नेपालमा उत्पादन भएको कार्पेट सस्तो छः केशवप्रसाद सिटौला
चीनबाट कार्पेट ल्याएर बिक्री गर्दै आएको माहाकोष सेगी कार्पेटले अहिले नेपाालनै विदेशी गुणस्तरको कार्पेट उत्पादन गरिरहेको छ । कम्पनीले ४ वर्षदेखि नेपालमै कार्पेट उत्पादन गर्दै आएको छ । नेपालमा कार्पेटको व्यापार कस्तो छ । कार्पेट उत्पादनको लागि के समस्या छ भनेर माहाकोष सेगी कार्पेटका डाइरेक्टर केशवप्रसाद सिटौलासँग गरेको कुराकानीः माहाकोष सेगीले कस्तो कार्पेट उत्पादन गर्छ ? माहाकोष सेगीले सेगीको टपटेन सेगीको कार्पेट उत्पादन गरिरहेको छ । हामीले नेपालमा नै उत्कृष्ट गरिरहेका छांै । हामीले ४ वर्ष अघिदेखि उत्पादन सुरु गरेका थियौ । अरु कार्पेटभन्दा माहाकोष सेगी कार्पेटमा के फरक छ ? हाम्रो प्रकृतिमैत्री कार्पेट हो । यो कार्पेट सजावटका लागि बढी प्रयोग गरिन्छ । यो कार्पेट पहिले चीनबाट आइरहेको थियो । पछि हामीले नेपालमा नै उत्पादन सुरु गरेका हौ । चीनबाट आयात गरेर बिक्री गर्नुभन्दा नेपालमा नै उत्पादन गरेर बिक्री गर्दा के फरक पाउनु भयो ? विदेशबाट ल्याउदा एक पटक जति सामान ल्यायो त्यति मात्रै हो । त्यो कम्पनीले बिग्रेको सामानको जिम्बा लिदैन । तर नेपालमा नै उत्पादन भएको सामान वा सेगीको कम्पनीले जिम्बा लिन्छ । चीनबाट ल्याएर बिक्री गरेको कार्पेट भन्दा नेपालमा नै उत्पादन भएको विदेशको भन्दा अझ गुणस्तरको सेगी कार्पेट नै कम मूल्यमा बिक्री गरिरहेका छौ । हामीले उपभोताको इच्छा अनुसार कस्तो र कत्रो चाहिन्छ अडोर अनुसार हामीले उत्पादन गरेर दिने गरेका छौ । मुनाफामा नेपालमा मै उत्पादन गरेको र विदेशबाट ल्याएर बिक्री गरेकोमा कुनमा बढी ? नेपालमा उत्पादन गरेको उत्पादन गरेको कार्पेटभन्दा विदेशी कार्पेट ल्याएर बिक्री गर्नु नै बढी मुनाफा हुन्छ । तर, नेपालमा नै विदेशको भन्दा राम्रो कार्पेट उत्पादन गर्नुमा छुटै किसिमको मज्जा छ । नेपालमा नै उद्योग सञ्चालन गर्दा नेपालीले नै रोजगारी, देशको व्यापर घाटामा केहि कमी हुन्छ । चीनको सेगी कार्पेट व्यापार र नेपालमा नै उत्पादित सेगीको व्यापारमा के फरक छ ? जब नेपालमा सेगी कार्पेट उत्पादन हुन थाले पछि नेपालीहरुले यो नेपालमा नै बनेको र विदेशको भन्दा राम्रो र सस्तो छ भनेर व्यापारमा वृद्धि भएको छ । जब नेपालमा नै सेगी उत्पादन हुन थाल्यो । तब उपभोताले नेपाली राम्रो ब्रान्ड हो भनेर विदेशी भन्दा नेपाली उत्पादनलाई बुझ्दै गए । बजारको प्रतिकृया कस्तो छ ? हाम्रो उद्योगमा नै आएर उपभोताले यस्तो किसिमको उत्पादन गरिदिनु परो भनेर भनिरहेका हुन्छन । हाम्रो कार्पेटको बजारमा राम्रो बन्दै गइरहेको छ । नेपालमा कार्पेट उत्पादनमा के समस्या छ ? हाम्रो देशमा मध्यम खालका मेशिनहरू मात्रै छन । हाम्रो देशमा कच्चा पदार्थहरू छैन । हामीले धागो उद्योगहरुको समेत विकास गर्न सकेका छैनौ । हामीले कच्चा पदार्र्थ भारत र चीनबाट ल्याइरहेका छौ । त्यो कच्चा पदार्थ नेपालमा नै उत्पादन हुने हो भने अझ सहज हुने थियो । मेलामा सहभागि हुँदा के फाइदा भएको छ ? माहाकोष सेगीलाई उपभोक्ताले चीनको प्रडक्ट हो भनेर नै बुझिरहेका थिए । यो मेलामा हामीले हाम्रो ब्रान्डको बारेमा बुझाउन पाइरहेका छौं ।
वाणिज्य बैंकको २३८ औं शाखा देशकै उच्च हिमाली मानव बस्तीमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा देशकै उच्च हिमाली मानवबस्तीमा विस्तार भएको स्थान छ । डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालन भएको हो । नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र मान्नीय संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैकको थप प्रगतिको लागि शुभकामना व्यक्त गरे । बैकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतले बैकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको सन्देश दिए । उक्त अबसरमा नेपाल सरकारका मान्नीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, कर्णाली प्रदेश सरकारका मान्नीय आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, मान्नीय सामाजिक बिकासमन्त्री दल राबल, मान्नीय उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका मान्नीय उपसभामुख पुष्पा घर्ति तथा मान्नीय प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी, जिल्ला समन्वय समिति प्रमुख शेर बहादुर बुढा, नेकपा केन्द्रीय सदस्य हंश बहादुर शाही, नेपाली काग्रेस सभापति अंगद बहादर बुढा, ढोल्पोबुद्ध गाउपालिका अध्यक्ष तेम्बा गुरुङ, छार्काताङसोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ, काइके गाउपालिका अध्यक्ष अंगद राना, डोल्पोबुद्ध गाउपालिका वडा नं. १ का वडाध्यक्ष ग्याल्पो थापा भोटे, रा.स.स महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रहरी नायब उपरिक्षक नारायण रंजितकार, उपप्रधान तथा रक्षामन्त्रीज्यूका स्वकीय सचिब लोकेन्द्र के.सी, बैकका प्रबन्धक होताराम योगी, उपप्रबन्धक लिलाराम ढुगाना, मुड्केचुला शाखा प्रबन्धक जंगवीर बि.क., सहायक हेमराज बुढा लगायत पत्रकारहरु र सर्व साधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसै बीच डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा न.ं ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबारको शुरुवात गरेका हुन् । हाल बैंकको ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
कोका–कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक
काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ । कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।
नुवाकोट जिल्लाको तारकेश्वरमा आरम्भको बट्टार शाखाले दियो वित्तीय साक्षरता तालिम
काठमाडौं । देशको १५ पहाडी जिल्लाहरुमा १५ हजार ५ सय घरधुरीका विपन्न घरपरिवारमा वित्तीय साक्षरता सेवा विस्तार गरी रहेको छ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र २९ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको विभिन्न गाउँका स्थानीय समुदायका १३४ ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको हो । तालिमको संचालन बट्टारशाखाका कर्मचारी पबित्रा लामिछानेले गरेका थिए । यस संस्थाको बट्टार शाखाको शाखा प्रवन्धक सुवास बडालले तालिमको वित्तीय साक्षरताको महत्व तथा आवश्यकताबारेमा चर्चा गरेका थिए । वित्तीय साक्षरताको अभावले गर्दा समुदायमा मानिसहरुले दयनीय जीवन बिताउन वाध्य हुने विषयमा पनि शाखा प्रवन्धक बडालले चर्चा गरेका थिए । तालिममा शाखा प्रवन्धक सुवास बडाल तथा जनरल इस्योरेन्स कम्पनीका शाखा प्रवन्धक प्रल्हाल भट्टले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजनातथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अव्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुलखर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएको थिए । वित्तीय साक्षरता तालिममा तालिमको बारेमा ईश्वरी रिमाल, लक्ष्मी अधिकारी लगाएतले आरम्भ लघुवित्त वित्तीय संस्थाले तालिम दिएकोमा खुसी व्यक्त गर्नुका साथसाथै यस किसिमको तालिमले हामीहरुको आर्थिक उन्नतिमा टेवा दिने विषयमा चर्चा गरेका थिए् । त्यस्तै गरी तालिमको समापन शाखा प्रवन्धक सुवास बडालले गरेका थिए । शाखाप्रवन्धक सुवास बडालले संस्थाले ग्राहक सदस्यहरुलाई कर्जा तथा बचतको साथसाथै वित्तीय साक्षरता तालिम, उद्यमशीलता विकास तालिम, सीपविकास तालिम तथा अन्य विभिन्न तालिमहरु पनि संचालन गर्दै लैजाने जानकारी गराएका थिए ।
सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता
काठमाडौं । टाटा हिटाचिको आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता भएको छ । टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ । सिप्रदी अर्थमुभर्स प्रा. लि. ले विगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५सय भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्री वितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरिबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।
अनलाइन शपिङ साइटले ल्यायो ‘दराज दशैं धमाका’,६० प्रतिशत सम्म छूट
काठमाडौं । दशैंमा खुशियाली डिलिवर गर्ने बाचा लिएर नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो सेल – दराज दशैं धमाका लिएर आएको छ । अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ । यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (डिस्काउन्ट भौचर), मिस्ट्री बक्स्, कलेक्टिबल भौचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् । उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भौचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनु पर्ने हुन्छ । दशैंको उपलक्षमा दराजले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टिभिएस अपाची आरटिआर १६० फोर भि जित्ने मौका पाउनेछन ्। लक्की ड्रमा भाग लिने उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीचमा दराजमा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् । दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, “दशैं भनेको वर्षकै सबै भन्दा ठुलो शपिङ सिजन हो । अन्लाईन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियानद्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरुहुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्ने आशा गर्दछौं ।” बैंकिङ्ग सहयात्रीबाट पाइने अतिरिक्त छुटहरु ः उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छूटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरुको (नबिल बैंक,स्टाण्डर्ड चार्टड,सानीमा बैंक,मेगा बैंक, ग्लोबल बैंक,एनआइसी बैंक,माछापुछे बैंक) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु २५०० सम्मको छूट पाउनेछन् । यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अन्लाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ । यस लगायत अन्य धेरै अफरहरु पनि टप ब्रान्डहरुमा दामी डिल्स्ः यस अभियानमा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये टिभीएस, सियोमी, सामसुङ, भियानेट, समरा, होलिडज, हुवावे, साने, एलजी, होम ग्लोरी, एडिडास, भ्यान्स, सोनम ग्यर्स, मन्त्र विशेष, क्रियशन, लिगो, टेक्नििक, जुआस, रंगोली, एण्ड अमार्य फेसन हाउस पर्दछन् । यी सबै ब्रान्डहरुको विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ । दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरुमध्ये सम्साराको बालि, दुबई, इजिप्टका होलिडे प्याकेजहरु पनि पर्दछन् । साथै टिभिएस,एनटीओआरओ, स्कुटर, हिटाची, ४३ स्मार्ट टिभिएस भियानेट, प्याकेज, एमआइ फोन, मन्त्र नेपाल, टाभलिङ गितार, सोनम गियर्स, एडिडासका उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् । यसका साथै अब दराजमा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँको उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्यमा टाटा टियागो गाडी लिएर आएको छ ।
उज्याला कुलमान र उनको तीन वर्षे कार्यकाल
काठमाडौं । नेपालमा लोडसेडिङ मुक्त गर्ने चर्चित नाम हो कुलमान घिसिङ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेर उनले काम गरेको तीन वर्ष पुरा भएको छ । प्राधिकरणको जिम्मेवारी सम्हाल्दा वर्षामा ८ घण्टा र हिउँदमा १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने अवस्था थियो । अहिले लोडसेडिङ अन्त्य गर्ने एक आइडलका रुपमा उनलाई लिने गरिन्छ । रामेछापको दुर्गम सरकारी विद्यालयबाट प्राथामिक तह अध्ययन गरेका सामान्य परिवारका घिसिङ अहिले सवत्र चर्चामा छन् । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियान्ता कुलमान घिसिङलाई उज्याला कुलमान भनेर पनि भन्न थालिएको छ । आइतवार आफ्नो तीन वर्षे कार्यकालका काम गतिविधि र अनुभवहरुको फेरेहस्त सुनाउँदै उनले सबैको साथ सहयोग प्रेरणाले नेपाललाई लोडसेडिङबाट मुक्त गराउन सफल भएको बताए । ‘यो उपलब्धि मेरो सानैदेखिको मेहनतले साकार भएको हो ।’ विकासन्युजकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले भारतको जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि २०५१ तिर स्वदेश फर्केँ, त्यस लगत्तै नेपाल विद्युत प्राधिकरणको सातौं तहको इन्जिनियरको जागिरे बनेँ ।’ सरकारी जागिरमा प्रवेश सँगै विभिन्न पदमा रहेर काम गरेको उनी बताउँछन् । आज भन्दा तीन वर्ष अगाडि उनी प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा धेरैले विरोध नगरेका होइनन् । तर पछि राम्रो काम गर्दै गएपछि उनको चर्चा एकाएक चुलियो । उनि भन्छन्, ‘यो मेरो लागि यो हट सीट हो ।’ तीन वर्षमा के–के गरे ? नेपाल विद्युत प्राधिकरणको तीन वर्षे कार्यकालमा उनले उल्लेख्य प्रगति र उपलब्धि हाँसिल गरेका छन् । मुलुकले ब्यहोर्नु परेको लोडसेडिङ प्रणालीलाई अन्त्य गर्दै प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन,, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तिय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाईन र सबस्टेसन विस्तार गर्न र संस्थागत सुधार गर्दै नाफा कमाउनमा उनले महत्वपूर्ण योगदान गरेका छन् । तीन वर्ष अघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत आपुर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७३/०७४ मा १ अर्ब ४७ करोड, आव २०७४/०७५ मा २ अर्ब ८५ करोड र आव २०७५/०७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनासकारी भूकम्पपछि निर्माण शुरु हुन नसकेका ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत् आयोजना र प्राधिकरणको १०४ मेगावाट र निजी उत्पादकहरुको २७१ मेगावाट गरी ३७५ मेगावाट जलविद्युत आयोजनाहरु सञ्चालनमा आएको बताए । यस्तै प्रसारण क्षेत्रमा आव २०७२/०७३ सम्ममा विद्युत प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको उल्लेख गरिएको छ । उनको तीन वर्षीय कार्यकालमा नयाँ निर्माण तथा स्तरोन्नती गरी १७१२ एमभीए क्षमताका प्रसारण सबस्टेसन थप गरिएको जनाइएको छ । हाल सम्म ७८ प्रतिशत जनतामाझ ग्रिडमा आवद्ध गर्नुका साथसाथै ग्राहकले विद्युत महशुल तिर्न कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाईन पेमेन्ट सुरु गरिएको उनले बताए । तीन वर्ष भित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले ७ अर्ब थप आम्दानी गरेको उनले बताए । विद्युत व्यापार अन्तर्गत नीजि क्षेत्रका ३४० आयोजनाहरु सँग ५ हजार ४४ मेगावाटको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । के छन् आगामी योजना ? कार्यकारी निर्देशक घिसिङले विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेको प्राधिकरणले अब ग्राहकको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सोही अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढिकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइने बताए । आगामी योजना अन्तर्गत संस्थाको सुशासन, विकास, विद्युत वितरण तथा विद्युतीकरण, माग व्यवस्थापन, चुहावट नियन्त्रण, उत्पादन, प्रसारण र विद्युत व्यापारमा आफ्नो ध्यान केन्द्रीत रहने उनले बताए । उनले विद्युतमा स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ लागु गर्ने, प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधरणका लागि निस्काशन गर्न आवश्यक पहल गर्ने, प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिने बताइएको छ । उनले आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवम् स्तरोन्नती गरिने, विद्युतिय यातायातका लागि चाजिङ स्टेशन स्थापना, चालु आवमा विद्युत चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन अघि बढाएको बताए । यस्तै प्राधिकरणले भारतका उर्जा सँग सम्बन्धित विभिन्न निकायसँग छलफल गरी नेपाल भारतबीचको डे अहेड र टर्म अहेड विद्युत बजार मार्फत विद्युत व्यापार गर्न एनटीपीसी विद्युत व्यापार निगमसँग सम्झौता सम्पन्न गरी भविष्यमा कारोबार शुरु गरिने लगायतका योजना तथा कार्यक्रमहरु रहेको बताइएको छ ।
क्यानडाको उच्च बेबि ब्राण्ड विविएलयूभि अब नेपालमा
काठमाडौं । क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड विविएलयूभि नेपालका भित्रिएको छ । नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइलस् कम्पनीले विविएलयूभिको सामाग्रीहरु भित्र्याएको छ । साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आइएमएस लिटिल स्माइलस् सिटी सेन्टर, कमलपोखरी स्थित छ जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम हो । आफ्नो अमुल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरु सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध छ । क्यानडियन ब्राण्ड विविएलयूभिले बच्चाहरुलाई फिडिङ्, ग्रूमिङ, बाथ् टाइम, आउटडोर लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ । विविएलयूभिले गुणस्तरीय उत्पादनहरु प्रदानगर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ । कम्पनीले विविएलयूभिको उत्पादनहरु स्मार्ट म्यपयबाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर रहेको छ । आइएमएस् ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा भने, “नेपालमा बच्चाहरुका लागि अर्काे अन्तर्राष्ट्रिय बाण्ड विविएलयूभिको वितरक गर्दा हर्षित रहेको साथै हाम्रा राष्ट्रका नागरिकहरुलाई अमुल्य सेवा र उत्पादनहरु प्रदान गर्ने हाम्रो दृष्टिकोणको साथ, हामी हाम्रो उपभोक्ताको आवश्यकताहरु पूरा गर्न चाहन्छौं, साथसाथै अब देश भित्रनै अन्तर्राष्ट्रिय ब्राण्ड विविएलयूभिका विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ जस्ले गर्दा आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने विश्वास छ, र निरन्तर सुधार र प्रत्येक पक्षमा यहाँहरुको अनुभव बृद्धि गर्दछौं ।” आइएमएस् ग्रुपको बारेमा आइएमएस् ग्रुपको हालसम्म २० वटा भन्दा बढि कम्पनी रहेको छ । आइएमएस् नेपालको लागि सामसुङ् स्मार्ट फोनको राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा मोबाइल आयात गर्ने पहिलो कम्पनी हो । विगत २६ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा आइएमएस् ग्रुपसंग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देखिन सकिन्छ ।