पाँच महिनाकाे अवधिमा अवैद्य उत्खनन गर्ने १ सय ५५ सवारी दाङबाट नियन्त्रणमा
तुलसीपुर। चालु आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा दाङमा अबैद्य उत्खनन् गर्ने १ सय ५५ सवारीसाधनलाई नियन्त्रणमा ल्याइएको छ । जसबाट ३६ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला समन्वय समिति दाङले जानकारी दिएको छ । यस अवधिमा १ सय ४७ ट्र्याक्टर नियन्त्रणबाट २३ लाख ४० हजार, चारवटा टिप्परबाट दुई लाख, तीनवटा जेसेभीबाट दुई लाख २५ हजार र एउटा स्काभेटरबाट एक लाख राजश्व सङ्कलन भएको जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले बताए । ट्र्याक्टरको २० हजार, टिप्परको ५० हजार, जेसेभीको ७५ हजार र स्काभेटरको एक लाखको दरले जरिवाना लिएको उनको भनाइ छ । यस्तै समितिले गत साउनमा ३६ वटा ट्र्याक्टर, एक टिप्पर, जेसेभी २० वटा नियन्त्रणमा लिँदा ९ लाख २० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । यस्तै भदौमा ३४ वटा ट्र्याक्टर नियन्त्रणबाट ६ लाख ८० हजार, असोजमा २१ वटा ट्र्याक्टरबाट चार लाख २० हजार र कात्तिकमा १७ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिँदा तीन लाख ४० हजार राजश्व सङ्कलन भएको जानकारी दिए । मङ्सिरमा २३ वटा ट्र्यणक्टर, एक टिप्पर र जेसेभी तीनवटालाई नियन्त्रणमा लिँदा सात लाख ३५ हजार राजश्व सङ्कलन भएको थियो । साथै पुसको अहिलेसम्म ट्र्याक्टर १६, टिप्पर दुई, एक स्काभेटर नियन्त्रणमा ल्याउँदा पाँच लाख २० हजार राजश्व सङ्कलन भएको थियो । गत आव २०७५/७६ मा ट्र्याक्टर ३ सय ५७, टिपर १८, जेसेभी २५ र स्काभेटर दुईवटा गरेर जम्मा ४ सय २ वटा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै जिल्ला समन्वय समितिले नियन्त्रण लिएको थियो जसबाट एक करोड एक लाख १५ हजार राजश्व सङ्कलन भएको समन्वय प्रमुख नेपालीले बताए । यसअघि प्रहरीले नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन भएका नियन्त्रणमा लिने गरे पनि राजश्व भने समन्वयमै आउने गरेको जनाएको छ । यसअघि समितिले मात्रै नदीजन्य पदार्थको उत्खननको अनुगमन गर्दै आएको थियो । अब भने दाङका स्थानीय तहले पनि उत्खननको जिम्मा पाएका छन् । जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीका अनुसार स्थानीय तहको मागअनुसार अनुगमनको जिम्मा स्थनीय तहलाई दिइएको हो । स्थानीय तहले अनुगमन गरिसकेपछि प्रतिवेदन समन्वय समितिमा बुझाउनुपर्ने उनको भनाइ छ । नदीजन्य पदार्थ कार्यविधि २०७५ को प्रचलित वन ऐन नियम, वातावरण संरक्षण ऐननियम, चुरे क्षेत्र विकास गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्डहरु एवं अन्य प्रचलित कानूनअनुसार गर्ने अनुमति तथा व्यवस्थाको कार्य स्थानीय तहबाट गर्न र सोको प्रतिवेदन समन्वय समितिमा पठाउने गरी स्थानीय तहलाई जिम्मा दिएको समितिका प्रमुख नेपालीको भनाइ छ । रासस
वैदेशिक रोजगार विभाग र इसेवा फोनपेबीच अनलाइन भुक्तानी सेवा सम्बन्धि सम्झौता
काठमाडाै । वैदेशिक रोजगारीमा जाने श्रमिककाे सेवालाई लक्षित गर्दै वैदेशिक रोजगार विभाग र इसेवा फोनपेबीच अनलाइन भुक्तानी सेवा सम्बन्धि सम्झौता भएकाे छ । श्रमिकहरूले तिर्ने बीमा बापतको रकम अतिरिक्त शुल्क नलिई अनलाइन भुक्तानी सेवा प्रदान गर्न इसेवा फोनपे बिच विभागले सहकार्य गरेकाे हाे । आगामी दिनमा बीमा कम्पनीहरूले विभागसँग सम्झौता गर्ने वित्तिकै बीमा वापतको रकम इसेवाबाट अनलाइन भुक्तानी गर्न सकिने भएकाे हाे । वैदेशिक रोजगार बोर्डमा जाने कल्याणकारी कोषको रकम पनि इसेवाबाट भुक्तानी गर्न सम्झौता हुँदैछ। अन्य अनलाइन भुक्तानी प्रदायक संस्थाहरूले पनि आइतबार विभागसँग सम्झौता गर्ने तयारी भएकाे वैदेशिक राेजगार विभागका महानिर्देशक डा भीष्मकुमार भूसालले जानकारी दिए । इसेवाले श्रमिकको म्यादी बीमा भएको जानकारी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्नेछ। बीमाको बीमाङ्क रकम भुक्तानी भए नभएको रूजू गर्न पोर्टलको व्यवस्था मिलाउने छ। यदि प्राविधिक कारणले सेवा अवरूद्ध भएको अवस्थामा सो समस्या तत्काल समाधान गर्न दुबै पक्षले पहल गर्ने सहमति भएकाे हाे । इसेवा कनेक्ट आइपिएस् प्रभु पे खल्ती लगायतका सबै अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले बुझाउने बीमा तथा कल्याणकारी कोषमा बुझाउने रकम बिना कुनै अतिरिक्त शुल्क अनलाइन भुक्तानी गर्न तयार भएका छन्। के बीमा कम्पनीहरूको कारणले नेपालीहरूले विदेशबाटै पुनः श्रम स्वीकृति लिन पाउने र नेपालमा पनि आफ्नै घरबाट अनलाइन तिर्नुपर्ने रकम तिरेर सेवा लिन पाइने व्यवस्था थिएन् । बीमा कम्पनीहरूमा त्यस्तो कुन रहस्य छ जसले उनीहरूलाई पारदर्शी रूपले विद्युतीय शासनको प्रत्याभूति दिंदै सेवाग्राहीहरूलाई सहजता प्रदान नगरेकाे याे अवस्थामा अबदेखि अनलाइन भुक्तानीलाई जाेड दिने विभागले जानकारी दिएकाे छ ।
साढे तीस लाख ग्राहकको विश्वास बोकेर अघि बढ्दैछौं : किरण कुमार श्रेष्ठ
काठमाडाैं । यस बैंकले ५५ वर्षको इतिहासमा अनेकौं आरोह अवरोह पार गर्दै आएको छ । ५० को दशककाे अन्त्यमा आइपुग्दा बैंकको वित्त अवस्थाका अधिकांश सूचकहरु नकारात्मक रहन गयो । फलस्वरुप २०५९/६० सालदेखि वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भई पुनः बैंकले प्रगतिको यात्रा शुरु गर्यो र आज यहाँसम्म आइपग्दा धेरै सकारात्मक परिणामहरु देखिन थालेको छ । आ ब २०७५/०७६ को आफ्नो वित्तीय विवरणहरुको अन्तिम लेखापरीक्षण समेत सम्पन्न गरी यही माघ २४ गते बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न गर्न गईरहेको व्यहोरा निवेदन गर्न चाहन्छु । चाल आवकाे दोश्रो त्रैमास भर्खरै समाप्त भएको छ । यस अवधिको प्रारम्भिक बिबरण अनसार २०७६ पौष मसान्त सम्ममा बैंकको कुल निक्षेप रु १ खर्ब ९७ अर्व, कूल कर्जा लगानी रु १ खर्ब ५२ अर्व तथा खुद मुनाफा रु २ अर्ब ५ करोड रहेको छ भने बैंकको कुल सम्पत्ती रु २ खर्व २६ अर्ब पुगेको छ। त्यसै गरी कर्जा निक्षेप अनुपात सीडी रेसियो ७७ प्रतिशत रहेको छ र बैंकको आधार दर ६.६ प्रतिशत रहेको छ । बैंकले निर्धारण गरेको कर्जाको व्याजदर वैकिङ्ग क्षेत्रमै प्रतिस्पर्धी रहेको छ भने निक्षेपको व्याजदर पनि अन्य बैकको तुलनामान प्रतिस्पर्धी नै रहेको छ । अहिले हामीले वचत निक्षेपमा ४ प्रतिशत देखि ६ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ९.७५ प्रतिशत सम्म व्याज दिईरहेका छौं । सर्वसाधारणको अपार विश्वास तथा मायाका कारण बैंकको निक्षेप ग्राहक संख्या ३० लाख ३७ हजार पगेको छ भने कर्जा ग्राहक संख्या १ लाख ५८ हजार पुगिसकेको छ । त्यसैगरि १० लाख भन्दा बढी ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकशन र ५ लाख १० हजार ग्राहकहरुले बैंकको भिसा डेबिट कार्ड प्रयोग गरिहेका छन । यसै गरी देशका सातै प्रदेशका ७७ वटै जिल्लामा २३८ शाखा कार्यालयहरु, २०५ वटा एटीएम, ९३ वटा शाखारहित बैंकिङ्ग, २८ वटा एक्स्टेन्सन काउण्टर माफत हामो कार्यजालो र सेवाको पहुँच पुर्याइ रहेका छौं । अबको दिनमा बंकले युवा वर्गलाई लक्षित गरी सेवा सुविधाहरुको अझ विस्तार र विकास गर्ने योजनामा रहेको छ । यस बैंकले आर्थिक वर्ष २०७५/०७६ मा नेपाल बैंकिंग क्षेत्रमै सबैभन्दा उच्च अर्थात रु ५.०५ अर्ब नाफा आर्जन गन सफल भएको कुरा सहर्ष जानकारी गराउन चाहान्छु । त्यगैगरी बैंकले यस वर्ष हाइएष्ट ट्याक्स पेयर अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष लगानीकर्तालाई पहिलो पटक १२ प्रतिशत लाभांश वितरण गर्न समेत सफल भएको छ । हामी सरकारको पूर्ण स्वामित्वको बैंक भएको हुनाले सरकारका नीति र कार्यक्रमहरु अनुरुप कार्य अगाडि बढाउनु हाम्रो प्रमुख दायित्व र कर्तव्य हो । यसै हिसाबल उत्पादनशिल तथा प्राथमिकता क्षेत्रका कृषि, जलविद्युत, पर्यटन तथा उद्योग क्षेत्रमा प्राथमिकताका साथ हामीले हाम्रो लगानीलाई केन्द्रित गरेका छौं । यस क्षेत्रमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रतिशत सिमा भन्दा माथि हाम्रो लगानी रहेको छ । यसै गरि व्याज अनुदान सहितको सहलियतपूर्ण कर्जा अन्तर्गत हालसम्म ९५४ जनालाई कुल ७८ करोड ८० लाख कर्जा प्रवाह गरिएको छ । सहलियतपूर्ण कर्जालाई कूल कर्जाको १ प्रतिशत सम्म लगानी पुर्याउने योजनाका साथ काम गरिरहेका छौ । यस्तै अनुदान सहितको कषि कर्जा तर्फ बैंकले हालसम्म ५६५३ जनालाई कुल र अर्ब १ करोड प्रवाह भएको समेत जानकारी गराउँछु । सर्वसाधारणको वित्तीय पहुंच बढाउने उदेश्यले हामीले शाखा संजाल विस्तार तर्फ विषेश जोड दिएका छौं । मुलुकको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु स्थापना भई सकेको र आजको दिनमा मुलुकभर ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा गरी २३८ वटा शाखा सहित उपस्थित छौं भन्न पाउँदा मलाई खुशी र गर्व महसुस भएको छ । यसै गरी सरकारको ७५३ वटै स्थानीय निकायहरुमा बैंकका शाखा स्थापना गर्ने नीति अनुरुप यस बैंकले स्थापना गर्नुपर्ने २२ वटै स्थानीय तहमा शाखा कार्यालय स्थापना गरी संचालनमा पनि ल्याईसकिएको छ । आजको बैंकिग प्रतिष्पर्धामा आफनो प्रतिष्पर्धी क्षमतालाई समयानुकुल पारमार्जन गर्न अति नै जरुरी रहेको सम्बन्धमा बैंकको उपलब्धीलाई दीर्घकालीन रुपमा दिगो बनाइ राख्न समयम रणनीतिक कामहरु गर्नु पर्ने आवश्यकता बोध गरी हामीले बैंकको रणनीतिक योजना २०२०–२०२५ तर्जुमा गरेका छौं । यस रणनीतिक योजनाको कार्यान्वयनबाट बैंकको आगामी कार्यक्रमलाई योजनाबद्ध रुपमा सञ्चालन गरी बैंकको प्रतिष्पर्धी क्षमताको विकाु गर्न सकिने विश्वास लिएका छौं । त्यसैगरी व्यवस्थापन अडिट र ओ एण्ड एम सर्भे सम्पन्न गरिसकेका छौं । अहिले बैकिङ्ग क्षेत्रमा देखिएका जोखिमहरु तथा नयाँ चुनौतिहरुका सामना गर्न बैंकको रिक्स व्यवस्थापन प्रणलीलाई राम्रो र भरपर्दो बनाउन डीएफआइडीको आर्थिक सहयोग र पीडब्लुसीको प्राविधिक सहयोगमा यस बैंकमा नेपाल रिस्क ट्रान्सफरमेसन सिस्टम संचालन भईरहेको छ । सो परियोजनाले यस बैंकको विद्यमान जोखिम व्यवस्थापन प्रणाली र पद्धतिलाई इन्टरनेश्नल नम्स अनुरुप सुधार गर्ने विश्वास लिएका छौं । त्यसैगरी सम्पत्ती शुद्धिकरण निवारणका लागि बैंकिंग क्षेत्रमा अहिलेको जल्दोबल्दो विषय एएमएल÷सीएफटी संग सम्बन्धित विषयहरुको नियमन, व्यवस्थापन तथा रिपोर्टीङ निकै चुनौतीपुर्ण भएको छ । यसको लागि हामीले बैंकको कम्प्लेन्स डिपार्टमेन्टको सदढिकरण, उपयुक्त जनशक्ति व्यवस्थापन, तालिम तथा प्रविधिको स्तरोन्नती गर्दै अगाडि बढि रहेका छौं । यस आर्थिक वर्ष २०७६/०७७ लाई क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन भन्ने अभियान संचालन गरी फिजिल एण्ड फाइनान्स स्मार्टनेस को लक्ष्यसहित विभिन्न प्रकारका कामहरु गरि रहेका छौं । बैंकको विद्यमान कर्मचारी सेवा विनियमावलीका प्रावधान बमोजिम विगत चार वर्षको अवधिमा १३५४ जना कर्मचारीहरु सेवा निवृत भई अनिवार्य अवकासमा गएका छन् भने १०६० जना नयां कर्मचारीहरु नियुक्त गरिएको छ । बैंकको ४ वर्ष अगाडिको ४८ वर्षको औसत उमेर ३६ वर्षमा झरेको छ । यसै आर्थिक बर्ष आयोजना गरिएका १३० वटा तालिम कार्यक्रम मा ३४८१ जना कर्मचारीहरु सहभागी भएका छन् । बैंकको समग्र विकास तथा कर्मचारी समस्याको समयमा सम्बोधन गर्न बैंक व्यवस्थापन र ट्रेड युनियन बीच रामो सम्बन्ध र समझदारी समेत रही आएको छ। बैंकले आर्जन गरेको खद मनाफाको कम्तिमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व वहन सम्बन्धी क्रियाकलापहरुमा खर्च गर्नु पर्ने नीतिगत व्यवस्था बमोजिम हामीले विभिन्न कार्यक्रमहरु संचालन गरेका छौं । समृद्धिसंग जोडी नाता, सबै नेपालीको बैंक खाता भन्ने राष्ट्रिय अभियानलाई सार्थक पार्न घनिभुत रुपमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको छ । गत २०७६ वैशाख १ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बैंकमा खाता खोली शुभारम्भ भएको यस अभियानलाई बैंकले देशभरी रहेका सबै शाखा कार्यालयहरु माफत व्यापक रुपमा अगाडि बढाएको छ । यस कार्यक्रममा हालसम्म २०३ वटा शाखा कार्यालयहरु मार्फत १९९७१ जना व्यक्तिहरु सहभागी गराइएको छ भने यस अभियान अन्तर्गत शाखा कार्यालयहरुले १५१४ संख्यामा नयां निक्षेप खाता खोलिएका छन् । बैंकको उद्धेश्य अनुरुप कार्यक्षेत्रको दायरालाई अझ फराकिलो बनाउने उद्धेश्यले विभिन्न संघ संस्था तथा निकायहरुसंग समन्वय र सहकार्य गर्ने नीति अनुरुप हामीले नेपाल टेलिकमसंगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना गर्ने कार्यलाई अगाडी बढाएका छौं भने सहलियतपूर्ण कर्जालाई प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुर्याउन युवा परिषद् नेपाल, हेफर इन्टरनेशनल, युके एड, सक्षम, नेपाल घरेलु तथा साना उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मंच, समद्धि लगायत संघ संस्थाहरुसंग सहकार्य गरी रहेका छौं । एक कम्पनी आरविवि मर्चेन्ट मार्फत चाडै नै म्युचुअल फण्ड संचालन गर्ने तयारीमा लागेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका निदशन बमोजिम डिवेन्चर जारी गर्ने प्रत्रिया अगाडि बढाइएको छ । क्रडिट कार्डलगायत कर्जा तथा निक्षेपका नयां प्रडक्टहरुसमेत तर्जुमा गरी लागु गर्ने योजनामा छौं । विभिन्न संघ संस्था र निकायमा बहालवाला तथा सेवा सुविधा सहितको सहुलियत कर्जा शीर्षकमा नयां कर्जा प्रडक्ट निकट भविश्यमा ल्याउने तयारीमा छौं । बैंकको सूचना प्रविधि प्रणालीलाई समयानुकुल अद्यावीक लैजान आइटी इनह्यान्समेन्ट रोडम्याप गरी कार्यान्वयन गर्न तर्फ अगाडि बढेका छौं । बैंकले यसै आर्थिक वर्ष भित्र विभिन्न १६ स्थानमा रहेका जग्गामा बैंकको भवन निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ । ती मध्ये ५ वटा स्थानमा यसै वर्ष निर्माण कार्य सम्पन्न हुनेछ । अन्त्यमा यस बैंकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरी आजको अवस्थामा ल्याई पूर्याउने कार्यमा योगदान गर्नुहुने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु । साथै यस अवसरमा बैंकलाई यस अवस्थासम्म ल्याई पर्याउन योगदान दिनुहुने यस बैंकका सम्पूर्ण अग्रज पदाधिकारी तथा कर्मचारीहरुलाई सम्मानका साथ स्मरण गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु । बैंकका सेवा सुविधालाई स्वीकार गरी आजका दिनसम्म यस बैंकसंग विविध कारोवार गरिरहनु भएका ग्राहकप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु र आगामी दिनहरुमा अझ गुणस्तरीय समय सापेक्ष सेवा सुविधाहरु प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । (राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकात्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले व्यक्त गरेकाे विचारकाे सम्पादित अंश )
नेपालमा पनि भेटियो कोरोना भाइरस, एक जना संक्रमित, ३ जना शंकामा
काठमाडौं । चीनबाट फैलिएको अनुमान गरिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको छ । एक नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको हो । यसअघि नेपालमा सो भाइरसको संक्रमण फेला परेको थिएन । चीनको हुवान प्रान्तबाट नेपाल आएका एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दियो । ती नेपाली ९ जनवरी (२४ पुस) मा चीनको हुवानबाट नेपाल आएका थिए । उनको उनमा कोरोनो भाइरस संक्रमणको लक्ष्यण देखापरेपछि स्वास्थ्य परीक्षण गरिएको थियो । उनको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। टेकूमा स्वास्थ्य परीक्षण गर्दा संक्रमण भएको शंका गरिएको थियो । यस्तो शंका लागेपछि महाशाखाले २३ जनवरी (९ माघमा) परीक्षणका लागि हङकङको ल्यावमा नमुना पठाइएको थियो । यसरी नमुना परीक्षण गर्दा उनमा कारोना भाइरसको संक्रमण पुष्टी भएको हो । अन्य ३ जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भएको शंका गरिएको मन्त्रालयले जानकारी दिएको छ । चिनियाँ भाइरस भनेर पनि चिनिने कोरोना भाइरसको संक्रमण चीन, कोरिया, जापानलगायत एसियाली देशमा फैलिएको छ । नेपालमा भने यो भाइरस पहिलो पटक देखिएको हो । सम्बन्धित सामग्री चिनियाँ भाइरसको त्रासमा एसियाः एयरपोर्टमा हेल्थ डेस्क राखेर सतर्कता अपनाउँदै नेपाल
पुँजीगत खर्च कम भएपछि अर्थमन्त्रीको प्रतिक्रियाः भुक्तानी दिन रामनवमी जसरी नकुर्नुस्
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत खर्चको भुक्तानी दिन रामनवमी जसरी कुरिरहनुपर्ने अवस्था नरहेको बताएका छन । पूँजीगत खर्च न्यून हुने गरेको सन्दर्भमा खतिवडाले जेठ असारतिर दिनुपर्ने भुक्तानी तत्काल दिन सम्पूर्ण मन्त्रालयलाई आग्रह गरिएको बताएका हुन् । नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४०औं साधारणसभामा बोल्दै उनले खर्चको विल प्राप्त हुनेवित्तिकै भुक्तानी दिने प्रक्रिया अघि बढाउन सबै मन्त्रालयहरुलाई आग्रह गरिएको जानकारी दिएका हुन् । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार पुँजीगत खर्च नभएको भन्दै सरकारको आलोचना भइरहेको छ । यस्तै, फरक सन्दर्भमा व्यवसायिक वातावरण बनाउन ब्याजदर स्थीर बनाउनुपर्ने मन्त्री खतिवडाले बताए । उनले व्यापारमा बिचलन आउँदा व्यवसायिक वातावरण नबन्ने धारणा पनि राखे । व्यवसायिक क्षेत्र सुधारका लागि भन्सार दर र अन्त शुल्क लगायतका बिषयलाई सरकारले सहजीकरण गर्ने उनको आश्वासन छ । पछिल्लो पटक राजश्व र आयात घटेको भन्दै खतिवडाले विद्युत र विद्युतीय सामानको आयात पनि कम आएको बताए । उनले केही उद्योगको संरक्षण र निर्यातमूखी उद्योगलाई संरक्षणमा सरकार लागेको बताए । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पाम आयललाई भारत निकासी खुल्ला गर्न सरकारले सहजीकरण गर्नुपर्ने बताए । रेमिटान्सले मात्रै देश चलाउन नसकिने भन्दै उपाध्यक्ष गोल्छाले यसका लागि उद्योग तथा व्यापार व्यवसाय प्रवद्र्धनका कार्यक्रम ल्याउनु पर्ने धारणा राखे ।
तस्विरमा राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव कार्यक्रम (फाेटाेफिचर)
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले शुक्रबार आफ्नो ५५औं वार्षिकोत्सव कार्यक्रम मनाएकाे छ । बैंकले ५५औं वार्षिकाेत्सव विविध कार्यक्रमकाे आयाेजना गरी मनाएकाे हाे । कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडा प्रमुख अतिथी रहेका थिए । उनले राष्ट्रिय वाणिज्य बैंक सधैं सरकारी बैंक नै रहने बताए । पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने उनकाे भनाइ छ। बैंकले ५५औं वार्षिकाेत्सवकाे अवसर पारेर विभिन्न कार्यक्रमकाे आयाेजना गरेर पुरस्कृत पनि गरेकाे छ । बैंकले २० वर्ष पूरा गरेका कर्मचारी र पूर्व कर्मचारीलाइ पनि सम्मान गरेकाे थियाे । राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव कार्यक्रमका केही दृष्यहरू
राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव सम्पन्न
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । बैंकले आफ्नो ५५औं वार्षिकाेत्सव विविध कार्यक्रमकाे आयाेजना गरी मनाएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक सधैं सरकारी बैंक नै रहने बताए । उनले पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रा राष्ट्रिय वाणिज्य बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए । बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधारभएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । बैैंकले यस अवधिमा खुद नाफा २ अर्ब ५ करोड रुपैंया गरेको उनको भनाइ छ । कार्यक्रममा ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए । कार्यक्रममा २० वर्ष अवधि पुरा गरेका र पूर्व कर्मचारीलाई पनि सम्मान गरेकाे थियाे ।
आयमा कर छुटको सीमा बढाइदै, सामाजिक सुरक्षा कोषमा जानेलाई दोहोरो कर नलाग्ने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्तालाई कर छुटको सीमा बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उक्त व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । त्यस्तै, सामाजिक सुरक्षा कोषमा बचत गर्ने योगदानकर्तालाई दोहाेराे कर नलाग्ने व्यवस्था गर्न लागेको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर दोहोरो कर हटाउने र कर छुटको सीमा बढाउने तयारी भइरहेको मन्त्री खतिवडाले जानकारी दिएका हुन् । मासिक उच्चआय भएका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा उनीहरुलाई दोहोरो कर लाग्ने भएकोले बैंकिङ क्षेत्रबाट यसको विरोध हुँदै आएको थियो । साथै, बैकिङ क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जान मानिरहेका छैनन् । उच्चआय भएका बैंकरहरुले दोहोरो करबाट उन्मुक्तिको माग गरिरहेको बेलामा सरकारले मध्यम आय भएका कर्मचारीहरुलाई समेत लाभ मिल्ने गरी पारिश्रमिक आयमा कर छुटको सीमा वृद्धि गर्न लागेको अर्थमन्त्रीले जानकारी दिएका हुन् । हाल वार्षिक चार लाख पचास हजार रुपैयाँसम्मको पारिश्रमिक आयमा सरकारले कर छुट दिएको छ । उक्त सीमालाई कम्तिमा ६ लाख रुपैयाँ बनाउनु पर्ने माग उठिरहेको छ । चालु आवको बजेटमा कर छुटको सीमा वृद्धि नगर्दा कर्मचारीतन्त्रबाट सरकारको आलोचना भइरहेको छ ।