साताको शेयर बजार पछिल्लो डेढ वर्षको तुलनामा उच्च, साढे आठ अर्बको कारोबार
काठमाडाैं । धिताेपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १ सय ८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि दुई करोड ५१ लाख दुई हजार १५९ कित्ता शेयर रु आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ मूल्यमा खरिदबिक्री भए ।बजारले लय समातेर अगाडि बढे पनि क्रमशःनेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा एक हजार २०० को बिन्दुमा झरेको छ ।मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ । नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुग्याे। प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको थियो । कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबर कारोवार भए । आइतबारको उचाइ सोमबार कायम हुननसक्दा नेप्से परिसूचक त्यसदिन झण्डै साढे २६ अङ्कले ओरालो लाग्यो । नेप्से परिसूचक २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुग्याे। नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै रु दुई अर्ब बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटियो । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करिब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो । बुधबार नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुग््यो । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्याे । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन झण्डै १६ अङ्कले घटेको थियो । नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झर्यो । एक हजार ३०० को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै एक हजार २००को विन्दुमा झर्यो । कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर रु एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए । स्टकमा यस साता प्रभु बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र उक्त बैंकको सूचीकृत भएका हुन् । रासस
प्रभु शाहको निर्माणमा तथा नायिका अधिकारीकाे अभिनय रहेकाे ‘हमनिके भागिया’ सार्बजनिक
काठमाडौं । भोजपुरी गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत समाभेष छिन् । उपेन्द्र सहानीको शब्दमा संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् । त्यस्तै निर्देशक पुर्णेन्द्रु झाले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र बिजय यादब निर्बिजको ससक्त अभिनय रहेको छ । भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् । भिडियो हेर्नु क्लिक गर्नुहोस्
रेमिट्यान्सले देश चल्न सक्दैन, उद्योग व्यवसायको विकासमा जोड दिनुहोस् – मन्त्री दुगड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले रेमिट्यान्सले देश चल्न नसक्ने भन्दै उद्योग व्यवसायको विकासमा जोड दिन आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतीहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उद्योग व्यवसायको विकासबाट स्वरोजगारीका अवसर सिर्जना गर्न सकेमात्रै देशको अर्थतन्त्रलाई दिगो विकासतर्फ अग्रसर गराउन सक्ने बताए। मुलुकमा सञ्चालित साना, मझौला र ठूला उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने भन्दै मन्त्री दुगडले उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने उनकाे भनाइ छ । उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताउँदै उनले भने – ‘उद्यमी व्यवसायीहरु जबसम्म समृद्ध हुन सक्दैनन्, जबसम्म उनीहरु सुखी हुँदैनन, जब उनीहरुलाई आफ्नो काम प्रति सन्तोष हुँदैन तबसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन पर्यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुनपर्यो अनिमात्रै देश समृद्ध हुन्छ ।’ उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गर्दै ‘उद्योग व्यवसायमा पुरुषको तुलनामा महिला झनै शक्तिशाली हुन्छन् । पुरुष प्रधान समाजमा पुरुषले पाउने मौका र अवसर महिलाले पाए भने झनै धेरै गरेर देखाउन सक्छन्,’ मन्त्री दुगडले भने । सहुलियतपूर्ण कर्जा सुविधा लिनबाट बञ्चित भएको सरोकारवालाहरुको गुनासो महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले महिला उद्यमीहरुको लागि ऋण लिन खोजेको र आवश्यक सबै कागजात पेश गर्दा पनि तीन महिना भन्दा बढी समयदेखि राष्ट्रिय वाणिज्य बैंकले ८० वटा ऋणको फाइल रोकेर राखेको बताए । महासंघ र वाणिज्य बैंकले सहुलियत पूर्ण कर्जा लिनको लागि चार महिना अघि दुई पक्षबीच सम्झौता गरिसकेको जानकारी दिंदै उनले सहुलियत ऋणका लागि बैंकले मागेका आवश्यक सबै कागजात पेश गर्दा पनि तीन महिनादेखि ऋण दिने हो वा होइन कुनै टुंगो नलागेको जानकारी दिए । ‘महासंघ र बैंकबीच सम्झौता गर्दा बैंकको आधार मूल्यमा सरकारले दिने सहुलियत बाहेक बैंकले १.३८ प्रतिशत थप लिन सक्ने उल्लेख भएपनि वाणिज्य बैंकले ऋण दिनुको साटो सबै कागजात पुग्दा पनि बेवास्ता गरेकाले त्यो ऋण लिने वा नलिने भन्नेमा महिला उद्यमीहरुमा अन्यौलता सिर्जना भएको छ।’ पूर्ण सरकारी स्वामित्वको वाणिज्य बैंकले नै समयमा ऋण नदिएका कारण साना उद्योगीहरु ऋण लिनको लागि निजी बैंकहरुमा जान बाध्य भएको अध्यक्ष सिंहकाे भनाइ छ । नेपालमा रहेका ४ लाख १८ हजार साना तथा घरेलु उद्योगमा ४ खर्ब ११ अर्ब ९५ करोड रुपियाँ लगानी रहेको जानकारी दिंदै कार्यवाहक अध्यक्ष सिंहले भने – ‘यसरी साना तथा घरेलु उद्योगहरु फस्टाइ रहेका छन्, अर्थतन्त्रमा पनि योगदान गरिरहेका छन् । तर समयमा बैंकले ऋण नदिँदा समस्या सिर्जना भइरहेको छ ।’ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारले तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने बैंकलाई कारबाही गर्ने भन्दै बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रभावकारी रुपमा नदिएका कारण बैैंक तथा वित्तीय क्षेत्रलाई नै संख्या तोकिदिएको बताए । उद्यमशीलता विकासमा महिलाहरुको योगदान बढी होस् भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिंदै उनले भने – ‘बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएको छ त्यसको फाइदा लिनुस् । बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्छ ।’ १५ लाख रुपियाँसम्मको कर्जामा कुनै पनि धितो राख्न नपर्ने भन्दै उहाँले बैंकको कष्ट अफ फण्डमा २ प्रतिशत मात्रै मुनाफा जोडेर बैंकले ब्याज निर्धारण गर्नेछ। राष्ट्रिय वाणिज्य बैंकको ६.३ प्रतिशत कष्ट अफ फण्ड रहेको र बैंकले २ प्रतिशत थपेको खण्डमा सवा ८.३ प्रतिशत ब्याज हुने भन्दै डेपुटी गर्भनर शिवाकोटीले भने – ‘त्यो ब्याजमा सरकारले ५ प्रतिशत तिर्छ । ऋणीले ३.६ प्रतिशत तिरे पुग्छ । महिला उद्यमशीलताको लागि ऋण लिएको हो भने सरकारले ६ प्रतिशत तिर्छ, तपाईले सवा २ प्रतिशतको हाराहारीमा ऋण पाउनु हुन्छ ।’ बैंकले दिएको सहुलियत पूर्ण कर्जाले महिला उद्यमशीलतामा लाग्ने, उनीहरुले उत्पादन गरेका सामान निर्यात हुने र विदेशी मुद्रा आर्जन गर्न सक्ने भन्दै बैंकबाट ऋण लिएका मान्छेले कृषिमा ऋण लिने भन्ने अनी त्यो पैसाले जग्गा किन्ने, त्यसमा धान रोप्ने, पछि त्यो बेच्ने गरेको पाएकाे हुँदा त्यस्ताे कार्यकाे अन्त्य गर्ने जानकारी दिए । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले नेपालले खासगरी हाल कायम रहेका उद्योगहरुलाई संरक्षण गर्ने कार्यक्रमहरु त्यति प्रभावकारी रुपमा सञ्चालन नगरेको अनुभव भएको भन्दै अष्ट्रेलिया सरकारले नेपालको उद्योग मन्त्रालयसँग लामो समयदेखि सहकार्य गर्दै आएको बताए । नेपाल जस्तो विकासोन्मुख देशमा भएका आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाउने उद्योगहरुको सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सहयोगलाई प्राथमिकतामा राखेको छ ।
एनएमबि लघुवित्तको नाफा बढेसँगै प्रतिशेयर आम्दानी ४६.६० रुपैंया
काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुदनाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । गतआर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुदनाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गतवर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालननाफा बढ्नुका साथै खराबकर्जा उठाउन सफल भएका कारण खुदनाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँनिक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँपुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँपुगेको छ । एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँलगानी रहेको लघुवित्तले यस अवधिमा खराबकर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झरेको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १ सय ८३ रुपैयाँ ५२ पैसा र मूल्यआम्दानीअनुपात १७.१७ गुणा रहेको छ ।
उत्खनन गुनासो बढेसँगै महोत्तरीमा क्रसर उद्योग बन्द गरिने
महाेत्तरी । जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग पूर्णरुपमा बन्द गरिने भएका छ। प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो । जिल्लाका क्रसर उद्योगहरुले गत आर्थिक वर्ष २०७५/७६ को स्टक (भण्डार) विवरण नदिएका हुँदा हाललाई सबै यस्ता उद्योग बन्द गर्ने निर्णय गर्नु परेको समितिले जनाएको छ । जिल्लाका सबै स्थानीय तहलाई आ–आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी जिल्ला समन्वय समिति महोत्तरीमा पठाउन भनिए पनि कतैबाट त्यस्तो जानकारी हालसम्म प्राप्त नभएको जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए । यद्यपि क्रसर र बालुवा प्रशोधन नाउँ राखेर नदी र नदी उकास जग्गामा उधुम मच्चाउँदै आएका यस्ता उद्योग तत्काल बन्द गरिने सिंहको भनाइ छ । जिल्लामा १५ स्थानीय तह रहे पनि उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धेरैजसो यस्ता उद्योग सञ्चालित छन् । अब माग गरिएको विवरण प्राप्त भएपछि सोको अध्ययनबाट मात्र सबै प्रक्रिया पूरा गरेका उद्योगलाई पुनः सञ्चालनको अनुमति दिन सकिने संयोजक सिंहले स्पष्ट पारे । चुरे पहाडी शृङ्खला र नदी एवम् नदी उकास जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा, ढुङ्गाको अवैध उत्खनन बढेको गुनासो बाक्लिएसँगै गत वर्षदेखि नै जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले अनुगमन गर्दै आएका छन् । यद्यपि करिब ५० को सङ्ख्यामा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात नदिएरै उत्खनन कार्य जारी राखेका पाइएपछि अहिले त्यसमा कडाइ गरिन यस्ता उद्योग पूर्णरुपले बन्द गर्ने निर्णय बुधबार नै गरिएको संयोजक सिंहले बताए ।उद्योगहरुको स्टक अवस्था बोर्डमा उल्लेख गरेर पारदर्शी गरिएपछि मात्र ठेक्का बन्दोबस्तको प्रक्रिया अघि बढ्नसक्ने समितिले जनाएको छ । सबै उद्योगको स्टक अवस्था सम्बन्धित स्थानीय तहले महिनामा दुईपटक प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउने परिपाटी बसाल्ने कुरा सुनिश्चित नगरिएसम्म अब उद्योग सञ्चालनको सम्भावना नरहेको समितिले जनाएको छ । जिल्लाका क्रसर उद्योगले कानूनी प्रक्रिया मिचेर रातारात उत्खनन गर्ने गरेका छन् । यो अवस्था देखिएपछि सबै स्थानीय तहलाई निश्चित समय तोकेर उज्यालोमा मात्र उत्खनन गर्नसक्ने व्यवस्थाको स्पष्ट निर्देशन सबै स्थानीय तहलाई दिएको सिंहले बताए । जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी र टुटेश्वरसहितका नदी र नदीउकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालित छन् । यस्ता उद्योगले जथाभावी उत्खखन गर्दा बनेका खाल्डामा परेर बर्सेनि मानवीय क्षति पनि हुँदै आएको छ । अवैध उत्खनन गर्नेहरुले यसको विरोध गर्नेलाई टिप्परले किचेर मार्ने दृष्टान्त छिमेककै ढल्केवरमा दुई साताअघि देखेका जिल्लावासी अहिले आतङ्कित भएका छन् । गत पुस २५ गते बिहान अवैध उत्खनन भइरहेको ठाउँमा सो रोक्न पुगेका धनुषाको मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरिएको थियो । रासस
एनआईसी एशियाले गर्याे एपीएफ क्लबका विजेता खेलाडीलाई १० लाख सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (२०७६) का विजेतालाई सहयोग प्रदान गरेको छ । विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई वितरण गर्नका लागि नगद ९ लाख ९५ हजार रुपैयाँ चेक मार्फत एनआईसी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरीका उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक श्री शैलैन्द्र खनालज्यूको प्रमुख अतिथ्यता रहेको थियो । हाल देशभरी बैंकको ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ३० एटिएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । एनआईसी बैंकका २१ लाखभन्दा बढी ग्राहक साथ सेवा सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेकाे जनाएकाे छ । त्यस्तै वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु विस्तार भएको बैंकले जानकारी दिएको छ । ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
ट्राफिकमा नयाँ मोडालिटीः ‘परीक्षा दिँदै ट्राफिक प्रहरी’
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाहीलाई मुल्याङ्कन गर्ने नयाँ परिपाटीको थालनी गरेको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधीलाई विभिन्न चार खण्डमा बिभाजन गरि ४सय पुर्णाङ्कका ५० प्रश्न तयार गरि मुल्याङ्कनको आधार बनाएको छ । जसमध्ये कार्यालय ब्यवस्थापन, प्रहरी आचरण ब्यवहार एवं अनुशासन बापत २५ अंक, ट्राफिक ब्यवस्थापन एवं दुर्घटना न्युनिकरण बापत २ सय अंक, सवारी चोरी एवं सवारी दुर्घटना सम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशिल एवं उपलव्धिमुलक कार्य सम्पादन गरे बापत १ सय १५ अंकमा बिभाजन गरेको हो । ट्राफिक प्रहरीका आफ्ना हरेक काम कारबाहीको बस्तुनिष्ठ आधारमा बास्तबिक मुल्याङ्क गरी व्यबसायिकता, स्तरियता एव कार्य सम्पादनमा प्रभाबकारीता ल्याउने उद्धेश्यका साथ महाशाखाले सम्पुर्ण इकाइसँग अन्तर इकाइ कार्य सम्पादन परीक्षाको करार सम्झौता गरि ३र३ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्ने व्यबस्थाको शुरुवात गरेको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले “कार्य सम्पादन करार सम्झौताले ट्राफिक प्रहरीलाई कामको प्रतिष्पर्धात्मक भावना बोकेर आफ्नो व्यबसायिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमताको विकास गर्दै कार्य सम्पादनको स्तरलाई अझै प्रभावकारी, पारदर्शी एव जवाफदेही बनाउन महत्वपुर्ण भूमिका खेल्ने बताए । उनले भने– ‘ट्राफिक प्रहरी कर्मचारीले गरेका हरेक गतिबिधी र प्रत्येक काम कारबाही बापत त्यसको मूल्य तोकी नम्बर दिने परिपाटीको थालनी गरि पुरस्कृत गर्नाले कामको बास्तबिक लेखाजोखा हुँदा प्रतिस्पर्धाको भावनामा बृद्धि भई काम गर्ने थप हौसला प्रदान हुने र समग्र ट्राफिक व्यबस्थापनमा सुधार हुने बिश्वास रहेको छ ।’ अन्तर इकाइ कार्य सम्पादन परीक्षा २०७६ मा कार्यालयको उचित व्यबस्थापन गर्दै नागरिकमैत्री व्यबहार, भ्रष्टाचारमा शुन्यसहनशिलता, बिगतको भन्दा दुर्घटनामा न्युनिकरण गरेमा, मापसे। गरी सवारी चलाउनेलाई कारबाही गरेमा, लेन अनुशासन उल्लंघनकर्तालाई कारबाहि एवं कार्यान्वयन गरेमा, ट्राफिक व्यबस्थापनमा सहज हुनेगरी गरिएको प्रत्येक सुधार कार्य, बिभिन्न खालका ट्राफिक नियम उल्लंघनकर्तालाइ कारबाही, दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालक पक्राउ गरेमा, चोरीका सवारी साधन पक्राउ र अनुसन्धान गरेमा, दुर्घटनामा चालक, सह चालक, यात्रुको सुरक्षा तथा उद्दार गरेमा, नागरिकलाई ट्राफिक सचेतना कक्षा, बढि भाडा लिने, मिटरमा नजानेलाई नियन्त्रण र कारबाही गरेमा, ठुलो आवाज निकाल्ने, मोडिफाई गरी तिब्रगति र लापरबाही साथ चलाउने मोसा चालकलाई कारबाही गरेमा, ओभरलोड नियन्त्रण गरेमा, अबस्था ठिक नभएका र तिब्रगतिमा सवारी चलाउने ट्रिपरलाई नियन्त्रण एवं कारबाही गरेमा, भाडाका सवारी साधनमा यात्रुमैत्री हुनेगरी गरेको सुधार, आरक्षण सिटको व्यबस्थापन, सवारी जाम कम गर्न गरिएको प्रयास, निषेधित स्थानमा पार्किङ्ग गर्नेलाई कारबाही गर्दै पार्किङ्ग व्यबस्थापन लगायतका प्रत्येक कार्यमा नम्बर दिने व्यबस्था मिलाइएको छ । ट्राफिक प्रहरीले गरेका हरेक कामको मूल्य तोके पछि सबै इकाइ प्रमुख र अन्य कर्मचारी स्वतस् स्फुर्त रुपमा काम गर्न उत्साहित भैरहने बिश्वास गरिएको छ र नागरिकले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यबस्थापनमा थप सुधारको अनुभूति समेत गर्ने छन । ४ सय पुर्णाङ्कको यस प्रतियोगितामा ८० भन्दा माथी ल्याउने बिशिष्ट श्रेणी, ६५-७९.९५ प्रतिशत ल्याउनेलाई प्रथम श्रेणी, ५५-६४.९५ प्रतिशत ल्याउनेलाई द्वितीय श्रेणी, ४५-५४.९५ प्रतिशत ल्याउनेलाई तृतीय श्रेणी तोकिएको छ । बिशिष्ट श्रेणीलाई बढुवामा सहयोग हुने गरी पुरस्कृत गरिने, प्रथम श्रेणी ल्याउनेलाई प्रशंसा पत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारको लागी सचेत गराइने तर भ्रष्टाचार गरेमा, आर्थिक अनियमितता वा त्यस्तै प्रकारको गल्ती गरेमा बिभागीय कारबाहीका अतिरिक्त प्राप्त भएको अंकमा २० अंकसम्म घटाइने व्यबस्था पनि गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
टीभीएस एनटर्क रेस एडिसन लन्च गर्दै नायक प्रदिप खड्का
काठमाडौं । जगदम्बा मोटर्सले सोमबार २ बजे टिभीस शोरुममा एनटर्क रेस एडिसन लन्च गर्ने भएको छ । टीभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता बुटवल बालाजी अटोमोबाइल माटीभीएस एनटर्क रेस एडिसनमा नायक प्रदिप खड्काले एक कार्यक्रमको बीचमा लन्च गर्नेछन् । कार्यक्रममा टिभी एस एनटर्क ब्राण्ड एम्बेसडर नायक प्रदिप खड्का तथा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइराला समेत सहभागी हुनेछ । एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउछ । सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले एनटर्क १ सय २५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १ सय २५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्टद्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।