विकासन्युज

एमबीबीएस पढ्न नेपालमाभन्दा विदेशमा ५० प्रतिशत सस्तो: पुष्पराज भट्टराई

काठमाडौं । सन् २००८ मा स्थापना भएको मिसन डाक्टर ११ वर्ष शैक्षिक परामर्शको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ । विशेष गरेर मेडिकल शिक्षालाई प्राथमिकतामा राखेको मिसन डाक्टरले काम गर्दै आएको छ । नेपालबाट बर्सौनि हजारौं विद्यार्थी मेडिकल शिक्षा हाँसिल गर्न बाहिर जाने गरेका छन् । विदेशमा मेडिकल शिक्षा हाँसिल गर्न अध्यन गर्न जान कति लाग्छ, त्यहाँ भाषाको समस्या कति हुन्छ, नेपाल फर्किएर ति विद्यार्थीहरुले के गरिरहेको छन् भन्ने सबैको चाँसोको विषय हो । त्यही विषयलाई मध्यनजर गर्दै प्रस्तुत छ विकासन्युजले मिसन डाक्टरका प्रबन्ध निर्देशक पुष्पराज भट्टराईसँग गरिएको कुराकानी  : कुन उद्देश्यका साथ मिसन डाक्टरको स्थापना भएको हो ? मेरो पहिलो स्थापना गरेको संस्था मिसन युएसए हो । मिसन डाक्टर, मिसन युएसए र मिसन अष्ट्रेलिया सिस्टर अर्गनाईजेसन रहेको छ । मेरो ११ वर्षको शैक्षिक परामर्श क्षेत्रमा लागिँरहँदाको अनुभवले मेरो उदेश्य हेर्न हो भने मैले बेलायत गएर पढेर र करिब ३० भन्दा बढि देश घुमेर आईरहेको परिपक्षमा मैले जानेमन भनेकने विदेश गएर पढेर राम्रो ज्ञान लिने र नेपाल आएर कर्म गर्नुपर्छ भन्ने हो । मैले हाल जे गरिरहेको त्यहीँ सोच बनाएर मैले यो संस्था खोलेको हुँ । मिसन डाक्टरले कुन कुन देशलाई प्राथमिकतामा राखेको छ ? हाम्रो नाम हाम्रो अरु भन्दा फरक छ र त्यसैले पनि धेरै जनाले हामीलाई मेडिकल क्षेत्रमा मात्र काम गर्नुहुन्छ भन्ने बुझ्नुहुन्छ तर हाम्रो डाक्टर भनेको मेडिकल पनि हुन सक्छ र पिएच डि डाक्टर पनि हुनसक्छ । मेरो उदेश्य भनेको सबै विद्यार्थीलाई डाक्टर बनाउनु हो चाहे त्यो मेडिकल होस् अथवा पिएच डि होस् । अष्ट्रेलिया यदि कोही विद्यार्थी पढ्न जान्छ भने उसले ब्याचलर, मास्टर्स, पिएचडि गर्नै पर्छ । मेडिकल क्षेत्रमा कोही ब्याच्लर पुरा गर्न बित्तिकै डाक्टरहरु हुन्छ तर उनीहरुको पनि अगाडी पढुनुपर्न हुन्छ । मेरो उदेश्य भनेको विद्यार्थीलाई कुनै पनि क्षेत्रमा पोख्त बनाउनु हो । यद्यापी हाम्रो फोकस भनेको मेडिकल नै रहेको छ जसमा बांग्लादेश, चिन, रसिया, युक्रेन तपाईले पठाएका विद्यार्थीहरु हाल के गरिरहेका छन् ? मेलै पठाएका धेरै विद्यार्थीहरु मेरो रेकर्डमा हेर्न हो भने धेरै नेपाल फर्केर आएका छन् । मैले अघि पनि भने हाम्रो फोकस भनेको मेडिकल क्षेत्र हो । नपालबाट जति पनि मेडिकल पढुनको लागि बाहिर जान्छन् ९५ प्रतिशत नेपालमै फर्केर आएर सेवा दिईरहेका छन् । नेपाल सरकारले कन्सल्टेन्सीहरुले बाहिर मात्र विद्यार्थीहरु पढुन पठाए भन्दा त्यसको हामी जस्ता कन्सलटेन्सीले ठुयाक्कै उल्टो गरेका छौं । मिसन डाक्टरले ब्रेन ड्रेन भन्दा पनि ब्रेन गेनको काम गरिरहेको छ । विदेश पढ्न गएकाले केही मात्रमा पैसा खर्च गरे होलान् तर उनीहरुले त्यसको दोब्बर यहाँ आएर सेवा दिएका छन् । मेडिकल डाक्टर पढ्नको लागि विदेश जान के कस्तो मापदण्ड रहेको छ ? मेडिकल डाक्टर पढ्नको लागि विद्यार्थीहरुले नेपाल सरकारको केही मापदण्डहरु पुरा गर्नु पर्न हुन्छ । बांग्लादेश जानको लागि विद्यार्थीको एक वर्ष भन्दा बढि ग्याप हुनु हुँदैन । बायोलोजी, फिजिक्स र केमेस्ट्रीमा कम्तिमा पनि ६० अंक ल्याएको हुनुपर्छ । समग्रमा हेर्न हो भने बांग्लादेश बाहेक अन्य देशमा ग्यापले खासै फरक पार्दैन । यस्तै उमेर ३० वर्ष भन्दा कम, शैक्षिक योग्यता ५० प्रतिशत हुनपर्छ र नेपाल सरकारले लिएको प्रवेश परिक्षामा पास गरेको हुनुपर्छ । शुल्कहरु कति लाग्छन् ? नेपालको परिपक्षमा मेडिकल अध्यनको लागि बाहिरको शुल्क उपभोग गर्न सकिने छ । जसले जे भने पनि यर्थाथमा नेपालमा सबैभन्दा सस्ता मेडिकल कलेजमा पनि ७०–८० लाख लिने गरेको छ । देख्न र लुकाउने दाँत फरक हुन्छ भने जस्तै यहाँका मेडिकल कलेजहरुले विद्यार्थी भर्ना भएपछि होस्टेलको शुल्क, मेडिकल सामाग्रीको शुल्क जोडेको छैनौं भन्दै लाखौं बढि असुल्छन् । तर चिनमा जाने हो भने खान, बस्न र ६ वर्षको सम्पुर्ण खर्च जोड्दा विद्यार्थीहरु ३० लाखमा पढाई पुरा गरेका छन् । बांग्लादेशमा ४० देखि ५० लाखको रेन्ज रहेको छ । फिलिपिन्स, युक्रेनमा ४० देखि ५०, रसिया ३० लाख रहेको छ। यसरी हेर्न हो भने नेपालको आधा खर्चमा विदेशमा पढेर आउन सकिन्छ । गुणस्तरको कुरा गर्न हो भने बाहिरको शिक्षा नेपालको भन्दा कम छैन । विदेश गएर मेडिकल शिक्षा हाँसिल गरेका विद्यार्थीहरु धेरै यहाँको मेडिकल काउन्सिलको परिक्षामा फेल भएको सुनिन्छ, खास कुरा के हो ? बाहिर गएपछि अलि बढि स्वोतन्त्रता पाउने हँदा केही विद्यार्थीहरु यहाँ आएर परिक्षा पास गरेका छैनन् तर जो डाक्टर बन्ने चाहना राखेर पढेर आएका छन् उनीहरुले राम्रो गरेका छन् । चिन जस्ता देशहरु जाँदा विद्यार्थीहरुलाई भाषाको समस्या कतिको हुन्छ ? भाषाको समस्या जुनै पनि राष्ट्रमा हुने गरेको छ । भाषागत समस्या दुई तरिकाले हुन्छ । कुनै पनि विद्यार्थी अर्को देश जान्छ भने उसले त्यो देशको भाषा सिक्नैपर्छ । उदाहरणको लागि एक अमेरिकी नागरिक नेपालमा आएर नेपालको मेडिकल कलेजमा पढ्छ भने उसले नेपाली भाषा सिक्नै पर्छ । शिक्षकले अंग्रजीमा पढाए र परिक्षा अंग्रजीमा लिए पनि उसले ईन्टर्न गर्न समयमा सबै नेपालीले त अंग्रेजी बोल्दैनन् । त्यही कुरा हाम्रा नेपाली विद्यार्थीलाई पनि लागु हुन्छ । छात्रवृत्तिको व्यवस्था के–कस्तो रहेको छ ? ब्याचलरमा धेरै छात्रवृत्ति छैनन् । कहि कतै थारैमा मात्र छात्रवृत्तिको व्यवस्था रहेको छ । पहिला पहिला पुर्ण रुपमा छात्रवृत्ति पाएर विद्यार्थीहरु पढुन जान्थिए तर शहिले त्यस्तो छैन । मास्टर्सको हकमा भने चिनमा धेरै विद्यार्थीहरु गईरहेका छन् र उनीहरुलाई हामी सहयोग गरिरहका छौं । कुन देशमा बढि गएका छन् ? यहाँबाट सबैभन्दा धेरै विद्यार्थीहरु बांग्लादेश , चिन र बेलायत गएका छन् । बेलायतमा म आफैं अध्यन गरेर आएको हुँदा पनि यसमा पनि हामीले धेरै विद्यार्थी पठाएका छौं । यस्तै अमेरिका, अष्ट्रेलिया र अन्य धेरै युरोपका देशहरुमा पनि हामीले विद्यार्थीहरु पठाएका छौं । मिसन डाक्टरले विद्यार्थीहरुलाई कस्तो सेवा प्रदान गर्छ ? हामीले मिसन डाक्टर मार्फत विश्वका कुनै पनि ठाउँमा मेडिकल शिक्षा अध्यनको बारेमा पुर्ण रुपमा केही पनि नछुटाई पनि जानकारी दिन्छौं । हामी टोफल, आईएल्टिएसका भाषा परिक्षाहरु पनि संचालन गछौं ।

कुष्ठरोगबारे ३३ भ्रम र यथार्थ

१। कुष्ठरोग भनेको के हो ? कुष्ठरोग म्याकोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु विस्तारै फैलिन्छन् । यो रोगको सरायु अवधि २ देखि ५ वर्ष रहेको छ । यस रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ । २। कुष्ठरोग कसरी सर्छ ? उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समय (हप्तामा २० घण्टा भन्दा बढि समय)सम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ । ३। कुष्ठरोगका चिन्ह र लक्षणहरु के–के हुन् ? ‍‌ शरीरको कुनै भागमा छुंदा थाहा नपाउने, रातो, फुस्रो दागहरु देखा पर्नु । हात खुट्टा झम–झम गर्नु । बाहिरी सतहका स्नायु सुन्निनु । हात खुट्टामा नदुख्ने घाउहरु देखा पर्नु । ४। कुष्ठरोग कति प्रकारका हुन्छन् ? उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गरिएको छ । – (पउसी ब्यासिलरी) कम किटाणु भएको – (मल्टी ब्यासिलरी) धेरै किटाणु भएको ५। कुष्ठरोग लागे पछि उपचार कसरी गरिन्छ ? बहु–औषधी उपचार विधिबाट गरिन्छ । बहु–औषधी उपचार विधि भनेको एक भन्दा बढी प्रकारका औषधीबाट कुष्ठरोगको उपचार गर्नु हो । यसमा पउसी ब्यासिलरी ६ पत्ता अर्थात ६ महिनासम्म खानु पर्छ र मल्टी ब्यासिलरी विरामीले १२ पत्ता अर्थात १२ महिनासम्म औषधी खानु पर्छ । ६। कुष्ठरोग कसरी पत्ता लगाइन्छ ? कुष्ठरोगको चिन्ह र लक्षणको आधारमा र विरामीको सिल्ट स्किन स्मेयर जाँच गरेर । ७। कुष्ठरोग जस्तै लक्षण देखिने अरु रोग के–के हुन् ? दाद, दिनाइ, दुबी, जन्मजात दाग, छालाको क्षयरोग आदिले पनि कुष्ठरोगको जस्तो लक्षण देखाउन सक्छन् । ८। कुष्ठरोगले कसरी अपांगता/असमर्थता गराउँछ ? यस रोगका किटाणुले बाहिरी सतहका स्नायुहरुमा असर गर्दछ जसले गर्दा स्नायुहरुको कार्यक्षमतामा ह्रास आउँछ । हात÷गोडामा छुँदा थाहा नपाउने वा केही वस्तुले घाउ, चोटपटक लाग्दा समेत थाहा पाउँदैनन् र संक्रमण हुन थाल्छ । यदि समयमा उपचार नगरेमा मांशपेशीहरुमा समेत पक्षघात हुन्छ । विस्तारै हात÷गोडाका औँलाहरु बांगिने÷टेढों हुने र कडापन आउँछ । यस किटाणुले अनुहारको स्नायुमा पारेको छ भने आँखाको ढकनी बन्द गर्न नमिल्ने भई संक्रमणका कारण विस्तारै आँखा नदेख्ने समेत हुन सक्छ । ९। कुष्ठरोग लाग्यो भने हात खुट्टाका औलाहरु झर्छन् ? कुष्ठरोग लाग्दैमा हात खुट्टाका औलाहरु झर्दैन्न । कुष्ठरोगको किटाणुले स्नायुमा असर गरेर दुखाई र चोटपटकको अनुभुती हराउँछ । यसरी तातो समाउदा वा चोटपटक लाग्दा नदुख्ने घाँउ बन्दछन् र त्यस घाँउमा संक्रमण भई हड्डीमा असर पुग्छ र हात खुट्टाका औलाहरु छोटा हुन्छन् वा झर्न थाल्छन् । १०। कुष्ठरोग लागेको विरामीलाई छुट्टै ठाँउमा राखेर उपचार गर्नुपर्छ ? कुष्ठरोग लागेको विरामीलाई कुनै विशेष क्लिनिक वा अस्पतालमा उपचार गर्नु पर्छ भन्ने हुंदैन । आफ्नै घरमा बसेर कुष्ठरोगको बहु–औषधी उपचार विधिबाट उपचार गर्न सकिन्छ । ११। कुष्ठरोग लागेपछि औषधी जीवनभर खानुपर्छ ? पर्दैन । पउसी ब्यासिलरी विरामीले ६ महिना र मल्टी ब्यासिलरी विरामीले १२ महिना औषधी खाए पछि कुष्ठरोग निको हुन्छ । १२। के कुष्ठरोग निको हुन्छ ? बहुऔषधी उपचार पद्धतिबाट यो रोग निको हुन्छ । यस पद्धतिमा तीनवटा औषधी संयुक्त रुपमा खुवाइन्छ । यस औषधीको सेवनले किटाणुलाई नष्ट गरी रोग निको पार्छ । सुरुको अवस्थामा नै उपचार गरेमा अपांगता÷असमर्थता हुदैंन । १३। कुष्ठरोग वंशानुगत वा कुष्ठरोग भएका बुबा–आमाको सन्तानलाई पनि हुन्छ ? कुष्ठरोग वंषाणुगत रोग होइन । यो रोग उपचार नगरेको विरामीसंग धेरै समय संगै बस्दा मुख्यतः स्वास प्रस्वासबाट सर्न सक्छ । १४। कुन उमेरका बालवालिकाहरुमा यो रोगको चिन्ह तथा लक्षणहरु देखा पर्न सक्छन् ? प्राय १० देखि १४ वर्षका उमेर समुहका बालबालिकाहरुमा यो रोगको चिन्ह तथा लक्षण देखा पर्न सक्छन् । १५। कुष्ठरोग लागेको विरामीसँग एउटै घर/कोठामा बस्न सकिन्छ ? कुष्ठरोग एक प्रकारको कम सर्ने रोग हो । बहु–औषधी उपचार विधि शुरु गर्ने वित्तिकै ९९ प्रतिशत भन्दा बढि किटाणुहरु निष्क्रिय हुन्छन् । त्यस कारण कुष्ठरोग लागेर उपचार शुरु गरेको विरामीसँग एउटै घर÷कोठामा बस्न सकिन्छ । १६। कुष्ठरोग लागेका विरामीले सामाजिक क्रियाकलापमा भाग लिन सक्छन् ? अरु व्यक्ति सरह कुष्ठरोग लागेका विरामी पनि समाजको हरेक क्रियाकलापमा सहभागी हुन सक्छन् । १७। कुष्ठरोग लागेको विरामीसंग घरायसी सामानहरु जस्तै चम्चा, थाल, शौचालय, खाट, भान्छा, आदि उपयोग गर्न सकिन्छ ? कुष्ठरोग घरायसी सामानहरुबाट नसर्ने भएकाले घरायसी उपभोग्य वस्तुहरु समान रुपमा उपभोग गर्न सकिन्छ । १८। कुष्ठरोग प्रभावित व्यक्तिले विवाह गर्न मिल्छ कि मिल्दैन ? कुष्ठरोग प्रभावित व्यक्तिले अरु व्यक्ति सरह जीवन यापन गर्न, विवाह गर्न र बच्चा जन्माउन सक्छन् । १९। कुष्ठरोग प्रभावित व्यक्तिले रोजगार पाउँछन् ? कुष्ठरोग प्रभावित व्यक्ति अन्य सामान्य नागरिक सरह रोजगारबाट बन्चित हुनु हुंदैन । २०। परिवारमा केही एक जनामा कुष्ठरोग देखियो भने अरु सदस्यलाई जांच गराउनु पर्छ ? कुष्ठरोग सर्न सक्ने तर कम सर्ने रोग हो । कुष्ठरोेग लागेको विरामीको परिवारको अन्य सदस्यलाई सरेको हुन सक्ने सम्भावना भएकोले उक्त व्यक्तिको परिवार तथा संगै वस्ने अरु सदस्यलाई पनि कुष्ठरोगको जाँच गराउनु पर्दछ । २१। कुष्ठरोगको औषधी शुरु गरे पछि शरीर किन रातो÷खैरो हुन्छ ? मल्टी ब्यासिलरी विरामीले खाने रातो पत्तामा क्लोफाजिमिन नामक औषधीले गर्दा शरीरको छाला रातो हुन्छ । औषधी पुरा गरेको ६–१२ महिना पछि त्यो रातोपन हराई पहिलेको जस्तै हुन्छ । २२। कुष्ठरोगबाट हुने अपाङ्गताबाट कसरी बच्न सकिन्छ ? कुष्ठरोग शुरुमै पत्ता लगाई तुरुन्त बहु–औषधी उपचार विधीबाट उपचार गरेर कुष्ठरोगबाट हुने अपा¨ताबाट बच्न सकिन्छ । २३। बहु–औषधी उपचार विधिमा हुने औषधीले के–के असर पु¥याउँदछ ? बहु–औषधी उपचार विधिका प्राय जसो औषधी असर नगर्ने खालका छन् । कुनै–कुनै औषधीले सामान्य असर गर्न सक्छन् । गम्भिर असर पु¥याउने सम्भावना न्यून छ । सामान्य असरहरुः – रिफाम्पीसीन ः रातो पिसाव – ड्याप्सोन ः शरीरमा रगतको कमी – क्लोफाजिमिन ः शरीरको छाला खैरो २४। बहु–औषधी उपचार विधिका औषधीले एलर्जी वा गम्भिर असर ग¥यो भने के गर्ने ? यदि बहु–औषधी उपचार विधिका औषधीले एलर्जी ग¥यो भने औषधी खान बन्द गरी विशेषज्ञ चिकित्सकसंग परामर्श गरी अरु औषधी उपचार गर्न सकिन्छ । ड्याप्सोन एलर्जी ः औषधी खाएको तिन महिना भित्र छालामा दादुरा जस्तो विविरा देखा परेमा, ज्वरो आएमा वा जन्डिस भएमा तुरन्तै औषधी सेवन बन्द गरी नजिकैको स्वास्थ्य केन्द्रमा जचाउँनुपर्छ । २५। बहु–औषधी उपचार विधि गर्भवती÷स्तनपान गराउने महिलालाई दिन सकिन्छ ? सकिन्छ । बहु–औषधी उपचारले गर्भवती÷स्तनपान गराउने महिलालाई केही हानी पु¥याउँदैन । २६। मैले कुष्ठरोग लागेको व्यक्तिलाई छोएँ । अब मैले कुष्ठरोगको औषधी शुरु गर्नु पर्छ ? छुंदैमा कुष्ठरोग सर्ने सम्भावना अत्यन्त न्यून रहेकोले कुष्ठरोग लागेको व्यक्तिलाई छुदैमा कुष्ठरोगको औषधी शुरु गर्नु पर्दैन । २७। कुष्ठरोगमा प्रतिक्रिया भनेको के हो ? कुष्ठरोग लागेको व्यक्तिलाई एक्कासी छालामा रातोपना, सुन्निने, दुख्ने, चिलाउने दाग, नयाँ दाग देखा परेमा, स्नायु सुन्निएमा, दुखेमा औषधीबाट प्रतिक्रिया भएको शंका गर्नु पर्छ । प्रतिक्रिया बहु–औषधी विधि शुरु गर्नु भन्दा पहिले, औषधी सेवन गरेको बखत या औषधी उपचार सकिए पछि, जहिले पनि देखा पर्न सक्छ । २८। कुष्ठरोगको औषधी कहाँ पाइन्छ ? सरकारी अस्पताल, प्रेषण केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधी निःशुल्क पाइन्छ । २९। कुष्ठरोगका विरामी तथा प्रभावितहरुले अपनाउनु पर्ने सावधानीहरु के–के छन् ? – छुँदा थाहा नहुने हातलाई चोटपटक तथा तातोबाट बचाउने । – गोडामा छुँदा थाहा नहुने विरामीले नरम तथा सुरक्षित जुत्ता लगाउने । – हातखुट्टा सुख्खा भएमा पानीमा भिजाएर कडा छाला खुर्कने र चिल्लो लगाई छालालाई नरम बनाउने । – औषधीको सेवन गर्दा साधारण या गम्भिर असर देखा परेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने । ३०। कुष्ठरोग नियन्त्रण कार्यक्रमको दृष्टिकोण के हो ? कुनै नयाँ कुष्ठरोग लागेको विरामी नभएको र हाल भएका कुष्ठ प्रभावितहरुको सबै आवश्यकता पुरा भएको कुष्ठरोग मुक्त समाज नै कुष्ठरोग नियन्त्रण कार्यक्रमको दृष्टिकोण हो । ३१। कुष्ठरोग नियन्त्रण कार्यक्रमको लक्ष्य के हो ? कुष्ठरोग मुक्त नेपाल बनाउने । ३२।‍ कुष्ठरोग निवारण भनेको के हो ? विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वव्यापी रुपमा कुष्ठरोग निवारण गरी जनस्वास्थ्य समस्याबाट हटाउने निर्णय गरेको थियो । निवारण भन्नाले प्रति दश हजार जनसंख्यामा १ भन्दा कम कुष्ठरोगको विरामी संख्या भनेर विश्व स्वास्थ्य संगठनले परिभाषा गरेको छ । कहिले काही निवारण भन्नाले कुष्ठरोग उन्मुलन भन्ने बुझेको पाइन्छ । तर उन्मुलन भन्नाले संसारबाट कुष्ठरोगको किटाणु नै निर्मुल हुनु भन्ने बुझ्नुपर्दछ । नेपालले सन् २००९ को तथ्यांकको आधारमा सो उपलब्धि हासिल ग¥यो र सो को घोषणा सन् २०१० जनवरी १९ मा गरेको थियो । ३३। मलाई कुष्ठरोग लाग्यो कि भन्ने शंका छ, म के गरु ? नजिकको स्वास्थ्य केन्द्रमा गएर परिक्षण् गरी परामर्श लिनु पर्छ । ( स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा )

सरकारले डण्डा लगाएर उद्योगीसगँ कर उठाउँदैनः अर्थमन्त्री खतिवडा

काठमाडौं । पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवाडा उद्योगी व्यवसायीको समस्या समाधान गर्ने आश्वासनसहितको अभिव्यक्ति दिन थालेका छन् । केही समय अघिसम्म उद्योगी व्यवसायीप्रति कठोर रुपमा प्रस्तुत हुने मन्त्री खतिवडाल पछिल्लो समय नरम हुदै गएका हुन् । ६८औं अन्तराष्ट्रिय भन्सार दिवसको कार्यक्रममा उनले व्यक्त गरेको विचार पनि यस्तै नरम थियो । उनले उद्योगी व्यवसायीलाई डण्डा लगाएर कर असुल गर्ने पक्षमा आफू नरहेको बताए । ‘सरकारले उद्योगी व्यवसायीलाई डण्डा लगाएर कर उठाउँदैन, राजस्व बढाउने अरु पनि विकल्प छन्, यस्ता विकल्प प्रयोग गरेर सरकारले राजस्व बृद्धि गर्छ, उद्योगी व्यवसायी डराउनु पर्दैन,’ मन्त्री खतिवडाले भने । तर, अझै पनि भन्सारमा राजस्व कम उठ्ने प्रबृत्ति पूरै नरोकिएको उनको भनाइ छ । पछिल्लो समय भन्सार छलि कम हुने गरेपनि ८ प्रतिशत बस्तु कम मूल्यांकनमा भन्सारबाट छिर्ने गरेको मन्त्री खतिवडाले बताए । भन्सार र राजस्व सुधार गर्न भन्सार ऐन संसदमा दर्ता गरिएको र नयाँ ऐन आएपछि भन्सार र राजस्वमा सुधार हुने मन्त्री खतिवडाले बताए । उद्योगी व्यवसायीलाई सहज बनाउन आयात निर्यात व्यवसायलाई रेल र आइसीपीसँग जोड्ने काम हुदै गरेको भन्दै उनले चोभारको सुख्खा बन्दरगाह निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको पनि जानकारी दिए । भारतको घन्द्रा र मुन्द्रा नाका प्रयोग गर्ने विषयमा पनि भारत सरकारसँग कुरा भइरहेको मन्त्री खतिवडाको भनाइ छ । अर्थसचिव राजन खनालले १४ वर्षअघि आफूले पनि भन्सार विभागमै काम गरेको स्मरण गर्दै भन्सार सुधारमा प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । विभागले अबको २ वर्षभित्र आफ्ना सबै कार्यालयहरु पेपर लेस बनाउने कार्यक्रम अघि सारेको छ । नेपाल उद्योग बाणिज्य महासघंका अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सरकारका कार्यक्रम सफल बनाउन सहकार्य गरिरहेको बताइन् । सरकारी अनुगमनले उद्योगी व्यवसायी तर्सिएका भन्दै राणाले सरकारी अनुगमनलाई व्यवस्थित र उद्यम व्यवसायमैत्री बनाउनु पर्ने धारणा राखिन् । नेपाल उद्योग परिषघका अध्यक्ष सतिस कुमार मोरले भन्सारमा लागू हुने सन्दर्भ मूल्यका कारण समस्या सिर्जना भएको धारणा राखे । व्यवसायीले पेश गर्ने विल विजकका आधारमा भन्सार मूल्यांकन गर्ने गरिए अन्तराष्ट्रिय व्यापारमा सहज हुने अध्यक्ष मोरको भनाइ छ । नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले राजस्व परिचालनका लागि भन्सर आवश्यक रहेको बताए । भन्सारलाई अझ पारदर्शी बनाउनु आवश्यक रहेको भन्दै उनले निर्यातमा भएको समस्या समाधानमा भन्सार विभाग सचेत हुनुपर्ने धारणा राखे ।

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा शाह नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक शाहले एक कार्यकालसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् । यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।

ज्योति लाईफको बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि, नाफा ७ कराेड नजिक

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को प्रथम ६ महिनामा खुद नाफा ७ प्रतिशतले सुधार गर्दै रु. ६ करोड ८९ लाख आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि भइ रु. ७५ करोड १४ लाख आर्जन गरेको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि सुस्ताएको र बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न निकै कठिन भएको बेलामा यस कम्पनीको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । त्यस्तै, कम्पनीले दीर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धि गरेको छ । कम्पनीको व्यवस्थापन खर्चमा ४७ प्रतिशतको वृद्धि भएको छ । आम्दानी वृद्धि दर उच्च भएपनि व्यवस्थापन खर्च बढी भएकोले खुद नाफा सिंगल डिजिटमा रोकिएको छ । व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोश्रो त्रयमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धि भइ रु.३३ करोड ४६ लाख कायम गरेको छ । त्यस्तै, जीवन बीमा कोषमा २६७ प्रतिशतले वृद्धि भइ रु. १.२१ अर्ब भएको छ । जीवन बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै ज्योति लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा २०७४ सालमा बीमा समितिबाट इजाजत पाइ संचालनमा आएको हो । करिब ३ वर्ष पुरा नहुँदै यो कम्पनी जीवन बीमा क्षेत्रमा बलियो धरातल बनाउन सफल भएको छ । ज्योति लाईफले हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरु विरुद्ध रु. ५० लाख सम्मको उपचार सुविधा सहितका नयाँ नयाँ बीमा योजनाहरु जारी, ग्राहक सेवामा प्राथमिकता, अनलाइन तथा मोबाइलबाट नै बीमा नवीकरण शुल्क तिर्ने व्यवस्था लगायत प्रविधिहरु संचालनमा ल्याएको छ ।

साढे २ लाख घुससहित समातिए प्राधिकरणका तीन कर्मचारी

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्राधिकरण कुलेश्वर वितरण केन्द्रका दुई र घ्याङखेल गाउँपालिका कार्यालय सिन्धुलीका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा समातेको हाे । केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरी र पुरुषोत्तम दाहाललाई अख्तियारले माघ ९ गते २५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।  घ्याङखेल गाउँपालिका कार्यालय सिन्धुलीका इन्जिनियर दीलिपकुमार साहपनि घुस प्रकरणमा समातिएका छन् । साहले २ लाख २६ हजार रुपैयाँ घुस मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । अख्तियारका अनुसार घ्याङलेख गाउँपालिकाको विभिन्न वडामा एचटी र एलटी तथा ट्रान्सफर्मर जडान एवं विद्युतिकरणको काम सकेर भुक्तानी लिने क्रममा साह समातिएका हुन् ।

जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् । संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् । त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् । उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका बीचमाआपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफा रहित संस्थाको आवश्यकतामहशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको संघले जनाएकाे छ ।   ।

५० करोडको लागतमा ५० विद्युतिय सवारी चार्जिङ स्टेशन, कुन कुन ठाउँमा राखिदैँछ ?

काठमाडाैं । सरकारले करिव ५० कराेडकाे लागतमा ५० स्थानमा विद्युतिय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएकाे छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले ग्लोबल टेण्डर आह्वानसमेत गरिसकेकाे छ । एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत प्रसारण तथा वितरण सुदृढिकरण कार्यक्रममा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन राख्न गते मंगलबार टेण्डर आह्वान गरेको हो । एउटा चार्जिङ स्टेशनको लागत करिब एक करोड रूपैयाँसम्म पर्ने अनुमान छ । यसको हिसावले ५० वटाका लागि ५० करोड रुपैयाँ लाग्ने छ । प्राधिकरणले गत असोज ९ गते सार्वजनिक सूचना जारी गर्दै मूख्य मूख्य सडक तथा राजमार्गमा जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्टका पार्किङ स्थलमा जग्गा बाहेकको ठाउँमा स्टेशन बनाउने जनाएको थियो । यसको सम्पूर्ण लागत प्राधिकरणको हुने गरि ५० वटा चार्जिङ स्टेशन राख्न इच्छुक व्यक्ति तथा संस्थालाई निवेदन दिनसमेत आग्रह गरेको थियो । प्राधिकरणले उपत्यकाभित्र २५ र उपत्यका बाहिर २५ वटा चार्जिङ स्टेशन राख्ने बताएको छ । हरेक प्रदेशमा कम्तीमा दुईवटा चार्जिङ स्टेशन रहने गरि उपत्यका बाहिर चितवन, झापा, विराटनगर, जनकपुर, बुटवल, पोखरा, नेपालगंज र धनगढी लगायतका ठाउँमा चार्जिङ स्टेशन राख्ने प्राधिकरणको योजना हो । ५० वटै स्टेशनको कन्ट्रोल पनि काठमाडौंबाटै हुनेछ । फागुन २३ गतेसम्म टेण्डरमा सहभागी हुने समय तोकिएको छ । त्यसपछि टेण्डर मूल्यांकनका लागि बढिमा तीन महिना समय लाग्ने छ । चार्जिङ स्टेशन राख्न सुरू गरिसकेपछि ६ महिनादेखि एक बर्षभित्र लक्ष्यअनुसार चार्जिङ स्टेशन राखिसक्ने प्राधिकरणको योजना छ ।