्बन्धि के–के काम गर्नु हुन्छ नि ? सोलार वाटर हिटरका लागि हामीले सम्पूर्ण काम गदैछौं । ‘भ्याकुम ट्युव सोलार’ नेपालमा पहिलो पटक हामीले नै प्रयोग गरेका हौ । पानी भित्र राखेर भित्रको कार्वन ट्युवले काम गर्छ । यो अन्य सोलार भन्दा केही भिन्न हुन्छ । यसमा सकेसम्म भित्र छिरेको ताप बाहिर आउन दिदैन । कुन देशबाट बढी मात्रामा सामान आयात हुन्छ ? चीनबाट सबैभन्दा बढी यस्ता उत्पादनहरु आउने गरेका छन् । यहाँहरूले ग्राहकलाई कुन–कुन सामानको सुविधा दिनु भएको छ । विद्युतीय चुलो, चिम्नी, ओभनहरु हामी कहाँ उपलब्ध छन् । अहिले चिल्लो–चाप्लो पकाउँदा त्यसको खारले भान्छेको स्वास्थ्यमा समेत असर पुर्याउने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै स्वास्थ्यमा कम असर पुर्याउने खालका चिम्नीहरु बजारमा आएका छन् । कम्पनीमा कति कर्मचारी आवद्ध हुनुहुन्छ ? २ सय भन्दा बढी कर्मचारीहरुले कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्षमा रुपमा भने ५ सय जना जतिले यो व्यवसायमामा आवद्ध हुनुहुन्छ ।

१७ अंकले घट्यो नेप्से, सबै समूहकाे सूचक राताम्मे

काठमाडौ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.८७ अंकले घटेको छ । १.५४ प्रतिशतले घट्दा नेप्से परिसूचक ११४०.०१ बिन्दुमा पुगेको हो । आइतबार १६२ कम्पनीकाे १० लाख ९० हजार २ सय १८ कित्ता सेयर २८ करोड ८० लाख ९९ हजार ९ सय १२ रुपैयाँको कारोबार भएको छ । नेप्सेकाे सबै समूहगत परिसूचक घटेकाे छ । बैक समूह १९.६९, होटल समूह २४.२४, विकास बैक समूह १५.२९, जलविद्युत समूह १६.७४, वित्तीय समूह ४.८९, निर्जीवन बीमा समूह ५८.२५, उत्पादन मूलक समूह २७.९३, अन्य समूह ४.९४, माइक्रोफाईनान्स समूह १९.४६, जीवन बीमा समूह ६६.०८ र म्युचुअल फण्ड समूह ०.०८ अंकले घटेका छन् । रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले ३.५१ प्रतिशतले सबैभन्दा धेरै आर्जन गरेका छन् । यस्तै, गणपति माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेड लगानीकर्ताले ८.३८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

नेपाल भ्रमण वर्ष सफल पार्न काठमाडौँमा त्रिदेशीय पर्यटन मेला आयोजना गरिँदै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ प्रयोग गर्दै निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिरहेको छ । भ्रमण वर्ष सचिवालयले आफ्ना पर्यटकीय गतिविधि र सरोकारवाला निकायसँगको साझेदारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा जुटेको छ । स्वदेशमा मात्र नभई विदेशमा पनि भ्रमण वर्षको प्रचार प्रसारले तीब्रता पाएको छ । बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत मुलुकमा नेपालका पर्यटकीय गन्तव्य झल्कने प्रचारात्मक सामग्रीका साथ प्रवद्र्धन गरिएको छ । हालै बेलायतको लण्डनमा ‘बस ब्राण्डिङ’ गरिएको छ । छिट्टै चीनको बेइजिङ र साङ्घाई तथा अष्ट्रेलियालगायत गन्तव्यमा पनि त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रम गरिने बोर्डका बजार प्रबन्धक श्रद्धा श्रेष्ठले जानकारी दिएका छन् । भ्रमण वर्षलाई लक्ष्य गर्दै काठमाडौँमा त्रिदेशीय पर्यटन मेला नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) आयोजना गरिँदैछ । भ्रमण वर्ष सचिवालय र बोर्डको सहयोग र समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नाइस कार्यक्रम आयोजना गर्न लागेको हो । झण्डै एक हजार विदेशी पाहुनालाई एउटै मञ्चमा जम्मा गरेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । “हामी दुई ठूला पर्यटकीय स्रोत बजार (भारत र चीन) को बीचमा छौंँ, यसलाई मात्र उपयोग गर्न सक्ने हो भने हामी पर्यटकीय लक्ष्य भेटाउन मुस्किल पर्ने छैन, त्यसैले भारत र चीन लक्षित प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाउँदैछौँ”, उनले भने । नाइस एक्स्पो आगामी फागुन ९ देखि १२ गतेसम्म (फेब्रुअरी २१ देखि २४ तारिख) आयोजना हुनेछ । एक्स्पोमा २०० भन्दा बढी क्रेताले भाग लिने जनाइएको छ । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, १५ विज्ञ वक्तालाई आमन्त्रण गरिनेछ । एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीले सहभागिता जनाउनेछन् । सरकारले नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । मुख्य ठूला पर्यटकीय स्रोत बजार चीन र भारत लक्षित प्रवद्र्धनका गतिविधि अघि बढाइएको छ । ती मुलुकबाट केही प्रतिशत मात्र पर्यटकलाई नेपालमा आकर्षण गर्न सके लक्षित पर्यटकीय आँकडा भेट्टाउन समस्या नहुने पर्यटन व्यवसायीको धारणा छ । संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घको सन् २०१७ को वार्षिक प्रतिवेदनअनुसार विश्वमा एक अर्ब ३२ करोड ३० लाख पर्यटक पुगेका छन् । तीमध्ये सबैभन्दा धेरै चिनियाँ पर्यटक छन् । सन् २०१८ मा एक करोड ५० लाख चिनियाँ नागरिक विश्व भ्रमणमा निस्केका छन् । त्यस्तै भारतबाट पनि ठूलो संख्यामा पर्यटक घुम्न जाने गरेका छन् । नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ नै छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ मा १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त अवधिमा भारतबाट दुई लाख ४३८ भारतीय पर्यटक नेपाल आएका छन् भने चीनबाट एक लाख ५३ हजार ६०२ पर्यटकले नेपाल घुमेका छन् । सन् २०१७ मा क्रमशः भारतबाट एक लाख ६० हजार २८३ र चीनबाट एक लाख चार हजार ६६४ नेपाल आएका थिए । भ्रमण वर्षकै सन्दर्भमा आगामी नोभेम्बरमा चीन र भारतमा बेग्लाबेग्लै नेपाल प्रदर्शनी गर्ने भ्रमण वर्ष सचिवालयको तयारी छ । छिमेकी मुलुकबाहेक अन्य सम्भावित स्रोत बजारमा पनि प्रवद्र्धनात्मक गतिविधि गरिने बताइएको छ । बौद्ध धर्मावलम्बीलाई ध्यान दिँदै म्यानमा, कम्बोडियालगायत देशबाट पर्यटक आकर्षण गर्ने कार्ययोजना रहेको छ ।