टिभीएसको ह्विली बिट्स कन्सर्ट भोलि जनकपुरमा हुने
काठमाडौं । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लिले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको पावन अवसरमा ग्राहकहरुलाइ लक्षित गरी “ टिभी एस दशैको दौड” भन्ने स्किम लागु गरेको सबैलाई अवगत नै छ । यही उपलक्ष्यमा जगदम्बा मोटर्स प्रा.लि. नेपालको मुख्य मुख्य सहरमा टिभिएस ह्वीली बिट्स नामको कार्यक्रम गर्न लागेको छ । त्यस कार्यक्रममा राष्टिय बाइक राइडरको स्टन्ट शो प्रस्तुत हुनेछ भने बिभिन्न गीतहरुमा नृत्य साथै राष्टिय तथा स्थानीय कलाकारको कमेडी पनि प्रस्तुत हुनेछ । जुन कार्यक्रमबाट हालै नेपाली बजारमा भित्रिएका दुइ नया बाइक आर टि आर १६० २ भी र रेडीएन ११० को लन्च पनि हुनेछ । यस कार्यक्रमको सुरुवात सांस्कृतिक तथा धार्मिक र पयर्टकीय क्षेत्र जनकपुरबाट भोलि भाद्र ३१ गते जनकपुरको रामचोकमा दिउसो २ बजे टिभीएसको ह्विली बिट्स कन्सर्ट हुनेछ । साथै, टिभीएसको कन्सर्ट, नृत्य, गायन र अन्य मनोरन्जनात्मक कार्यक्रम हुनेछ , यस कार्यक्रम हेर्न को लागि कुनैं शुल्क लाग्ने छैन । साथमा लोकप्रिय राष्टिय कलाकारका साथै स्थानीय कलाकारको पनि सहभागी हुने कुरा जगदम्बा मोटर्सको मार्केटिङ म्यान्जेर नवराज कोइरालाले बताएका छन् ।
प्राइमलाइफद्वारा अर्घाखाँचीमा नयाँ अभिकर्तालाई तालिम
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स क. लि.ले अर्घाखाँचीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनिहरुको नियामक निकाय बीमा समीतिद्धारा स्वीकृत प्रदान गरीएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थीत नयाँ अभिकर्ताहरुलाई प्रदान गरिएको हो । बीमाको पहुँच पुर्याउन घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्य सहित कम्पनीले उक्त तालिम भदौ २६, २७ र २८ गते ३ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन गरेको थियो । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षणमा सम्पन्न भएको थियो भने कम्पनिका एजेन्सी मेनेजरहरुले पनि प्रशिक्षण र सहजीकरण गरेका थिए ।
इभेण्ट सोलुसनकाे आयोजनामा दशैं तिहार लक्षित ‘स्टक क्लियरेन्स मेला’ हुँदै, असोज १ देखि शुरु
काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला शुरु हुने भएको हो । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । यसरी, ‘अफरै अफरको ब्यापारिक मेला शपिङ गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् । इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताएका छन् । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।
टेकुमा खुल्यो मोटरहेडको शोरुम, दशैंको अवसरमा छुट
काठमाडौं । टेकुमा मोटरहेड मोटरसाईकलको ७ औं शोरुम खुलेको छ । मोटरहेडले दशैँमा बाइक किन्नेलाई छुट पनि दिने भएको छ । मोटरहेड मोटरसाइकलको नेपालको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले सोमबार शोरुमको उद्घाटन गरेका छन् । मोटरहेडले नेपालमा ५ वटा मोडलका मोटरसाइकलहरु बिक्री गर्दै आइरहेको छ । यो कम्पनीले नेपालमा बिक्री गरिरहेको बाइकको ६ गेयरको छ । नेपालमा बिक्री भइरहेको सो ब्रान्डका बाइकहरु १४९ सिसि देखि २२३ सिसिसम्मका छन् । कम्पनीले बाइकको मूल्यू २ लाख ७८ हजार देखि ४ लाख ५० हजार तोकेको छ । यी वाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सवैमा ६ गियर रहेको छ । अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरि तयार पारिएको छ । टेक्कन २५० सिसिको बाइकको मूल्य ३ लाख ७५ हजार, स्पोर्ट २५ सिसिको बाइकको मूल्य ३ लाख ६५ हजार, स्क्र्याम्ब्लर २५० सिसिको बाइकको मूल्य ४ लाख ५० हजार एम एच २०० सिसि बाइकको मूल्य ३ लाख ७२ हजार र एम एच १५० सिसिको बाइकको मूल्य २ लाख ७८ हजार तोकेको छ । एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष घिमिरेले ग्राहकलाई दशैंको अफरस्वरुप स्क्र्याच मार्फत ५ देखि २५ हजारसम्म नगद छुटको व्यवस्था रहेको बताए ।
मदन भण्डारी राजमार्गको डिपिआर शुरु, प्रदेश सरकारले सङ्घीय सरकारसँग माग्यो चार अर्ब
सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण शुरु भएको छ । पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको काम शुरु गरिएको हो । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्म जोडिने ‘नेशनल हाइवे ०९’ नामक मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको काल्चे, मालारानी, बेनिघाटको १३२ किलोमिटर सडकलाई केन्द्रमा राखेर डिपिआरको काम शुरु गरिएको हो । विसं २०५१ मा ट्र्याक खोलिएको सडकको शुरु बिन्दु बड्डीचौर तथा अन्तिम बिन्दु गुटु हुँदै सिमीचौरसम्म दुई लेनको हुनेछ । सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले डिपिआर सर्भेका लागि परामर्शदाता कम्पनी सिल्ट सिआरसी जिओकम जेभी ललितपुरले काम शुरु गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार कम्पनीलाई सर्भे गर्न ५० दिनभित्र २५/२५ मिटर दायाँबायाँ क्षेत्रफलमा सर्भे गर्नेछ । चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले मदन भण्डारी राजमार्ग निर्माण भए पश्चिम सुर्खेतको मुहार फेरिने बताए । सडक र बिजुली विकासको मेरुदण्ड भएकाले सङ्घीय सरकारले ढिलासुस्ती गर्न नहुने उनको भनाइ थियो । त्यसैगरी, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले २०५१ सालमा खोलिएको ट्र्याकले अहिले पूर्णता पाउँदा खुशी लागेको बताएका छन् । “त्यतिबेला जन्मिएको बच्चा अहिले तन्नेरी हुँदैछ भने सडक बुढो भएको छ”, उनले भने, “स्थानीय तहमा आउने बाधा अवरोधको सहजीकरण गर्न सदैव तयार छौँ ।” सुर्खेत–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले मङ्सिर महिनाभित्र डिपिआर सम्पन्न गर्न कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन् । सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग रु चार अर्ब बजेट माग गरिएको जानकारी उनले दिए । १३२ केभी कोहल्पुर सुर्खेत प्रसारणलाइन विस्तार, बड्डीचौर बेनिघाट सडक, काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव, पुल लगायतका योजनालाई सञ्चालन गर्न सफल भएको उनको भनाइ छ । सर्भेका क्रममा आइपर्ने विभिन्न समस्या समाधानको नेतृत्व स्थानीय सरकारले लिनुपर्ने भन्दै सांसद रावतले मङ्सिरभित्र डिपिआर सक्ने, माघभित्र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने, चैत महिनामा टेण्डरको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरामा बीमा संस्थानले गर्यो जीवन बीमा अभिकर्ता आधारभूत तालिम
काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा पोखरामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । भदौ २६ गतेदेखि २८ गतेसम्म आयोजित कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा बीमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुबारे जानकारी गराइएको थियो । त्यसैगरी बीमा ऐन, नियमावली लगायतका कानूनहरु र अधिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो । अभिकर्ता संख्या बृद्धि र व्यवसाय बिस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थानले जनाएको छ ।
अवैध बालुवा उत्खननमा संलग्न २१ स्काभेटरमा लगाइयो साङ्लो, प्रत्येकलाई ५० हजार जरिवाना
वेत्रावती । नुवाकोटका नदी र खोलामा अवैध रूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर (हेभी उपकरण) मा प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैध रूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर रोक्न चुनौती देखिएपछि कारवाही स्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो । नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्काभेटरमा ताल्चासहितको साङ्ला लगाइएको प्रहरीले जनाएको छ । नदीजन्य सामग्रीको व्यवस्थापनसम्बन्धी ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को टोलीले स्थलगत रूपमा गरेको अनुगमन र अवैध कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उत्खननमा संलग्न स्काभेक्टर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार नदी एवं खोलामा अवैध कार्य गर्ने तथा त्यसको आसपासमा रोकिएका स्काभेक्टरलाई सोही स्थानमै साङ्लो बेरेर ताल्चा लगाई साँचो कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको छ । बर्खाको समयमा जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्पुलगायतका खोलामा अवैध रूपमा बालुवा झिक्ने समूह सक्रिय भएर दोहन बढाएपछि नियन्त्रणका लागि प्रहरी र प्रशासनले यो वर्ष साङ्लो लगाएर कडाइको प्रयास गरेको हो । नदी र खोलामा जारी उत्खनन कार्य रोक्न प्रहरीले नयाँ स्वरूपको सक्रियता चलाए पनि नियन्त्रण भने अझै प्रभावकारी नभएको स्थानीयवासीको गुनासो छ । साङ्ले स्काभेटरलाई ५० हजार जरिवाना जिल्ला अनुगमन तथा समन्वय समितिको टोलीले अनुगमनका क्रममा एवं प्रहरीबाट साङ्लो कसेका स्काभेक्टरलाई नगद जरिवाना तिराइने भएको छ । समितिको बैठकले ‘नदीजन्य पदार्थको अनुगमन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६’ अनुसार पहिलोपटक साङ्लो लागेका ती उपकरणलाई रु ५० हजार जरिवाना तिराउने निर्णय गरेको समितिका अध्यक्ष एवं जिसस प्रमुख सन्तमान तामाङले जानकारी दिएका छन् । “अवैधरूपमा नदी उत्खननमा संलग्न उपकरणको साङ्लो खोल्न जरिवानाको व्यवस्था गरिएको छ । केहीले साङ्लै तोडेर पुनःअवैध कार्य गरेको पाइएकाले त्यसलाई थप रु ५० हजार जरिवाना लाग्ने निर्णय भएको छ”, तामाङले भने । सङ्कलन भएको सामग्री जफत समितिको बैठकले अवैध रूपमा उत्खनन गरेर सङ्कलित नदीजन्य सामग्री सम्बन्धित स्थानीय तहलाई जफत गर्न निर्देशन दिएको छ । जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा ताँदी, पञ्चकन्या, लिखु, किस्पाङ र तारकेश्वर गाउँपालिकालाई आफ्नो क्षेत्रभित्र अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवालगायतका नदीजन्य सामग्री जफत गर्न पत्राचार गरेको समितिका अध्यक्ष तामाङले जानकारी दिए । ती सामग्रीको घाटगद्दीमार्फत खुला प्रतिस्पर्धाबाट बिक्री गरेर सम्बन्धित स्थानीय तहलाई राजश्व सङ्कलन गर्न भनिएको छ । अवैध कार्यमा स्थानीयवासीदेखि जनप्रतिनिधिसम्म नुवाकोटका नदी र खोलामा अवैध रूपमा हुने उत्खननमा यहाँका स्थानीयवासीदेखि निर्वाचित जनप्रतिनिधिकोसमेत संलग्नता हुने गरेको पाइएको छ । निर्वाचित जनप्रतिनिधिको संरक्षणका कारण नदीजन्य सामग्रीको उत्खननमा अनुभव हासिल गरेका समूहले विभिन्न स्थानमा उत्खनन क्षेत्रको भाग लगाएर अवैध कार्य गर्ने गरेको स्थलगत अनुगमनमा पाइएको हो । अनुगमन गर्न पुगेको टोलीलाई तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले आफ्नो क्षेत्रमा दर्ता नभई दुई वटा क्रसर उद्योग चलेका र दुई स्थानमा स्काभेटर प्रयोग गरेर अवैध उत्खनन भइरहेकाले नियन्त्रणका लागि ध्यानाकर्षण गराएका हुन् । काम गर्ने स्थान आसपासका बासिन्दादेखि, राजनीतिज्ञ एवं सम्बन्धित स्थानका निर्वाचित जनप्रतिनिधि समेतको संलग्नताले अवैध कार्य रोक्न आफूलाई कठिन भएको गुनासो पाण्डेले गरेका छन् । जिल्लाको कोल्पुखोलामा अवैध उत्खनन रोक्न प्रहरी मौन रहेको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाको भनाइ छ । “खोला किनारमा स्काभेटर र सङ्कलित बालुवा प्रहरीको चौकीबाटै देख्न सकिन्छ”, उनले भने, “खोलामा गएका ती उपकरण र त्यसलाई चाहिने इन्धन लैजाँदा रोक्न नसक्नु प्रहरीको कमजोरी हो ।” रासस
मलेसिया खुलेसँगै श्रमिकको सेवा तथा सुरक्षाको ग्यारेन्टी लिँदै सरकार
काठमाडौं । हाल मलेसिया रोजगार खुलेसँगै नेपाली युवाहरुको रोजगारीको गन्तव्यको रुपमा रहने भएको छ । अधिकांश नेपाली युवाहरुको रोजगारीको केन्द्रविन्दु रहेको मलेसिया रोजगार शूल्य लागतमा शुरु भएसँगै सरकारले कामदारका लागि सेवा तथा सुविधाको ग्यारेन्टी लिएको छ । यस वैठकबाट गत वर्ष हस्ताक्षरित श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुंगो लाग्न बाँकी विषयमा छलफल गरी समझदारी कार्यान्वयनलाई औपचारिक रुपमा अगाडि बढाउन सहमति भएको छ । प्रमुख रोजगारको गन्तव्यको रुपमा मलेसिया स्थापित गर्न सरकारले जाने क्रममा ठगी, अनुचित लागत एवं सिन्डिकेट जस्ता समस्याहरु खेपिरहनु परेको सन्दर्भमा मिति २०७५।२।२ गते मन्त्रालयले महत्वपूर्ण निर्णय लिएको थियो । उक्त समझदारी पत्र अनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच लगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्न व्यवस्था आएको छ । करार अवधि ३ वर्ष रहदै आएकोमा २ वर्ष कायम भएको छ । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गते भित्र वैङ्क खाता मार्फत भुक्तानी गर्नु पर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चितता भएको छ । समझदारी पत्र अनुसार रोजगारदाताले कामदारका लागि उचित कार्यवातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेतको प्रवन्ध गर्नुपर्नेछ। नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्नेछ । महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिंदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ । त्यसै गरी कामदार र रोजगारदाताबीच श्रम सम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भै मुद्दा विचाराधीन रहेसम्मको लागि मलेसिया बस्न पाउने छन् । मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन् । कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ । भविष्यमा मलेसिया सरकारले बीमा सम्वन्धी नयाँ योजना लागू गरेमा सो नेपाली कामदारलाई समेत लागू हुनेछ । वैदेशिक रोजगारीमा क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने छ । समझदारीपत्र अनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानून बमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको छ । रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुर्व्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा वा रोजगारदाताले पुरा गर्नुपर्ने दायित्व पुरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ । नेपाली कामदारहरुले आफ्नो राहदानी लगायत आफ्ना निजी कागजात आफैसँग राख्न पाउने अधिकार सुनिश्चित गरिएको छ । उक्त संयुक्त कार्य समूहको वैठकमा मलेसिया सरकारबाट स्वास्थ्य परीक्षणको मापदण्डहरु उपलब्ध हुने र सो को आधारमा नेपाल सरकाले मलेसिया सरकारसंगको परामर्शमा स्वाथ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुको छनौट गर्ने गरी निर्णय गरिएको थियो । यसै व्यवस्था बमोजिम यस मन्त्रालयबाट मापदण्डहरु उपलब्ध गराइदिने व्यवस्थाका लागि मलेसिया सरकारलाई अनुरोध गरिएको थियो । मलेसियाली पक्षको परामर्श रहेको हुँदा ती वाहेकका अन्य ८६ वटा संस्थाहरुको आगामी नोभेम्बरको पहिलो सातादेखि मलेसियाली प्राविधिक टोलीबाट मापदण्ड परीक्षण शुरु गर्ने सहमति भएको छ ।